PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • आन्तरिक र भारतसँगको हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

    आन्तरिक र भारतसँगको हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं ः कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले भारतसँगको हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको आइतबार मध्यरातदेखि लागू हुनेगरि उडान बन्द गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक हवाइ उडान पनि बन्द गर्ने निर्णय गरेको छ। आन्तरिक र भारतसँगको दुबैतर्फको उडान सोमबारदेखि नै रोक लगाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। भारतमा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

    राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवशेन आह्वान गरेकी छन्। बजेट अधिवेशन आह्वानको पूर्वसन्ध्यामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेकी हुन्। वैशाख २७ गते दिनको १ बजे अधिवेशनको पहिलो बैठक बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरिएको हो।  मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अधिवेशन आह्वानको सिफारिस गरेको थियो।  आइतवार नै बसेको नेकपा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा आइतवार थपिए ३ सय ६२ जना कोरोना संक्रमित

    प्रदेश २ मा आइतवार थपिए ३ सय ६२ जना कोरोना संक्रमित

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९८ जना महिला र २ सय ६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा…

    विस्तृतमा पढ्नुस्

  • सरकारको 'लाचार' अभिव्यक्तिप्रति 'जागरुक नागरिक'को खेद, पेश गरे १४ बुँदे ध्यानाकर्षण

    सरकारको 'लाचार' अभिव्यक्तिप्रति 'जागरुक नागरिक'को खेद, पेश गरे १४ बुँदे ध्यानाकर्षण

    काठमाडौं : कोभिड १९ को संक्रमणले नराम्ररी गालेपछिमा सरकार निषेधाज्ञामा मात्र खुम्चिएको भन्दै जागरुक नागरिक आह्वानले सरकारको शैलीप्रति आपत्ति जनाएको छ। विभन्न पेशा व्यवसायमा आवद्ध मुलुकका सबैजसो जिल्ला समेट्ने गरी ८७ जनाले यस्तो वक्तव्य सार्वजनिक गरेका हुन्।   सरकारका गल्ती र कमजोरी औल्याउँदै आएको 'नागरिक समाज'का अगुवाहरु 'मौन' तथा कतिपय त सत्ताको पक्षमा नै वकालतमा उत्रिन थालेपछि युवाहरुको बाहुल्यता रहेको…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा बुधबारदेखि ९ दिनका लागि निषेधाज्ञा

    महोत्तरीमा बुधबारदेखि ९ दिनका लागि निषेधाज्ञा

    जनकपुरधामः कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले बुधबारदेखि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने बताए। प्रजिअ भट्टराईले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल…

    विस्तृतमा पढ्नुस्

  • वर्षा शिवाकोटीको सुझाव : आज सजक भयौँ भने भोलि सहज हुन्छ

    वर्षा शिवाकोटीको सुझाव : आज सजक भयौँ भने भोलि सहज हुन्छ

    नेपालमा कोरोनाको दोस्रो लहर देखिएसँगै नयाँ संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा समेत लगाइएको छ। यसैबीच अभिनेत्री वर्षा शिवाकोटीले कोभिड-१९ को संक्रमण नेपालमा पनि द्रुत गतिमा बढ्दै गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पालना गर्न सबैलाई अनुरोध गरेकी छिन्। उनले फेसबुकमा स्टाटस लेख्दै सबैलाई घरभित्रै बसेर स्वस्थकर खाना खान, नियमित व्यायाम गर्न, शारीरिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, स्थायी कमिटीपछि मन्त्रिपरिषदमा गराए जानकारी

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, स्थायी कमिटीपछि मन्त्रिपरिषदमा गराए जानकारी

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने बताएको बालुवाटार स्रोतले जानकारी दियो। आइतबार नै बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा समेत ओलीले विश्वासको मत लिने विषयमा छलफल गरेका थिए। ओली निकट मानिने नेता सुवास नेम्वाङले विश्वासको मत लिने विषयमा निर्णय भइनसकेको बताए। तर प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • ‘लुम्बिनीमा शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र पारे, ओलीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला’ : भीम रावल

    ‘लुम्बिनीमा शंकर पोखरेलले राजनीतिलाई निर्वस्त्र पारे, ओलीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला’ : भीम रावल

    काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले लुम्बिनीको राजनीतिक खेल प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायामा पदलोलुप चर्तिकला भएको टिप्पणी गरेका छन्। आइतवार अपराह्न ट्वीट गर्दै रावलले अविश्वास प्रस्तावको सामना गर्न छोडेर राष्ट्रिय राजनीतिलाई नै निर्वस्त्र पारेको आरोप लगाएका छन्। ‘संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,’ रावलले भनेका छन्। लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर…

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालय अगाडि गठबन्धनको धर्ना, 'प्रदेश प्रमुखले कार्यकर्ताका रुपमा काम गरे'

    शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखको कार्यालय अगाडि गठबन्धनको धर्ना, 'प्रदेश प्रमुखले कार्यकर्ताका रुपमा काम गरे'

    बुटवलः प्रदेश प्रमुखले अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनले शपथग्रहण रोक्न लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन्। आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। बहुमत गुमिसकेको अवस्थामा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै शपथ रोक्न सांसदहरुले धर्ना…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

    पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

    काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको छ। आइतबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको ढकालले फेसबुकमार्फत जानकारी दिएका छन्। संक्रमणपछि पनि स्वास्थ अवस्था सामान्य रहेकाले घरमै बसेको उनले जनाएका छन्। 'आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै…

    विस्तृतमा पढ्नुस्

  • थप ७ हजार २११ जनामा कोरोना संक्रमणः काठमाडौं उपत्यकाभित्र मात्र ३ हजार ५९५ थपिए

    थप ७ हजार २११ जनामा कोरोना संक्रमणः काठमाडौं उपत्यकाभित्र मात्र ३ हजार ५९५ थपिए

    काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एन्टिजेन र पिसिआर प्रविधिबाट परीक्षण गर्दा ७ हजार २११ जनामा कोभिड पोजेटिभ देखिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा देशभर रहेका विभिन्न प्रयोगशालाबाट १६ हजार १४७ जनाको नमुना परीक्षण गरिएको थियो। सङ्क्रमितमध्ये काठमाडौंमा मात्र २ हजार ७४४ जना थपिएका…

    विस्तृतमा पढ्नुस्

  • किस सिनमा सलमानको स्पष्टीकरण : 'किस दिशासँग होइन, टेपसँग गरेको हुँ'

    किस सिनमा सलमानको स्पष्टीकरण : 'किस दिशासँग होइन, टेपसँग गरेको हुँ'

    सलमान खानको बहु प्रतिक्षित फिल्म ‘राधे (योर मोस्ट वान्टेड भाइ) को ट्रेलर सार्वजनिक भएसँगै उनको किस सिनको निकै चर्चा चल्यो। ट्रेलरमा सलमानले दिशालाई किस गरिरहेको देखिन्छ। सलमानले वर्षौ पहिले पर्दामा कहिल्यै पनि किस नगर्ने बताएका थिए। किनकी उनी पर्दामा इन्टिमेसी र किसिङ्गलाई खासै मन पराउँदैनन्। उनको यो किस सिनले निकै चर्चा पाउनुका साथै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यहीँ चर्चाबिच…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

    लुम्बिनीमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

    बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुन: नियुक्त भएका छन्। अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि आज विहान पदबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पुन: मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरिञ्जिवी पौडेलद्वारा जारी विज्ञप्तिमा सरकार गठन गर्न प्रदेशसभाका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

    कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

    कैलाली : कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। कलेजो र मिर्गौला सम्बन्धी समस्याको उपचारका लागि उनी कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना भएकी थिइन्। सोही क्रममा उनको कोरोना परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको थियो। आइतबारै उपचारका क्रममा स्वास्थ्यमा एकासी समस्या आएर दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। जिल्लाको लम्की चुहा नगरपालिका–६ बागमारा…

    विस्तृतमा पढ्नुस्

  • जसपा लुम्बिनीका पदमुक्त चार सांसदको रिट सर्वोच्चले गर्‍यो फिर्ता

    जसपा लुम्बिनीका पदमुक्त चार सांसदको रिट सर्वोच्चले गर्‍यो फिर्ता

    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका पदमुक्त चार सांसदको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले फिर्ता गरेको छ। पदमुक्त सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आफूलाई पार्टीको सदस्य र प्रदेशसभाबाट निष्काशन गर्ने पार्टीको निर्णय र प्रदेशसभा सचिवालय विरुद्ध आइतबार रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चका सह-रजिष्ट्रार बाबुराम दाहालले निषेधाज्ञाको समयमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी दम्पतीलाई संक्रमण, सरकारी अस्पतालमै अक्सिजन नपाएको गुनासो

    पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी दम्पतीलाई संक्रमण, सरकारी अस्पतालमै अक्सिजन नपाएको गुनासो

    कैलाली : पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ। सङ्क्रमणपछि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका चौधरी दम्पतीले अक्सिजन नपाएको गुनासो गरेका छन्। पूर्व स्वास्थ्य मन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समितिसँग गुहार मागेको तर अस्पतालमा अक्सिजन उपलब्ध हुन नसकेको बताए। सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको नाटकीय राजनीति: विमला वलीको रोजाई माओवादी केन्द्र बन्दा पोखरेललाई बहुमत नपुग्ने

    लुम्बिनी प्रदेशको नाटकीय राजनीति: विमला वलीको रोजाई माओवादी केन्द्र बन्दा पोखरेललाई बहुमत नपुग्ने

    काठमाडौं : लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वली नेकपा (माओवादी केन्द्र)लाई चयन गरेकी छन्।  तत्कालिन नेकपाबाट उपनिर्वाचनमा दाङ ३-२ बाट निर्वाचित भएकी थिइन्। प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको निधन पछि रिक्त रहेको सो पदमा उनकै श्रीमती विमला वलीले निर्वाचन जितेकी थिइन्।  प्रदेशसभा सांसद विमला वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिईन । उनले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गरेको माओवादी नेता सुदर्शन…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

    काठमाडौं :  लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिएको छ।  प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।  ‘लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले दोहोर्‍याएर गरे नागरिक एपको 'लन्च'

    प्रधानमन्त्री ओलीले दोहोर्‍याएर गरे नागरिक एपको 'लन्च'

    काठमाडौं : सरकारले दोस्रो पटक नागरिक एप सार्वजनिक गरेको छ। यसअघि बेटा भर्सनमा सार्वजनिक गरिएको एपलाई अहिले ‘फुल भर्सन’ सार्वजनिक गरिएको हो।  सबै सरकारी सेवा एउटै एपबाट दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एप सार्वजनिक गरे। यसअघि माघ २ मा सरकारको आलोचनालाई डाइभर्ट गर्न काम पूरा नभई एप सार्वजनिक भएको थियो। प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा जारी, लगत्तै मन्त्रिपरिषद्को बैठक

    ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा जारी, लगत्तै मन्त्रिपरिषद्को बैठक

    काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर बैठक सुरु गरेको बालुवाटार निकट स्रोतले जनाएको छ। लुम्बिनी प्रदेशमा विकसित राजनीतिक घटनाक्रम र राष्ट्रिय राजनीतिका बारेमा महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ। बालुवाटारमै बसेको बैशाख १० गतेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell