काठमाडौं : वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानको निधन भएको छ। न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् उनको बिहीवार मृत्यु भएको संगीतकर्मी लक्ष्मण शेषले पुष्टि गरे। 'केही समयदेखि नसा सम्बन्धि समस्या थियो उहाँमा। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचार भइरहेको थियो। कोरोना संक्रमण पुष्टि भएको थिएन,' शेषले पहिलोपोस्टसँगको कुुराकानीमा भने, 'परिवारबाट मलाई खबर आयो। अन्त्येष्टि लगायत विषयका बारेमा केहीबेरमा थाहा हुन्छ।' ८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि…
काठमाडौंः जंगलमा फ्याँकिएको अवस्था प्रहरीले तीन वटा भरुवा बन्दुक फेला पारेको छ। इलाका प्रहरी कार्यालय चिसापानी, स्याङजाबाट खटिएको टोलीले हरिनाश गाउँपालिका कुसिनडाँडा जंगलमा तीन वटा भरुवा बन्दुक फेला पारेको हो। त्यस्तै बैशाख १९ गते सोही स्थानमा थप २ थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौे : स्वास्थ्य मन्त्रालयले अक्सिजन ग्यास उद्योगीहरुले सरकारको निर्णय नमानेको आरोप लगाएको छ। सरकारले देशभर कोभिड १९ संक्रमणको कारण अक्सिजन अभाव हुने भएकाले उद्योगधन्दामा अक्सिजन प्रयोग नगर्न भनेको थियो। तर, अहिले पनि ठूलो परिमाणमा उद्योगधन्दामा अक्सिजन प्रयोग भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दावी गरेको छ। बिहीवार विज्ञप्ति जारी गर्दै उद्योगीहरुले सरकारको निर्णयको अवज्ञा गरेको बताएको हो। त्यस्तै ठूलो सङ्ख्यामा अक्सिजन सिलिण्डरहरु खाली…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र आज बिहानबाट अघिल्लो निर्णयलाई संशोधन गरेर निर्णय गरेको निषेधाज्ञा लागू भएको छ। आजबाट १५ दिनको लागि थप गरिएको निषेधाज्ञामा १० जना भन्दा बढी मानिस भेला भएर विवाह गर्न पाइँदैन, निजी निर्माणको काम गर्न रोक लगाइएको छ, अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई जरिवाना समेत लगाइएको छ। पछिल्लो पटक थप भएको निषेधाज्ञा कार्यन्वय भए नभएको बुझ्न प्रमुख जिल्ला अधिकारी, काठमाडौंका…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शितल निवास पुगेका छन्। आझ बिहान प्रधानमन्त्री निवास बालुवाटरमा स्थायी कमिटीको बैंठक सकेलगत्तै उनी शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलीले सोमवार विश्वासको मत लिँदैछन्। त्यसैले पछिल्लो केही दिनयता प्रधानमन्त्रीले राजनतिक दलहका नेताहरुसँग भेटघाट तीब्र बनाएका हुन्। बुधवार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। प्रधानमन्त्री ओलीले सभापति देउवासंग आफूलाई सहयोग गर्न अनुरोध…
वीरगंज : प्रदेश २ को एक मात्र वीरगंज महानगरपालिकाले सय बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ। केन्द्र सरकारले हरेक पालिकाले आफनो आफनो छुटाछुटै आइसोलेशन बनाउनुपर्ने निर्देशन दिएपछि वीरगंजका मेयर विजयकुमार सरावगीको सक्रियतामा वीरगंज घडिअर्वापोखरी नजिकै गोपालमण्डलीमा सय वेडको आइसोलेशन निर्माण गर्ने काम पुरा भएको हो। ‘करिब सय जना संक्रमितको लागि आइसोलेशन शुक्रवारदेखि सञ्चालनमा आउँदै छ,’ वीरगंजका मेयर सरावगीले…
काठमाडौं : पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमल सिंह बमको घरमा कार्यरत एक प्रहरी सहयोगीले आत्महत्या गरेका छन्। आज बिहान कागेश्वरी मनोहरा वडा नम्वर ६ स्थित ग्रीन हिल सिट हाउजिङमा रहेको बमको घरमा आत्महत्या गरेका हुन्। चार वर्षदेखि बमको घरमा सहयोगीका रुपमा प्रहरी प्रधान कार्यालयबाट खटिएका ओखलढुङ्गा घर भएका प्रहरी परिचर बासुदेव धमलाले आत्महत्या गरेका हुन्। 'झुन्डिएर आत्महत्या गरेको देखिएको छ। अन्य…
काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरुमा आजबाट थप भएको निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि एक साताको लागि जारी गरेको निषेधाज्ञा बुधवार रातिबाट सकिएको छ। तर प्रशासनले आजबाट फेरि एक साताको लागि निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्याएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ। वैशाख १६ गतेपछि धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ।…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा बनाइएको छ। प्रहरीले यस पटकको निषेधाज्ञामा अवज्ञा गर्नेलाई होल्डिङ सेन्टरमा राख्ने मात्र होइन जरिवाना समेत लिने गरेको छ। अनावश्यकरुपमा हिंड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लिने गरेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बुधवार मात्र ७७ जनालाई एक सय रुपैयाँ जरिवाना तिराएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए। संक्रमण रोग ऐन २०२०…
काठमाडौं : चितवनमा एक कोभिड १९ संक्रमित युवकले आत्महत्या गरेका छन्। आज बिहान करिब साढे सात बजे चितवन माडी नगरपालिका ३ बस्ने ३५ वर्षीय गोविन्द साहले आत्महत्या गरेका हुन्। साह आफ्नै घरको सुत्ने कोठामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। झुण्डिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। साह वैशाख…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् भने दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी भिड्ने छन्। पहिलो खेलमा ललितपुर र बुटवल दिउँसो साढे २ बजे मैदानमा उत्रने छन्। ललितपुरले जारी प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेको छैन। अघिल्लो खेलमा पराजय ब्यहोरेको…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले रियल मड्रिडमाथि जित निकालेको छ। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस प्रतिद्वन्दी रियल मड्रिडलाई २-० ले हराउँदै घरेलु टोली चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि मड्रिडमा सम्पन्न खेलमा १-१ को बराबरी खेलेको चेल्सीले समग्रमा ३-१ ले गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको २८ औं मिनेटमा टिमो वेर्नरको गोलमा…
काठमाडौं : भूतपूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित भएका छन्। गुरुङ लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन्। यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार बनेका थिए। उनी पेशाले बस चालक हुन्। सन् २०१४ मा उनी पहिलोपटक लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डमा लेबर पार्टीबाटै काउन्सिलर पदमा…
पोखराः गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै दिएको अभिव्यक्तिप्रति तीन दलका नेताले ध्यानाकर्षण जनाएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीले बुधबार वक्तव्य जारी गर्दै पदको मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। वक्तव्यमा भनिएको छ, 'माननीय प्रदेश प्रमुखज्यूले नियम, कानुन ऎनको परिधिभित्र अविश्वासको प्रस्ताव निष्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक…
पोखरा : गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै दिएको अभिव्यक्तिप्रति तीन दलका नेताले ध्यानाकर्षण जनाएका छन्। बुधवार प्रेस वक्तव्य जारी गर्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रमुख पदको मर्यादाविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। कृष्णचन्द्र नेपाली पोखरेल, हरिबहादुर चुमान र धनमाया पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्युले नियम, कानुन ऐनको…
कैलालीः कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको पीसीआर परीक्षणमा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छ्न्। उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोरोना पुष्टि भएको छ।
विराटनगरः उपचारमा खटिँदा कोभिडबाट मृत्यु भएमा चिकित्सकका परिवारलाई प्रदेश १ सरकारले २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख दिने प्रदेश सरकारले निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप…
काठमाडौं : निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनको लागि बुधवार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। लुम्बिनीमा अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्र बहादुर खड्काको रिक्त पद पूर्तिका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने सरकारले घोषणा गरेको थियो। त्यस्तै, जेठ १७ गते हुने मतदानका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। यसैगरी, प्रदेशको राजधानी…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसीले पोखरा थण्डर्समाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफमा प्रतियोगिताकै सर्वाधिक गोलकर्तासमेत रहेका धनगढीका ओलावाले अफिज चोटका कारण मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा मैदान ३७ औं मिनेटमा प्रवेश गरेका दर्शन गुरुङले खेलमा निर्णायक गोल गरे। गोलरहित बराबरीमा रोकिएको…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवारदेखि लागू हुने गरी मंगलवार निषेधाज्ञा थप गरेको घोषणा गर्यो। जसमा मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको भन्दै प्रशासनले प्रष्ट पारेको छ। प्रशासनले सुरक्षा गार्डहरुले परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवातजावत गर्न पाउने बताएको छ। त्यस्तै, विवाह व्रतवन्धजस्ता संस्कारमा १५ जनासम्म…