जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा आरबी लाइपजिग बोरुसिया डर्मण्डसँग पराजित भएको छ। वेस्टफलेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डले दोस्रो स्थानको लाइपजिगमाथि जित निकालेको हो। उता लाइपजिगको पराजयसँगै शीर्ष स्थानको बायर्न म्युनिखले उपाधि सुरक्षित गरेको हो। जोडोन साञ्चोको दोहोरो गोल र मार्को रिउसको गोललमा डर्टमण्डले ३ गोल गर्यो भने लाइपजिगले लुकास क्लोस्टेरमन र डानी ओल्मोको गोलमा २ गोल फर्कायो।…
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा गरेको ‘लफडा’लाई लिएर विराटनगर सिटी एफसीले माफी मागेको छ। खेलको बीचमै खेलाडीहरुलाई मैदानबाहिर बोलाउने निर्णय खेलाडीको नभएर व्यवस्थापनको भएको भन्दै विराटनगरले माफी मागेको हो। ‘एउटा सुन्दर खेलको स्पीरिटलाई बिगार्ने हाम्रो इन्टेनसन थिएन’, विराटनगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले समर्थक, शुभचिन्तक र फुटबल परिवारमा परेको ‘हर्ट’ लाई महसुस…
काठमाडौं: सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। पाँच सय शय्याको युनिफाइड अस्पताल बनाउने निर्णय सरकारले गरेको हो। 'देशैभरका अरु अस्पतालाई पनि त्यसले म्यानेज गर्छ। सुरुवातामा ५ सय शय्याको हुनेछ। कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय भएको छ,' ज्ञवालीले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको…
वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३ र रौतहटका २ जना रहेका छन्। जसमध्ये १ जना महिला र ६ जना पुरुष रहेका छन्। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय पुरुष र सोही नगरपालिका वडा नम्बर ९ की ४६ वर्षीया महिला गरी दुई जनाको आज मृत्यु…
सुर्खेत : कोरोना संक्रमण पुष्टि भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ। उपचारका क्रममा शनिवार काठमाडौंमा उनको निधन भएको नगरपालिकाले जनाएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए। उनी उपचारकै लागि गत चैतमा काठमाडौं गएका थिए। नेकपा एमालेबाट निर्वाचित मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा डोल्पाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व…
काठमाडौंः कोरोना संक्रमितको उपचारका लागि काठमाडौंमा अक्सिजनको समस्या पर्न थालेको छ। अक्सिजन आपूर्तिमा समस्या भएपछि केही अस्पतालहरुले सीमित रुपमा मात्र शय्याहरु सञ्चालनमा ल्याएका छन्। काठमाडौंका चार अस्पतालले विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्तिमा समस्या परेकाले सीमित शय्यामात्र सञ्चालनमा ल्याइएको जनाएका छन्। मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीघायू गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले विज्ञप्ति जारी गरेर अक्सिजन…
काठमाडौं: नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वुटवल लुम्बिनी एफसीले शीर्षस्थानको धनगढी एफसीमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीले धनगढीमाथि संघर्षपूर्ण जित निकाल्दै प्लेअफका लागि स्थान सुरक्षित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बुटवलका लागि निर्णयक गोल सुमन लामाले गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै बुटवल लुम्बिनीलाई प्लेअफमा…
विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५,…
हेटौंडाः हेटौंडामा शनिबार साँझ थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका हेटौंडा-५ का ६५ वर्षीया एक पुरुष र बारा सिम्रौनगढका ३४ बर्षीय एक पुरुषको मृत्यु भएको हो। कोरोना पुष्टि भई उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड इञ्चार्ज डा. सागर काफ्लले बताए।
जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा संक्रमितहरु एम्बुलेन्स नपाएर अस्पताल पुग्न नसक्दा ज्यान गुमाइरहेको अवस्थालाई दृष्टिगत गर्दै मेयर बरबरियाले आफ्नो गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका हुन्। भारतसँग सीमा जोडिएकाले धनुषाका ग्रामिण भेगमा पनि संक्रमित हुनेको संख्या बढ्न थालेको…
कैलालीः पछिल्लो २४ घण्टामा कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। यस्तै कैलालीको लम्कीचुहा नगरपालिका -६ की ४२ वर्षीया महिला,…
पोखरा : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन्। सांसद शाहीको रिपोर्ट शुक्रवार नेगेटिभ आएको उनका स्वकीय सचिव मिलन हमालले जानकारी दिए। गत बैशाख १५ मा कोरोना पुष्टि भएका हमालको शुक्रवार नवौँ दिनमा रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्रीविरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन १५ वैशाखमा अचानक सांसद शाही सम्पर्कविहीन भएका…
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शनिबार संसद् भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकले विश्वासको मत नदिने र अन्य दलहरुलाई समेत मत नदिन आग्रह गर्ने निर्णय गरेको हो। वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेगरि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान भइसकेको छ। बैठकले अविश्वासको प्रस्तावबारे भने ठोस निर्णय…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ललितपुर सिटीले विराटनगर सिटीमाथि सहज जित निकाल्दै प्लेअफका लागि क्वालिफाई भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा विराटनगरलाई ४-० गोलअन्तरले हराउँदै ललितपुरले प्लेअफको यात्रा सुनिश्चित गरेको हो। खेलमा अग्रता ललितपुरले ३६ औं मिनेटमा अञ्जन बिस्टको गोलमा गरेको थियो। त्यस्तै, विराटनगरका सर्वाधिक गोलकर्ता पेड्रो माञ्जीले लगातार हेण्डबलको अपिल गरेपछि…
काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै जाँदा संक्रमितबाट चर्को शुल्क असुल्ने अस्पताल माथि छानविन गरी कारवाही गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ। मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले वक्तव्य जारी गर्दै कोभिड-१९ संक्रमित माथि मनपरी ढंगले सुल्क असुल्ने अस्पताललाई कारवाही गर्न माग गरेका हुन्। 'अहिले कोभिड-१९ को दोस्रो लहरले जनता आक्रान्त…
काठमाडौं : निषेधाज्ञामा वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक कामले उपत्यका बाहिर जाने यात्रुलाई बढी भाडा लिएर ठगी गरेको अभियोगमा प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले कलंकीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भएका ५३ वर्षीय मनु अर्याल र उनकै छोरा ३० वर्षीय अनु अर्याललाई पक्राउ गरेको हो। त्यस्तै, नारायणी यातायात…
काठमाडौं : संसद सचिवालयले गराएको कोभिड १९ परीक्षणमा १ सय ६० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। वैशाख २२ देखि २४ गतेसम्म १ हजार २ सय ३५ जनाको परीक्षण गरिएको थियो। राष्ट्रियसभाका एक जना सहित १९ जना सांसदमा कोरोना संक्रमण देखिएको हो। त्यसबाहेक १ सय ४१ जना चाहिँ संसद सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र वीरेन्द्र अन्तर्राष्ट्रिय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले बैठक किन बोलाए भन्ने खुलेको छैन। सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैंठक बस्ने गर्दछ। तर, आजको बैठक भने नियमित होइन। देशभर कोरोना संक्रमितको सङख्या बढ्दै गएको छ। सरकारले व्यवस्थापनदेखि अन्य कुरामा चुकेको आरोप खेप्दै आएको छ। त्यस्तै, प्रधानमन्त्री ओलीले सोमवार…
काठमाडौं : कोरोना संक्रमणको मौका छोपी बढी मूल्य लिएर अक्सिमिटर बेचेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई नियन्त्रणमा लिएको हो। तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको देखिएपछि नियन्त्रणमा लिएको हो। त्यस्तै प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर…
काठमाडौंः कोरोना संक्रमण भएका पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत दाहालको आज बिहान मृत्यु भएको हो। वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनमा बसेका थिए। श्वास फेर्न समस्या भएपछि दाहाललाई वैशाख १५ गते अस्पताल भर्ना गरिएको थियो। उनी दुई दशकदेखि पत्रकारितामा संक्रिय थिए। उनी जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए। त्यसपछि…