PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    पोखरा : गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि प्रदेशसभा बैठक आज ४ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई नि:शुल्क बर्गर नदिँदा एक पाकिस्तानी रेस्टुरेन्टका सबै कर्मचारी हिरासतमा

    प्रहरीलाई नि:शुल्क बर्गर नदिँदा एक पाकिस्तानी रेस्टुरेन्टका सबै कर्मचारी हिरासतमा

    पाकिस्तानको लाहौर शहरमा गत साता प्रहरीलाई नि:शुल्क बर्गर नदिएको आरोपमा एक रेस्टुरेन्टका १९ जना कर्मचारीलाई हिरासत पुर्‍याइयो। शनिवार जोनी एण्ड जुगनु नामको रेस्टुरेन्टका सबै कर्मचारीलाई प्रहरीले रातभर हिरासतमा राखेको हो। यस रेस्टुरेन्टको पाकिस्तानमा थुप्रै शाखा छन्। सञ्चालकले विज्ञप्ती जारी गर्दै यस्तो घटना पहिलो पटक घटेको जनाएको छ। जनाइएको छ,'प्रहरीहरूले आफ्नो लागि नि:शुल्क बर्गर मागेका थिए। जुन उनीहरूका लागि साधारण विषय…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए

    पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए

    बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडी खेल्दा बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन्। सोमवार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा मंगलवार बिहान १०:३० बजे सोही पोखरीमा श्रीसको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए। श्रीस मादक प्रदार्थ…

    विस्तृतमा पढ्नुस्

  • दीपक-दीपा र जितु नेपालबिच सम्बन्ध सुधारको संकेत?

    दीपक-दीपा र जितु नेपालबिच सम्बन्ध सुधारको संकेत?

    काठमाडौं : मंगलवार हाँस्य कलाकार जितु नेपालको जन्मदिन। कलाकार दीपकराज गिरीले जितुलाई सामाजिक सञ्जालमार्फत्‍ जन्मदिनको शुभकामना दिए। कामनासँगै उनले आफूहरूको मतभेदबिच  सहयात्रा नरोकिएको बताएका छन्। 'तपाईंसँग जे छ, त्यो मसँग छैन। मसँग भएका तपाईंसँग नहुन सक्छ। सायद यही एक अर्कोसँग भएका कुरा अ‍ैचोपैचो गर्दै एउटै खोलामा मिसियौं र बग्दै गयौं निरन्तर, कहिलेकाहीँ हाम्रा मतभेदका छालहरू एक अर्कोसँग ठोक्किए पनि हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • कारवाहीलाई मान्यता नदिएपछि निर्वाचन आयोगमाथि उपेन्द्र यादवका ३ प्रश्न : कानुनी लडाई लड्ने चेतावनी

    कारवाहीलाई मान्यता नदिएपछि निर्वाचन आयोगमाथि उपेन्द्र यादवका ३ प्रश्न : कानुनी लडाई लड्ने चेतावनी

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। मंगलवार विज्ञप्ति जारी गर्दै यादवले पार्टीको केन्द्रीय कार्यकारिणीको बहुमतले गरेको कारवाहीको निर्णयलाई मान्यता नदिनुलाई लोकतान्त्रिक मूल्य, मान्यताको अवज्ञा भनेका छन्। साथै, आयोगमाथि उनले केही प्रश्न पनि उठाएका छन्। यादवले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्। नेताहरुका अनुसार यादव समूह…

    विस्तृतमा पढ्नुस्

  • खकुलिएको निषेधाज्ञाका दृश्य : सडकमा बाक्लियो गाडीको सङ्ख्या, खुले पसल

    खकुलिएको निषेधाज्ञाका दृश्य : सडकमा बाक्लियो गाडीको सङ्ख्या, खुले पसल

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञा थपिए पनि त्यसका केही प्रावधानहरु लचिलो बनाइएको छ। अर्थात् निषेधाज्ञा केही खुकुलो पारिएको छ। वैशाख १६ गतेदेखि बन्द भएका केही पसलहरु खुल्दा मानिसको चहलपहल देखिएको छ। सडकमा सवारी साधनको चाप पनि बढेको छ। काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले होटेल तथा रेष्टुरेष्टहरुलाई टेक अवे तथा होम हेलिभरी सेवा दिँदा पनि सडकमा सवारी चाप परेको छ। महानगरीय ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • खोप नपाएको झोक : पेट्रोल ल्याउनेहरुले गरे काम ठप्प, बन्द हुँदै पम्पहरू

    खोप नपाएको झोक : पेट्रोल ल्याउनेहरुले गरे काम ठप्प, बन्द हुँदै पम्पहरू

    काठमाडौं : खोप उपलब्ध नगराएको भन्दै पेट्रोलियम ट्यांकर चालकले ढुवानी ठप्प पारेका छन्। ढुवानी ठप्प हुँदा काठमाडौं उपत्यकाका केही पम्प बन्द हुन थालेका छन्। नेपाल पेट्रोलियम ट्यांकर चालक संघको अगुवाइमा आइतबारदेखि अमलेखगंज र काठमाडौंमा तेल ढुवानी बन्द भएको हो। संघले चालकलाई खोप नदिएसम्म तेल ढुवानी नगर्ने अडान लिएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल सक्रिय भएका छन्। कार्यकारी निर्देशक पौडेलले तत्काल…

    विस्तृतमा पढ्नुस्

  • ७५ दिन यताकै कम संक्रमित, स्थिति सुधारिँदै भारतको

    ७५ दिन यताकै कम संक्रमित, स्थिति सुधारिँदै भारतको

    भारतमा गएका ७५ दिन यताको सबैभन्दा कम संक्रमण संख्या रेकर्ड भएको छ। चौबीस घन्टामा भारतमा ६० हजार ४ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। साथै मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ। चौबीस घन्टामा २ हजार ७ सय २६ जना संक्रमितको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार भारतमा यही अवधिमा १…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज 'ग्रुप अफ डेथ'का दुई खेल: पोर्चुगललाई हंगेरीको र फ्रान्सलाई जर्मनीको चुनौती

    युरो कपमा आज 'ग्रुप अफ डेथ'का दुई खेल: पोर्चुगललाई हंगेरीको र फ्रान्सलाई जर्मनीको चुनौती

    यूईएफए युरो कपमा आज दुई खेलमा हुँदैछन्। प्रतियोगिताको 'ग्रुप अफ डेथ' मानिएको समूह एफका खेलहरु आज हुँदैछन्। यो समूहमा युरो कपको पूर्व विजेता पोर्चुगल सहित विश्वकप विजेता फ्रान्स, विश्वफुटबलको महारथी जर्मनी र बलियो मानिएको हंगेरी रहेका छन्। आज हुने पहिलो खेलमा पोर्चुगल र हंगेरी पौने १० मा हंगेरीको वुडापेस्ट स्थित फेरेन्क पुस्कस स्टेडियममा आमनेसामने हुनेछन्। पोर्चुगलले अहिले सम्मका १३ खेलमा…

    विस्तृतमा पढ्नुस्

  • सय रुपैयाँ हाराहारीमा सुन्न सकिने नेपाली कृतिहरू, आँखाको समस्या भएकालाई पनि पुस्तकको सहज पहुँच

    सय रुपैयाँ हाराहारीमा सुन्न सकिने नेपाली कृतिहरू, आँखाको समस्या भएकालाई पनि पुस्तकको सहज पहुँच

    काठमाडौं : नेपाली आख्यान तथा गैर आख्यानका लागि सुन्न सकिने पुस्तकको विकास भएको छ। पुस्तकलाई प्रविधिसँग जोड्न डेढ वर्षअघि सुरु भएको ‘थुप्रै डट कम’ले अडियोबुक सार्वजनिक गरेको हो। ‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपमार्फत् पुस्‍तक खरिद्गरी सुन्न सकिनेछ । यो एप प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्‍याउने फरक माध्यम हुने थुप्रैको विश्वास छ।…

    विस्तृतमा पढ्नुस्

  • नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

    नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

    काठमाडौंः नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। उनले आफूलाई नेपाल प्रहरीको डाइरेक्टर मेडिकल डीएसपी भएको भन्दै सामाजिक सञ्जालमा फोटो राख्ने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै उनले विभिन्न पदवीहरू पाएको भन्दै फेसबुकमा राख्ने गरेको खुलेको छ। उनले नेपाल प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?

    निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?

    काठमाडौंः कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशभर निषेधाज्ञा गरिएको छ। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा मात्र निषेधाज्ञा गरिएको छैन। देशभर कोरोना संक्रमितको सङख्या घट्दै गए पनि स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा हटाएका भने छैनन्। अझ केही दिन संक्रमणको जोखिम उच्च भएको कारण निषेधाज्ञा हटाउन नसेको प्रमुख जिल्ला अधिकारीहरुको दावी रहेको छ। कोरोना संक्रमणक नियन्त्रणको…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

    पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

    काठमाडौंः पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सप्तरी महादेवा गाउँपालिका वडा नम्बर २ मण्डल टोल बस्ने ५ वर्षीय बालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोमबार बिहान घर नजिकैको पोखरीमा आफन्तसँग नुहाउन जाँदा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबेपछि आफन्तले देखेर गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि लगेका थिए। उपचारको क्रममा नै बालिकाको मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

    कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्। खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको ५७ औं मिनेटमा इडुआर्दा भार्गसले गोल गर्दै चिलीलाई बराबरीमा ल्याए।…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो

    बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो

    यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिभर बलमा आफ्नो पकड बनाएर स्वीडेनलाई दवाब दिएको स्पेन फिनिसिङमा चुकेको थियो। ८५ प्रतिशतभन्दा बढीसमय बल बल आफ्नो नियन्त्रमणमा राखेको स्पेनले आक्रमणको प्रयास पटकपटक बुनेर पनि गोल गर्नभने असफल रह्यो। त्यसअघि सम्पन्न खेलमा स्लोभाकियाले बलियो मानिएको पोल्याण्डलाई…

    विस्तृतमा पढ्नुस्

  • विपक्षी गठबन्धन अझै बलियो बनाउने देउवा, प्रचण्ड र नेपालबीच सहमति

    विपक्षी गठबन्धन अझै बलियो बनाउने देउवा, प्रचण्ड र नेपालबीच सहमति

    काठमाडौँ विपक्षी गठबन्धनका नेताहरुले गठबन्धन अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार राति नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल गरेका थिए। उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए। नेता नेपालको सचिवालयका अनुसार भेटमा विभिन्न संवैधानिक निकायले निश्पक्ष ढंगले…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

    दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

    पोखराः राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा मन्त्री मनाङेले अशोभनीय तथा लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो। मन्त्री गुरुङको अभिव्यक्तिले खेल जगतकै अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • युरो कप: स्कटल्याण्डमाथि चेक रिपब्लिकको जित

    युरो कप: स्कटल्याण्डमाथि चेक रिपब्लिकको जित

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्कटल्याण्डमाथि चेक रिपब्लिकले सहज जित निकालेको छ। ह्याम्सडेन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली स्कटल्याण्ड चेक रिपब्लिकसँग २-० ले पराजित भएको हो। चेक रिपब्लिकको जितमा दुबै गोल प्याट्रिक सिकले गरे। ४२ औं मिनेटमा अग्रता दिलाएका उनले दोस्रो गोल ५२ औं मिनेटमा गरेका थिए। त्यस्तै आजै हुने हुने दोस्रो खेलमा समूह 'ई' का…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही

    माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही

    कैलालीः सुदूरपश्चिममा नेकपा (एमाले) का सात सांसदलाई कारबाही गरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कारबाही गरेको हो। सुदूरपश्चिममा माधव समूहको बहुमत छ। संसदीय दलको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्ने निर्णय भएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन्। संसदीय दलले पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री ओली : कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा छ, अब खाँचो खोपको

    अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री ओली : कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा छ, अब खाँचो खोपको

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा रहेको बताएका छन्। सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अब कोभिड-१९ विरुद्ध खोपको खाँचो रहेको बताएका हुन्। प्रधानमन्त्री ओलीले अत्यधिक संक्रामक र अधिक प्राणघातक रहेको कोभिड-१९ को दोस्रो लहर मार्चको अन्तिमबाट शुरु भएको भन्दै संक्रमण दर र मृत्यु दर निकै तीव्र रुपमा बढ्दा अस्पताल बेड तथा स्वास्थ्योपचारलगायत स्रोत साधनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell