PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा थप्ने तयारी : विवाहदेखि तरकारी पसलमा कडा नीति अपनाइने

    काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा थप्ने तयारी : विवाहदेखि तरकारी पसलमा कडा नीति अपनाइने

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप गरिएको निषेधाज्ञाको समय बुधवार रातिबाट सकिंदैछ। स्थानीय प्रशासनले वैशाख १६ गतेबाट जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाभित्र पछिल्लो केही दिनमा कोभिड संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। जसको कारण पनि निषेधाज्ञा थप गर्नुपर्ने सम्बन्धित विभिन्न निकायले स्थानीय प्रशासनलाई सुझाव दिएका छन्। मङ्गलवार बिहान ११ बजेतिर काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक…

    विस्तृतमा पढ्नुस्

  • फाइनल यात्राका लागि धनगढी र काठमाडौं भिड्दै, यस्तो छ पृष्ठभूमि

    फाइनल यात्राका लागि धनगढी र काठमाडौं भिड्दै, यस्तो छ पृष्ठभूमि

    काठमाडौं : नेपाल सुपर लिग एनएसएलमा आजबाट प्लेअफका खेलहरु सुरुहुँदै छ। आज हुने खेलमा लिग चरणका शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन्। यसअघि ६ खेलमा ४ जित १ हार र १ बराबरी खेल्दै काठमाडौं १३ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। त्यस्तै दोस्रो खेलमा भने धनगढीसँग ३-० को फराकिलो हार ब्यहोरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल ओलीको आजको दिन

    प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल ओलीको आजको दिन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमवार प्रतिनिधिसभामा विश्वासको मत मागे। तर, उनको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भयो। प्रतिनिधिसभाको आजको बैठकमा ओलीको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत पर्‍यो। सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। त्यस्तै, १५ जना सांसद तटस्थ बसे। बैठकमा २३२ सांसद उपस्थित थिए। एमाले संसदीय दलको ह्वीपलाई अवज्ञा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको बाबा होटलमा ३, एडभान्स र वीरगंज हेल्थकेयर अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा ६ पुरुष र ४ महिला गरी १० जनाको मृत्यु भएको छ। जसमा ७ जना पर्साका र ३ जना बाराका रहेका छन्। नारायणी अस्पतालमा निजगढ नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाका कारण मानवसेवा आश्रममा खाद्यान्न अभाव, सहयोग गर्न अपिल

    निषेधाज्ञाका कारण मानवसेवा आश्रममा खाद्यान्न अभाव, सहयोग गर्न अपिल

    हेटौँडा : निषेधाज्ञाका कारण हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित धापमा रहेको मानवसेवा आश्रममा खाद्यान्नको अभाव हुन थालेको छ। कोरोनाका कारणले हेटौँडामा विगत ९ दिनदेखि निषेधाज्ञा जारी भएकाले आश्रममा रहेका आश्रितहरुलाई बिहान बेलुका खान समस्या हुन थालेको हो। आश्रममा अरुबेला जन्मदिन, विवाह वर्षगाँठ, पितृहरुको सम्झनामा मानिसहरुले भोजनसेवा गराउँदै आइरहेका थिए। कोरोना कहरले सहयोगीहरु आउन बन्द भएपछि आश्रमलाई समस्या परेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु

    प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो। प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालले खुलाए ओलीलाई विश्वासको मत नदिनुको कारण, ‘कुनै पनि दृष्टिबाट मत दिन उचित हुँदैनथ्यो’

    माधव नेपालले खुलाए ओलीलाई विश्वासको मत नदिनुको कारण, ‘कुनै पनि दृष्टिबाट मत दिन उचित हुँदैनथ्यो’

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देश, जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न आग्रह गरेका छन्। सोमवार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन ओलीलाई आग्रह…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट पहिलो चरणमा अक्सिजन सिलिण्डर भोलि आइपुग्ने, वायुसेवा निगमको विमानमा लोड हुँदै

    चीनबाट पहिलो चरणमा अक्सिजन सिलिण्डर भोलि आइपुग्ने, वायुसेवा निगमको विमानमा लोड हुँदै

    काठमाडौं: कोभिड-१९ विरुद्धको लडाईंका लागि चीनले नेपाललाई थप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बेइजिङमा चिनियाँ अधिकारीहरुले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई सहयोग हस्तान्तरण गरेको नेपाली दूतावासले जनाएको छ। चीनले हस्तान्तरण गरेको सहयोग सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगेको छ।  कोभिड-१९ विरुद्धको लडाईंमा रहेको नेपाललाई चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गर्दैछ। पहिलो चरणमा वायु सेवा…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान, तीन दिनको समय प्रदान

    संयुक्त सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान, तीन दिनको समय प्रदान

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि आह्वान गरेकी छन्। संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान भएको हो।  राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्मको समय दलहरुलाई प्रदान गरेकी छन्।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका थिए। मत विभाजनको उक्त जानकारी संसदले राष्ट्रपति कार्यालय पठाएसँगै सरकार गठनका लागि आह्वान भएको हो। अब दुई वा सोभन्दा बढी दल…

    विस्तृतमा पढ्नुस्

  • अधिवेशन अन्त्यको पत्र रातारात पुर्‍याइयो संसद्, मतदानको जानकारी राष्ट्रपति कार्यालय पठाइयो

    अधिवेशन अन्त्यको पत्र रातारात पुर्‍याइयो संसद्, मतदानको जानकारी राष्ट्रपति कार्यालय पठाइयो

    काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको जानकारी राष्ट्रपति कार्यालयले संघीय संसदलाई पठाएको छ। सोमबार कार्यालय समयपछिको मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गरिएको थियो। अन्त्यसँगै राष्ट्रपति कार्यालयले सो जानकारी संसदलाई पठाएको हो। संघीय संसद् सचिवालयले सोमबार राति नै उक्त जानकारीलाई सूचना पत्रमा प्रकाशित गरेको छ। यस्तै, प्रतिनिधि सभामा सोमबार भएको मतदानको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालय पठाएका छन्। मतदान प्रक्रिया सम्पन्न हुनसाथ…

    विस्तृतमा पढ्नुस्

  • धोन्डुप छिरिङको ‘आमाखान्डो’ उत्कृष्ट फिल्म, निफमा कुन फिल्मले के अवार्ड जिते?

    धोन्डुप छिरिङको ‘आमाखान्डो’ उत्कृष्ट फिल्म, निफमा कुन फिल्मले के अवार्ड जिते?

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले अवार्ड विजेता फिल्मको सूची सार्वजनिक गरेको छ। बैशाख २२ देखि ५ दिनसम्म चलेको फेस्टिभलको आज समापन भएको छ। फिल्म ‘लाटोकोसेरो’बाट सरिता गिरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भएकी छिन् भने नविन शिल्पकारले पनि ‘लाटोकोसेरो’बाट उत्कृष्ट अभिनेताको उपाधि जित्न सफल भए। त्यसैगरि, शिरिष गुरुङले फिल्म ‘लाटोकोसेरो’बाट उत्कृष्ट सिनेमेटोग्राफर घोषित भए। फेस्टिभलमा फिचर फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

    पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

    बुटवल : नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ। पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ। महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुअघि प्रधानमन्त्री पुगे शीतल निवास

    राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुअघि प्रधानमन्त्री पुगे शीतल निवास

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा छलफल भइरहेको छ। मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गरेसँगै ओली शितल निवास पुगेको ओली निकट स्रोतले जनाएको छ। भण्डारीले आजै नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधार २ अनुसार आह्वान गर्ने तयारी गरेकी छन्। ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत गुमाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस

    प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस

    काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस भएको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो। सोमबार राति १२ बजेदेखि लागू हुनेगरि अन्त्यको सिफारिस भएको हो विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस भएको हो।  अब नियमित बजेट अधिवेशन चाँडै बोलाइने मन्त्रिपरिषद् स्रोतले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस

    प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस

    काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस भएको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो।  विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस भएको हो।  अब नियमित बजेट अधिवेशन चाँडै बोलाइने मन्त्रिपरिषद् स्रोतले जानकारी दियो। 

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार गठनको आह्वानको तयारीमा राष्ट्रपति, दलहरुले कति पाउलान् समय?

    नयाँ सरकार गठनको आह्वानको तयारीमा राष्ट्रपति, दलहरुले कति पाउलान् समय?

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने तयारी गरेकी छन्। राष्ट्रपति निकट स्रोतहरुका अनुसार सोमबार साँझ नै राष्ट्रपतिले सरकार गठनको आह्वानको सम्भावना रहेको छ।  ‘सम्भवतः आजै नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान हुन्छ। कम्तीमा तीन दिन वा बढीमा सात दिनसम्म गठबन्धन सरकारका लागि मौका दिने तयारी छ’, राष्ट्रपति निकट स्रोतले…

    विस्तृतमा पढ्नुस्

  • जसले गरे ओलीलाई ठाडै अस्वीकार, यी हुन् पार्टीको ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद

    जसले गरे ओलीलाई ठाडै अस्वीकार, यी हुन् पार्टीको ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विश्वासको मतको प्रस्तावमा पराजित भएका छन्। उनका पक्षमा प्रतिनिधि सभाको सोमवारको बैठकमा उपस्थित रहेका २३२ सांसदमध्ये जम्मा ९३ जनाले मात्रै विश्वासको मत दिएका थिए। उनको विपक्षमा १ सय २४ सांसदले मत दिएका छन्। नेकपा एमालेकै माधव कुमार नेपाल समूह अनुपस्थित रहेपछि ओली भारी मत अन्तरले विश्वास गुमाउन पुगेका हुन्। एमालेका वरिष्ठ नेता…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट हालसम्मकै उच्च संख्यामा निधनः १३९ जनाको ज्यान जाँदा थपिए ९२७१ संक्रमित

    कोरोनाबाट हालसम्मकै उच्च संख्यामा निधनः १३९ जनाको ज्यान जाँदा थपिए ९२७१ संक्रमित

    काठमाडौं : कोभिड-१९ संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ।  यस्तै, पछिल्लो २४ घण्टामा थप ९ हजार १२७ जनामा संक्रमण देखिएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ। सोमवार बेलुकी ६ बजेसम्मको तथ्यांक अनुसार ४ हजार ७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • देउवा, प्रचण्ड र यादवको राष्ट्रपतिलाई संयुक्त अपिल, ‘धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान होस्’

    देउवा, प्रचण्ड र यादवको राष्ट्रपतिलाई संयुक्त अपिल, ‘धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान होस्’

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य निकालेका छन्। ओलीले विश्वासको मत गुमाएसँगै संविधानको धारा ७६(२) अनुसार गठबन्धनको सरकार निर्माणको आह्वानका राष्ट्रपतिलाई आग्रह गरिएको हो।  कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, २७६ नयाँ संक्रमित थपिए

    कैलालीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, २७६ नयाँ संक्रमित थपिए

    कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरको भीमदत्तनगरपालिका ५ का ३३ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुष, धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ की ४२ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell