काठमाडौं : नेकपा एमालेका दोस्रो तहका नेता फेरि छलफलमा जुटेका छन्। बरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेपछि अर्थमन्त्री विष्णु पौडेलेसँग नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सिंहदरवारमा छलफलमा जुटेको स्रोतले जानकारी दियो। दोस्रो तहका नेताहरुले ओली र नेपाललाई मिलाउन केही दिन अघि देखि…
काठमाडौँः कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो। गृह मन्त्रालयका अनुसार सोमबार बिहान १० बजेसम्म ६९ वटा जिल्लामा आंशिक र पूर्णरुपमा निषेधाज्ञा गरिएको छ।…
पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न निर्णायक बनेको जनमोर्चाको संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा सांसद कृष्ण थापा, केन्द्रीय महासचिव मनोज भट्ट र जनमोर्चाका प्रदेश शंखर बराल उपस्थित छन्। नयाँ सरकारलाई सहमति दिने कि नदिने भन्ने टुंगो लगाउन बैठक बसेको नेताहरुले बताएका छन्। गण्डकी प्रदेशसभामा नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक छ। प्रदेशमा रहेका ६० सदस्यीय सांसदमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनमा मतदान हुनेछ। सांसदहरु पक्ष/विपक्ष र तटस्थ गरी तीन विकल्पमा रहनेछन्। विश्वासको मतको सवालमा जनता समाजवादी पार्टीले आफ्ना सांसदमाथि ह्वीप लगाएन। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले सांसदलाई स्वविवेकका आधारमा मत हाल्ने स्वतन्त्रता दियो। यस्तो निर्णयलाई पार्टीकै कार्यकर्ताले नेतृत्वको नपुंशकता, असक्षमता भनेर…
पोखरा : गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने उद्देश्यसहित बोलाईएको अधिवेशन आजबाट अन्त्य भएको हो। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेकी हुन्। 'प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशबाट प्राप्त पत्रानुसार प्रदेश सभाको चालु अधिवेशन मिति २०७८ साल वैशाख २७ गते सोमबार विहान १० बजेदेखि अन्त्य भएको व्यहोरा अनुरोध छ,'…
विराटनगरः कोरोना सङ्क्रमण भएका स्वतन्त्रता सेनानी एवम् नेपाली काँग्रेसका पुराना नेता नित्यराज कोइरालाको मृत्यु भएको छ। धनगढीमा छोरी मनीषालाई कोरोना सङ्क्रमण भएपछि उनलाई हेर्न काठमाडौंस्थित घरबाट गएका कोइरालाको धनगढीमै आज बिहान मृत्यु भएको हो। ‘नित्यराजजी पुरानो, दुःख पाएको र त्यागी काङ्ग्रेस नेता हो’, मोरङ काङ्ग्रेसका पूर्व सभापति बद्रीनारायण बस्नेतले भने, ‘२०३६ सालअघि पार्टीका कमिटीमा बसेर काम गर्न कोही चाहँदैनथे । तर…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतविरुद्ध उभिएको नेकपा एमालेको माधवकुमार नेपाल समूहले 'नयाँ पार्टी' गठनको चेतावनी दिएको छ। आज प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने कार्यसूची छ। नेपाल समूहले पार्टीको ह्विप विपरीत आफ्नो समूहका सांसद संसदमा अनुपस्थित हुने निर्णय गरिसकेको छ। नेपाल समूहका सांसद मेटमणि चौधरीले पार्टी अध्यक्ष ओलीले कारवाही गरे अलग्गै पार्टी बनाउने बताए। हिजो…
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर तुल्याउनु हो भनेका छन्। आज सिंहदरबारमा माधवकुमार नेपाल समूहको बैठकपछि नेता रावलले भने, 'प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।' ओलीको कुनै पनि निर्देशन मान्य नभएको बताउँदै नेता रावलले ओलीलाई पार्टीको वैधानिक अध्यक्ष नभएको दावी गरे। 'ओलीको कुनै निर्देशन हामीलाई मान्य छैन। उहाँको कुरा मान्नुपर्ने हो भने…
काठमाडौंः आगामी जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले दुई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै गएपछि देशभर जारी निषेधाज्ञाको कारण परीक्षा स्थगित गरिएको हो। 'बिहान बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। केही समयमा सुचना जारी गर्छौं,' राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन्। माधवकुमार नेपाल समूहले आज ९ बजेसम्मका लागि दिएको समयलाई वेवास्ता गरेका ओलीले १०:५५ बजे ट्विट गर्दै समस्या भए सँगै बसेर छलफल तथा समाधान गर्न सकिने बताएका हुन्। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच पार्टी कसले विभाजित गरायो भन्ने देखाउने होडबाजी जारी…
काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले दिएको अल्टिमेटमको समय सकिएको छ। माधव झलनाथ खनाल समूहले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै आज बिहान ९ बजेसम्मको समय दिएको थियो। तर, उक्त समय घर्किसकेकोले अब पर्खन नसक्ने नेपाल पक्षका सांसद झपट रावलले बताएका छन्। 'पार्टी एकताको प्रयास असफल भयो। यसबाट हामी स्तब्ध…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र सेभिया बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड २-२ को बराबरीमा रोकिएको हो। खेलको २२ औं मिनेटमा फर्माण्डोले सेभियाका लागि अग्रता बनाएका थिए। पहिलो हाफमा सेभिया एक गोलले अघि रह्यो। दोस्रो हाफमा दोस्रो हाफमा मार्को एसेन्सिओले ६७ औं मिनेटमा गोल फर्काउँदै रियललाई बराबरीमा ल्याए। उता…
पोखरा: आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेशको नेतृत्व कता मोडिन्छ सबैको चासोको विषय बनेको छ। आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्। प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गर्दै गुरुङको राजीनामा स्वीकृति गरेकी हुन्। नयाँ सरकार गठन गर्न तीन दलका नेताबीच सुरुवातदेखि नै सहमति जुटेको…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोमवार बिहान ९ वजे सम्मका लागि अल्टिमेटम दिएका छ। उक्त समयसम्म आफ्ना माग पूरा नभए सामूहिक राजीनामा गर्ने नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए। ओलीलाई २०७५ जेठ २ गते अघि एमाले माओवादी एकता हुनुपर्वको अवस्थामा फर्कन नेपाल समूहका सांसदहरुको सिंहदरवारमा बसेको बैठकले…
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन काठमाडौं रेजर्ससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले २-१ गोलअन्तरले जित निकालेको हो। आजको खेलसँगै एनएसएलका लिगचरणका सबै खेलहरु सकिएका छन्। आज सम्पन्न रोमाञ्चक खेलमा मेसोउके ओलोमोउले १७ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। त्यस्तै, दोस्रो गोल सञ्जोग राईले ३५ औं मिनेटमा गरे।…
काठमाडौं: पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले अक्सिजन विक्री वितरणबारेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। 'मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीले नपाउने वैशाख २५ गते स्वास्थ्य मन्त्रालयको निर्णयले बिरामीलाई नै सास्ती भएको उल्लेख गर्दै पूर्वमन्त्री थापाले सच्याउन माग गरेका हुन्। ‘अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने…
जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा मनिष पाण्डेले जानकारी दिए। अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मतका लागि सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ। संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा भएको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि लिने भनिएको विश्वासको मतको पक्षमा भोट हाल्ने/नहाल्ने, पक्षमा हाल्ने वा विपक्षमा हाल्ने गरी स्वतन्त्रता दिएको हो। जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तटस्थ बस्ने लाइनमा…
जनकपुरधाम : प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले ७ सय थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ। स्वास्थ्य बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखिएका ७ सय अक्सिजन सिलिण्डरहरु नेपाल प्रहरीले नियन्त्रणमा लिइएको हो। प्रहरीले अक्सिजन भएका सिलिण्डर १३२ थान र खाली सिलिण्डर ५६८ थान गरी कुल ७…
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको प्रष्टीकरण दिएका छन्। ‘देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले प्रदेश प्रमुखसमक्ष आजैका मितिदेखि लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएको छु,’ गुरुङले…