भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै दिल्लीको उच्च अदालतमा मुद्दा हालेकी थिइन्। जुहीले दर्ता गराएको मुद्दामा फाइभ-जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्ने दाबी गरिएको थियो। मुद्दा दर्ता गरेपछि दिल्ली उच्च अदालतले उनको मुद्दा खारेज गर्नुका साथै २० लाखको जरिवाना समेत लगायो। अब अभिनेत्री ट्विटरमा एक…
काठमाडौं : उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहनका क्रममा पुतली सडकबाट पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्न नेविसंघले माग गरेको छ। नेविसंघले पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि महतोको पछिल्लो अभिव्यक्तिलाई लिएर पुतला दहन गरेको थियो। उनीहरुले चुरे दोहन, मूल्यबृद्धि लगायतका विषयमा चर्का नारा लगाएका थिए। सोही क्रममा दीपक ओझा, सुदिप अधिकारी, मिलन खतिवडा, सोम मल्ल, लोकेश कुँवर र आदित्य काफ्ले पक्राउ…
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। नेपाली कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउत मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्। प्रदेश २ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार थपिएका मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ साढे…
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी माग गरेको छ। संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको हो। आदेशमा अदालतका सहयोगी एमिकस क्युरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीहरु (सरकारी वकिल सहित)लाई असार १० गतेभित्र लिखित बहस नोट पेश गर्न पनि भनिएको छ। अघिल्लो प्रतिनिधिसभा…
काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए। 'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न सल्लाह दिनुभएको छ। उहाँमा कमजोरीपन भने बाँकी नै छ। साथै…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले ४ हजार ३ सय ४४ जनामा सक्रमण भएको जानकारी दिएका हुन्। पिसिआर विधिबाट १२ हजार ७४ जना र एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गरिएको थियो। त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु…
काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको पछिल्ला निर्णय विरुद्ध प्रर्दशन गरेको छ। पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले राजेन्द्र महतोको पुत्ला दहन गरेका हुन्। महतोको पछिल्लो अभिव्यक्तिलाई लिएर पुत्ता दहन गरेका हुन्। उनीहरुले चुरे दोहन, मूल्यबृद्धि लगायतका विषयमा चर्का नारा लगाएका थिए। 'चुरे दोहन, बन्द गर सास फेर्न गारो भयो, अक्सिजनमा कमी भयो।' लगायतका…
कोभिड महामारीका बिच कोपा अमेरिका ब्राजिलमा स्थानान्तरण गरेपछि असन्तुष्ट ब्राजिलको फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने बताएको छ। अघिल्लो वर्ष कोभिडका कारण स्थगित भएको प्रतियोगिता यस वर्ष कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजनामा गर्ने भनिएकोमा राजनीति र कोभिडलाई कारण देखाउँदै ब्राजिलमा प्रतियोगिता स्थानान्तरण गरिएको थियो। कोलम्बियाबाट चर्किएको सरकार बिरोधी आन्दोलन र अर्जेन्टिनाबाट बढ्दो कोभिड महामारीको दोस्रो लहरका कारण प्रतियोगिता स्थगित भएको थियो।…
चीनमा एसियाली हात्तीहरूको एक बथान यात्रामा छन्। उनीहरू हालसालै जंगलमा निदाइरहेको अवस्थामा भेटिए। भारी वर्षाले यात्रामा केही प्रभाव पारेपछि उनीहरू सियाङ टाउनसिप नजिकै सुस्ताएको देखिएका हुन्। सुस्ताएको बेला ड्रोनबाट खिचिएको तस्विर हाल छाएको छ। १५ वटा हात्तीको बथानमा ३ वटा छावा छन्। युन्नान फरेस्ट फायर फाइटिङ ब्रिगेडका अनुसार एउटा मत्ता भने समूहबाट ४ किलोमिटर परै देखिन्छ। १५ महिनादेखि उनीहरू आफ्नो बास्थानदेखि निरन्तर हिँडिरहेका छन्। पाँच…
काठमाडौं : मंगलवार बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गमा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको हो। धोक्रामा खुट्टा फेला पर्दा पराल हुनु र जलागएको ठाउँ पनि पराल देखिनुले घटनाको कनेक्सन हुनसक्ने प्रहरीको अनुमान छ। 'खाली जग्गामा परालले डडाएको अवस्थामा मासुका टुक्रा…
काठमाडौं : गत शुक्रबार चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र बुझायो। चलचित्र विकास बोर्डले ३ हजार नेपाली चलचित्रकर्मीलाई खोप प्रदान गर्नुपर्ने माग गरेको थियो। यसैबिच आज बिहान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन्। जुन मागप्रति स्वास्थ्यमन्त्री निकै…
काठमाडौं : कोरोना संक्रमित गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। हाल उनलाई अक्सिजनको सहायताबाट बाहिर निकालिएको छ। कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि शरीरमा अक्सिजन लेभल कम देखियो र उनी ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। 'उहाँलाई सामान्य वार्डमा सारिसकेको छ। आज अक्सिजनबिना…
उत्तर प्रदेशको कानपुर-इलाहाबाद राष्ट्रिय राजमार्गमा मंगलवार दुई सवारी साधन एकअर्कासँग ठोक्किएका छन्। जसमा परेर १७ जनाको मृत्यु भएको छ। त्यस्तै ४ जना गम्भीर घाइते भएका छन्। कानपुर आउटरका पुलिस अधीक्षक अष्टभुज प्रसाद सिंहका अनुसार सचेन्डी भन्ने ठाउँमा तीव्र गतिमा आएको बसले टेम्पोलाई ठक्कर दिएको हो। लगत्तै दुबै सवारी साधन पल्टिएको समाचार एजेन्सी पीटीआमा जनाइएको छ। उन्नावबाट गुजराततर्फ गइरहेको निजी बसको…
काठमाडौंः प्रहरीले पेस्तोल सहित दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कटुवा पेस्तोल र राइफलको गोली सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका वडा नम्बर ९ देवी झोडा बस्ने ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय पदम कुमार लिम्बु रहेका छन्। सूचनाको आधारमा प्रहरीले गणेश लिम्बुको…
विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिलले पाराग्वेमाथि जित निकालेको छ। पाराग्वेमा सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीमाथि २-० को गोलअन्तरले जित निकालेको हो। खेलको चौथो मिनेटमा नेइमारको गोलमा अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। त्यस्तै इन्ज्युरी समयमा ब्राजिलका लुकास पक्वेटाले गोल थप्दा ब्राजिलले २-० को जित निकालेको हो। जितसँगै ब्राजिलले समूहमा ६ अंकको…
विश्वकप क्वालिफायर्स अन्तर्गतको दक्षिण अमेरिकी छनोटको आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिएका छन्। कोलम्बियास्थित स्टेडियो मेट्रोपोलिटानोमा सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया २-२ को बराबरीमा रोकिएका हुन्। खेलको तेस्रो मिनेटमै क्रिस्टियन रोमेरोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै ८ औं मिनेटमा नै लिओनार्दो परेडेसले गोल थप्दा पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा भने घरेलु टोली पुनरागन…
युरोकपको तयारीमा रहेको फ्रान्सले गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा बुल्गेरियामाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्स स्टेडीयममा सम्पन्न खेलमा घरेलु टोलीले बुल्गेरियामाथि ३-० को सहज जित निकालेको हो। घरेलु टोलीले खेलको २९ औं मिनेटमा एन्टोनी ग्रिजमनको उत्कृस्ट एक्रोब्याटिक गोलसँगै खेलमा अग्रता बनाएको थियो। फ्रान्सका लागि दोस्रो हाफमा ओलिभर जिरुडले दुई गोल थपे। उनले खेलको ८३ र ९० औं मिनेटमा गोल…
काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको मंगलबारको संवाद विना निष्कर्ष सकिएको छ। ललितपुरको समिट होटलमा भएको संवाद निष्कर्षमा नपुगेको छलफलमा सहभागी नेताले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्ताव र माधव नेपाल समूहले दिएको जवाफमा छलफल केन्द्रित भएको थियो। 'छलफललाई जारी राख्नेगरि आजको भेट सकिएको छ,' बैठकमा सहभागी एक नेताले भने। विवाद मिलाउनका लागि विभिन्न विषयमा छलफल भएको थियो। बैठकमा नेपाल…
काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्। ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन्। नेपाल समूहका तर्फबाट घनश्याम भुसाल, …
वीरगंज : नेपाल विद्यार्थी संघ ठाकुरराम ईकाई समितिले चुरे संरक्षणको माग गर्दै प्रदर्शन गरेको छ। मंगलवार ठाकुरराम क्याम्पसको मूलगेटमा विरोध प्रदर्शन गर्दै उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट चुरे दोहनकर्तालाई सरकारले प्रोत्साहन गरेको आरोप लगाए। नेविसंघका ईकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘चुरे बचाऊ, देश जोगाऊ’, ‘चुरेको व्यापार राष्ट्रघाती कदम हो’, ‘चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’,…