काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षको कारवाहीलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले एक अर्कालाई कारवाही गरेर निर्वाचन आयोगलाई कारवाहीको विवरण अध्यावधिक गरिदिन आग्रह गरेका थिए। यादव पक्षले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल र शरवेन्द्र नाथ शुक्ल गरी ४ जनालाई पार्टीको साधारण सदस्यबाट हटाएको थियो भने ठाकुर समूहले यादवलाई पार्टीबाट…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकालेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्याण्डले १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डका रहीम स्ट्रलिङले निर्णायक गोल गरे। उनले खेलको ५७ औं मिनेटमा केल्भिन फिलिप्सको गोलमा टिमलाई अग्रता दिलाएका थिए। समूह 'डी' मा इङ्ग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक…
काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता - द सुज अफ अ लिटल गर्ल’ले ग्रिसको एथेन्स फिल्म ओलम्पियाडमा स्वर्ण पदक जित्न सफल भएको छ। यो फिल्मले बेस्ट प्रमिसिङ डाइरेक्टरको विधामा स्वर्ण पदक पाप्त गरेको छ। साथै बेस्ट फिल्मको विधामा यो फिल्मले रजत पदक जितेको हो। साथै अन्य विभिन्न विधामा फिल्मले चार रजत पाउनुका साथै तीन कास्य पदक समेत जितेको छ।…
१४ जुन २०२० मा भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भयो। ३४ वर्षीय सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। शुरुमा उनले आत्महत्या गरेको भनि भनिएको थियो तर पछि घटनाले अर्कै मोड लियो। उनको मृत्यु झन रहस्यमय बन्दै गयो। मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अन्वेषण ब्यूरो, नार्कोटिक्स कन्ट्रोल ब्यूरो र प्रवर्तन निर्देशालय यी पाँच निकायले सुशान्तको मृत्युको जाँच…
दक्षिण अमेरिकी फुटबलको महासंग्राम कोपा अमेरिका भरे रातिबाट सुरु हुँदैछ। कोभिड महामारीले थलिएको ब्राजिलमा प्रतियोगिताको उद्घाटन खेलमा भोलि बिहान २: ४५ बजे घरेलु टोली ब्राजिल र भेनेजुएला आमनेसामने हुँदैछन्। प्रतियोगिताको पूर्वसन्ध्यामा खेलाडीसहित भेनेजुएला टिमको १२ जनामा कोभिड संक्रमण पुष्टी भएको छ। ब्रासिलियाको स्वास्थ्य सचिवको विज्ञप्तिमा १२ जनालाई कोभिड संक्रमण भएको र त्यसमा 'खेलाडी र अफिसियल' रहेको उल्लेख छ। त्यसमा ८…
पोखरा: गण्डकी प्रदेशको राजनीतिमा पछिल्लो समयमा चर्चित नाम बनेका छन् दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ। गुण्डागर्दी पृष्ठभूमिबाट सांसद हुँदै मन्त्री बन्न सफल मनाङेको राजनीति घुमाउरो बाटो हिँडे पनि बोल्ने शैली भने सिधा छ। बोल्ने शैलीका कारण उनी जति चर्चित भए त्योभन्दा बढी विवादास्पद बनेका छन्। प्रदेशको सत्ता समीकरणको जोड घटाउमा ‘किङमेकर’को भूमिकामा देखिएका मनाङेले आफैँलाई मन्त्री बनाएका पृथ्वीसुब्बा गुरुङलाई…
कैलाली : एमालेको केपी शर्मा ओली समूहका सांसदको असहमतिकै बीच सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आज एमालेको माधव समूहका सांसदले संसदीय दलबाट ह्विप जारी गरेर नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन गरेको थियो। त्यसलाई अवज्ञा गर्ने अडान सकेका ओली समूहका ७ जना सांसदले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुँदा हुन्न भने पनि बहुमत संख्याका आधारमा नीति…
जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद् समावेशी बनाउन सुझाव दिँदै पत्र लेखेका छन्। प्रदेश २ ले समावेशितामा नेतृत्वदायी भूमिका खेलेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै प्रदेश प्रमुख झाले आफू यस प्रदेशको प्रमुख मात्र नभई नागरिक समेत भएकोले मन्त्रिपरिषद्को पुनर्गठनमा समावेशिताको सन्दर्भमा मुख्यमन्त्रीलाई स्मरण गराउन ४ पृष्ठ लामो पत्र लेखेका हुन्। प्रदेश प्रमुख झाले संविधानको…
काठमाडौं : काठमाडौं महानगरपालिकाले ६०-६१ वर्ष उमेर समूह लगायतका व्यक्तिहरुलाई कोभिड-१९ विरूद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सोमवार र मंगलवार विभिन्न अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ। महानगरपालिकाले रत्नपार्कस्थित वीर अस्पताल, महाराजगंजस्थित शिक्षण अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो। खोप…
काठमाडौं : सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। संविधानले निर्धारण गरेभन्दा बढी मन्त्री बनाएको भन्दै कमल सिंह रानासमेतले दायर गरेको रिटमा आइतवार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले मुख्य न्यायाधिवक्तामार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको हो। रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद कार्यालय, मुख्यमन्त्री लगायतलाई विपक्षी बनाइएको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतवार पुरक निवेदन दिएका हुन्। पहिलो मन्त्रिपरिषद विस्तारविरुद्ध पनि त्रिपाठीसहित ६ वटा रिट परेका छन्। अन्तरिम आदेश मागिएको उक्त रिटमा दुबै पक्षलाई बोलाएर छलफल गर्न असार ८ मा सुनुवाइ हुँदैछ। दुबै पक्षलाई बोलाउने र सरकारलाई लिखित जवाफ…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो। तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल…
काठमाडौं : निषेधाज्ञाबिच समस्यामा परेका कलाकारहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले १२ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। गत आइतवारदेखि सुरु भएको राहत वितरणको पहिलो चरणमा करिव ७ सय कलाकारलाई राहत दिइएको हो। प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरूलाई खाद्यान्न सामाग्री वितरण गर्यो। प्रतिष्ठानले प्रत्येकलाई एक बोरा चामल, पाँच लिटर तेल, दाल, चिउरा, माक्स र…
काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत् मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिन थालेको छ। भर्ना गरेसँगै उनमा सुधार देखिएको नवजीवन परोपकार संस्थाका संस्थापक दुर्गानाथ दाहालले जानकारी दिए। नवजीवन परोपकार संस्थाकै पहलमा नर्भिक अस्पतालले घिमिरेको उद्दार गरेको थियो। साथै उनको नि:शूल्क उपचार गरिदिने भएको हो। घटनाबारे सामाजिक सञ्जालमा चर्चा भएसँगै उनको परिवारलाई आर्थिक सहायता जुट्न थालेको छ। चलचित्र विकास बोर्ड अन्तर्गतको…
काठमाडौं : यतिखेर राजनीतिक वृत्तको केन्द्रमा छ गण्डकी प्रदेश। गण्डकी प्रदेशको पनि केन्द्रमा रहँदै 'हट केक' बनेका छन् दीपक मनाङे। मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङलाई गुल्ट्याउन र त्यही कुर्सीमा कृष्णचन्द्र नेपालीलाई बसाउन उनको भूमिका रह्यो। बहालवाला मन्त्रीबाटै उनले विद्रोह गरे विपक्षी गठबन्धनलाई जिताए। यति भएपछि मनाङे चर्चामा रहनु अस्वभाविक पनि रहेन। तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बाले आफ्नो पद नै धरापमा पर्ने भएपछि दीपक मनाङेलाई मन्त्री बनाएका…
भारतमा २४ घन्टामा ८० हजार ८ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। एकै दिन भारतमा १ लाख ३२ हजार ६२ जना संक्रमणमुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै न्युज एजेन्सी एएनआईले जनाएको छ। यस अवधिमा भारतमा ३ हजार ३ सय ३ जनाको मृत्यु भएको छ संक्रमणकै क्रममा। भारतमा गएको ७१ दिन यताको सबैभन्दा कम संक्रमण हो यो चैबीस…
पोखरा : गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई दीपक मनाङेले ठूलो धोका दिएको बताएका छन्। आज आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गुरुङले आफैंले राजनीतिमा सहजिकरण गरेको मान्छे दीपक मनाङेले धोका दिएको बताएका हुन्। गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा सत्ता जोगाउन मनाङेलाई गुरुङले मन्त्रीमण्डलमा भित्राएका थिए। वैशाख १६ गते मनाङेलाई खेलकुद मन्त्रीका रुपमा शपथ लिएका थिए। त्यसपछि पृथ्वीसुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिए। फेरि अर्को…
यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा इङ्ग्ल्याण्ड र क्रोएसिया भिड्नेछन्। समूह डि अन्तर्गतको खेलमा साँझ पौने सात बजे वेम्बली स्टेडियममा घरेलु टोली इङ्ग्ल्याण्डलाई क्रोएसियाले चुनौती दिनेछ। त्यस्तै दोस्रो खेलमा समूह 'सी' को खेलमा अस्ट्रिया र नर्थ म्यासोडोनिया प्रतिस्पर्धा गर्नेछन्। रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। त्यस्तै समूह 'सी' कै…
काठमाडौं : काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। जिल्ला प्रशासन कार्यालयमा दिउँसो बैठक बस्न लागेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यसअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनौपचारिक छलफलले निषेधाज्ञा थप गर्ने सहमति भइसकेको छन्। डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। आज बस्ने बैठकले…
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियमले रसियामाथि जित निकालेको छ। क्रेस्टोभेस्की स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा बेल्जियमले रसियामाथि ३-० को सहज जित निकालेको हो। बेल्जियमले खेलको १० औं मिनेटमै रोमेलु लुकाकुको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै थोमस मेउनइरले ३४ औं मिनेटमा गोल थप्दा पहिलो हाफमै बेल्जियम दुई गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा लुकाकुले नै गोल…