PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • माओवादी महाधिवेशन : पटकपटक परिवर्तन हुँदै निर्वाचन कार्यतालिका, अब भोलिमात्रै मतदान

    माओवादी महाधिवेशन : पटकपटक परिवर्तन हुँदै निर्वाचन कार्यतालिका, अब भोलिमात्रै मतदान

    काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ। शनिवार तय भएको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएकोमा आज दुईपटक नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो। नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज साँझ ६ बजेदेखि ८ बजेसम्म गर्ने भनिएको छ। यसअघिको कार्यतालिकामा मनोनयन पत्र दर्ता दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको थियो। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • भुस्स निदाएरै : जागते रहो...SSS

    भुस्स निदाएरै : जागते रहो...SSS

    हुनमानढोका दरबार क्षेत्रमा सेनाका दुई गुल्म छन् - थाहा छ नि! नेपाल प्रहरी पनि त्यहीँ छ। २४ सै घण्टा कडा सुरक्षा पनि। त्यसैले सबैभन्दा असुरक्षा पनि त्यहीँ ! बसन्तपुर दरवार क्षेत्रका सम्पदाहरु। नत्र केही दिनअघि हनुमानढोका क्षेत्रमा  नै रहेको शिलालेख किन फुटालिन्थ्यो? फुटाल्नेहरु निस्फ्रिक्री किन रहन्थे? कृष्ण मन्दिर बाहिर रहेको मल्लकालीन शिलालेख किन टुक्राटुक्रा हुन्थ्यो? सेना र प्रहरीको कडा सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • थपिए २१६ कोरोना संक्रमित, १ लाख ३३ हजार बढीले लगाए खोप

    थपिए २१६ कोरोना संक्रमित, १ लाख ३३ हजार बढीले लगाए खोप

    काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोभिड १९ परीक्षण गर्दा २१६ जनामा संक्रमण देखिएको छ। ५ हजार ९६२ जनाको आरटी पीसीआर गर्दा २१३ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ५९६…

    विस्तृतमा पढ्नुस्

  • चिसो बढेपछि विद्यालय बन्द गर्दै काभ्रेका स्थानीय तह

    चिसो बढेपछि विद्यालय बन्द गर्दै काभ्रेका स्थानीय तह

    काठमाडौं : जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्। तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ। विद्यालय आउने बालबालिका…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको दुर्घटनामा घाइतेको खुल्यो पहिचान, मर्ने ४ जनाको सनाखत

    पाल्पाको दुर्घटनामा घाइतेको खुल्यो पहिचान, मर्ने ४ जनाको सनाखत

    बुटवल : पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा घाइते हुनेको पहिचान खुलेको छ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जका वीरबहादुर विश्वकर्माको शव दाह संस्कारका लागि गुल्मीको रुरुक्षेत्र रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीका अनुसार दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा

    आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सघाएकालाई एकलौटी रुपमा धमाधम केन्द्रीय सदस्यमा मनोनीत गर्न थालेका छन्। १४ औं महाधिवेशनमा आफूलाई जिताउन सघाएकालाई देउवाले धमाधम केन्द्रीय सदस्यमा मनोनीत थालेका हुन्। विधानको दफा २१(१०) बमोजिम पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। सोहीअनुसार देउवाले शनिवार १० जना र आइतवार ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। मनोनीत भएका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक पुस १९ गते बस्ने

    कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक पुस १९ गते बस्ने

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस १९ गते सोमवार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन्।। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र

    ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र

    काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ओमोक्रन भेरियन्टको तीब्र विस्तारलाई रोक लगाउन सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ। 'हालसम्म यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमोक्रन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ रहनु अपरिहार्य देखिन्छ,' विभागका निर्देशक डा कृष्णप्रसाद पौडेलको हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको पार्टीमाथि ओलीको टिप्पणी : पार्टी विभाजन गरेर समाजवाद आउँदैन

    माधव नेपालको पार्टीमाथि ओलीको टिप्पणी : पार्टी विभाजन गरेर समाजवाद आउँदैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने बताएका छन्। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले एकीकृत समाजवादीले समाजवादको यात्रा तय…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय कमिटीमा १५ प्रतिशत आरक्षण नपाउने भएपछि दलित प्रतिनिधि असन्तुष्ट, 'विधान बमोजिम नभए बन्दसत्र बहिष्कार'

    केन्द्रीय कमिटीमा १५ प्रतिशत आरक्षण नपाउने भएपछि दलित प्रतिनिधि असन्तुष्ट, 'विधान बमोजिम नभए बन्दसत्र बहिष्कार'

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीको आठौं महाधिवेशन जारी छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले सर्वसम्मत रुपमा केन्द्रीय कमिटी चयन गर्ने प्रयास गरिरहेको छ। जसका लागि ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य छनोट गर्ने शनिवार निर्णय गरिएको थियो। तर, यसरी ५०-५० प्रतिशत छुट्याउँदा आफूहरुलाई विधानले नै दिएको आरक्षण गुम्ने भन्दै दलित प्रतिनिधिहरु असन्तुष्ट बनेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप, राजमार्ग अवरोध गरे पछि दुई दर्जन रबर बुलेट प्रहार  

    धनुषामा सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप, राजमार्ग अवरोध गरे पछि दुई दर्जन रबर बुलेट प्रहार  

    जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले आयोजना गरेको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा आन्दोलनकारीहरु राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो। धनुषाको पोर्ताहामा प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा पाँचजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ…

    विस्तृतमा पढ्नुस्

  • माओवादी महाधिवेशन : फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, केन्द्रीय सदस्य चयन गर्न प्रदेशमा भागवन्डाको तयारी

    माओवादी महाधिवेशन : फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, केन्द्रीय सदस्य चयन गर्न प्रदेशमा भागवन्डाको तयारी

    काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ। शनिवार तय भएको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएकोमा आज पनि फेरि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो। नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको छ। यस्तै, उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन बेलुकी ६:३० बजे हुनेछ। ७ बजे…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘लाखे’ मा भित्रिए रोहित, छायाङ्कन पुस २६ गतेदेखि सुरु हुने

    फिल्म ‘लाखे’ मा भित्रिए रोहित, छायाङ्कन पुस २६ गतेदेखि सुरु हुने

    काठमाडौं: अभिनेता रोहित रुम्बा फिल्म ‘लाखे’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले फिल्मको मुख्य कलाकारको रुपमा रोहितलाई भित्र्याएको हो। रोहितसँगै निर्माण टिमले कलाकारका रुपमा संजय थापा र संजोग राणालाई पनि भित्र्याएको छ। यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार छनोट प्रक्रिया पुरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिएका छन्। फिल्म ‘लाखे’ को कथा मन परेर फिल्मसँग जोडिएको रोहितको भनाई…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रनको असर बलिउडमा पनि : अनिश्चिकालका लागि स्थगित भयो 'आरआरआर' को रिलिज डेट

    ओमोक्रनको असर बलिउडमा पनि : अनिश्चिकालका लागि स्थगित भयो 'आरआरआर' को रिलिज डेट

    भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। विभिन्न राज्यहरुले संक्रमणको चुनौतीलाई मध्यनजर गर्दै फेरि प्रतिबन्धहरु लागू गरेका छन्। यसको असर फेरि पनि बलिउडमा परेको छ। ‘ओमिक्रोन’ त्रासका कारण फिल्मको रिलिज मिति परिवर्तन हुने ट्रेन्ड नै सुरु हुने देखिएको छ। जसको सुरुवात सन् २०२२ को बहुप्रतिक्षित फिल्म 'आरआरआर' बाट भएको छ। जनवरी ७ मा रिलिज मिति तय…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु

    पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात  जनाको मृत्यु

    बुटवलः पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–७ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए। दुर्घटनामा सात जना पुरुषको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएका छन्।बसमा ४० जना सवार रहेको खुलेको…

    विस्तृतमा पढ्नुस्

  • झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

    झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

    झापा: कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ। मोफसलकै प्रतिष्ठित मध्येको सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ। आज आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको दाबी गरे। विजेता टिमले नगद १२ लाख ५५ हजार रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनामा २ सय २९ जनालाई रोजगारीको अवसर

    नेपाली सेनामा २ सय २९ जनालाई रोजगारीको अवसर

    काठमाडौंः नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि भर्ना खुलाएको छ। भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले रिक्त रहेको अधिकृत पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी एक सूचना निकालेको छ। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फराम भरी सोको प्रिन्ट आउटसहित स्वयम् उपस्थित भएर रितपूर्वक दरखास्त दिन भनिएको छ। भर्ना गर्न लागिएको कुल २२९…

    विस्तृतमा पढ्नुस्

  • सौर्य एयरलाइन्समा करेन्ट चाउचाउको कार्टुन, त्यसभित्र ५० लाख रुपैयाँ ! स्रोत खुलाउन नसक्दा कर्मचारी नै समातिए

    सौर्य एयरलाइन्समा करेन्ट चाउचाउको कार्टुन, त्यसभित्र ५० लाख रुपैयाँ ! स्रोत खुलाउन नसक्दा कर्मचारी नै समातिए

    काठमाडौं : सौर्य एयरलाइन्सका कर्मचारीलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको छ। शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो विराटनगरबाट काठमाडौं आएको सूर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीवार दिउँसो बस्ने

    प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीवार दिउँसो बस्ने

    काठमाडौंः आजको लागि बोलाएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले सुचना टाँस गर्दै पुस २२ गते दिउँसो १ बजे सम्मको लागि बैठक स्थगित भएको जानकारी दिएको छ। माओवादी केन्द्रको एक सातादेखि जारी महाधिवेशनका कारण बैठक स्थगित गरिएको हो। माओवादीकै अनुरोधमा बैठक स्थगित भएको हो। प्रतिनिधिसभा नियमावली २०७५ को  नियम ६ को उपनियम ३ बमोजिम बिहीवार बैठक बस्ने सुचनामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ४४ सय फ्लाइट क्यान्सिल, कोरोना र मौसम बन्यो कारण

    एकै दिन ४४ सय फ्लाइट क्यान्सिल, कोरोना र मौसम बन्यो कारण

    शनिवार एकै दिन विश्वभर करिब ४ हजार ४ सय फ्लाइट क्यान्सिल भए। यसरी क्यान्सिल भएका मध्ये २ हजार ५ भन्दा धेरै अमेरिकामा मात्र रहेको एयर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ। विमान कम्पनीहरु यतिखेर आफ्ना क्रु क्वारेन्टाइनमा रहँदा असहज अवस्थामा गुज्रिरहेका छन् - मानव संशाधन व्यवस्थापनको विषयलाई लिएर। त्यसमाथि उडानका लागि मौसम प्रतिकूल बन्यो। भारी हिमपातले अमेरिकालाई अहसज अवस्थामा पुर्‍याएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell