काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो। बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातले शुक्रवार छोरीज्वाईं प्रज्वल अधिकारीमार्फत स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका थिए। निवेदनमा थुनामा राख्ने विशेष अदालतको निर्णय बदरको माग गरिएको छ। आइतवार…
काठमाडौं : देशभर कोभिड १९ संक्रमण फैलिएपछि स्थानीय प्रशासनले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेका छन्। बाँकेको नेपालगञ्ज उप-महानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा आइतवार बिहानसम्म ३१ वटा जिल्लामा पुगेको छ। आइतवारमात्रै धनुषा जिल्लाले मंगलवारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ। जिल्ला प्रशासन कार्यालयलाई नै कोभिड संक्रमितको सङ्ख्या हेरेरे निषेधाज्ञा जारी गर्ने अधिकार दिइएको छ। ३१ जिल्लामध्ये २३ वटा जिल्लामा पूरै जिल्लामा निषेधाज्ञा गरिएको छ।…
भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै कलाकारहरुले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न थालेका छन्। भारत रत्न विजेता गायिका लता मंगेशकरले कोरोना महामारीसँग लड्नको लागि महाराष्ट्र सीएम केयर फन्डमा ७ लाख (भारु) सहयोग गरेकी छिन्। शनिबार महाराष्ट्र डीजीआईपीआरले ट्विट गर्दैँ लताले सहयोग गरेको कुराबारे जानकारी गराएको हो। जसमा लेखिएको छ 'भारत रत्न लता मंगेशकरले कोरोना महामारीसँग लड्नको लागि सीएम रिलिफ फन्डमा सात…
काठमाडौं : प्रहरीले कलङ्कीमा भएको दुर्घटनाको अनुसन्धानका लागि आम मानिससँग सहयोग मागेको छ। वैशाख १५ गते (बुधवार) कलङ्कीमा एक मोटरसाइकले अर्को मोटरसाइकलमा रहेका मानिसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो। कलङ्कीको सीता पेट्रोल पम्प नजिकै बा ६५ प १५२६ नम्बरको मोटरसाइकलमा सवार राजमान महर्जनलाई नम्बर थाहा नभएको मोटरसाइकले ठक्कर दिँदा मृत्यु भएको हो। घटनापछि प्रहरीले अनुसन्धान गर्दा घटनास्थल नजिकै कुनै…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले आइतवार थप सक्रियता देखाएको छ। बिहानैदेखि सडकमा प्रहरीले सवारी चेकिङ तथा अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान १० बजेसम्म १ हजार १ सय ६२ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले जानकारी दिए। 'मास्क नलगाई हिँड्ने र अनावश्यक रुपमा सडकमा हिँड्नेलाई नियन्त्रणमा…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको आज चौथो दिन। स्थानीय प्रशासन कार्यालयले अघिल्लो तीन दिनको काठमाडौं उपत्यका भित्रको निषेधाज्ञालाई हेरेर थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै, सञ्चार माध्यमलाई समेत सूचना विभागको परिचयपत्रले मात्र हिँड्न पाउने नियम बनाइएको छ। अघिल्लो तीन दिन सम्बन्धित संस्थाको परिचयपत्रले नै हिँडन दिएको थियो। त्यस्तै, वित्तीय संस्थाहरुलाई पनि कर्मचारी कटौती गर्न भनिएको छ। सुरक्षा निकायलाई पनि…
काठमाडौँः दाङको तुलसीपुर स्याउली बजारमा पार्किङ गरेर राखेको कारमा तीन जना बालकको शव फेला परेको छ। आरजे ०१ सिसि ०८८५ भारतीय नम्बर प्लेट भएको कारभित्र तीन जना बालकको शव फेला पर्नु निकै डर लाग्दो विषय बनेको छ। शनिवार राति कारभित्र बालकको शव भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि अनुसन्धानबाट मृत बालकहरूको पहिचान खुलेको छ। 'एक…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ओसासुनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले ओसासुनामाथि २-० को सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मड्रिडलाई अग्रता इडर मिलिटाओले दिलाए। उनले खेलको ७६ औं मिनेटमा इस्कोको पासमा गोल गरेका थिए। त्यस्तै ८० औं मिनेटमा करिम बेञ्जेमाको पासमा कासेमिरोले गोल गर्दा…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्समाथि जित निकालेको छ। दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा मुम्बईले चेन्नईमाथि ४ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चेन्नईका लागि अम्बाती…
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली प्यालेसमाथि सिटीले २-० को सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सर्जियो अग्युरोले ५७ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै फेरन टोरेसले त्यसको दुई मिनेट भित्रै गोल थप्दा सिटीले २-० गोलअन्तरले सहज जित निकालेको…
युवा पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्रा छोड्नुको कारण खुलाएका छन्। गायक कुँवरले केहि दिन अघि फेसबुकमा स्टाटस लेख्दै आफ्नो नेपाली सांगीतिक यात्रा छोड्ने जानकारी गराएका थिए। तर, के कारणले सांगीतिक करियर छोड्नु परेको उनले कारण भने खुलाएका थिएनन्। एउटा ठाउँसम्म पुगेर अझ केहि गर्नु छ भनेर नेपाली संगीत यात्रा छोड्नु परेको उनले फेसबुकमा भिडियोमार्फत भनेका छन्। उनले…
हेटौंडा : मकवानपुरमा बैशाख २० गते (सोमबार) बिहानबाट निषेधाज्ञा जारी हुने भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा घोषणा गरिएको हो। केहिबेर अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्लामा लकडाउन गर्ने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार मकवानपुरको हटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका,…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी २-२ को बराबरीमा रोकिएका हुन्। ओमोलाजा करिमको गोलमा खेलको छैटौं मिनेटमै बुटवल लुम्बिनीले अग्रता बनाएको थियो। तर ४२ औं मिनेटमा विराटनगरका पेड्रो माञ्जीले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।…
अप्रिल १७, विधानसभा निर्वाचनको अगाडि, मास्क नलगाएका प्रधानमन्त्री नरेन्द्र मोदी उत्साही समर्थकहरुको भीडमा उत्साही हुँदै बोलिरहेका थिए- मैले कुनै र्यालीमा यती ठूलो जमात देखेको थिइन्। उनको देश मानवीय संकटसँग जुधिरहेको थियो। त्यस दिन भारतमा दुई लाख ६१ हजार बढी नयाँ कोभिड-१९ का संक्रमित पहिचान भएका थिए। त्यतिवेला सम्म भारतको त्यो रेकर्ड थियो। र यो थप खराब हुने तर्फ जाँदै थियो।…
काठमाडौंः कोभिड–१९ को महामारीको उपचारको दायित्वबाट पन्छिन नमिल्ने भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गरेको छ। विगतमा जस्तै संघ सहयोगका लागि तत्पर रहेको पनि जनाएको छ। सरकारले केही जिल्लाहरुमा संक्रमणको अवस्था हेर्दा अस्पतालमा शय्या दिन सकिने अवस्था नरहेको बताएको भोलिपल्ट संघले ध्यानाकर्षण जनाउँदै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको रहेको स्मरण गराएको हो। संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको…
काठमाडौंः तीव्र गतिमा बढिरहेको कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी छ। अत्यावश्यक बाहेकका अन्य सेवा र व्यवसायहरु बन्द छन्। अत्यावश्यक बाहेकका अन्य कार्यालय सञ्चालन गर्नुपर्ने भएमा एक चौथाइ कर्मचारीले सञ्चालन गराउने व्यवस्था गर्न सरकारले यसअघि नै निर्देशन दिइसकेको छ। शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाका हकमा पनि थप कडाइ गरेको छ। सिसिएमसीले बैंक तथा वित्तीय संस्थामा समेत एक…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले ३-० को सानदार जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा धनगढीलाई निशान लिम्बुले अग्रता दिलाएका थिए। उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए भने ६९ औं मिनेटमा ओलावाले अफीजले गोल थपे। त्यस्तै,…
काठमाडौं : विवेकशील साझा पार्टीले सरकारले कोभिड १९ सङ्क्रमणको कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमितलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनि स्वास्थ्य मन्त्रालयको भनाइमा आपत्ति जनाएको छ। साझा पार्टीले शनिवार जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारले यस्तो भन्नु सरकारले लत्तो छाडेको संज्ञा दिएको छ। त्यस्तै यो सरकारको गैर जिम्मेवारीपूर्ण र गम्भीर आपत्तिको विषय भएको…
गएको साता अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो भारत छाड्न निर्देशन दिएका थिए। भारतमा कोभिड १९ अनियन्त्रित हुँदै गएपछि आफ्ना नागरिकलाई जोगाउन अमेरिकाले यस्तो सुझाव दिएको थियो। भारतमा संक्रमणको अवस्था यति विकराल भएको छ कि अमेरिकाले अमेरिकीबाहेक भारतबाट आउने विमानका यात्रुलाई प्रवेशमा रोक लागाउने भएको छ। युएसए टुडेका अनुसार राष्ट्रपति ट्रम्प प्रशासनले मंगलवारदेखि लागू हुने गरी अमेरिका प्रवेशमा रोक लगाउने भएको…
काठमाडौं : निषेधाज्ञा अझ त्यसमाथि शनिवार। त्यसैले गर्दा आज काठमाडौं उपत्यकाभित्रका सडक सुनसान देखिए। अत्यावश्यक मानिने सवारी साधन छिटपुट गुडेका छन्। शनिवार भएकाले सरकारी कार्यालय बैङ्क तथा वित्तीय संस्था नखुलेकाले त्यसमा काम गर्ने कर्मचारीहरू पनि घरभित्र नै बसेका कारण काठमाडौं उपत्यकाभित्र सुनसान देखियो। कोरोना सङ्क्रमण रोकथाम गर्ने भन्दै स्थानीय प्रशासनले बिहीवार बिहानबाट एक साताको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ।…