बुटवल : बुटवल उपमहानगरपालिका- ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गयराति मृत्यु भएको छ। ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भए पनि बेड अभावका कारण होम आइसोलेसनमा थिए। ‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो। हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू,भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै…
काठमाडौं : नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्न लागेका हुन्। केही बेरमा सुरु हुने बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वारको टुंगो लाग्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार समसामयिक राजनीतिका बारेमा बैठकले समीक्षा गर्नेछ। ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि…
काठमाडौं : प्रहरीले प्रयोगबिहिन तथा स्टकमा राखिएका अक्सिजन सिलिण्डर जफत गरि विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले १ सय ५९ वटा सिलिण्डर जफत गरेर विभिन्न अस्पतालमा पुर्याएको हो। सरकारको निर्णय अनुसार प्रयोगबिहीन र स्टकमा राखिएका सिलिण्डर कोभिड १९ संक्रमितको उपचारको लागि आवश्यक पर्ने भएकाले बुझाएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज, अल्का अस्पताल…
गएको २४ घन्टामा भारमा थप ४ लाख १४ हजार १ सय ८८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस अवधिमा भारतमा मृत्यु हुने संक्रमितको संख्या ३ लाख ९ हजार १५ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एएनआईले जनाएको छ। संक्रमितसँग २४ घन्टामा ठीक हुने संक्रमितको संख्या ३ लाख ३१ हजार ५ सय ७ रहेको छ। यससँगै भारतमा कोभिड १९ बाट…
युईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब आर्सनल र स्पेनिस क्लब भिल्लारियल बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा गोलरहित बराबरीमा रोकिएसँगै समग्रमा २-१ ले जित निकाल्दै भिल्लारियल फाइनल प्रवेश गरेको हो। सेमिफाइनलको पहिलो लेगको खेलमा भिल्ला रियलले २-१ गोलअन्तरले जित निकालेको थियो। योसँगै भिल्लारियल मुख्य युरोपियन कपको फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो।…
युईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड इटालियन क्लब रोमासँग पराजित भएको छ। स्टेडियो ओलम्पिकोमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा युनाइटेड ३-२ ले हार ब्यहोरेको हो। हारको बावजुत पहिलो लेगमा ६-२ को जित निकालेको युनाइटेडले समग्रमा ८-५ गोलअन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको ३९ औं मिनेटमा गोल गर्दै एन्डिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई खेलमा…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा बिहीवारको दोस्रो खेल महत्वपूर्ण रह्यो। महत्वपूर्ण यस अर्थमा कि यस खेलमा विजयी हुने टिम एकातर्फ शीर्षस्थानको होडमा कायम हुने थियो र अर्कोतर्फ प्लेअफका लागि क्वालिफायर्स। प्रतिस्पर्धामा थिए शीर्ष तीनभित्र रहेका काठमाडौं रेजर्स र विराटनगर सिटी। बिहीवारको उक्त भिडन्त एनएसएलकै हेर्नलायक खेल बन्यो। सुरुमै दुई गोलले पछि परेको काठमाडौंको पुनरागमन, मेसोओउके ओलोमोउको प्रतियोगिताकै पहिलो ह्याट्रिक, बिराटनगरको…
वीरगंज : वीरगंजमा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। नारायणी अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने एडभान्स अस्पताल र नारायणी वयोधा अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ। चैत ३१ देखि हालसम्म वीरगंजमा ४९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा पर्साका ३ र रौतहटका ३ गरी कुल ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगंज-४…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन भन्दै प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरेपछि कोरोना कहरबीच राजनीतिक भेटवार्ता बाक्लिएका छन्। सत्तापक्ष र प्रतिपक्षका नेताहरु आफ्ना आफ्ना सम्भावित गठबन्धनका विषयमा भेटवार्तामा छन्। सत्तापक्षका नेताहरु समेत प्रतिपक्षको दैलोमा पुगिरहेका छन्। यसै सिलसिलामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवा निवासमा नै पुगेर नेपालले भेट…
काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठले दिवङ्गत वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। श्रेष्ठले फेसबुकमा भावुक पोष्ट गर्दै संगीतकर्मी प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन्। न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् संगीतकर्मी प्रधानको बिहीवार मृत्यु भएको हो। ८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पताल पुर्याइएको थियो। श्रेष्ठले विगत सम्झँदै २०२६ सालमा कवि दुर्गालालको शब्दलाई प्रधानको संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटीमाथि रोमाञ्चक जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै विराटनगरमाथि ५-४ गोलअन्तरले जित निकालेको हो। रोमाञ्चक खेलमा काठमाडौंका मेस्सोउके ओलोमोउले ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। विराटनगरले खेलको ५ औं मिनेटमै एडिलेजा सोमिडेको गोलमा अग्रता…
पोखरा : गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ। वैशाख १५ देखि अनिश्चित बनेको प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको हो। बिहीवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले २७ गते प्रदेशसभा बस्ने निर्णय गरेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गर्दै बैशाख १३ मा विशेष अधिवेशन शुरु भएको थियो। बैशाख १५…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ७० जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जनामा संक्रमण देखिएको छ। यस्तै, ७७५ जनामा एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको छ। यस्तै, एकैदिन ५४ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड पार गर्दै आइरहेको…
काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन्। बिहीवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताए। ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ। त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले…
कोरोना महामारीबीच सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ १३ मे इदमा रिलिज हुँदै छ। फिल्म निर्माताहरुले फिल्मले कमाएको आम्दानीको एक हिस्सा कोरोना भाइरस महामारीको विरुद्ध लड्नको लागि सहयोग गर्ने घोषणा गरेका छन्। यसको लागि फिल्म टिमले ‘गिभ इन इन्डिया’ सँग समन्वय गरेको छ। जुन संस्थामार्फत अन्य बलिउड कलाकारहरुले समेत कोरोना महामारीको लागि आर्थिक सहयोग गरिरहेका छन्।…
बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम…
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ५ जनालाई गोंगबु बसपार्क र कलंकीबाट नियन्त्रणमा लिएको छ। गोंगबुबाट ३ जना र कलंकीबाट २ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बसपार्कमा ५ सय प्रतिशत बढी भाडा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले बुटवलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। जितसँगै ललितपुरले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ। ललितपुरको जितमा नुर्लान जाहिदले निर्णायक गोल गरे। उनले खेलको छैठौं मिनेटमै गरेको गोल…
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको परिपाटीस्थित तालिम केन्द्रलाई आइसोलेसन केन्द्र बनाउन प्रस्ताव गरेको छ। देशभर संक्रमितको सङ्ख्या थपिदैं गएपछि आइसोलेसन वार्डको अभाव हुन नदिन तालिम केन्द्रलाई वार्ड बनाउन प्रस्ताव गरिएको हो। सरकारले गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको वुहानबाट ल्याएका नेपाली विद्यार्थीहरूलाई प्राधिकरणको परिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म राखेको थियो। क्वारेन्टाइनमा वुहानबाट ल्याइएका १७५ नेपालीलाई १८ दिनसम्म राखेर…
बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो। त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले काम गरिरहेको देवदहका नगरप्रमुख हिराबहादुर खत्रीले बताए। १२ वैशाखसम्म सामान्य…