काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत प्लेअफको खेलमा आज बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन्। आजको खेलमा जित निकाल्ने टोलीले काठमाडौं रेजर्ससँग इलिमिनेटर खेल्दै फाइनलको होडमा कायम रहने छन् भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छन्। प्रतियोगिताको लिग चरणमा ललितपुरले २ जित, ३ बराबरी र १ हार ब्यहोर्दै ९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ। खेलको पहिलो हाफमा दुई गोलले पछि परेको घरेलु टोली लेभान्टेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछी बार्सिलोना ३-३ को बराबरीमा रोकिएको हो। खेलको २५ औं मिनेटमा लियोनल मेस्सीको गोलमा अग्रता बनाएको बार्सिलोनाले पेड्रीको ३४ औं मिनेटको गोलमा पहिलो हाफ सकिँदा दुई गोलले अगाडि रहेको थियो। दोस्रो हाफमा लेभान्टेका गोञ्जालो…
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लेस्टरसिटीसँग पराजित भएको छ। लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले हार ब्यहोरेसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीले लिगको उपाधि सुरक्षित गरेको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा लेस्टर सिटीले घरेलु टोली म्यानचेस्टर युनाइटेडमाथि १-२ गोलअन्तरले जित निकालेको थियो। लुक थोमसको गोलमा खेलको १० औं मिनेटमा नै लेस्टरले अग्रता बनाए पनि १५ औं…
जनकपुरधाम : उपचार अभावमा कोरोना संक्रमितको मृत्यु भएको भन्दै एक समूहले प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड गरेका छन्। मंगलवार साँझ संक्रमितलाई भर्ना नगरेको र संक्रमितको मृत्यु भएको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेका छन्। उक्त समूहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ। करिब आधा दर्जनको समूहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात समेत…
काठमाडौंः कोरोना संक्रमणका कारण नेकपा (एमाले) वाग्मती प्रदेश सभाका सदस्य पशुपति चौलागार्इँको निधन भएको छ। मंगलबार राति करिब दश बजे मनमोहन अस्पतालमा चौलागाईँको निधन भएको हो। उनलाई अघिल्लो साता संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था असहज बनेपछि अस्पताल लगिएको थियो। चौलागाईँ देलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए।
काठमाडौं : कोभिड-१९ विरुद्धको लडाइँका लागि चीनले नेपाललाई सहयोग गरेको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ। चीनले नेपाललाई सहयोग गरेको पहिलो चरणको स्वास्थ्य सामग्री आज दिउँसो नेपाल आइपुगेको हो। पहिलो चरणमा ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेका छन्। नेपाललाई चिनियाँ कम्पनी होङ्सी शिभम् सिमेन्टले सहयोग गरेको १७० थान अक्सिजन कन्सन्ट्रेटर पनि नेपाल…
विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७, लेटाङमा २७, सुन्दरहरैचामा…
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्समाथि संघर्षपूर्ण जित निकाल्दै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले पुनरागमन गर्दै २-१ गोलअन्तरले जित निकालेको हो। जितसँगै धनगढीले फाइनलमा स्थान समेत सुरक्षित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा काठमाडौंले अग्रता बनाएको थियो। तेज तामाङको गोलमा ७५ औं मिनेटमा काठमाडौंले…
काठमाडौं: कोभिड-१९ महामारी तीव्र गतिमा फैलिरहेका बेला काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग छलफल गरेको छ। कोभिड नियन्त्रणको प्रतिकार्य कमजोर भइरहेका बेला महानगरले अग्रसरता देखाएको हो। छलफलमा चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै कोल्याप्स भइसकेको बताएका छन्। स्वास्थ्य नीति परिवर्तनको सुझाव पनि उनीहरुले दिएका छन्। छलफलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली…
काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म देशभर संक्रमितहरुको संख्या ४ लाख १३ हजार १११ पुगेको छ। संक्रमितहरुको संख्या बढ्दै जाँदा व्यवस्थापनमा पनि समस्या आएको छ। सबैजसो अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन्। अस्पतालमा बेड नपाउँदा संक्रमितहरु अस्पताल बाहिर…
काठमाडौं : सरकारले नेपाल-भारत बाहेक अन्तर्राष्ट्रिय नियमित उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। मंगलवार पर्यटन मन्त्रालयमा भएको छलफलमा जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। उनका अनुसार यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले अत्यावश्यक चार्टर र कार्गो उडान भने गर्न पाउने छन्। ‘तत्कालै आन्तरिक र अन्तर्राष्ट्रिय नियमित उडान…
काठमाडौं: कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसिले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो। कोभिड १९ संक्रमितको संख्या बढे संगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने…
भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता सोनु सुद। उनले कोरोना भाइरस महामारीमा धेरै व्यक्तिलाई सहयोग गरिरहेका छन्। भारतमा अहिले अक्सिजन र भेन्टिलेटरको कमी भइरहेको छ। जसकारण अभिनेता सुदले देशमा अक्सिजनको कमी पूरा गर्न अन्य देशबाट अक्सिजन प्लान्ट ल्याउने घोषणा गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार उनले भारतमा विभिन्न ठाउँमा अक्सिजन…
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन। निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन गरे। उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ।…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित हुने भएको छ। जेठ १ गतेबाट सुरु हुने भनिएको लिग कोभिड १९ बाट उत्पन्न प्रतिकुल परिस्थितिका कारण स्थगित गरिएको एन्फाले जनाएको छ। एन्फाले आज सूचना जारी गर्दै ए डिभिजन फुटसल लिग अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गरिएको जनाएको छ। प्रतियोगिताको लागि टिमको छनोटलाई…
कैलाली : कैलालीमा जारी निषेधाज्ञालाई थप कडा पारिने भएको छ। वैशाख २८ गतेसम्म जारी भएको निषेधाज्ञा अवधि जेठ ६ गतेसम्म लम्ब्याएर थप कडा पार्ने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोना संक्रमण र मृत्युदर निषेधाज्ञायता झन् बढेको भन्दै अब हप्ताको ४ दिन अत्यावश्यक कामका लागिसमेत बाहिर हिँडडुल गर्न रोक लगाउने निर्णय गरिएको हो। हप्तामा तीन दिन मङ्गलवार,…
वीरगंज : नारायणी अस्पताल वीरगंजमा एक्सरे मेसिन बिग्रिँदा विरामीलाई समस्या भएको छ। चार वटा एक्सरे मेशिन रहेकोमा हाल एउटा मोबाइल डिजिटल एक्सरे मात्र सञ्चालनमा छ। कोरोना संक्रमितको अनुसार अस्पतालको पश्चिम पट्टिको ब्लकमा एक्सरे मेसिन बिग्रेको कारण संक्रमतिलाई बाहिर लगेर एक्सरे गराउनु पर्ने बाध्यता आइपरेको छ। एउटा डिजिटल एक्सरेले सबै संक्रमितको एक्सरे गर्न समय लाग्ने भएकोले पनि कतिपय संक्रमितका कुरुवाहरुले बाहिरबाट…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा गर्ने निर्णय भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो। 'हामीहरुले १५ दिने निषेधाज्ञा गर्ने निर्णय गरिसकेका छौं। हस्ताक्षर गरेर केही समयमा नै सूचना प्रकाशित गर्छौ,' बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले भने। थपिएको निषेधाज्ञा अनुसार अब जेठ १३ गते रातिसम्म निषेधाज्ञा हुने भएको हो।…
काठमाडौं : भारतमा पुष्टि भएको कोभिड-१९ को नयाँ भेरियन्ट अधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। उसले नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी समेत जारी गरेको छ। भारतमा पुष्टि भएको कोरोना भाइरसको म्युटेसन बी.१.६१७ भेरियन्टलाई 'भेरियन्ट अफ कन्सर्न'को रुपमा राखेको हो। डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ। यो…
काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै जाँदा कोरोना रोकथाम तथा उपचारको लागि प्रयोग हुने सामाग्रीमा चर्को कालोबजारी हुन थालेको छ। पछिल्लो समय अक्सिजन लेभल नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारी भइरहेको छ। ७/८ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेको पाइएको हो। प्रहरीले कालोबजारी गर्नेलाई पक्राउ तथा कारबाही पनि गरिरहेको छ। महानगरीय अपराध महाशाखाको टोलीले अक्सिमिटर कालोबजारी गर्ने सात जनालाई…