जनकपुरधाम : बाक्लो बस्ती तथा बढी जनघनत्व रहेको प्रदेश २ मा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएरहेको छ। भेन्टिलेटर, आईसीयूलगायतका उपकरणको अभावमा सर्वसाधारणले उपचार पाउन सकेका छैनन्। उपचार नपाएर मंगलवार धनुषाका ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भयो। यता, प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै ठोस् नीति ल्याएको देखिदैन। कोभिड-१९ को नयाँ भेरियन्टसहित बढ्दो संक्रमण नियन्त्रण तथा उपचारका लागि भेन्टिलेटर,…
काठमाडौं : कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण पृष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना संकमण भएको जानकारी दिएकी छन्। उनले फेसबुकमा स्टाट्स लेख्दै कोभिड पोजेटिभ भएको र यसले निकै पीडा दिइरहेको उल्लेख गरेकी छन्। साथै सबैलाई सुरक्षित रहन सरिताले आग्रहसमेत गरेकी छन्। कोरोनाका दोस्रो लहरसँगै अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ र गायक प्रकाश सपुतलाई यसअघि नै संक्रमण भइसकेको छ। COVID…
काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो भवनलाई आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ। प्रतिष्ठानको पदाधिकारीहरूको बैठकले देशभर कोरोना संक्रमण बढ्दै गएकाले आइसोलेसन वार्ड अभाव भएको भन्दै भवनमा नै आइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो। प्रतिष्ठानले बनाएको वार्डमा संक्रमित कलाकारहरुलाई राखिने छ। 'प्रतिष्ठानकै कलाकार साथीहरू पनि संक्रमित हुँदै गइरहेको अवस्था छ। कोठा भाडामा लिएर र परिवारसँग बस्नेलाई सङ्क्रमित हुँदा गाह्रो…
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड १९ संक्रमण भएको छ। गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बुधवार रिपोर्ट पोजेटिभ आएको जानकारी दिए। सामान्य टाउको दुखाइपछि आरडिटी परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराएका गुरुङमा कोरोना संक्रमण पुष्टि भएको हो। गुरुङको स्वास्थ्य अवस्था सामान्य छ। उनी आइसोलेसनमा बसेका छन्।
काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले थप संक्रियता देखाएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनदेखि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा खटिएको सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई बोलाउने भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सेनामा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने अवकास स्वास्थ्यकर्मीलाई बोलाउने निर्णय गरेको हो। २०७२ पछि अवकास पाएका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउन लागेको नेपाली सेनाले जानकारी दिएको…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत भरे राति फाइनल प्रवेश गर्ने टोलीको टुंगो हुँदैछ। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धामा उत्रने छन्। पहिलो लेगमा १-१ को बराबरी खेलेका चेल्सी र मड्रिड आज चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा प्रतिस्पर्धा गर्नेछन्। रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पाँचौ पटक फाइनलमा पुग्ने लक्ष्यका साथ उत्रने छ। काल्फ इन्जुरीसँग जुधिरहेका…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा मंगलवार बेलुकी एउटा पोस्ट आयो जसमा टप गोल स्कोररको सूची थियो। सूचीको पहिलो नम्बरमा छन् धनगढीका ओलावाले अफिज। जारी लिगमा उनले ४ गोल गरेका छन्। उनको मुनि विराटनगर सिटीका सन्तोष तामाङ। सन्तोषको नाममा ३ गोल लेखिएको छ। त्यसपछि विराटनगर सिटीकै पेड्रो माञ्जी २ गोल र बुटवल लुम्बिनीका लक्ष्मण रुचाल २ गोल गरेको सूचीमा…
काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गरेकी छिन्। सांकेतिक रुपमा ट्वीट गर्दै झाँक्रीले आफूहरु डुबेर भए पनि ओलीलाई नछाड्ने उद्घोष गरेकी हुन्। प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गर्दा माधव नेपाल समूहले फ्लोर क्रस, ह्वीप उल्लंघन देखि भोटिङ अगाडि नै सामूहिक राजीनामाको तयारी गरेको खबरहरु आइरहेका बेला त्यसलाई…
काठमाडौं : हवाई मार्ग हुँदै छिमेकी राष्ट्र भारतबाट आउनेहरूले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। क्वारेन्टाइनका लागि हाललाई सरकारले ८ वटा होटेल तोकेको छ। विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सिधै होटेलको क्वारेन्टाइनमा लगिने छ। सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार क्वारेन्टाइनका लागि ८ वटा होटेलको नाम सार्वजनिक गरेको हो। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम, रिडर्स इन, आनन्द…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा फेल गराउन विपक्षी गठबन्धनले छलफललाई तिब्रता दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच बुधवार विहान छुट्टाछुट्टै छलफल भएको छ। यादव निकट एक नेताका अनुसार प्रचण्डले उपेन्द्र यादव र माधव नेपाललाई छुट्टाछुट्टै भेटेका हुन्। भेटमा विश्वासको मतमा ओलीलाई असफल…
काठमाडौं : नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ। २०७४ फागुनमा सर्मथन दिएर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको माओवादी केन्द्रले ३८ महिनापछि बुधवार औपचारिक रुपमा समर्थन फिर्ता लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेका बेला मंगलवार माओवादीले समर्थन फिर्ता…
काठमाडौं : अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुन: समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना भए। अहिले उनको अवस्था कस्तो छ त? अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ नआएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिए। 'मदन दाइको अक्सिजन लेबल अलि घटेर कमजोरीपना देखिएको थियो। सुरक्षित हुन्छ भनेर उहाँलाई तीन दिनअघि अस्पताल अस्पताल…
काठमाडौं: नेकपा माओवादी केन्द्रले सरकारका समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ। मंगलवार स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले आज संसदलाई जानकारी गराएको हो। सदनलाई जानकारी गराउन प्रमुख सचेतक देव गुरुङ संघीय संसदका महासचिव गोपालनाथ योगीको कार्यकक्षमै पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष…
बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो ८ घण्टाको अवधिमा ४ संक्रमितको मृत्यु भएको छ। अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीन जना महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४७ वर्षीय पुरुष,…
धनगढी : कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । दम सम्बन्धी समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार राति ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने…
काठमाडौं : निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको सङ्ख्या ५२ पुगेको छ। बुधवार बिहान १० बजेसम्म ५२ वटा जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै ९ जिल्लामा जारी निषेधाज्ञा थप गरिएको छ। काठमाडौं उपत्यकाभित्र पनि १६ गते बिहानबाट जारी निषेधाज्ञामा एक साता थप गरेर बैशाख २९ गतेसम्म पुर्याइएको छ। देशभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका…
सिमकोटः हुम्लाको सिमकोट गाउँपालिका २ ठेहेगाउँमा एक बालिकाका मृत अवस्थामा फेला परेकी छिन्। मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहरा मृत अवस्थामा फेला परेकी हुन्। गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन्। स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाको…
काठमाडौँः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा हुने भएको छ। स्थानीय प्रशासन कार्यालयहरूले निषेधाज्ञा कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ। आजबाट सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको अवज्ञा गर्ने, अनावश्यक हिंड्डुल गर्नेहरूलाई कारबाही गर्ने भएको छ। आजदेखि यसरी निषेधाज्ञा नमान्नेलाई जरिवाना समेत गर्न लागिएको हो। यसअघि अनावश्यक हिँड्ने मानिसलाई केही समय होल्डिङ एरियामा राखेपछि छोड्न गरेको थियो। सवारी साधनको हकमा भने साँझ…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल अन्तर्गतको दोस्रो लेगको खेलमा म्यानचेस्टर सिटीले पीएसजीमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लिस क्लब सिटीले फ्रेन्च क्लब पीएसजीमाथि २-० ले हराएसँगै समग्रमा ४-१ ले जित निकाल्दै सिटी फाइनलमा प्रवेश गरेको हो। सिटीको जितमा दुवै गोल रियाद महरेजले गरेको थिए। खेलको ११ औं मिनेटमै सिटीलाई अग्रता दिलाएका महरेजले दोस्रो गोल ६३ औं…
काठमाडौं : क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलवार निधन भएको छ। उनको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो। गत १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यस्थिति खराब भएपछि गत १९ गते बज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव…