वीरगंज : बारा प्रहरीले लागुऔषध गाँजा ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-१ औराह टोल बस्ने ३९ वर्षीय अमीरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन्। पूर्व सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बाराको महागढीमाई नगरपालिका-२…
काठमाडौं: सरकारले कोभिड-१९ महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाएको छ। स्वास्थ्य मापदण्ड लागू गरेको छ। जन्तीका लागिसमेत ८ जना ब्यक्तिभन्दा बढी जान नपाउने निर्देशन जारी गरेको छ। कोभिड-१९ को दोस्रो लहरसँग देश जुधिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन गरे। माधव नेपाल समूहमा रहेका शेरबहादुर तामाङलाई आफूतिर भित्राउँदै एमाले कार्यालयको सचिवको पद दिए। त्यति मात्रले नपुगेर स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सुम्पिए।…
काठमाडौं : कोरोना भाइरस महामारी दोस्रो लहरको मारमा परेको नेपाललाई मिस वर्ल्ड आयोजक संस्थाले सहयोग उपलब्ध गराएको छ। त्यसका लागि मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले पहल गरेकी हुन्। सन् २०१८ को मिस वर्ल्ड प्रतियोगितामा श्रृङ्खलाले 'ब्यूटी विद पर्पोस'को उपाधि जितेकी थिइन्। त्यतिखेर उनले एक आर्किटेक्ट इन्जियरको हैसियतले नेपालका दूर्गम क्षेत्रमा स्वास्थ्य संस्थाका लागि भवन डिजाइन र निर्माण गर्ने…
फाइनान्सियल टाइम्स, न्यु योर्क टाइम्स र ब्लूमबर्ग न्यूजलगायत समाचार आउटलेटले संचालन गरेका केही वेबसाइटहरू मंगलबार अवरुद्ध भएका छन्। सीएनएन र फ्रान्सको ले मोन्डेको साइटमा पनि दिउँसो त्रुटिपूर्ण सन्देशहरू देखाएको थियो। त्यस्तै अल जजीरा मिडिया नेटवर्क पनि प्रभावित भएको अल जजीरामा जनाइएको छ। अमेजनको रिटेल वेबसाइटले पनि प्राविधिक त्रुटीको सामना गर्नु परेको देखिन्थ्यो। बेलायतको पत्रिका गार्जियनले पनि त्यसको वेबसाइट र एप्लिकेसनमा…
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। विश्वासको मत लिनुभन्दा २ दिन अगवै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र सचिवालयमा दर्ता भएर विश्वासको मत लिनेबारे सूचना सार्वजनिक गरिएको छ। वैशाख २९ गते प्रदेश…
काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ६ वटा रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ मा बोलाएको छ। इजलासले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ। 'विषयवस्तु गम्भीर प्रकृतिको संवैधानिक र कानुनी प्रश्न भएकाले अन्तरिम…
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्ती निकै चर्चामा आइन्। अभिनेत्री रियालाई सुशान्तको आत्महत्यासँग जोडियो। वर्षभरि नै सामाजिक सञ्जाल र मिडियाले विवादमा तान्यो उनलाई। कामको अवसर कम हुँदै गयो। कति समय त हिरासतमा बिताइन्। उनको करियरमा त प्रभाव पर्यो नै। साथै इज्जत र चरित्रमाथिको प्रश्न नि सामना गर्नुपर्यो। सन् २०२० उनको लागि करियरकै खराब वर्ष साबित भयो। तर…
उपत्यकाका तीन जिल्लामा आजदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन शुरु भएको छ। ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन शुरु भएको हो। मंगलबारदेखि सञ्चालित खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रवन्ध मिलाइएको छ। हेर्नुस जेष्ठ नागरिकलाई खोप…
काठमाडौं : पूर्वमन्त्री एवं एमालेबाट निष्कासन गरिएका नेता डा भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबाट नैतिकता सिक्न सुझाएका छन्। पार्टीको संस्थापन पक्षको ह्वीप उल्लंघन गरी माधव नेपाल समूहले विश्वासको मत दिएर माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगाइदिएका बेला रावलले राजनीतिक नैतिकताको शिक्षा लिन संस्थापन (अध्यक्ष केपी ओली) पक्षलाई सुझाएका हुन्। विश्वासको मत प्राप्त गरेका भट्टलाई बधाई दिँदै रावलले भनेका छन्, ‘विधि,…
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमवारदेखि बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘कोभ्याक्सिन’को परीक्षण सुरु भएको छ। उक्त भ्याक्सिनको क्लिनिकल ट्रायलो स्क्रिनिङ थालिएको हो। पहिलो चरणका लागि १२ देखि १८ वर्ष उमेर समूहका केही बालबालिकाको स्वास्थ्य जाँच गरिएको छ। एम्स (पटना) का मेडिकल सुपरिटेन्डेन्ट प्रोफेसर सीएम सिंहका अनुसार चरणमा अस्पतालमा तीन बालबालिकालाई भ्याक्सिन दिइएको छ। भारतभर हालसम्म कुल २५…
काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलास बुधवार बस्ने भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी भएपछि सोमवारदेखि स्थगित इजलास बुधवारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधवारका लागि तय भएको उनले बताए। आइतवार ४ जना निवेदकसहित सरकारी पक्षले इजलासका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि…
काठमाडौं : शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको अवस्थामा सुधार भएको छ। हाल उनको गंगालाल अस्पतालमा उपचार भइरहेको छ। उनको मुटुमा एन्जियोप्लास्टी गरी दुईवटा स्टयाण्ड राखिएको र एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको उनका छोरा यमन श्रेष्ठले जानकारी दिए। 'आइतवार बुवालाई आइसियूबाट डिलक्स कक्षमा सारिएको छ। अहिले उहाँको अवस्था सामान्य छ। मुटु दुख्न पनि छाडेको…
काठमाडौं: नेपाली फूटबल टोलीले जोर्डनसँगको खेलमा पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले राम्रो खेलेको प्रतिकृया दिए। उनले खेलमा जोर्डनले पेनाल्टी पाएसँगै खेलको नतिजा खराब भएको प्रतिकृया दिए। ‘आज हामीले राम्रो खेलेका थियौं। पहिलो हाफमा एउटै गल्ती भयो: पेनाल्टी। यदि त्यो पेनाल्टी थिएन भने नतिजा फरक हुन सक्थ्यो,’ प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले हाम्रो खेलाडीको पनि ध्यान राख्नुपर्ने हुन्छ। यसमा…
काठमाडौं: विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत कुवेतमा सम्पन्न समूह बी को खेलमा नेपाली फुटबल टोली जोर्डनसँग पराजित भएको छ। कुवेतस्थित जबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको हो। खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २३ औं मिनेटमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्डनका बाह फैसल अग्रता दिलाए। पहिलो हाफमा एक गोलले अघि…
काठमाडौं: विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत कुवेतमा जारी समूह बी को खेलमा नेपाल र जोर्डन प्रतिस्पर्धामा छन्। पहिलो हाफ सकिँदा नेपाली टोली १-० ले पछाडि रहेको छ। खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २४ औं मिनेटमा अग्रता बनायो। जोर्डनका बाह फैसलले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका थिए। फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै…
विश्वकप क्वालिफायर्सको एसिया छनोटको आज सम्पन्न समूह ई को खेलमा भारतले बंगलादेशमाथि जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा भारतले बंगलादेशमाथि २-० को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतका लागि दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरेका थिए। खेलको ७९ औं मिनेटमा हेडिङमार्फत उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएका क्षेत्रीले इन्ज्युरी टाइममा दोस्रो गोल…
काठमाडौँः नेकपा (एमाले) को माधव नेपाल तथा झलनाथ खनाल समूहले पार्टी एकतासम्बन्धी अपिल गरेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएको छ। ६ बुँदे अपिल गरेको ओलीलाई नेपाल पक्षले पनि ६ बुँदामा नै जवाफ दिएको छ। सोमबार सम्पन्न नेपाल पक्षको स्थायी समितिको बैठकपछि वक्तव्य जारी गर्दै जवाफ दिइएको हो। ओलीलाई वरिष्ठ नेता नेपालकै हस्ताक्षरको वक्तव्यबाट जवाफ दिइएको छ। नेपाल समूहले…
काठमाडौं: विश्वकप छनोट अन्तर्गतको नेपाली टोलीले आज जोर्डनविरुद्ध खेल्दैछ। बेलुकी पौने १० बजे हुने खेलका लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको छ। नेपालको यसअघिको इराक र चाइनिज ताइपेइसँगको भन्दा प्लेइङसेट फरक छ। ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्। त्यस्तै ताइपेइविरुद्ध खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती…
करुण विक्रम महत- बिहानको ५ मात्र बजेको थियो। फोनको घन्टी बज्यो। स्क्रिनमा नानीको नम्बर देखेपछि नउठाउने कुरै भएन। म बस्ने कोठामा फोनको नेटवर्क राम्रो छैन। आवाज प्रष्ट सुनिएन। केही बेरपछि फेरि फोन गरेपछि लाग्यो -केही आपत् पो पर्यो कि? साँच्चै यस पटक उहाँको आवाज केही आत्तिएको थियो। अस्पष्ट सुनियो तर थाहा पाएँ, बुबालाई केही भयो। 'बुवालाई त खै के भयो…
काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएको छ। गत शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए। उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोधमा नेविसंघ सडकमा…