विराटनगर : मोरङको विराटनगरमा नक्कली रेम्डेसिभिर बिक्री गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १० का २६ वर्षीय सोनु आलम र वडा नम्बर १६ का २३ वर्षीय श्रवण कुमार यादव रहेका छन्। विराटनगर महानगरपालिका-४ स्थित साथी मेडिकल औषधि पसलका आलमलाई स्टासेफ नामक औषधिमा रेम्डेसिभिर औषधिको नक्कली स्टिकर टाँसी बढी मुल्यमा बिक्री गरेको अभियोगमा प्रहरीले पक्राउ…
हेटौँडा : हेटौँडा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा-७ का ४० वर्षीय पुरुष र हेटौँडा-४ की ३७ वर्षीया महिला रहेका छन्। योसँगै पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि गएराति हेटौँडा अस्पतालमा रौतहटका एक संक्रमितको मृत्यु भएको थियो।
भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान क्रिकेटर विराट कोहलीले कोरोना संक्रमितलाई सहयोग गर्ने भएका छन्। अनुष्का र विराटले क्राउड फन्डिङको शुरुवात गरेका छन्। साथै आफूहरुले यसमा २ करोड भारु सहयोग गरेको अनुष्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ। जसको माध्यमबाट उनीहरुले ७ करोड भारु जुटाउने छन्। जसबाट…
पोखरा : गण्डकी प्रदेशमा शुक्रवार एकै दिन १ हजार ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार यो हालसम्मकै उच्च संक्रमण दर हो। आज थपिएका संक्रमितमध्ये ५० प्रतिशत बढी कास्की जिल्लाका रहेका छन्। कास्कीमा आज मात्रै ८ सय ५६ जनमा संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ७…
जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको चौँथो दिन आज प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम सुनसान देखिएको छ। कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मंगलवारदेखि लागू हुने गरी बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाको आदेशपछि जनकपुरधाममा सवारी साधन तथा मानिसको आवागमन समेत ठप्प भएको छ। त्यस्तै, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, राजदेवी…
सुर्खेत : नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा बढिरहेकाले कर्णाली प्रदेश सरकारले नियन्त्रण/व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आठ सदस्यीय निर्देशन समिति गठन गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन। सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री, जिल्ला सदरमुकाम रहेका पालिका प्रमुख/अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…
कैलाली : कैलालीमा कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ। कैलालीको लम्किचुहा नगरपालिकाका वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमानसिंह देउवाको मृत्यु भएको हो। लम्किचुहाको भल्कामा निर्माण गरिएको आइसोलेसनमा उपचाररत उनलाई अक्सिजनको आवश्यकता भएपछि बिहीवार नेपालगञ्ज रेफर गरिएको थियो। उपचारका क्रममा उनको शिक्षण अस्पताल नेपालगञ्जमा गएराति मृत्यु भएको वडा कार्यालयले जनाएको छ।
काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बालुवाटार जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। इजलासले बस्न्यातलाई थुनामा राख्ने विशेष अदालतको मिति २०७७ मंसिर २८ को आदेशलाई बदर गरेको छ। बस्न्यातका तर्फबाट छोरीज्वाईं प्रज्वल…
काठमाडौं : 'मिस युनिभर्स नेपाल २०२०' अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन् अमेरिका पुगेकी छिन्। आउँदो मे १६ मा फ्लोरिडामा हुने प्रतियोगितामा शर्माले नेपालको प्रतिनिधित्व गर्दैछिन्। मिस युनिभर्समा ७४ देशका सुन्दरीहरू सहभागी हुँदैछन्। जसमध्ये २१ जना फिनालेमा पुग्नेछन् र शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अंशिकाले आफ्नो सौन्दर्य यात्राबारे आफू निकै उत्साहित भएको बताइन्। प्रतियोगिताकै लागि ४ महिना…
काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको छ। फेस्टिभलमा रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनुको जुत्ता’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको हो। केदार श्रेष्ठ…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड १९ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा सहभागी हुनका लागि सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो। प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
हेटौंडाः नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताएका हुन्। आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताए। एमालेको एक…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढि भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशिक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिर जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक…
हेटौंडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। केहीबेर अघि वाग्मती प्रदेश प्रहरी कार्यालयमा हेलिकप्टर मार्फत हेटौंडा आइपुगेका बादलले आफ्नो उम्मेदवारी दर्ता गराएका हन्। गृहमन्त्री बादलको उम्मेदवारीमा प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्। यसअघि एमाले दल बाहेक…
काठमाडौं : अन्तत: नेकपा एमालेले राष्ट्रियसभाको उप निर्वाचनमा वाग्मती प्रदेशमा रामबहादुर थापा बादललाई उम्मेदवार तय गरेको छ। बालुवाटारमा आज बसेको एमाले नेताहरुको बैठकले बादललाई उप निर्वाचनमा चयन गर्ने निर्णय गरेको हो। वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन्। त्यसकै पूर्व सन्ध्यामा ओलीले आफू नजिकका नेतालाई बालुवाटार छलफलमा बोलाएका हुन्। आज नै उम्मेदवारी तय गर्नुपर्ने भएकाले बादललाई ओलीले रोजेका हुन्। …
विराटनगर : भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरी उपमहानगरपालिकालाई कोभिड सङ्क्रमणविरूद्ध लड्न सहयोग गरेको छ। इटहरीमा भाटभटेनी सुपर मार्केटका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ। भाटभटेनीका तर्फबाट कन्ट्री म्यानेजर विनोद भट्टराईले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई ५ लाख १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रमुख चौधरीले भाटभटेनीबाट प्राप्त रकम उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने…
काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्। शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ। वैशाख १६ गतेपछि धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको प्रस्ट्याएका छन्। आज बिहान फेसबुकमार्फत् उनले वार्ता र लचकता दुवै अपनाउने तर अहिलेसम्म कुने सहमति नभएको जनाएका हुन्। 'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,' नेता नेपालले भनेका छन्, 'यसका लागि…
बुटवल : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मध्यराती मृत्यु हुनेमा १ जना कोरोना विशेष अस्पतालको आईसीयूमा र २ जना प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बुटवल तामनगरका ६५ वर्षीय पुरुषको राती १ बजे मृत्यु भएको छ। उनी वैशाख २० गतेदेखि कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत…
बुटवल : बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको बिहीवार साँझ ५ बजे मृत्यु भएको हो। त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की २७ वर्षीया महिलाको बिहीवार साँझ ५ बजेर ४० मिनेट र सोही अस्पतालमा नेपालगन्ज ६ का ५४ वर्षीय पुरुषको बिहीवार साँझ…