PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • एकैदिन ३ लाख ४४ हजार बढीले लगाए खोप, थपिए ३२६ जना कोरोना संक्रमित

    एकैदिन ३ लाख ४४ हजार बढीले लगाए खोप, थपिए ३२६ जना कोरोना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ४४ हजार ४४ जनाले खोप लगाएका हुन्। यस्तै, १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको छ। २५५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हाल…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम, वाग्मतीमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई अवसर

    कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम, वाग्मतीमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई अवसर

    काठमाडौं : नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ६ जना उम्मेदवारको नाम टुङ्ग्याएको हो।   कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेतलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, वाग्मती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा पुन र सुदूर पश्चिमबाट नारायण दत्त मिश्र उम्मेदवार हुने भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सहमतिका लागि भन्दै हृदयेश त्रिपाठीले बुझाए प्रधानमन्त्री देउवालाई १० बुँदे पत्र

     राष्ट्रिय सहमतिका लागि भन्दै हृदयेश त्रिपाठीले बुझाए प्रधानमन्त्री देउवालाई १० बुँदे पत्र

    काठमाडौं : जनता प्रगतिशील पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दलहरू बिच सहमतिको न्युनतम साझा विषय भन्दै १० बुँदे पत्र बुझाएको छ। पार्टीका संयोजक तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले सोमवार पत्र लेख्दै १० बुँदे माग राखेका छन्। गत प्रतिनिधिसभा निर्वाचनमा एमालेको सूर्य चिन्हबाट चुनाव लडेर जितेका त्रिपाठीले गत महिना मात्र नयाँ पार्टी घोषणा गरेका थिए। त्रिपाठीले प्रधानमन्त्री देउवालाई पत्र लेख्दै नेपाली कांग्रेस सभापतिमा…

    विस्तृतमा पढ्नुस्

  • सातदोबाटो पेनाल्टीमा चुक्दा हिमालयन शेर्पाको जित

    सातदोबाटो पेनाल्टीमा चुक्दा हिमालयन शेर्पाको जित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटो हिमालयन शेर्पासँग १-० गोलअन्तरले पराजित भएको हो। शेर्पाको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे। खेलको ४३ औं मिनेटमा पिटर सेगुनले त्रिदेव गुरुङलाई पेनाल्टी बक्सभित्र लडाएपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो। शेर्पाका लागि विश्वास श्रेष्ठले गोल…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : मनोनित सदस्यहरु एक हजार तिर्दै, मनोनय पत्र भर्न लाइन बस्दै

    सानेपामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : मनोनित सदस्यहरु एक हजार तिर्दै, मनोनय पत्र भर्न लाइन बस्दै

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ। आइतवार ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम घोषणा गरेका थिए। हिजो घोषणा भएको केन्द्रीय कमिटीको बैठक आज ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा बस्दैछ। केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने  कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीमा…

    विस्तृतमा पढ्नुस्

  • पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश 

    पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश 

    बुटवल : अर्घाखाँचीको पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।  सोमवार दुर्गाफाँटमा आयोजित एक कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतम सहित दुईसय जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले बताए। पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमवार बिहान हेलिकप्टरबाट अर्घाखाँची आएका थिए।  त्यस्तै, कार्यक्रममा कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय…

    विस्तृतमा पढ्नुस्

  • अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

    अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

    कलाकार पुष्कर भट्टले निर्देशन गरेको वेब सिरिज 'अमेजन प्राइम' मा रिलिज हुने भएको छ। उनले नयाँ वर्षको अवसरमा ‘जिल्ला मुरादाबाद’ बोलको गीत सार्वजनिक गरेका थिए। राजनीतिक दाउपेचको कथा उठाइएको त्यही गीतको कथालाई वेब सिरिजमा रुपान्तरण गरिएको हो।  ५ भागको वेब सिरिज भारतीय ओटीटी प्यालटफर्म 'अमेजन प्राइम'मा रिलिज हुनेछ।  वेब सिरिजको सबै भागको छायाङ्कन क्यानडामा भएको हो। हाल सिरिजको सम्पादन कार्य अन्मित…

    विस्तृतमा पढ्नुस्

  • मर्दी  हिमालको आधार शिविरमा ‘समर स्की’ महोत्सव हुने

    मर्दी  हिमालको आधार शिविरमा ‘समर स्की’ महोत्सव हुने

    पोखरा : मर्दी हिमालको आधार शिविरमा ‘समर स्की’ महोत्सव हुने भएको छ। दीगो हिमालयन कोषको आयोजनामा यही माघ २७ देखि फागुन ३ गतेसम्म महोत्सव हुने भएको हो। महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको आयोजक सदस्य प्रभात अधिकारीले जानकारी दिए। नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए। संस्थाले मर्दीमा गर्न लागेको स्की महोत्सव आठौं चरणको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'छद्म' नाममा उपसभामुख नै माओवादी केन्द्रको केन्द्रीय सदस्य, को हुन आर तामाङ र पी घर्ती?

    'छद्म' नाममा उपसभामुख नै माओवादी केन्द्रको केन्द्रीय सदस्य, को हुन आर तामाङ र पी घर्ती?

    काठमाडौं : नेकपा (माओ‌वादी केन्द्र) को ८ औं महाधिवेशन आइतवार सम्पन्न भएको छ। २९९ केन्द्रीय सदस्य मध्ये २३६ सदस्यको नाम घोषणा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन समापनको घोषणा गरेका हुन्।  यसरी घोषणा भएको सूचीमा पार्टीमा क्रियाशील श्रीमान श्रीमती, प्रचण्ड परिवारका चार जनासम्म परेका छन्। त्यस्तै विभिन्न क्लस्टरमा विभाजन गरेर सदस्यहरुको घोषणा भएको छ।  खुला तर्फ १४५ मध्ये १११ समानुपातिक तर्फ…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई किन भने 'तिम्रो राष्ट्रमा हरेक वर्ष ६० लाख मानिस बेपत्ता हुन्छन्'

    बंगलादेशका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई किन भने 'तिम्रो राष्ट्रमा हरेक वर्ष ६० लाख मानिस बेपत्ता हुन्छन्'

    बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनले अमेरिकाका विदेश मन्‍त्री एन्टोनी ब्लिंकनलाई पत्र लेखेका छन्। अमेरिकाले बंगलादेशको र्‍यापिड एक्सन बटालियन (राब) र सैन्य एवम् नागरिक अधिकारीमाथि प्रतिबन्ध लगाएपछि त्यसलाई हटाउन माग गर्दै मोमिनले पत्र लेखेका हुन्। मोमिनले नयाँ वर्षको अवसरमा पत्र लेखेको जानकारी आइतवार पत्रकार सम्मेलनका क्रममा दिएका थिए। यस्तै, उनले केही दिन अघि ब्लिंकनसँग टेलिफोन वार्ता समेत भएको बताएका छन्। मोमिनले…

    विस्तृतमा पढ्नुस्

  • सोसल मिडियामा 'चाइल्ड पोर्नोग्राफी' सेयर गर्ने ८ जना प्रहरी नै परे कारबाहीमा, अरूमाथि पनि अनुसन्धान सुरु

    सोसल मिडियामा 'चाइल्ड पोर्नोग्राफी' सेयर गर्ने ८ जना प्रहरी  नै परे कारबाहीमा, अरूमाथि पनि अनुसन्धान सुरु

    काठमाडौं : चाइल्ड पोर्नोग्राफी तथा अश्लित फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट तथा शेयर गर्ने प्रहरीमाथि कारबाही सुरु भएको छ। प्रहरी प्रधान कार्यालय नक्साले यस्ता पोस्ट तथा भिडियो म्यासेन्जर लगायत अन्य सोसल मिडिया ग्रुपमा शेयर गरेको आधारमा कारबाही सुरु गरिएको हो। 'हामीले यस्ता गतिविधि गर्ने प्रहरीमाथि कारबाही तथा अनुसन्धान सुरु गरेको छ। केही प्रहरीलाई कारवाही समेत गरिएको छ,' नेपाल प्रहरीका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हवात्तै बढ्यो कोरोना संक्रमण : एकैदिन ३३ हजार बढीमा देखियो संक्रमण, २३ राज्यमा फैलियो ओमोक्रन  

    भारतमा हवात्तै बढ्यो कोरोना संक्रमण : एकैदिन ३३ हजार बढीमा देखियो संक्रमण, २३ राज्यमा फैलियो ओमोक्रन  

    पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा कोभिड १९ संक्रमण देखिएको छ। भारतमा डेल्टा भेरियन्टसँगै ओमोक्रन भेरियन्टको संक्रमण बढेपछि कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ७०० केसहरु पुष्टि भइसकेका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ५१० जनामा ओमोक्रन देखिएको छ। यस्तै दिल्लीमा ३५१ र केरलामा १५६ जनामा ओमोक्रन देखिएको छ। तमिलनाडुमा १२१ र…

    विस्तृतमा पढ्नुस्

  • सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

    सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पा र सातदोबाटो दिउँसो १ बजे आमनेसामने हुनेछन्। लिगमा उत्कृष्ट सुरुवात गरेर पनि पछिल्ला तीन खेलमा जितविहीन रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ। सातदोबाटोले हालसम्म २ जित, २ हार र २ बराबरी खेल्दै तालिकाको सातौं स्थानमा रहेको छ। आजको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको संघर्षपूर्ण जित

    बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले मालोर्कामाथि जित निकालेको छ। इबेरोस्टार स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली मालोर्कालाई १-० गोलअन्तरले हराएको हो। बार्सिलोनाको जितमा निर्णायक गोल लुक डी जोङले गरे। उनले खेलको ४४ औं मिनेटमा ओस्कार मिङगुएजाको पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भाल्लेकानोमाथि २-० को जित निकाल्यो। एट्लेटिकोको जितमा दुबै…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए चेल्सी र लिभरपुल

    बराबरीमा रोकिए चेल्सी र लिभरपुल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट घरेलु टोली चेल्सीले पुनरागमन गर्दा खेल २-२ को बराबरीमा रोकिएको थियो। खेलको नवौं मिनेटमै साडियो मानको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यस्तै २६ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले अग्रता दोब्बर बनायो। अर्कोतर्फ चेल्सीका…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष स्थानको रियल मड्रिड गेटाफेसँग पराजित

    शीर्ष स्थानको रियल मड्रिड गेटाफेसँग पराजित

    स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ। कोलिसेयुम अल्फोन्सो पेरेज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली गेटाफेले मड्रिडलाई १-० गोलअन्तरले हराएको हो। गेटाफेको जितमा खेलको ९ औं मिनेटमा एनेस युनलले निर्णायक गोल गरे। पहिलो हाफमा मड्रिडले घरेलु टोलीमाथि राम्रै दवाब बनाए पनि स्कोर गर्न सकेन। रियलका लुका मोड्रिच बराबरीको नजिक पुगे पनि उनको…

    विस्तृतमा पढ्नुस्

  • शाखा अधिकृतको पदपूर्ति प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

    शाखा अधिकृतको पदपूर्ति प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

    काठमाडौंः उच्च अदालत पाटनले शाखा अधिकृतको पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा. खुशीप्रसाद थारु र नवराज थपलियाको संयुक्त इजलासले पदपूर्ति प्रक्रिया जे जस्तो अवस्थामा छ सोही स्थितिमा राख्न अन्तरिम आदेश दिएको हो। लोक सेवा आयोगको सूचना अनुसार शाखा अधिकृतको पदपूर्तिका लागि केही आवेदन संकलन समेत भइसकेको छ। आयोगले यसअघिको अल्पकालीन आदेश अनुसार आवेदन संकलन रोकिसकेको छ। …

    विस्तृतमा पढ्नुस्

  • भाग्यमानी जोडीः प्रचण्डको तजबिजी निर्णयमा जसले बनाए केन्द्रीय सदस्यमा स्थान

    भाग्यमानी जोडीः प्रचण्डको तजबिजी निर्णयमा जसले बनाए केन्द्रीय सदस्यमा स्थान

    काठमाडौंः निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य तजबिजका आधारममा चयन गरेका छन्। नेकपा (माओवादी केन्द्र) मा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए। जसलाई महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्‍यो। प्रचण्डले तजबिजी अधिकार प्रयोग गर्दा छोरी रेणु दाहालसहितका पारिवारिक सदस्यले केन्द्रीय सदस्यमा स्थान बनाए। यस्तै, केही नेताहरुका पति–पत्नीले नै केन्द्रीय सदस्यमा परे।…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् माओवादी केन्द्रका २३६ केन्द्रीय सदस्य

    यी हुन् माओवादी केन्द्रका २३६ केन्द्रीय सदस्य

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्य प्रस्ताव गरे। प्रस्तावित नामलाई महाधिवेशनको बन्दसत्रले पारित पनि गरेको छ। सहमतिका लागि भन्दै शनिबारको निर्वाचन प्रक्रिया रोकेर प्रचण्डले आइतबार नामावली प्रस्तुत गरेका थिए। समावेशी र खुल्लातर्फ गरेर २३६ जनाको नामावली पारित भएको हो।    पढ्नुस् नामावली खस आर्य पुरुषतर्फ (समानुपातिक) नारायणप्रसाद दाहाल सुर्यप्रकाश सुवेदी धीरेन्द्र शर्मा नरबहादुर विष्ट…

    विस्तृतमा पढ्नुस्

  • मनाङलाई पछि पार्दै मछिन्द्र एएफसी कप छनोटमा, पुलिस फेरि पराजित

    मनाङलाई पछि पार्दै मछिन्द्र एएफसी कप छनोटमा, पुलिस फेरि पराजित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्बललाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो। सुरुबाटै खेलमा हावि भएको मछिन्द्रका लागि खेलको २१ औं मिनेटमा सुनिल बलले विशाल राईको प्रिकिकमा गोल गर्दै अग्रता दिलाए। जारी लिगमा उनको यो पाँचौं गोल हो। त्यस्तै ४२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell