PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • प्रदेश १ मा अहिलेसम्मकै उच्च ९९३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

    प्रदेश १ मा अहिलेसम्मकै उच्च ९९३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन्। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। प्रदेश १ मा आज १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आज मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालहरुलाई अहिलेको संवेदनशील अवस्थामा जिम्मेवार बन्न प्रशासनको आग्रह

    अस्पतालहरुलाई अहिलेको संवेदनशील अवस्थामा जिम्मेवार बन्न प्रशासनको आग्रह

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अस्पतालहरुले बिरामी भर्ना गर्न नसकिने तथा भर्ना भईसकेकाहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रशासनले एक विज्ञप्ति जारी गर्दै विभिन्न अस्पतालहरुले अक्सिजन अभावको कारण देखाइ बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न तथा उपचार गर्न नसकिने सार्वजनिक सूचनाहरु जारी गरेकोप्रति कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

    बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

    काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनी एफसीलाई हराउँदै फाइनलको होडमा कायम रहेको छ। आज सम्पन्न प्लेअफको खेलमा ललितपुरले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ललिपुरलाई जित दिलाउन कप्तान अञ्जन बिस्टले ६२ औं मिनेटमा निर्णायक गोल गरेका थिए। बुटवल लुम्बिनीको तर्फबाट पनि पटक-पटक उत्कृष्ट आक्रमण गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा जेठ ६ सम्म निषेधाज्ञा लम्ब्याउन डीसीसीएमसीको सिफारिस

    वीरगंजमा जेठ ६ सम्म निषेधाज्ञा लम्ब्याउन डीसीसीएमसीको सिफारिस

    वीरगंज : वीरगंजमा आगामी जेठ ६ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे समक्ष जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्सा (डीसीसीएमसी)ले बुधवार बैठक बस्दै यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको थियो। पर्सामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाई कोरोना महामारीको चेन ब्रेक गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हुन्डीको साढे ८२ लाखसहित वीरगंजबाट ३ भारतीय र एक नेपाली नागरिक पक्राउ

    हुन्डीको साढे ८२ लाखसहित वीरगंजबाट ३ भारतीय र एक नेपाली नागरिक पक्राउ

    वीरगंज : पर्सा प्रहरीले साढे ८२ लाख हुन्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन्। प्रहरीले भारतको रक्सौल-१८ घर भइ हाल वीरगंज-३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्दै आएका २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुडु कुमार, भारतको मोतिहारी-५ का १८ वर्षीय साहिल गुप्ता र बाराको महागढिमाई नगरपालिका-४…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा जेठ १३ सम्म लम्बियो निषेधाज्ञा

    रुपन्देहीमा जेठ १३ सम्म लम्बियो निषेधाज्ञा

    बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रुपन्देही जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाएको छ। जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेको थियो। यस अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका…

    विस्तृतमा पढ्नुस्

  • चौलागाईंको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टीको झण्डा आधा झुकाइने

    चौलागाईंको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टीको झण्डा आधा झुकाइने

    काठमाडौं : उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका छन्। नेकपा एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर उपप्रधानमन्त्री पोखरेलले आज चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका हुन्। बागमती प्रदेश सभाका सदस्य समेत रहनुभएका चौलागाईंको निधनमा नेकपा एमालेले आजबाट तीन दिनसम्म शोक मनाउने भएको छ। केन्द्रीय कार्यालयमा श्रद्वाञ्जली अर्पण गर्न दिवंगत नेता चौलागाईंको तस्वीर र शोक…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा जनमोर्चाका अर्का सांसदले पनि छाडे विपक्षी गठबन्धन

    गण्डकीमा जनमोर्चाका अर्का सांसदले पनि छाडे विपक्षी गठबन्धन

    पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका अर्का सांसदले पनि विपक्षी गठबन्धन छाडेका छन्। संसदीय दलका नेता कृष्णबहादुर थापा तटस्थ बसेका बेला सांसद खिमविक्रम शाही पनि तटस्थ बसेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेलगत्तै वित्तप्ति जारी गरेर शाहीले आफू तटस्थ रहेको बताएका छन्। विपक्ष गठबन्धनमा आफ्नो हस्ताक्षर नभएको उनको स्पष्टोक्ति…

    विस्तृतमा पढ्नुस्

  • सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : एकैदिन १६८ जनाको मृत्यु, थपिए ९३०५ जना संक्रमित

    सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : एकैदिन १६८ जनाको मृत्यु, थपिए ९३०५ जना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २० हजार ३६५ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण देखिएको हो। यस्तै, ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा संक्रण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, एकैदिन १६८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।   पछिल्लो २४ घण्टामा ४ हजार…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा विपक्षी दलले सरकार गठनका लागि बहुमतको दाबीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाए

    गण्डकीमा विपक्षी दलले सरकार गठनका लागि बहुमतको दाबीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाए

    पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमतको दाबिसहितको पत्र विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाएको छ। विपक्षी दलले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्।

    विस्तृतमा पढ्नुस्

  • विरामीलाई अक्सिजनको व्यवस्था आफैं गर्न मेडिकल कलेजको अनुरोध

    विरामीलाई अक्सिजनको व्यवस्था आफैं गर्न मेडिकल कलेजको अनुरोध

    बुटवल : कोरोना संक्रमणको दोस्रो लहरसँगै उपचारका लागि अक्सिजन अभावले भइरहेका बेला रुपन्देहीको भैरहवामा सञ्चालित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले पनि हात उठाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै बिरामीका आफन्तहरुलाई अक्सिजनको व्यवस्था आफैं गर्नुपर्ने आशय व्यक्त गरेको छ। कोभिड १९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेहकाहरुको लागि अस्पतालले अक्सिजन व्यवस्था गर्नका लागि एक सता अभिदेखि नै प्रयास…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

    कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

    बुटवल : नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन्। कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको सभापति अब्दुल रज्जाकले जानकारी दिए। कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा १० दिन लम्बियो निषेधाज्ञा

    कपिलवस्तुमा १० दिन लम्बियो निषेधाज्ञा

    बुटवल : कपिलवस्तुमा निषेधाज्ञा १० दिन थप्ने निर्णय भएको छ। कोरोना संक्रमितको संख्या दिनहुँ बढेको कारणले निषेधाज्ञा जेठ १ गते देखि १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आज बिहान ११ बजे जिल्लास्तरीय कोरोना नियन्त्रण समितिको बैठकले सो निर्णय गरेको हो। बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो। यसैबिच बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अति आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा रगतको अभाव, निषेधाज्ञाले रक्तदान कार्यक्रम ठप्प

    वीरगंजमा रगतको अभाव, निषेधाज्ञाले रक्तदान कार्यक्रम ठप्प

    वीरगंज : वीरगंजमा पछिल्लो समय रगतको चरम अभाव हुँदै गएको छ। संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम प्रभावित भएको र दाताले रक्त सञ्चार केन्द्रमासमेत रक्तदान गर्ने अवस्था नरहेकोले रगतको चरम अभाव देखिएको केन्द्रका प्रमुख प्राविधिक सौरभराज पाण्डेले जानकारी दिए। उनका अनुसार अहिले दिनमा ३० पिन्ट रगतको माग आइरहे पनि दुई दिन पुग्ने रगतमात्र स्टकमा रहेको छ। उनले बढी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना जित्न उच्च आत्मविश्वास चाहिने रहेछ, संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौं: प्रकाश सपूत

    कोरोना जित्न उच्च आत्मविश्वास चाहिने रहेछ, संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौं: प्रकाश सपूत

    काठमाडौं : गायक प्रकाश सपूतले सबैको शुभेच्छा र आफ्नो उच्च आत्मविश्वासले कोरोना जितेको बताएका छन्। सपूत मंगलवार कोरोना संक्रमण मुक्त भएका हुन्। उनले आफू र भाई देवेन्द्र बल्लु कोरोना मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। साथै कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँड्न चाहने समेत उनले बताएका छन्। उनको यहीँ वैश्वाख १७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। संकमण भएपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन

    नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन

    काठमाडौं : नेपालको सत्ता समीकरणमा भारतीय संस्थापन पक्षको चासोलाई भारतीय मिडियाले प्राथमिकताका साथ सार्वजनिक गरेका छन्। भारतीय संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको दावीसहित हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिक अवस्थामाथि सम्पादकीय नै लेखेर खुलासा गरेको हो।  In Kathmandu, a political twist https://t.co/6rl7dmHz9r — Hindustan Times (@HindustanTimes) May 11, 2021 मंगलवार मात्र भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपालमा भारतीय संस्थापन पक्ष…

    विस्तृतमा पढ्नुस्

  • भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो डोज कहिले लगाउने ?

    भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो डोज कहिले लगाउने ?

    काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप 'भेरोसेल' को दोस्रो डोज जेठ २ बाट प्रदान गरिने भएको छ। हाल काठमाडौं जिल्लाभर पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहलाई मात्र दोस्रो डोज दिन लागिएको हो। वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हिजो प्रचण्डलाई र अहिले माधव-झलनाथलाई गाली गरेर पार्टी विभाजन गरिँदै छ : घनश्याम भुसाल

    हिजो प्रचण्डलाई र अहिले माधव-झलनाथलाई गाली गरेर पार्टी विभाजन गरिँदै छ : घनश्याम भुसाल

    काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नहुने तर्क गरेका छन्। माधव कुमार नेपाल समूहका दोस्रो तहका नेताले एमालेमै रहेर एकताको प्रयास गर्नुपर्ने भन्दै सक्रिय भइरहेको बेला भुसालको यस्तो धारणा आएको हो। नेपाल समूहले वैशाख २७ गते ओलीले प्रतिनिधिसभामा लिएको विश्वासको मतमा अनुपस्थिति जनाएको थियो। सामूहिक राजीनामाकै तयारी…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा पनि नरोकिएको जुवा खाल : काठमाडौंबाट ११ लाख रुपैयाँसहित २५ जना समातिए

    निषेधाज्ञामा पनि नरोकिएको जुवा खाल : काठमाडौंबाट ११ लाख रुपैयाँसहित २५ जना समातिए

    काठमाडौं : निषेधाज्ञाको समयमा अनावश्यक रुपमा मानिसलाई घरबाट ननिस्किन भनिएको छ। विवाहमा त १० जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ। तर, निषेधाज्ञाको समयमा नै काठमाडौंको बहती पोखरीस्थित एक होटलमा २५ जना मानिस भेला भएर तास खेलेको भेटिएको छ। मंगबार साँझ बहती पोखरी स्थित पिताम्वर गौतमले संचालन गरेको फेवा दर्शन होटेलमा जुवा खेलिरहेको अवस्था २५ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर…

    विस्तृतमा पढ्नुस्

  • आज रातिबाट भोजपुरमा पनि निषेधाज्ञा, ७२ जिल्लामा एकै हाल

    आज रातिबाट भोजपुरमा पनि निषेधाज्ञा, ७२ जिल्लामा एकै हाल

    काठमाडौं : आज राति १२ बजेदेखि भोजपुरमा पनि  निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमित थपिँदै गएपछि भोजपुरमा पनि राति १२ बजेदेखि जेठ १२ गते १२ बजे रातिसम्मको लागि निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। भोजपुरमा निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा लागू हुने जिल्लाको सङख्या ७२ पुगेको छ। बाँकी ५ जिल्लाहरुमा मात्र निषेधाज्ञा भएका छैन। मनाङ, मुस्ताङ, पूर्वी रुकुम, खोटाङ र तेह्रथुम रहेका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell