काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा आज प्रदेश १ र नेपाल पुलिस क्लब भिड्दै छन्। यसअघि शनिवार हुने भनिएको खेलमा प्रदेश १ को टिममा कोभिड संक्रमण फैलिएको आशंकामा खेल रोकिएको थियो। र, कोभिड परीक्षण गर्दा एकजनामा मात्र संक्रमण पुष्टी भएपछि प्रदेश १ ले आइतवार सुदूरपश्चिम प्रदेशसँग खेलेको थियो। समूह ए बाट नेपाल पुलिस क्लब समूह विजेता हुँदै सेमिफाइनल चरणमा प्रवेश गरिसकेको र…
कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण बन्द भएको छ। प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै परीक्षण बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए। अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा छ कर्मचारी रहेका थिए। तीमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीनमध्ये दुई जनामा कोरोना देखिएपछि आइतबारदेखि परीक्षण रोकिएको सूचना…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जनमा संक्रमण देखिएको हो। आज देशभर ४ हजार ९६१ जनामा संक्रमण देखिएको थियो। आज पुष्टि भएको कुल संक्रमितको ६७.४६ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ४-० को सहज जित निकाल्यो। मछिन्द्रको जितमा विमल घर्तीमगरले दोहोरो गोल गर्दा रेजिन सुब्बा र अभिषेक रिजालले समान १/१ गोल गरे। दोहोरो गोल गरेका विमलको प्रदर्शन उत्कृष्ठ थियो। जितपछि प्रतिकृया दिँदै मगरले आफ्नो प्रदर्शनले भन्दा पनि टीमको जितले खुशी भएको बताए। ‘कमब्याक भन्दा पनि…
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। १५ हजार १ सय ३१ जनामा कोभिड १९ परीक्षण गर्दा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा ४ सय ३५ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ। साथै संक्रमणका कारण थप ३…
काठमाडौं : नेपाल सरकारले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकर प्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।। त्यसका साथै, मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार, प्रदेश र स्थानीय तहबिच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने निर्णय पनि गरेको छ।…
काठमाडौं : नेपाल सरकारले लिम्पियाधुरामा सडक निर्माण भइरहेको कार्य रोक्न भारतसँग आग्रह गर्दै आएको जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिम्पियाधुरामा सडक निर्माण र बिस्तार गरिरहेको सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएपछि यो विषय चर्चामा आएको थियो। मोदीको उक्त अभिव्यक्तिको विरोध नगरेको भन्दै सरकारको आलोचना भइरहँदा आज सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो। संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महाकाली नदी…
काठमाडौं : सरकारले विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चत मापदण्ड तोकेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक कार्यक्रमहरुमा मापदण्ड तोकेको जानकारी दिएका छन्। माघ महिनाबाट बिवाहको लगन सुरु हुन्छ। ठीक त्यही बेला सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि यस्तो मापदण्ड तय गरेको हो। कोरोना संक्रमण बढेपछि सरकारले भिडभाड हुने कार्यक्रमहरुमा रोक तथा मापदण्ड लागू गरेको…
काठमाडौं : सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गराउने निर्णय भएको छ। त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी उपस्थित…
चीनको राजधानी बेइजिङमा स्थानीय रुपमा प्रसारित पहिलो ओमोक्रन भरियन्टको संक्रमित भेटिएका छन्। चिनियाँ संचारमाध्यमका अनुसार बेइजिङ 'ओलम्पिक विन्टर गेम्स' सुरु हुन तीन हप्ता बाँकी छँदा यो रिपोर्ट बाहिर आएको हो। बेइजिङको रोग नियन्त्रण प्राधिकरणका एक अधिकारीले पत्रकार सम्मेलन गर्दै प्रयोगशाला परीक्षणले एक व्यक्तिमा ‘ओमोक्रन भेरियन्टको विशिष्ट उत्परिवर्तित रुप’ फेला पारेको बताएका हुन्। अधिकारीहरूले संक्रमितको डिसेम्बर ३१ सम्मको गतिविधिको विस्तृत विवरण समेत प्रकाशित गरेका छन्।…
चीनमा कुल जनसंख्याको ९० प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। शुक्रबारसम्मको तथ्यांकमा चीनका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको सिन्हवाले जनाएको छ। दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । खोप लगाएका मध्ये १ अर्ब २२ करोडले खोपको पूरा मात्रा लगाएको चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले बताए। उनले चीनमा नागरिकलाई कोरोना…
काठमाडौं : गायक अनुग्रह बिष्टको 'नशा' बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको गीतलाई शान भुषाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। शान भुषालको शब्द र संगीत रहेको गीतमा गायक अनुग्रह बिष्टको स्वर सुन्न सकिन्छ। अनुग्रहले नेपाली लगायत थुप्रै हिन्दी कभर गीत गाइसकेका छन्। अमेरिकामा छायाङ्कन गरिएको गीतको भिडियोमा तेस्रो व्यक्तिका कारण श्रीमानश्रीमतीको सम्बन्धमा आएको समस्या र त्यसबाट उत्पन्न परिस्थितिको…
काठमाडौं : प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ। माघ ३ गते सोमवारका लागि बोलाइएको बैठक कोभिड-१९ संक्रमणका कारण दुई हप्ताका लागि सारिएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले संक्रमणका कारण बैठक स्थगित भएको जानकारी दिए। यसअघि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको थियो। संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले ४-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा विमल घर्ती मगरले दोहोरो गोल गर्दा मछिन्द्र क्लबले सहज जित निकालेको हो। खेलको ५५ औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको क्रसमा विमल घर्ती…
टेनिस स्टार नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट निकाला गरिने भएको छ। कोभिड १९ विरुद्धको खोप नलगाइ अस्ट्रेलिया पुगेका जोकोभिचको भिसा अस्ट्रेलियन सरकारले दोस्रो पटक रद्द गरेको थियो। उक्त कारवाहीको विरुद्ध जोकोभिचले अदालतमा दायर गरेको निवेदनमा आज सुनुवाइ भएको हो। जसमा अदालतले सरकारले गरेको कारवाहीलाई सदर गर्ने फैसला गरेको छ। यस फैसलासँगै जोकोभिचलाई अब अस्ट्रेलियाबाट 'डिपोट' गरिनेछ। अस्ट्रेलियाबाट 'डिपोट' नगरिएसम्म उनी मेलबर्नमा 'डिटेन्सन'मा रहनेछन्। यसको अर्थ, उनले भोलिबाट हुने अस्ट्रेलियन ओपन…
काठमाडौं : पछिल्लो समय कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्या बढ्दै गएको छ। निकै संक्रामक भनिएको ओमोक्रन फैलिएसँगै देशभर कोभिड १९ को जोखिम फेरि बढेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार हाल आठ जिल्ला 'रेड जोन' मा छन्। सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको जिल्लालाई मन्त्रालयले 'रेड जोन' मा राखेको हो। 'रेड जोन'मा प्रदेश १ बाट मोरङ…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने भनिएको दोस्रो खेल स्थगित भएको छ। च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबिच हुने तय भएको खेल खेलाडीहरुमा संक्रमण देखिएपछि स्थगित गरिएको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्ट भएपछि खेल स्थगित भएको हो। आज च्यासलले पौने ५ बजे नेपाल पुलिस क्लबसँग…
काठमाडौं : प्रतिनिधि सभाको बैठक अनिश्चित समको लागि स्थगित भएको छ। सोमवारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। त्यस्तै, भोलिका लागि नै बोलाइएको राष्ट्रिय सभा समेत स्थगित भइसकेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणवस बैठक स्थगित भएको जानकारी दिए। यसअघि पुस २८ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक माघ ३ गते सम्मका लागि सारिएको…
बुटवल: गुल्मीमा लगातार तीन दिन एकै ठाउँमा तीन वटा सवारी साधन दुर्घटनामा भएका छन्। तम्घास–रिडी सडकखण्ड अन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ गैँडाकोट म्यालपोखरीस्थित देउराली जङ्गलमा तीन दिनमा तीन वटा सवारी साधन दुर्घटनामा परेका हुन्। गत शुक्रवार ग १ च ७५४७ नम्बरको जिप दुर्घटना भएको थियो। त्यसको भोलिपल्ट शनिवार ग १ ज ५२८० नम्बरको कार साही ठाउँमा दुर्घटना भएको हो। उक्त कार तम्घास…
काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। निरीक्षण गर्दा केही अनुमति लिएर गर्नु पर्ने काम समेत नभएको मन्त्री आलेले बताए। आज बिहान गौशाला स्थित धर्मशालामा पुगेर मन्त्री आले निरीक्षण गर्न पुगेका थिए। बतास अर्गनाइजेनले सञ्चालन गरेको धर्मशाला महँगो भाडामा होटेल चलाएको गुनासो आएपछि मन्त्री आले धर्मशाला निरीक्षणमा पुगेका हुन्। 'कतिपय कोठाहरू प्राइभेटलाई दिएको रहेछ। त्यो…