PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • प्रधानमन्त्रीको सम्बोधन लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्रीको सम्बोधन लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने ओलीले ४ बजे मन्त्रिपरिषद् बोलाएका हुन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइने बताइएको छ। आज सोमबार नियमित बैठक बस्न लागेको हो। आइतवार पनि मन्त्रिपरिषद बैठक बसेर प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी मन्त्रीहरुलाई गराएका थिए।

    विस्तृतमा पढ्नुस्

  • ‘घुम्न जाउँ न सानु’ मा सरोजलाई आश्माको थप्पड

    ‘घुम्न जाउँ न सानु’ मा सरोजलाई आश्माको थप्पड

    सरोजलाई उनका साथी गर्लफेन्ड बनाउन सक्दैनस् भनेर जिस्काउन थाल्छन्। यतिकैमा आश्मा आएको कुरा थाहा पाउँछन् सरोजका साथीले। अनि भन्छन् सरोजलाई। आश्मा अर्थात सरोजको स्कुले साथी। जसलाई सरोजले १० पटक प्रेम प्रस्ताव राख्दा १० थप्पड खाएका थिए। तर सरोज भने आश्मा भएतिरै कुद्छन्। यो दृश्य हो 'घुम्न जाउन सानु' गीतको। संगीतकार राम सिटौलाको शब्द र संगीत रहेको 'घुम्न जाउन सानु' बोलको…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा कोरोना प्रभाव: कोलकताका दुई खेलाडी संक्रमित, आजको खेल स्थगित

    आईपीएलमा कोरोना प्रभाव: कोलकताका दुई खेलाडी संक्रमित, आजको खेल स्थगित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने भनिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडी कोरोना संक्रमित भएपछि आजको खेल स्थगित भएको हो। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजे सुरु हुने निर्धारित थियो। जारी सिजनको आईपीएल सुरु हुनुअघि पनि धेरै खेलाडीहरु कोरोना संक्रमित भएका थिए। जसमा नितिश राना, देवदत्त पार्डिकल,…

    विस्तृतमा पढ्नुस्

  • तीन घण्टामा तीन फ्लाइट : सुन तस्करको नेटवर्कभित्र परेका वैदेशिक रोजगारमा गएका ५ युवा करिब डेढ किलो सुनसहित समातिए

    तीन घण्टामा तीन फ्लाइट : सुन तस्करको नेटवर्कभित्र परेका वैदेशिक रोजगारमा गएका ५ युवा करिब डेढ किलो सुनसहित समातिए

    काठमाडौं : करिब डेढ किलो अवैध तरिकाबाट ल्याएको सुनसहित प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले टर्च लाइट र स्पिकरको भित्र पट्टी सुन राखेर ल्याएका थिए। यसअघि पनि विमानस्थलबाट राइस कुकर, पङ्खा, सुटकेस इत्यादि उपकरणभित्र सुन राखेर अवैध तरिकाले ल्याउने गरेको पाइएको थियो। 'सबै जना वैदेशिक रोजगारीमा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा हृदयश त्रिपाठीका दुई स्वतन्त्र सांसदको यु-टर्न, केसी छोडेर मुख्यमन्त्री पोखरेलतिरै फर्किए

    लुम्बिनीमा हृदयश त्रिपाठीका दुई स्वतन्त्र सांसदको यु-टर्न, केसी छोडेर मुख्यमन्त्री पोखरेलतिरै फर्किए

    काठमाडौं: लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसद मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेलकै पक्षमा फर्किएका छन्। आइतवार विहान पोखरेललाई मुख्यमन्त्री बनाउने हस्ताक्षर गरेर साँझ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं मुख्यमन्त्रीका दाबेदार कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका स्वतन्त्र सांसदद्वय धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले सोमवार दिउँसो विज्ञप्ति जारी गरेर आफूहरु पोखरेलकै पक्षमा रहेको स्पष्ट पारेका…

    विस्तृतमा पढ्नुस्

  • आज बिहानसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

    आज बिहानसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

    काठमाडौं : सोमवार बिहानसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा रुपन्देहीसहित अर्घाखाँची, कपिलवस्तु र सल्यानका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए। सारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको आज विहान ६:५८ बजे मृत्यु भएको हो। १८ गते कोभिड-१९ पोजिटिभ रिपोर्ट आई सोही दिन नै लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा जारी गर्ने जिल्ला थपिँदै : सोमवार बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा

    निषेधाज्ञा जारी गर्ने जिल्ला थपिँदै : सोमवार बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा

    काठमाडौं : देशभर कोभिड १९ संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने जिल्लाहरु पनि थपिँदै गएको छ। आइतवार ३१ वटा जिल्लाहरुमा पूर्ण तथा अंशिकरुपमा निषेधाज्ञा जारी गरिएको थियो। सोमवार बिहान ८ बजेसम्म निषेधाज्ञा हुने जिल्लाको सङ्ख्या ४१ पुगेको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार थप १० वटा जिल्लामा निषेधाज्ञा गरिएको हो। बाँकेको नेपालगञ्ज उप-महानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा सोमवार बिहानसम्म ४१ वटा जिल्लामा पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • चार खेलको जितविहीन शृङखला पछि ललितपुरको प्रशिक्षक परिवर्तन, हुमागाइको स्थानमा तामाङ

    चार खेलको जितविहीन शृङखला पछि ललितपुरको प्रशिक्षक परिवर्तन, हुमागाइको स्थानमा तामाङ

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा हिजोको खेलमा ललितपुर सिटी पोखरा थण्डर्ससँग बराबरीमा रोकियो। ललितपुरले पहिलो खेलमा पराजय ब्यहोरेयता यो सिजन लगातार तेस्रो खेलमा बराबरी खेलेको थियो। लगातार ४ खेलमा जित निकाल्न नसकेपछि ललितपुर सिटीको मुख्य प्रशिक्षकबाट प्रदीप हुमागाइ पदमुक्त भएका छन्। आज क्लबले एक विज्ञप्ति निकाल्दै हुमागाइलाई आपसी समझदारीमा जिम्मेवारीमुक्त गराइएको जनाएको हो।   Lalitpur City FC and Pradeep Humagain…

    विस्तृतमा पढ्नुस्

  • मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते गर्नेहरु पूर्पक्षका लागि थुनामा

    मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते गर्नेहरु पूर्पक्षका लागि थुनामा

    काठमाडौं : मरिसकेको मानिसको नाममा रहेको जग्गा कीर्ते गरेर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका १० जनामध्ये केहीलाई अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। जिल्ला अदालत झापाले आइतवार सात जनालाई पूर्पक्षका लागि कारागार चलान गर्ने निर्देशन दिएको छ। अदालतको आदेश अनुसार उनीहरुलाई कारागार कार्यालय, चन्द्रागढी लगिएको प्रहरीले जानकारी दिएको छ। जेल चलान हुनेहरुमा झापाका ३९ वर्षीय मङ्गलसिंह राजवंशी,…

    विस्तृतमा पढ्नुस्

  • कस्तो होला अब काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञाको मोडालिटी?

    कस्तो होला अब काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञाको मोडालिटी?

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको आज पाँचैं दिन। कोरोना संक्रमण रोकथाम गर्न भन्दै देशभरका ४० भन्दा बढी जिल्लामा पूर्ण या आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै कोभिड संक्रमित थपिइरहेका छन्। त्यसैले पनि अति प्रभावित मानिसको काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप कडा बनाउने तयारी भइरहेको छ। उपत्यकाका मुख्य सडकमा अघिल्लो दिनको तुलनामा सवारी साधनमा कमी आएको छ। हिँड्ने…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरलाई चितवनको चुनौती

    विराटनगरलाई चितवनको चुनौती

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र विराटनगर सिटी एफसी भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा चितवन र विराटनगर प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगितामा २ खेलमा बराबरी र १ खेलमा पराजय ब्यहोरेको चितवन पहिलो जितको खोजीमा मैदानमा उत्रने छ। उता समान १ जित, १ हार र १ बराबरी खेलेको विराटनगर जित निकाल्दै शीर्षस्थानको…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमको सानदार जितमा बेलको ह्याट्रिक

    टोटेनहमको सानदार जितमा बेलको ह्याट्रिक

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हटस्परले सेफिल्ड युनाइटेडमाथि सानदार जित निकालेको छ। टोटेनहम हट्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो। टोटेनहमको जितमा ग्यारिथ बेलले ह्याट्रिक गरे। उनले खेलको ३६, ६१ र ६९ मिनेटमा गोल गरेका थिए। त्यस्तै सन ह्युङ मिनले ७७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • भ्यालेन्सियामाथि बार्सिलोनाको जित, मेस्सीको दोहोरो गोल

    भ्यालेन्सियामाथि बार्सिलोनाको जित, मेस्सीको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि जित निकालेको छ। मेस्टल्ला स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि २-३ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। ५० औं मिनेटमा गाब्रियल पौलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए। तर ५७ औं मिनेटमा लियोनल मेस्सीले खेल बराबरीमा ल्याए। त्यस्तै एन्टोनी ग्रिजमनले…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : पञ्जाबलाई पराजित गर्दै दिल्ली उक्लियो शिर्ष स्थानमा

    आईपीएल : पञ्जाबलाई पराजित गर्दै दिल्ली उक्लियो शिर्ष स्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। पञ्जाबका लागि कप्तान…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको चौँथो दिन : थप कडाइ गर्न सक्रिय रह्यो प्रहरी

    निषेधाज्ञाको चौँथो दिन : थप कडाइ गर्न सक्रिय रह्यो प्रहरी

    काठमाडौं : आज काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भएको चौँथो दिन। काठमाडौं उपत्यकाभित्र आज पनि सडकमा सवारीको सङ्ख्या न्युन नै देखियो। अत्यावश्यक काममा भने सवारी दौडिनै रहेका थिए। निषेधाज्ञामा प्रहरीले थप कडाइ गर्न थालेको छ। मास्क नलगाउने तथा बिनाकाम हिँडडुल गर्नेहरुलाई प्रहरीले होल्डिङ जोनमा राख्ने गरेको छ। त्यस्तै, सवारी पासको पनि प्रहरीले कडाइका साथ चेक गरेको छ। स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालय लगेर गराइयो पोखरेलको शपथ

    प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालय लगेर गराइयो पोखरेलको शपथ

    काठमाडौंः विवादका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलको गठबन्धनले विरोध गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ गराइएको हो।  आइतबार बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। राजीनामा लगत्तै बसेको संसदीय दलको बैठकले सभामा तत्काल कायम रहेका सदस्य संख्याको आधारमा…

    विस्तृतमा पढ्नुस्

  • अल्पमतमा रहेका व्यक्तिले सरकार गठनको दावी गर्नु अनैतिक र असंवैधानिक : प्रचण्ड

    अल्पमतमा रहेका व्यक्तिले सरकार गठनको दावी गर्नु अनैतिक र असंवैधानिक : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दावी गर्नु आश्चर्य र हाँस्यास्पद मात्र नभई अनैतिक र असंवैधानिक भएको बताएका छन्। आइतवार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा, अल्पमतमा रहेका शंकर पोखरेललाई बहुमत…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

    नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्स बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी र पोखरा थण्डर्स गोलरहित बराबरीमा रोकिएका हुन्। जारी सिजनमा ४ खेल खेलेको ललितपुरको यो लगातार तेस्रो बराबरी हो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजय ब्यहोरेयता ललितपुर लगातार तीन खेलमा बराबरी खेल्दै ३ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय : देउवा

    लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै संविधानको ठाडो उल्लंघन, बलमिच्याई र घोर अलोकतान्त्रिक प्रवृत्तिको निन्दा र भत्सर्ना गरेको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु…

    विस्तृतमा पढ्नुस्

  • हैदराबादमाथि राजस्थानको जित, बटलरको सानदार शतक

    हैदराबादमाथि राजस्थानको जित, बटलरको सानदार शतक

    इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ। नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा राजस्थानले हैदराबादमाथि ५५ रनको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १६५ रनमा समेटियो। आजको खेलबाट हैदराबादको कप्तानी केन विलियमसनले सम्हालेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell