काठमाडौं : सरकारले ५७ जना उप सचिवको सरुवा गरेको छ। आइतवार सचिवस्तरीय निर्णय अनुसार ५७ जना उपसचिवको सरुवा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवारको निर्णय अनुसार उपसचिवको सरुवा भएको जानकारी दिएको छ। हेर्नुस् सूची:
काठमाडौं : नेपाली फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति स्थगित गरिएको छ। यो फिल्म फागुन १३ गते रिलिज हुने भनिएको थियो। तर, फिल्म टिमले अनिश्चितकालका रिलिज डेट 'पोस्टपोन्ड' गरेको हो। फिल्मका निर्माता/निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्। विश्वभर एकै दिन फिल्म रिलिज गर्ने तयारी थियो। भारतीय वितरकले पनि सबै ठाउँ एकैदिन फिल्म प्रदर्शन गर्न उनलाई आग्रह…
काठमाडौं: 'रेलको बाटो' बोलको चर्चित गीतको नामबाट फिल्म बन्ने पक्का भएको छ। मोडल चिरञ्जीवी सापकोटा (जीबी चिरन) ले 'रेलको बाटो' निर्माण गर्ने तयारी गरिरहेको बताए। 'गीतको नाम सापटी लिएर फिल्म बनाउने ट्रेन्ड पहिलेदेखि चल्दै आएको हो। तर फिल्मको कथा गीतको भिडियोभन्दा फराकिलो हुनेछ। हामीले नाम मात्रै सापटी लिएका हौँ। चलचित्र विकास बोर्डमा फिल्म दर्ता समेत गरिसकेका छौँ। फिल्मले कर्णालीको कथा र…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पुस ११ देखि १८ गतेसम्म सम्पन्न ८ औं महाधिवेशनले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। महाधिवेशनले पारित गरेको प्रस्तावमा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह समेत गरेको छ। ‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न यो महाधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पुस ११ देखि १८ गते सम्म सम्पन्न ८ औं महाधिवेशनले कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्ने प्रस्ताव पारित गरेको छ। महाधिवेशनले पारित गरेको ४५ बुँदे समसामयिक प्रस्तावको दोस्रो बुँदामा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय उल्लेख गर्दै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न…
काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट विश्वभर फैलिरहेको अवस्थामा नेपालमा आजबाट कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिन सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयकाले निश्चित समूहलाई खोपको थप मात्रा दिन सुरु गरेको जनाएको हो। कोभिड १९ विरुद्धको पूर्ण मात्रा (दुई डोज) लगाएको ३ महिना पुगेकाहरुलाई पहिला जुन खोप लगाएको हो सोही खोपको थप एक मात्रा दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले…
गुइयाङ : दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो। मंगलवार बिहानसम्म ८ जना मानिसको उद्दार गरिएको छ। तीमध्ये तीन जनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ।…
२०२२ जनवरी १। नै नयाँ वर्षको स्वागतमा सिंगो विश्व झुमिरहेको थियो। बिहानैदेखि मानिसहरु शुभकामना आदानप्रदान गरिरहेका थिए। तर, भारत प्रशासित राज्य कश्मीरकी कुरातुलिन रेबहबरका लागि नयाँ वर्षको पहिलो दिन नै सकसपूर्ण रह्यो। बिहानै उनले एउटा मोबाइल एपमा 'अनलाइन अक्सन'मा आफैँलाई देखिन्। अर्थात् बिक्रीका लागि उनी अपलोड भएकी थिइन् त्यहाँ। एपमा उनको तस्बिर अनुमतिबिना राखिएको थियो 'फर सेल' लेखेर। यसरी 'बिक्री'…
पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ११ हजार ७ जना संक्रमण मुक्त भएका छन्। भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो। सोमवार ३३ हजार बढीमा संक्रमण देखिएको थियो। त्यो संख्या दैनिक पुष्टि भएका संक्रमितको संख्यामा ५ गुणा बढी थियो। यस्तै, संक्रमणका कारण थप १२४ जनाको मृत्यु हुँदा कुल…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग पराजित भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा वुल्भ्सका जोआओ माउन्टिन्होले निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा गरेको गोलसँगै वुल्भ्सले ओल्ड ट्राफोर्डमा सन् १९८० यता पहिलो पटक युनाइटेडलाई हराएको हो। जितसँगै वुल्भ्स…
काठमाडौँः सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पदपूर्तिको विज्ञापन सम्बन्धी आवश्यक कार्य तत्काल असघ बढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गतेको सूचना अनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो। रमेश विष्टसमेतको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सिन्हाको इजलाससले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा सम्बन्धी संशोधित नियमले यसअघिको विज्ञापनलाई कुनै असर नपरेको भन्दै प्रक्रिया…
काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निवासको कौसीमा व्यस्त रहे। उनको निवास बालकोटमा कौसीखेतीमा ओली र उनकी पत्नी राधिका शाक्य व्यस्त देखिए। मध्यपुर थिमि नगरपालिकाले जापानी प्रविधि प्रयोग गर्दै उत्पादन गरेको कम्पोस्ट मलको प्रयोग गरेर आजबाट कौसी खेती प्रवर्द्धन गर्दै आएको छ। त्यसै क्रममा आज केपी ओलीको कौसीमा पनि त्यसको सुरुवात गरिएको हो। नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले…
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। रिक्त रहेको १९ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो। निर्वाचन माघ १२ गते हुँदैछ। यी हुन् एमालेका राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार : प्रदेश–१ खुलाः देवराज घिमिरे (झापा) महिलाः सुमित्रा भण्डारी (झापा) अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) प्रदेश–२ खुलाः असर्फी भिनवार यादव (धनुषा) महिलाः बिना साह (रौतहट) बागमती खुलाः गोपाल…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना लागि पार्टी र राष्ट्रका लागि नेतृत्व लिने अन्तिम अवसर र चुनौती भएको बताएका छन्। ८ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले यस्तो बताएका हुन्। 'यो मेरा लागि अन्तिम चुनौती र अवसर पनि हो, पार्टी अध्यक्षका रुपमा देश र जनताको सेवा गर्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विचारमा योगदान पुर्याउने,' भावुक हुँदै उनले भने। …
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ। ओमनमा हुने आइीसिसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए। जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो। त्रिवि मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए। पहिलो दिन टोली फिटनेश परीक्षण…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणको तयारीमा छन्। भारतको गुजरात सरकारले आयोजना गर्न लागेको भाइव्रेन्ट गुजरात कार्यक्रममा सहभागी हुन उनी भारत जाने तयारीमा रहेका हुन्। गुजरात सरकारले प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुने आधिकारिक वक्तव्यमा उल्लेख गरेको छ। यद्यपि, नेपालको परराष्ट्र मन्त्रालयले भने भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन। सम्मेलनमा सहभागी हुन नेपाल सहित पाँच देशका सरकार प्रमुख गुजरातमा पुग्ने इन्डियन एक्सप्रेसले जनाएको छ। सम्मेलनमा…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा २ सय ३६ जना सदस्यहरुले सपथ लिएका हुन्। गार्डेनमै बस्ने बैठकले पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीलाई आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने अधिकारसमेत दिइएको छ। केन्द्रीय समितिको ब्यानर अघि उभिएर निर्वाचन आयोगका पदाधिकारीबाट पुष्पकमल दाहाल प्रचण्ड…
२०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल घटनाको अमेरिकी संसदले छानविन गरिरहेको छ। अनुसन्धानका क्रममा उसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा वरिष्ठ सल्लाहकार इभान्का ट्रम्पसँग बयान लिएको छ। इभान्कासँगको बयानपछि संसदीय छानविन समितिकी उपप्रमुख लिज चेनीले 'ट्रम्प भविष्यमा कार्यालयका लागि अयोग्य रहेको' बताएकी छिन्। फेरि ओभल अफिसको वरिपरी पुग्न समते अयोग्य रहेको बताएकी छिन्। दंगा रोक्न राष्ट्रपति ट्रम्पसँग पटकपटक…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा बैठक बसिरहेको हो। केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीलाई आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने अधिकारसमेत दिइएको छ। आइतवार ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको…
काठमाडौं: अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। जनवरी २९ र फेब्रुअरी १ मा हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले विमल घर्ती मगरलगायत ३४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्। नेपालले पछिल्लो खेल साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग खेलेको थियो। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा…