बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलवार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ। प्रदेश सरकार पुनर्गठन भएपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो। जस अन्तर्गत रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन् भने अर्घाखाँचीका चेतनारायण आचार्यले आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री पोखरेलले धर्मबहादुर…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको निर्णयक गोल काठमाडौंका स्टेफिन बिनोङले गरेका थिए। उनले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए। जितसँगै काठमाडौं रेजर्स अंकतालिकाको शीर्ष तीनमा उक्लिएको छ। तालिकाको शीर्ष तीनमा रहेको विराटनगर…
बुटवल : रुपन्देहीमा निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। निषेधाज्ञालाई कडा बनाएको दावी गरेपनि रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका हुन। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरमा मात्र ३३२ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, तिलोत्तमामा १५८ जना, सिद्धार्थनगरमा १०८ जना, देवदहमा ४२…
भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। यस्तो अवस्थामा बलिउड कलाकारहरुले सहयोगी हात अगाडि बढाइरहेका छन्। अक्षय कुमार, अजय देवगन, सोनु सुद, आलिया भट्ट, प्रियंका चोपडा लगायतका सेलिब्रेटीहरु सहयोगका लागि अघि आएका छन्। नेपालमा पनि कोरोनाको दोस्रो लहरले कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। कोरोना…
ट्विटरले अभिनेत्री कंगना रनौतको अकाउन्ट सस्पेन्ड गरेको छ। पश्चिम बंगालमा भएको हिंसाप्रति मंगलवार कंगनाले आफ्नो विचार व्यक्त गरेकी थिइन्। उनको अकाउन्टमा तीस लाख बढी फलोअर रहेको थियो। सोही समयमा केन्द्र सरकारले बंगालमा राष्ट्रपति शासनको माग गरेको थियो। उनले भाजपाकी महिला नेतृको फोटो सेयर गर्दैँ टीएमसीका मानिसहरूले उनलाई सामूहिक बलात्कार गरेको दावी गरेकी थिइन्। कंगानाले बंगाल चुनावपछि भएको हिंसाबारे ट्वीटमा ममता बनर्जीलाई…
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने सम्भावना अझै कायमै रहेको बताएको छ। त्यसका लागि अरु राजनीतिक दलसँग वार्ता भइरहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। पेरिसडाँडामा मंगलवार बसेको स्थायी कमिटीको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैकल्पिक सरकारका लागि आफू नेपाली कांग्रेसलाई कुरिरहेको बताएका थिए। बैठकमा सहभागी एक नेताका…
काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ५८७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यो हालसम्म नेपालमा एकै दिन पहिचान भएको संक्रमितको संख्या मध्ये सबैभन्दा धेरै हो। सोमवार ७ हजार ४४८ जनामा संक्रमण देखिएको थियो। यस्तै, एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालभर अहिले ५९ हजार ७९८ सक्रिय कोरोना संक्रमित रहेका छन्। हालसम्म देशभर ३ लाख ५१…
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। माओवादीले संसदलाई भोलि विश्वासको मत नभएको भन्दै पत्र लेख्ने तयारी गरेको छ। पार्टीले लुम्बिनी प्रदेशमा भएको घटनालाई चरम असंवैधानिक कदम भएको बताएको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको…
जनकपुरधाम : धनुषाका माओवादी केन्द्रबाट निर्वाचित एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, विदेह नगरपालिकाकी उपप्रमुख निलम देवी मण्डल, शहीदनगर नगरपालिकाकाकी उपप्रमुख शिला देवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई स्पष्टीकरण सोधेको हो। माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव (जीवन) र जिल्ला सचिव दीपक यादवले संयुक्त हस्ताक्षर…
वीरगंज : पर्सामा अगामी वैशाख ३० गते सम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मको निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो। वीरगंजस्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहेका छन्। पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक…
काठमाडौं: नेपाल पत्रकार महासंघले सञ्चारकर्मीका योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने भएको छ। महासंघमा महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर भोलि बुधवारदेखि सञ्चालन हुने योगाभ्यास कार्यक्रममा सहभागिताका लागि देशभरका सञ्चारकर्मीलाई अपिल गरेका छन्। कोभिड १९ संक्रमण बढिरहँदा सञ्चारकर्ममा सक्रिय भइराख्नुपर्ने पेशा भएकाले पत्रकारहरु कोरोनाको जोखिममा रहेको र कोरोना कहिलेसम्म रहने, कस्तो भेरियन्टमा आउने, कति वर्षसम्म यसको असर रहने यकिन नभइसकेको अवस्थामा रोग…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो। तर काठमाडौं उपत्यकाबाट घर फर्किनको लागि भने स्थानिय प्रशासनले केही सहजीकरण गरेको छ। काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिसमा गरेमा जान दिने व्यवस्था मिलाएको छ। काठमाडौं उपत्यकाबाट…
काठमाडौः काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकपछि २९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने भएको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भने उपस्थिति थिएनन्। कोरोना सङ्क्रमण देखिएपछि ललितपुरका सिडिओ अनुपस्थित भएका हुन्। कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले वैशाख १६ गते बिहान ६ बजेदेखि…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा गर्ने निर्णय भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो। यसअघिका निषेधाज्ञामा भएका केही बुँदालाई संशोधन गरिएको छ। थप गरिएको पछिल्लो निर्णयमा विवाह तथा भोजलाई भने केही कडाइ गरिएको छ। अब कसैले पनि निषेधाज्ञाको समयमा पार्टी प्यालेस र होटेलमा विवाह गर्न पाउने छैनन्। त्यस्तै, घरभित्र…
काठमाडौं : यतिखेर देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख १३ गतेदेखि सुरु भएको निषेधाज्ञा मंगलवार बिहानसम्म आइपुग्दा ७१ वटा जिल्लामा विस्तार भएको छ। देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ। त्यस्तै आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द छन्। छिमेकी देश भारतसँग भने सातामा दुई वटा फ्लाइट जारी नै छ। भारत र चीनबाट नेपाल…
इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ। आज बसेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) र इण्डियन प्रिमियर लिग गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। बीसीसीआईले एक विज्ञप्ति निकाल्दै आईपीएलको आयोजक, सपोर्ट स्टाफ र खेलाडीको स्वास्थ्यलाई लिएर कुनै ‘कम्प्रमाइज’ नगर्ने जनाएको छ। हिजोमात्र आईपीएलको फ्रेन्चाइजी कोलकता नाइट राइडर्सको दुई जना खेलाडीमा कोभिड सङक्रमण…
काठमाडौंः भक्तपुरमा आइतवार राती अचेत अवस्था फेला परेका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका घर भएका २२ वर्षया सुनिता तामाङको मृत्यु भएको हो। आइतवार राति करिब ११ बजे भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १० मिलन चोकस्थित घरमा कोठा गरी बस्ने सुनिता तामाङ, ४० वर्षीय शान्ति माया ब्लोन तामाङ र १८ वर्षीय अनिता तामाङ अचेत अवस्थामा फेला परेका थिए। शान्तिमायालाई राती…
काठमाडौं : कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मी बहादुर निराला खड्काको मृत्यु भएको छ। आज बिहान उनको उपचारको क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा मृत्यु भएको हो। कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। 'उहाँ हाम्रो अस्पतालमा नै उपचाररत हुनुहुन्थ्यो। आज बिहान निधन भएको छ,' अस्पताका प्रमुख तथा एसएसपी डाक्टर रुपक महर्जनले भने। उनी वैशाख १० गते अस्पताल…
यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन्। आजको खेल राति १२: ४५ मा सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ। पहिलो लेगमा सिटीले पीएसजीलाई २-१ गोलअन्तरले हराएको थियो। त्यसैले पनि पुनरागमनका लागि पीएसजीले संघर्ष गर्नुपर्ने देखिन्छ। सिटीलाई हराउन भरपुर प्रयास गर्नेछु : नेइमार पीएसजीका ब्राजिलियन स्ट्राइकर नेइमार जुनियरले…
काठमाडौं : देशभर फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनहरुले जिल्लामा पूर्ण या आशिक निषेधाज्ञा गर्नेक्रम जारी राखेका छन्। अहिले काठमाडौंदेखि रोल्पासम्म निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयलका अनुसार मंगलवार १० बजेसम्म ४६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ। सोमवार बिहानसम्म निषेधाज्ञा जारी भएको जिल्लाको सङ्ख्या ४१ वटामात्र थियो। बाँकेबाट सुरु भएको निषेधाज्ञा रोल्पासम्म पुगेको छ। सबैभन्दा पहिले वैशाख १३ गतेदेखि बाँकेको नेपालगञ्ज…