काठमाडौं : विपक्षी गठबन्धनका नेताहरु फेरि पनि राजनीतिक छलफलमा जुटेका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा नेता नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको नेपाल निकट एक नेताले जानकारी दिए। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारेमा भेटमा छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र झलनाथ खनाल पक्षलाई सहभागी गराएर…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्। उनले निगममा देखिएको कमीकमजोरी सच्चाउन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए। निगमसँग आन्तरिक उडानका लागि…
पोखरा : गण्डकी प्रदेशसभामा सोमवार पेस भएको नीति तथा कार्यक्रममा मंगलवार छलफल हुने भएको छ। सोमवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्। नीति तथा कार्यक्रम पेस गरेपछि आधा घण्टा स्थगित बैठक पुनः सञ्चालन भएको थियो। बैठकमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पेस भएको जानकारी गराएपछि सभामुखले बैठक स्थगित गर्दै मंगलवार बिहान १०…
कतार विश्वकप छनोट र एसियन कप छनोटमा नेपालले कुवेत भ्रमण गरेर आइतवार साँझ नेपाल फर्किएको छ। अघिल्ला भ्रमण भन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन्। काठमाडौंमा सोमवार न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै कप्तान किरण चेम्जोङले विगतमा भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन्। सधैँ रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रमक खेल्न सक्छ भन्ने उदाहरण…
पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गरेको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवारको प्रदेश सभा बैठकमा कोभिड-१९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम पेस गरेकी छिन्। प्रदेशमा कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउने, कोरोनाका कारण सिर्जना भएका समस्या हल गर्ने, प्रदेशका सम्पूर्ण नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने व्यवस्था गर्ने…
हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कांग्रेस सांसद नरोत्तम वैद्यविरुद्ध परेको उजुरीबारे कांग्रेस वाग्मती संसदीय दलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका सांसद वैद्यविरुद्ध आइतवार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता गराएका हुन्। संसदीय दलका नेता इन्द्र बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै सांसद वैद्यविरुद्ध राजनीतिक प्रतिशोधको आधारमा सरकारको दबाब र प्रभावमा जाहेरी…
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धी आह्वान भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाको विजेताले एक लाख रुपैयाँ पाउनेछन्। जर्सी डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ। जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग…
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। जेठ २३ गतेको कामकाजमा रोक नलगाउने अन्तरिम आदेश सोमवार विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेको हो। अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टा छुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए। निवेदनमा आज सुनुवाइ गर्दै श्रेष्ठ…
उत्तर प्रदेशको प्रतापगढ जिल्लामा पत्रकार सुलभ श्रीवास्तवको मृत्यु भयो। आइतवार राति एक ईंटा भट्ठाको किनारमा उनको शव भेटियो। प्रहरीले उनको मृत्यु दुर्घटनाको कारण भएको बतायो तर परिवार त्यो स्वीकार्न तयार छैन। उनीहरूलाई हत्याको आशंका छ। प्रतापगढका प्रहरी एसपी आकाश तोमरले बीबीसीसँग मृत्युको कारण दुर्घटनाजस्तो देखिएको बताएका छन्। जसबारे थप अनुसन्धान भइरहेको सुनाए उनले। 'घटना हुँदा केही प्रत्यक्षदर्शी पनि थिए। उनीहरूले…
काठमाडौं : लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सार्वजनिक भएको छ। प्रकाशक फाइनप्रिन्टले सोमबारदेखि कथा संग्रह बजारमा उपलब्ध गराएको हो। सङ्ग्रहमा पाण्डेका १३ ओटा लामा कथा समावेश छन्। आफूले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको बताउँछन् लेखक। ‘जति किताब लेखिसके पनि…
काठमाडौं : निर्वाचन आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएपछि जनता समाजवादी पार्टी (जसपा)को राजनीति नयाँ कोर्समा प्रवेश गरेको छ। जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतको बलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो भने महन्थले संसदीय दलको बहुमतका बलमा उपेन्द्रलाई पार्टीबाट निष्कासन गरेका थिए। दुवैको कारवाहीको पत्रलाई…
कोपा अमेरिका अन्तर्गत भोलि बिहान हुने खेलमा अर्जेन्टिना र चिली प्रतिस्पर्धामा उत्रँदै छन्। ब्राजिलको रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा खेल भोलि बिहान २: ४५ मा सुरु हुनेछ। समूह 'बी' का यी दुई टोली शुक्रवारमात्र विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा आमनेसामने भएका थिए। उक्त खेल १-१ को बराबरीमा रोकिएको थियो। त्यस्तै भोलि बिहान नै हुने अर्को खेलमा पाराग्वे र…
यूईएफए युरोकपमा आज तीन खेलमा हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'डी' का चेक रिपब्लिक र स्कटल्याण्ड भिड्नेछन्। स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा खेल साँझ पौने ७ बजे सुरु हुनेछ। यसअघिको समूह 'डी' को खेलमा क्रोएसियालाई हराउँदै इङ्ग्ल्याण्डले तीन अंक जोडेको थियो। त्यस्तै आजै हुने हुने दोस्रो खेलमा समूह 'ई' का पोल्याण्ड र स्लोभाकिया भिड्नेछन्। खेल बेलुकी पौने १० बजे क्रिस्टोभ्स्की…
काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापाविरुद्धको मुद्दा पेशीमा चढेको छ। सांसद थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै परेका तीन वटा भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। इजलासको तेस्रो नम्बरमा पेशीमा चढेको हो। थापाविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकीका सभामुख र गण्डकी प्रदेशसभा सचिवालयले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो। जेठ…
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरमाथि जित निकालेको छ। एरेना प्यान्टनल स्टेडियममा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बियाले इक्वेडरमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलमा राम्रो पकड बनाएको इक्वेडरलाई हराउन कोलम्बियाका एडविन कारडोनाले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे। यद्यपि बल पोजिसन र आक्रमणमा इक्वेडर अघि रहेको थियो। आजै सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलले…
ब्राजिलको ब्रसिल्लास्थित स्टेडियो नेसनल डी ब्रसिल्ला स्टेडियममा घरेलु टोली र भेनेजुएलाबीचको खेलसँगै प्रतियोगिता सुरु भयो। उद्घाटन खेलमा घरेलु टोलीले भेनेजुएलामाथि ३-० को सहज जित निकाल्यो। अघिल्लो वर्ष तय भएको यो प्रतियोगिता दुई हप्ताअघि मात्र ब्राजिलमा हुने निश्चित भएको थियो। यद्यपि यो दुई हप्तामा पनि ब्राजिलमा प्रतियोगिताको आयोजनालाई लिएर असन्तुष्टीहरु खेलाडीदेखि त्यहाँका मानिसहरुले पोखे। अझ भन्ने हो यो विषय अदालतसम्मै पुग्यो।…
कोपा अमेरिकाको उदघाटन खेलमा घरेलु टोली ब्राजिलले सानदार सुरुवात गरेको छ। स्टेडियो नेशनल डी ब्रसिल्लामा सम्पन्न प्रतियोगिताको उदघाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको हो। खेलको २३ औं मिनेटमा मार्क्विन्होसको गोल अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नेइमारले ब्राजिलको अग्रता दोब्बर बनाए। उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता…
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह सी को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई हराएको छ। एम्स्टरड्याम एरेनामा सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२ औं मिनेटमा जर्जिनिओ विजनाल्डमको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। त्यस्तै वोउट वोघ्रोस्टले ५८ औं मिनेटमा अर्को गोल थप्दै खेल बराबरीमा ल्याए। उता युक्रेनका लागि एन्ड्री…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा अष्ट्रियाले उत्तर म्यासेडोनियामाथि जित निकालेको छ। नेशनल एरेना बुकारेस्टमा भएको खेलमा अष्ट्रियाले उत्तर म्यासेडोनियामाथि ३-१ गोलको सानदार जित निकालेको हो। पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा अष्ट्रियाले दुई गोल थपेको थियो। १८ औँ मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाए। २८ औँ मिनेटमा उत्तर म्यासेडोनियाका गोरन पान्देभले गोल…
प्रमुख औद्योगिक राष्ट्रका राष्ट्रप्रमुखहरुले गरिब मुलुकहरुलाई एक बिलियन (१ अर्ब) कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। जी-सेभेन सम्मेलनमा सदस्य राष्ट्रहरुले यस्तो प्रतिज्ञा गरेका हुन्। सो क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो निर्णय विश्वलाई खोप पुर्याउने लक्ष्यमा एउटा ठूलो कदम हुने टिप्पणी गरे। कोर्नवालमा भएको सम्मेलनमा प्रधानमन्त्री जोनसनले राष्ट्रवादी स्वार्थलाई अस्वीकार गरिएको बताए। विश्वलाई नै कोभिड-१९ विरुद्धको खोपको पहुँचमा…