काठमाडौं : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। सोमवारका लागि बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिव डा.भरत राज गौतमले विषेश कारणवस बैठक स्थगित भएको जानकारी दिए। यता, प्रतिनिधि सभाको बैठक भने सोमवारका लागि बोलाइएको छ। पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ। एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध…
वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतको वीरगंज–१३ तेजारथटोलस्थित घर अगाडि प्रदर्शन भएको छ। प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो। 'वीरगंजलाई राजधानी बनाउ अभियान' अन्तर्गत मुख्यमन्त्रीको घर घेराउ गर्दै प्रदर्शन गरिएको नेताहरुले बताएका छन्। जिल्ला समन्वय समिति पर्साबाट…
काठमाडौं: प्रधानमन्त्री कपम टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा प्रदेश १ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले ७ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा…
काठमाडौंः प्रहरीले नक्कली नोट सहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। सिरहा अन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई नियन्त्रणमा लिएको हो। गोलबजार नगरपालिका-६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली बरामद गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा लिग लिडर मछिन्द्र क्लबलाई ब्रिगेड ब्वाइज क्लबले चुनौती दिनेछ। शीर्षस्थानको होडमा रहेको अर्को टोली मनाङ मर्स्याङदी क्लबले नवौं चरणमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेपछि मछिन्द्रलाई अंकदुरी बढाउने अवसर छ। ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा मछिन्द्र रहँदा दोस्रो स्थानको मनाङले ९ खेलबाट १९ अंक…
काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट राष्ट्रिय प्रतियोगितामा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ आमनेसामने हुँदैछन्। समूह ए मा तीन खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ। खेल बिहान ९ बजे सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोलीसँग २-२ गोलअन्तरको बराबरीमा रोकिएको हो। खेलको छैटौं मिनेटमै एलेक्स टेलेसको पासमा ब्रुनो फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडका लागि दोस्रो हाफमा फेरि फर्नान्डेजले नै गोल थपे। खेलको ६७ औं मिनेटमा फेडेरिको रोड्रिगेज…
इङग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले चेल्सीलाई १-० को गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुइनले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरे। अर्कोतर्फ चेल्सीले पनि खेलमा केही सुनौला अवसर बनाएको थियो। रोमेलु लुकाकुको उत्कृष्ट प्रहारलाई सिटीका गोलकिपर एडरसनले…
काठमाडौँ: कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौँ उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिनबाट रोक्न प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि उपत्यकामा भीड कम भएको छैन। जसकारण पुसको अन्तिम सातामा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो। संक्रमणदर दिनहुँ बढ्दै जाँदा माघमा संक्रमणको ग्राफ अझै बढ्ने संकेत देखिएक छ। चिकित्सकहरुले जनस्वास्थ्यको मापदण्ड पालना…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा निर्णायक गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गराएका हुन्। जितसँगै…
काठमाडौँः सरकारले नेपाली नर्सहरुलाई बेलायत पठाउने गरी श्रम सम्झौतालाई अन्तिम चरणमा अघि बढाएको छ। शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालयर चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरु सम्मिलित पहिलो वैठकले एक साताभित्र श्रम सम्झौता (एमओयु)…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २१९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। आज पुष्टि भएको कुल संक्रमितको मध्ये यो ४७. ८६ प्रतिशत हो। आज १४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा देशभर ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ५९१ जनामा, ललिपुरमा ४८६ जनामा र भक्तपुरमा १४२ जनामा संक्रमण देखिएको…
काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ। संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६१७ जना संक्रमितको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो थप ४ लाख…
काठमाडौं : भरतपुर अस्पतालले स्वास्थ्य अवस्था सामान्य भएको बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ। जिल्लामा कोभिड १९ संक्रमण बढेको भन्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्। 'सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुन्छ' विज्ञप्तिमा भनिएको…
काठमाडौं : कोभिड १९ का संक्रमितको संख्या अनियन्त्रित हिसाबले फैलिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल थालेका छन्। कोभिड रोकथाम, नियन्त्रण र उपचारका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा छलफल गरिरहेको प्रधानमन्त्रीका मिडिया संयोजक गोविन्द परियारले जानकारी दिए।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिम्पियाधुरामा भारतले सडक बनाइरहेको विषयमा नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने जनाएको छ। राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ती जारी गर्दै सडक निर्माण गरिरहेको विषय सार्वजनिक हुँदा पनि नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौन रहेको भन्दै आलोचना गरेको छ। राप्रपाले सरकार र सत्तारुढ गठबन्धनको मौनतालाई 'दु:खद र रहस्यमय' भनेको छ। केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेम्जन र सुमन अर्यालले गोल गरे। फ्रेन्ड्स क्लबका लागि जमल एन्थोनीले सान्त्वना गोल गरे। खेलको १० औं मिनेटमा जगजित श्रेष्ठको गोलमा अग्रता बनाएको आर्मीका…
काठमाडौं : ३२ वर्षीय महिलाको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० कटानी टोल बस्ने सुरतराम हजराकी श्रीमती सावित्रीकुमारी महराको हत्या भएको थियो। ३२ वर्षीया महराको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोल बस्ने २७ को सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट संचालन भइरहेको परीक्षा नरोकिने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषदको शुक्रवार बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै रजिष्ट्रारको कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमै भइरहेको परीक्षा यथावत् संचालन हुने जनाएको हो। परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गर्दै परीक्षा संचालन हुने कार्यालयले जनाएको छ। यस्तै, माघ १० गतेसम्म विश्वविश्द्यालय अन्तर्गतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुले हिउँदे र वर्षे…
कोरोना कहरको पहिलो लहरमा भारतले नेपाली भूमिमा सडक बनाएर त्यसको उद्घाटन गर्यो। नेपालभर भारतको कदमको विरोध भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले 'काउन्टर'मा भारतले अतिक्रमण गरेको नेपाली भूमि, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो। भारत र नेपालमा सीमा बारे चर्को बहस भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मौन थिए। पछि नक्सालाई 'ऐतिहासिक प्रमाण बिनाको' भन्दै भारतले…