PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • टर्कीलाई हराउँदै युरोकपमा इटलीको सानदार सुरुवात

    टर्कीलाई हराउँदै युरोकपमा इटलीको सानदार सुरुवात

    गएराति सम्पन्न युरोकपको उद्घाटन खेलमा टर्कीलाई हराउँदै इटलीले सानदार सुरुवात गरेको छ। रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा टर्कीमाथि ३-० को सहज जित निकाल्दै घरेलु टोली इटलीले प्रतियोगितामा सानदार सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा इटलीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। टर्कीका मेरिह डेमिरलको खेलको ५३ औं मिनेटमा आत्मघाती गोल गरेपछि इटलीले खेलमा अग्रता बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'गोर्खाली' को बिम्ब प्रयोग गर्दै अलमुताइरीले भने: खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु

    'गोर्खाली' को बिम्ब प्रयोग गर्दै अलमुताइरीले भने: खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु

    काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह बी को खेलमा नेपाल पराजित भएसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीको आजको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिकृया दिएका छन्। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएसँगै अलमुताइरीले 'गोर्खालीले अन्तिमसम्म' फाइट गरेको प्रतिकृया दिए। उनले अस्ट्रेलियालाई फिजिकल फ्याक्टरले साथ दिएको भन्दै नेपाली खेलाडीले काउन्टर अट्याकको प्रयास गरेको बताए। त्यसमा मनिषले…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज तीन खेल

    युरो कपमा आज तीन खेल

    यूईएफए युरोकपमा आज तीन खेल हुँदैछ। आज हुने पहिलो खेलमा समूह ए का वेल्स र स्वीजरल्याण्ड बेलुकी ६: ४५ मा अजेबैजानको बाकु इन्टरनेशनल स्टेडियममा आमनेसामने हुनेछन्। यसअघि उद्घाटन खेलमा समूह ए कै टर्कीलाई इटलीले हराएको थियो। समूह ए मा इटली, टर्की, वेल्स र स्वीजरल्याण्ड रहेका छन्। त्यस्तै अर्को खेलमा ९: ४५ बजे डेनमार्क र फिनल्याण्ड प्रतिस्पर्धामा उत्रनेछन्। डेनमार्कको पार्केन स्टेडियममा…

    विस्तृतमा पढ्नुस्

  • दश खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    दश खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएको छ। खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन।पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • पहिलो हाफमा नेपाल २ गोलले पछाडि, रोहितलाई रेडकार्ड

    पहिलो हाफमा नेपाल २ गोलले पछाडि, रोहितलाई रेडकार्ड

    काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह 'बी' को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा पहिलो हाफ सकिँदा अस्ट्रेलियाले दुई गोलको अग्रता बनाएको छ। खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन। पहिलो हाफको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ अस्ट्रेलियाविरुद्ध उत्रने नेपाली टिमको सुरुवाती ११

    यस्तो छ अस्ट्रेलियाविरुद्ध उत्रने नेपाली टिमको सुरुवाती ११

    काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ। बेलुकी पौने १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ। जोर्डनसँग खेलेको टिमभन्दा अस्ट्रेलियाविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक सुरुवाती ११ बनाएका छन्। जसमा एरिक बिष्ट, विशाल राई, गौतम श्रेष्ठ र नवयुग श्रेष्ठले सुरुवाती सेटमा स्थान बनाएका छन्। अघिल्लो सेटबाट अन्जन बिष्ट,…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा सरकार बन्नेमा विपक्षी गठबन्धन विश्वस्त, प्रदेश प्रमुखको जवाफ, 'अध्‍ययन गरेर बोलाउँछु'

    गण्डकीमा सरकार बन्नेमा विपक्षी गठबन्धन विश्वस्त, प्रदेश प्रमुखको जवाफ, 'अध्‍ययन गरेर बोलाउँछु'

    पोखराः गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएका विपक्षी आफ्नो सरकार बन्नेमा विश्वस्त छन्। कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि विपक्षी गठबन्धनका ३१ सांसद बहुमतको दाबीसहित सशरीर प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएर हस्ताक्षर बुझाएका थिए। बहुमतको दाबी पेस गरेपछि मुख्यमन्त्रीका दाबेदार कृष्णचन्द्र नेपालीले आफ्नो नेतृत्वमा सरकार बन्नेमा विश्वस्त रहेको बताए। नेपालीका अनुसार विपक्षी गठबन्धनलाई प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा पोखरेलद्वारा सरकार गठनको दाबी पेश

    दीपक मनाङेसहित ३१ सांसदको समर्थनमा पोखरेलद्वारा सरकार गठनको दाबी पेश

    पोखरा : गण्डकी प्रदेशमा सरकार गठनको नेपाली कांग्रेसका प्रदेशसभा सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको समर्थन सहित दाबी पेश गरेका छन्।  विपक्षी गठबन्धनका ३१ जना सांसदसहित पोखरेलले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई दाबी पेश गरेका हुन्।  पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नेहरुमा नेपाली कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका २ जना र जनता समाजवादी पार्टी नेपालका २ जना सांसद रहेका…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणमा रोक लगाएपछि धनुषामा प्रदर्शन

    सर्वोच्चले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणमा रोक लगाएपछि धनुषामा प्रदर्शन

    जनकपुरधाम : सर्वोच्च अदालतले नागरिकता संशोधन अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरणमा रोक लगाएपछि युवाहरुले धनुषाको ढल्केवरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता पाउनबाट बञ्चित रहेका युवाहरुको सहभागिता रहेको थियो। उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरुले ‘जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको प्रश्न, ‘हामीलाई मुटु, मिर्गौला र क्यान्सरको विशेषज्ञ जनशक्ति कति चाहिएको हो?’

    प्रधानमन्त्रीको प्रश्न, ‘हामीलाई मुटु, मिर्गौला र क्यान्सरको विशेषज्ञ जनशक्ति कति चाहिएको हो?’

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्। चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो? कति मध्यमस्तरको जनशक्ति, कति सामान्य प्राविधिक जनशक्ति? यसको हिसाब हुनुपर्छ।’ प्रधानमन्त्रीले फोक्सो, कलेजो, मिर्गौला, क्यान्सर जस्ता रोगहरुमा समेत कति…

    विस्तृतमा पढ्नुस्

  • २ हजार रुपैयाँ तिरेर गणेश लामा रिहा, भने : पार्टीका नेताले पठाउनु भएको हो तर सरकारले अलोकतान्त्रिक कदम चाल्यो

    २ हजार रुपैयाँ तिरेर गणेश लामा रिहा, भने : पार्टीका नेताले पठाउनु भएको हो तर सरकारले अलोकतान्त्रिक कदम चाल्यो

    पोखरा : नेपाली कांग्रेसका युवा नेता गणेश लामा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले नेता लामालाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्। लामालाई बिहीवार दिउँसो पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिएको हो। रिहा भएपछि लामाले आफुलाई नियन्त्रणमा लिनु अलोकतान्त्रिक कदम भनेका छन्।  'आफू सिध्धिने बेलामा जनतालाई सुख…

    विस्तृतमा पढ्नुस्

  • खेतमा खनिएको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु

    खेतमा खनिएको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु

    जनकपुरधामः धनुषामामा पोखरीमा डुबेर  पाँच जना बालिकाको मृत्यु भएको छ। मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा रहेको हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको हो। ९ फिट गहिरो रहेको पोखरीमा पौडी खेल्ने क्रममा पल्टु यादवको १२ वर्षिया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षिया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षिया छोरी मञ्जु…

    विस्तृतमा पढ्नुस्

  • सरकारको बिरुद्ध आज काठमाडौं उपत्यकाभित्र प्रर्दशन, प्रदर्शनकारी समात्दै प्रहरी

    सरकारको बिरुद्ध आज काठमाडौं उपत्यकाभित्र प्रर्दशन, प्रदर्शनकारी समात्दै प्रहरी

    काठमाडौंः आज दिउँसो अखिल क्रान्तिकारीले माइतिघरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध प्रदर्शन गरेको हो। उनीहरूले सरकारले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय, मूल्य बृद्धि खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए। निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको बिषयमा पनि प्रर्दशन गरेका हुनर प्रहरीले नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको थियो। आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • 'रुख चढ्ने मेरी आमा, रुख चढ्ने म'

    'रुख चढ्ने मेरी आमा, रुख चढ्ने म'

    रिना थापा (तानी) - घर वरिपरि टन्नै काफलका रुख थिए। काफलको स्वादै मीठो। सिजनमा म तिनै काफलका रुख चढेर फल खान्थें। गर्मीमा शीतल खोज्दै तिनै रुखका नजिक पुग्थें। रुखमाथि चढेर घन्टौं शीतल हावाको बहाव महसुस गर्थें। काँचो काफल खाँदा मम्मीले गाली गर्नुहुन्थ्यो। तर, बालसुलभ मन कहाँ मान्थ्यो र? भाइबैनीसँग मिलेर खोजी खोजी काँचै काफल चपाउँथ्यौं। कति पटक मम्मीको आँखा छलेर नुन…

    विस्तृतमा पढ्नुस्

  • 'सरकार सेवक हो, मालिक होइन' भन्दै उत्रिनेलाई प्रहरीले समात्यो, मेडिकल कलेजलाई सम्बन्धनको विषयले आन्दोलन

    'सरकार सेवक हो, मालिक होइन' भन्दै उत्रिनेलाई प्रहरीले समात्यो, मेडिकल कलेजलाई सम्बन्धनको विषयले आन्दोलन

    काठमाडौं : शक्तिको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै नागरिक अभियन्ता विरोधमा उत्रिएका छन्। विरोधमा उत्रिएका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। 'स्वास्थ्य सेवा हो, व्यापार होइन। सरकार सेवक हो, मालिक होइन' लेखिएको प्ले कार्ड सहित सडकमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हिजो पनि यसैगरी सडक आन्दोलनमा उत्रिएकाहरु पक्राउ परेका थिए।  अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतलाई प्रहरीले पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • स्वतः पदमुक्त भइसकेका मनाङेले मुख्यमन्त्रीलाई बुझाए मन्त्री पदको राजीनामा

    स्वतः पदमुक्त भइसकेका मनाङेले मुख्यमन्त्रीलाई बुझाए मन्त्री पदको राजीनामा

    पोखराः गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीबाट स्वतः पदमुक्त भइसकेका राजीव गुरुङ (दीपक मनाङ) ले राजीनामा दिएका छन्। पदमुक्त भइसकेका मनाङेले कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री पदको राजीनामा बुझाएका हुन्।  विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै मन्त्रिपरिषदका अन्य सदस्यहरु पनि स्वतः पदमुक्त भइसकेका छन्। संविधानको धारा १६९(२) मा मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके मन्त्रीको पद समेत स्वतः रिक्त…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशबाट शासन गरिरहेका ओलीलाई सर्वोच्चको जवाफ, ‘अमुक राजनीतिक उदेश्य प्राप्तिका लागि संसद् छलेर अध्यादेश जारी गर्नु अनुचित’

    अध्यादेशबाट शासन गरिरहेका ओलीलाई सर्वोच्चको जवाफ, ‘अमुक राजनीतिक उदेश्य प्राप्तिका लागि संसद् छलेर अध्यादेश जारी गर्नु अनुचित’

    काठमाडौँः संसदीय व्यवस्थामा सरकार संसद्प्रति उत्तरदायी हुने संवैधानिक परिकल्पना नै हुन्छ। तर,  नेपालमा प्रायः सरकार संसद्लाई छल्ने, त्यसप्रति उत्तरदायी नहुने अवस्था नौलो हैन। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा निरन्तरता मात्र दिएनन्, आफू अप्ठ्यारोमा पर्दा एकै कार्यकालमा दुई पटकसम्म विघटनको सिफारिस गरे। सोही अनुरुप सदर नै भयो। संसद् हुँदा वा नहुँदा कुनै अवस्थामा पनि अध्यादेशको शासन वर्तमान प्रधानमन्त्रीका लागि प्रिय…

    विस्तृतमा पढ्नुस्

  • सम्पर्कविहीन दीपक मनाङे लेकसाइडको रिसोर्टमा भेटिए

    सम्पर्कविहीन दीपक मनाङे लेकसाइडको रिसोर्टमा भेटिए

    पोखराः गएरातिदेखि सम्पर्कविहीन भएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भेटिएका छन्। पोखरा लेकसाइडको खहरेस्थित वरपिपल रिसोर्टमा गुरुङलाई फेला पारिएको प्रहरी स्रोतले बतायो। रातिदेखि सम्पर्कविहीन भएका मनाङेलाई खोज्न कास्की प्रहरीले छापा मारेको थियो। मनाङेले प्रहरीलाई आफू इच्छाले होटलमा आएर बसेको बताएका छन्। मनाङेलाई खोजी गर्न प्रहरीले लेकसाइडकै रिसोर्टहरुमा छापा मारेको थियो।

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका चार सांसदको पुनर्बहालीः सर्वोच्चले भन्यो, ‘केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही महाधिवेशन आयोजक कमिटीबाट भयो’

    कर्णालीका चार सांसदको पुनर्बहालीः सर्वोच्चले भन्यो, ‘केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही महाधिवेशन आयोजक कमिटीबाट भयो’

    काठमाडौंः सर्वोच्च अदालतले पार्टी ह्विप उल्लङ्घनको कारबाहीमा परेर सांसद पद गुमाएका कर्णाली प्रदेश सभाका चार सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारबाही प्रक्रियामा प्रश्न उठाउँदै चार सदस्यलाई सांसदका रुपमा यथावत काम गर्न दिन आदेश जारी गरेको हो।  अदालतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसदकै…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चलमा आदर्श नारीत्वको प्रतीक बटसावित्री पर्व मनाइयो

    मिथिलाञ्चलमा आदर्श नारीत्वको प्रतीक बटसावित्री पर्व मनाइयो

    जनकपुरधाम : मिथिलाञ्चलमा आज बटसावित्री अर्थात बरसाइत पर्व मनाइएको छ। विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर बरको रुख भएको ठाउँमा महिलाहरुको पूजाका लागि बिहानैदेखि भिड लागेको थियो। पर्वमा महिलाहरु नयाँ वस्त्र लगाई श्रृंगार गरी अतिरिक्त पूजाको सामाग्री लिएर बरको रुखमा पूजा गर्ने गर्दछन्। नव विवाहित महिलाहरुका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामाग्रीका अतिरिक्त पाहुर समेत आउने चलन रहेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell