PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिभरपुलसँग पराजित

    म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिभरपुलसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलसँग २-४ गोलअन्तरले पराजित भएको हो। खेलको १० औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेडले अग्रता बनाएको थियो। तर ३४ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै रोबेर्टो फर्मिन्होले पहिलो हाफको इन्ज्युरी टाइममा गोल थप्दा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ग्रानडामाथि रियल मड्रिडको सानदार जित

    ग्रानडामाथि रियल मड्रिडको सानदार जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ग्रानडामाथि सानदार जित निकालेको छ। लस कारमेनेस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ को सहज जित निकालेको हो। खेलको १७ औं मिनेटमै लुका मोड्रिचको पासमा अग्रता बनाएको रियलका लागि पहिलो हाफको इन्ज्युरी टाइममा रोड्रिगोले गोल थपे। उता घरेलु टोलीका लागि जर्ज मोलिनाले ७१ औं मिनेटमा सान्त्वना गोल फर्काए। त्यसको पाँच…

    विस्तृतमा पढ्नुस्

  • पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त

    पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। बहुमतीय सरकार गठनको प्रयास असफल भएपछि प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। अब पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हाल्ने छन्। जनता समाजवादी पार्टीको विवादका कारण वैकल्पिक गठबन्धन बनाउन कांग्रेस तथा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति कार्यालयले भन्यो, ‘गठबन्धनको प्रधानमन्त्रीमा कसैको दाबी परेन’

    राष्ट्रपति कार्यालयले भन्यो, ‘गठबन्धनको प्रधानमन्त्रीमा कसैको दाबी परेन’

    काठमाडौंः राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि कसैबाट पनि दाबी पेस नभएको जनाएको छ। विज्ञप्ति प्रकाशन गर्दै कार्यालयले बिहीबार राति ९ बजेसम्मको समयसीमामा कुनै पनि दलबाट दाबी नपरेको जनाएको हो। 

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा आज १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    प्रदेश १ मा आज १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आज १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै दैनिक संक्रमण संख्यामा उच्च हो। प्रदेश १ मा आज २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आज मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९ जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग : ललितपुरमाथि सानदार जित निकाल्दै काठमाडौं फाइनलमा

    नेपाल सुपर लिग : ललितपुरमाथि सानदार जित निकाल्दै काठमाडौं फाइनलमा

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न क्वालिफार्सको खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले ललितपुरमाथि ३-० को सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। काठमाडौंको जितमा मेसौके ओलोमौले दुई गोल गर्दा स्टेफेन बेनोङले दुई गोल गरे। खेलको १५ औं मिनेटमा काठमाडौंलाई अग्रता दिलाएका मेसौकेले २२ औं मिनेटमा दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • यसकारण ओलीलाई बिदाइ गर्ने गठबन्धनको चाहनामा लाग्यो ब्रेक, पार्टीभित्र र बाहिर ओली झन् शक्तिशाली

    यसकारण ओलीलाई बिदाइ गर्ने गठबन्धनको चाहनामा लाग्यो ब्रेक, पार्टीभित्र र बाहिर ओली झन् शक्तिशाली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बिदा गर्ने कांग्रेस-माओवादी गठबन्धनको सपनामा पुनः एकपटक ब्रेक लागेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सांसदबाट सामूहिक राजीनामा गराउनबाट रोक्न सफल भएपछि ओली इतरको गठबन्धन धरापमा परेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको बिदाइका लागि गरेको गृहकार्य असफल भएको छ। बिहीबार माओवादीको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी वाग्मती प्रदेशभर बैशाख २९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका मेयरसँग मन्त्रीहरुको बैठक : ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

    उपत्यकाका मेयरसँग मन्त्रीहरुको बैठक : ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

    काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे। राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए। शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार गठनको दाबीबाट पछि हट्यो कांग्रेस, 'परिणाम नआउने चिजमा के दाबी गर्नु?'

    नयाँ सरकार गठनको दाबीबाट पछि हट्यो कांग्रेस, 'परिणाम नआउने चिजमा के दाबी गर्नु?'

    काठमाडौंः नेपाली कांग्रेसले नयाँ सरकार गठनमा दाबी नगर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्न जाने कि नजाने भन्ने प्रश्नको जवाफमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, 'कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्छ। परिणाम नआउने दाबी के गर्नु?' सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनीत

    माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनीत

    जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्रले रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ। माओवादी केन्द्रको मुस्लिम कोटाका समानुपातिक प्रदेशसभा सदस्य मोहम्मद समिर नेकपा एमालेमा लागेपछि उनलाई कारबाही स्वरुप पदमुक्त गरिएको थियो। रिक्त रहेको सो पदमा कादरीलाई मनोनित गरिएको माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए। मनोनित भएकी प्रदेशसभा सदस्यले आजै शपथ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का तीन जिल्लामा जेठ १० गतेसम्मको लागि लम्बियो निषेधाज्ञा

    प्रदेश २ का तीन जिल्लामा जेठ १० गतेसम्मको लागि लम्बियो निषेधाज्ञा

    जनकपुरधाम : प्रदेश २ का तीन जिल्लामा लगाइएको निषेधाज्ञा १० दिनको लागि थप गरिएको छ। प्रदेशको सर्लाही, धनुषा र महोत्तरीमा लगाइएको निषाधाज्ञा १० दिन सम्मका लागि बढाउने तीन जिल्लाका जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेका हुन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कोरोना संक्रमणदर कम गर्न तथा चेन ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्युदरमा सुधार नआएकाले जेठ…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको सरकार बन्ने सम्भावना टर्दै, नेपाल-खनाल समूहको राजीनामा नआएपछि माओवादीले गरेन निर्णय

    गठबन्धनको सरकार बन्ने सम्भावना टर्दै, नेपाल-खनाल समूहको राजीनामा नआएपछि माओवादीले गरेन निर्णय

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक निष्कर्षविहीन बनेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नयाँ सरकार गठनबारे छलफल गरे पनि निर्णय नगरेको स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपा (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल समूहले नयाँ सरकारका लागि सहयोग गर्ने बताएको भए पनि ओलीसँगको सहमतिपछि पछि हटेको छ। नेपाल-खनाल समूहले सामूहिक राजीनामा नगरेपछि सरकार गठनबारे अन्योल भएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ९१ जना बैंक कर्मचारीमा कोरोना संक्रमण, एभरेष्टका सबैभन्दा बढी

    वीरगंजमा ९१ जना बैंक कर्मचारीमा कोरोना संक्रमण, एभरेष्टका सबैभन्दा बढी

    वीरगंज : वीरगंजमा विभिन्न बैंकका गरी झण्डै ९१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएदेखि वैशाख २५ गतेसम्ममा यहाँका विभिन्न बैंकहरुमा कार्यरत ९१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वीरगंज बैंकर एशोसियशनले जनाएको छ। सबैभन्दा बढि एभरेस्ट बैंकका १० जना कर्मचारी संक्रमित भएका छन्। त्यसैगरी, नबिल बैंक र मेगा बैंकका ९/९ जना, नेपाल बैंकका ८…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोरोनाबाट ५ जनाको मृत्यु, थपिए २१९ कोरोना संक्रमित

    कैलालीमा कोरोनाबाट ५ जनाको मृत्यु, थपिए २१९ कोरोना संक्रमित

    कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना र निजी अस्पतालमा दुई गरी थप ५ जनाको मृत्यु भएको हो। सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढी उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–२ की ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ३१ वर्षीय पुरुष र…

    विस्तृतमा पढ्नुस्

  • कोभिडका कारण एकै घरमा आमा–छोराको निधन, बाबु अक्सिजनमा

    कोभिडका कारण एकै घरमा आमा–छोराको निधन, बाबु अक्सिजनमा

    विराटनगर : विराटनगर सिङ्गिया घाटमा कोरोनाका कारण बुधबार राति निधन भएकी ६० वर्षीया आमा नीलमदेवी बेगवानीको दाहसंस्कार विहीवार हुँदै थियो। यसैबिच ४१ वर्षीय छोरा विनीत बेगवानीले पनि कोभिडकै कारण मृत्युवरण गरेको खबर आयो। यता ६६ वर्षीय बाबु विमल बेगवानी कोभिडजन्य निमोनियाका कारण घरमै अक्सिजनसहितको उपचार लिएर सुतिरहेका छन्। उनको स्थिति स्थिर छ। यो घटना विराटनगरको पुरानो गहना पसल महालक्ष्मी ज्वेलरीको…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रदेश कमिटी सदस्य कठायतको कोरोना संक्रमणबाट निधन

    एमाले प्रदेश कमिटी सदस्य कठायतको कोरोना संक्रमणबाट निधन

    कैलाली : कोरोना संक्रमित नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधन भएको छ। कैलालीको धनगढीस्थित सेतीप्रादेशिक अस्पतालमा उपचाररत कठायतको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। मल्लकाअनुसार केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भई थप उपचारका लागि उनलाई हिजो धनगढी ल्याइएको थियो। डोटीको शिखर नगर पालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही प्रशासनले भन्यो : बिना जानकारी सिलिण्डर राखे कारवाही

    रुपन्देही प्रशासनले भन्यो : बिना जानकारी सिलिण्डर राखे कारवाही

    बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पछिको लागि भन्दै घरमा वा संस्थामा अक्सिजन सिलिण्डर स्टक नराख्न आग्रह गरेको छ। स्टक भए पनि नजिकको सुरक्षा निकायलाई जानकारी गराई दिन अनुरोध गर्दै बिना जानकारी स्टक राखेको पाइए कारवाही गर्ने चेतावनी पनि रुपन्देही प्रशासनले दिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीवार सूचना जारी गर्दै कोभिडका नयाँ भेरियन्टबाट उत्पन्न महामारीको बिषम परिस्थितिका कारण अस्पतालहरुमा बिरामीको…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीबाट प्रकाशित पत्रपत्रिकाले प्रकाशन बन्द गर्ने, पत्रकार कोरोना कोषमा साढे ७ लाख जम्मा

    रुपन्देहीबाट प्रकाशित पत्रपत्रिकाले प्रकाशन बन्द गर्ने, पत्रकार कोरोना कोषमा साढे ७ लाख जम्मा

    बुटवल : रुपन्देहीका सबै पत्रपत्रिकाहरुले आगामी जेठ १ गतेदेखि सबै प्रकाशन बन्द गर्ने भएका छन्। कोरोना महामारीको दोस्रो लहरसँगै जिल्लामा आह्वान गरिएको निषेधाज्ञाका कारण प्रकाशन बन्द गर्न लागिएको हो। निषेधाज्ञाका समयमा पत्रपत्रिका प्रकाशन तथा प्रशानका सामग्रीहरु पाउन समस्या हुने भएकाले बन्द गर्ने निर्णय गरिएको प्रकाशन तथा प्रशासरण समाज रुपन्देहीले जनाएको छ। ‘यो निषेधाज्ञाबाट हामीसँग आबद्ध सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार

    निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार

    काठमाडौं : कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने विपन्न परिवार मारमा परेका छन्। यो समस्यामा हातेमालोको प्रयास गरेका नेपाली कलाकारले। गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला) ले संयुक्त रुपमा मिलेर विपन्नलाई खाद्यान्न वितरण सुरु गरेका हुन्। ‘जति सक्छौं सम्राट भाई र मैले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell