PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • सशस्त्र प्रहरी जवानको लिखित परिक्षा दिने नक्कली परीक्षार्थी समातिए

    सशस्त्र प्रहरी जवानको लिखित परिक्षा दिने नक्कली परीक्षार्थी समातिए

    काठमाडौंः सशस्त्र प्रहरीको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छ। पक्राउ पर्नेहरुमा बाग्लुङ ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र  धनकुटा सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन्। उनीहरुलाई शनिवार पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट…

    विस्तृतमा पढ्नुस्

  • जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

    जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा जित अनिवार्य छ। यसपाला सातौं चरणको समाप्तीमा लिगको शीर्षस्थानमा रहने…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रीय कमिटी निर्वाचनको संशोधित तालिकाः आइतबार २ बजे मनोनयन, ६ः२५ बजेदेखि मतदान

    माओवादी केन्द्रीय कमिटी निर्वाचनको संशोधित तालिकाः आइतबार २ बजे मनोनयन, ६ः२५ बजेदेखि मतदान

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यको निर्वाचनको नयाँ निर्वाचन तालिका सार्वजनिक भएको छ। माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो।  निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ। यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ः४० बजे प्रकाशित हुनेछ।  निर्वाचन कार्यतालिका अनुसार अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • ­थ्री स्टार र मनाङको जित, संकटा र च्यासल बराबरीमा रोकिए

    ­थ्री स्टार र मनाङको जित, संकटा र च्यासल बराबरीमा रोकिए

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल सम्पन्न भएका छन्। आज सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि २-१ गोलअन्तरको जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारलाई जित दिलाउन आयुस घलानले सातौं मिनेट र ऋतिक कुमार खड्काले २६ औं मिनेटमा गोल गरे। अर्कोतर्फ जावलाखेलका निकोलस फर्नान्डेजले ५५ औं मिनेटमा सान्त्वना गोल फर्काए। त्यस्तै दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • सहमतिका लागि भन्दै रोकियो माओवादीको निर्वाचन कार्यक्रम 

    सहमतिका लागि भन्दै रोकियो माओवादीको निर्वाचन कार्यक्रम 

    काठमाडौँः सहमतिका लागि भन्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य चयनको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। आइतवार दिउँसो १ बजेसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले आइतवार १ बजेसम्म बन्दसत्र स्थगितको प्रस्ताव गरेका थिए। शनिवार नै निर्वाचन समितिले केन्द्रीय सदस्यको निर्वाचन कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको केन्द्रीय सदस्यमा कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

    माओवादीको केन्द्रीय सदस्यमा कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

    काठमाडौँः आकांक्षी धेरै हुँदा नेकपा (माओवादी केन्द्र) लाई केन्द्रीय कमिटी चयनमा सकस देखिएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादी केन्द्रको तयारी छ। खुल्ला र समावेशी तर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि व्यवस्थापनमा समस्या परेको हो। निर्वाचन समितिले भने सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। शनिबार राति ८ बजेदेखि १०ः३० बजेसम्म…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

    राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

    कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ। सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्णप्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको केन्द्रीय कमिटी छान्न आइतवार निर्वाचन हुने, कार्यतालिका यस्तो छ

    माओवादीको केन्द्रीय कमिटी छान्न आइतवार निर्वाचन हुने, कार्यतालिका यस्तो छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतवार बिहानदेखि मतदान हुने भएको छ। निर्वाचन समितिले शनिवार साँझ जारी गरेको कार्यतालिका अनुसार बिहान ११:३० बजेदेखि मतदान सुरु हुनेछ। केही समय अघि सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार (आज) राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्टाइएको छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भोलि बिहान ११:१५ बजे हुने जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्यमा मनोनीत, अरु को को परे?

    रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्यमा मनोनीत, अरु को को परे?

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी तथा वरिष्ठ नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेलसहित पदाधिकारीमा उम्मेदवार रहेका नेताहरुलाई मनोनीत गरेका हुन्। देउवाले केन्द्रीय सदस्य मनोनीत गरेकामा पौडेल बाहेक सभापतिका प्रत्यासी द्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि छन्। त्यसैगरी विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, डा नारायण खड‍्का, उमा रेग्मी,…

    विस्तृतमा पढ्नुस्

  • मतदाताको अन्तिम सूची ६ बजे आउने, दावी विरोधका लागि डेढ घन्टा तोकियो अवधि

    मतदाताको अन्तिम सूची ६ बजे आउने, दावी विरोधका लागि डेढ घन्टा तोकियो अवधि

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा केहीबेर अघि मतदाताको नामावली प्रकाशित भएको छ। उक्त नामावलीमा कसैको दावी विरोध भए त्यसका लागि डेढ घन्टाको समय निर्वाचन समितिले तोकेको छ। निर्वाचन समितिका सदस्य गोविन्दबहादुर बटालाका अनुसार साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ।  'बेलुका ५ बजेसम्म पार्टी अध्यक्ष प्रचण्डले समय माग्नु भएको छ,' निर्वाचन समिति सदस्य बटालाले भने,…

    विस्तृतमा पढ्नुस्

  • ५००७ जनाको पीसीआर गर्दा ३४२ मा देखियो संक्रमण, करिब १६ हजारको एन्टीजेन परीक्षण हुँदा भेटिए ४० संक्रमित

    ५००७ जनाको पीसीआर गर्दा ३४२ मा देखियो संक्रमण, करिब १६ हजारको एन्टीजेन परीक्षण हुँदा भेटिए ४० संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीको कोभिड १९ परीक्षण गरिएको छ। १५ हजार ९५२ जनाको एन्टीजेन परीक्षण हुँदा ५ हजार ७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको हो। संकलित २० हजार ९५९ नमुनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ३४२ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४० जनामा एन्टीजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। यस्तै,२५२…

    विस्तृतमा पढ्नुस्

  • माओवादी अधिवेशन निर्वाचन प्रकृयातर्फ : १ हजार ७ सय ४२ मतदाताको सूची प्रकाशित

    माओवादी अधिवेशन निर्वाचन प्रकृयातर्फ : १ हजार ७ सय ४२ मतदाताको सूची प्रकाशित

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशन निर्वाचन प्रकृयामा प्रवेश गरेको छ। सहमति जुटाउन ५ बजेसम्म बन्दसत्र स्थगित गरेको माओवादीको निर्वाचन प्रकृया अगाडि बढाउन मतदाता नामावली टास्ने प्रकृया पूरा भएको छ। केन्द्रीय सदस्य चयन गरेपछि त्यही केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्ने व्यवस्था छ। निर्वाचन प्रकृयामा १ हजार ७ सय ४२ जना प्रतिनिधिको नाम टाँस गरिएको हो।  आठौं राष्ट्रिय महाधिवेशनको आजको…

    विस्तृतमा पढ्नुस्

  • हरियाणामा उत्खननको काम भइरहँदा खस्यो पहाड

    हरियाणामा उत्खननको काम भइरहँदा खस्यो पहाड

    भारतको हरियाणामा उत्खननको काम भइरहँदा पहाड खसेको छ। भिवानी जिल्लामा पहाड खस्दा २० देखि २५ जना ढुंगाले पुरिएको बताइएको छ। हालसम्म तीनजना मजदूरहरुको शव निकालिएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ। ठूला ठूलो चट्टान भएको पहाड खस्दा यो घटना भएको बताइएको छ। चट्टानलाई फुटाउन प्रशासनले प्रयास गरेपनि अत्याधुनिक औजारको कमीले काम रोकिएको छ। जसकारण उद्धारकार्य पनि प्रभावित भएको छ। घटनास्थलमा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सदस्य सर्वसम्मत बनाउने प्रयासमा माओवादी केन्द्र, पाँच बजेसम्म बन्दसत्र स्थगित

    केन्द्रीय सदस्य सर्वसम्मत बनाउने प्रयासमा माओवादी केन्द्र, पाँच बजेसम्म बन्दसत्र स्थगित

    काठमाडौं : केन्द्रीय सदस्य चयनका लागि सहमति खोज्न आज साँझ ५ बजेसम्मका लागि नेकपा (माओवादी केन्द्र)को बन्दसत्र स्थगित भएको छ। भएसम्म सहमति खोज्नका लागि आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र स्थगित गरिएको हो। ५ बजेसम्म सहमति नजुटेमा निर्वाचन प्रकृया अगाडि बढ्ने छ।  यसअघि आज बसेको स्थायी कमिटी बैठकले पनि समावेशी सहित क्लस्टरमा भूगोलसहित ८ प्रदेश लगायतबाट केन्द्रीय सदस्य छान्ने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा घरभित्र नै एक पुरुष मृत भेटिए, मृत्युको कारण खोज्दै प्रहरी

    भक्तपुरमा घरभित्र नै एक पुरुष मृत भेटिए, मृत्युको कारण खोज्दै प्रहरी

    काठमाडौंः भक्तपुरमा एक पुरुष घरभित्र मृत फेला परेका छन्। काभ्रेपलान्चोक भगवती गाउँपालिका घर भएका ३४ वर्षीय देवराज थापा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। आज बिहान करिब ७ बजेतिर भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ स्थित घरको रेलिङमा मृत फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • अलमुताइरीको आगमन र विवाद : २०२१ मा नेपाली फुटबलमा जे भयो

    अलमुताइरीको आगमन र विवाद : २०२१ मा नेपाली फुटबलमा जे भयो

    काठमाडौं : २०२१ मा नेपाली फुटबल चर्चामा रह्यो। कोभिड १९ संक्रमणका कारण लामो समय ठप्प रहेर दशरथ रंगशालामा फुटबल फर्कियो। नेपाल, कीर्गिस्तान यू २३ र बंगलादेशबिचको थ्री नेशन्स कप नेपालले घरेलु मैदानमा जित्यो। योहान कालीन कोभिडका क्रममा घर गएर नेपाल फर्किएनन्। थ्री नेशन्स कपमा नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा खेल्यो। च्याम्पियन पनि बन्यो। त्यसपछि प्रशिक्षकमा आए कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको केन्द्रीय कमिटी निर्वाचन मिश्रित प्रणालीबाट, ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला

    माओवादीको केन्द्रीय कमिटी निर्वाचन मिश्रित प्रणालीबाट, ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला

    काठमाडौं : प्रज्ञा भवनमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले पेश गरेको विधान मस्यौदा पारित भएको छ। गुरुङले मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासाको जवाफ दिएका थिए। साथै उनले सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिप रुप दिने गरी विधान मस्यौदा पारित गर्न आग्रह गरेका थिए। उनको…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

    प्रज्ञामै सुरु भयो माओवादी स्थायी कमिटी बैठक

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि बन्दसत्र केही समयका लागि स्थगित भएको हो। त्यसलगत्तै पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। यस अघि बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी बहुपदीय प्रणालीमै जाने, केन्द्रीय कमिटीले आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने

    माओवादी बहुपदीय प्रणालीमै जाने, केन्द्रीय कमिटीले आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने

    काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्। बन्दसत्रका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहका नेताहरुले धारणा राखेका थिए। त्यसक्रममा नेताहरुले बहुपदीय प्रणाली हटाउन माग उठाएका थिए। तर, नेताहरुले…

    विस्तृतमा पढ्नुस्

  • सन् २०२२ को स्वागतमा यसरी रमायो विश्व

    सन् २०२२ को स्वागतमा यसरी रमायो विश्व

    आजबाट इश्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ लाई बिट मार्दै आजबाट अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएको छ। नयाँ वर्षलाई विश्वभर विभिन्न तरिकाले स्वागत गरियो। गत वर्ष कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नयाँ वर्षको स्वागतमा कार्यक्रमहरु गरिएका थिएनन्। निकै कम संख्यामा मात्रै भएको कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू गरिएको थियो। यो वर्ष भने कोरोना भाइरस संक्रमणको त्रासबिच अधिकांश मुलुकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell