हेटौंडाः हेटौँडा उपमहानगरपालिका १० राप्तिखोलामा एक प्रहरी मृत अवस्थामा फेला परेका छन्। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा खटिएका ४७ वर्षीय प्रहरी नायव निरीक्षक केशवबहादुर खत्री मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले बिहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। गोरक्षश्वर मन्दिर नजिकै खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर…
काठमाडौं : देशभर कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ। अस्पतालमा अक्सिजन अभाव हुन नदिन सरकारले उद्योग धन्दा तथा अन्य काममा प्रयोजन भएका अक्सिजन अस्पताललाई दिन निर्देशन दिएको छ। तर केही उद्योग तथा संस्थाले अक्सिजन प्रयोग गरिरहेको अवस्था भेटिएपछि प्रहरीले जफत गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पनि विभिन्न वर्कसप, मोटर ग्यारेज, ग्यास वल्डिङ कम्पनीहरुबाट जफत गरेर छ। १…
काठमाडौंः कोरोना संक्रमितको सङख्या थपिदैं जाँदा निषेधाज्ञा गर्ने जिल्लाहरु पनि थपिएका छन्। रातबाट रौतहटमा निषेधाज्ञा लगाइएको छ। त्यस्तै भोली रातिबाट संखुवासभा जिल्लामा समेत निषेधाज्ञा लगाउने निर्णय भइरहेको छ। गृहमन्त्रालयको अनुसार शुक्रवार रातिसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। धनकुटा, हुम्ला, अछाम लगायत जिल्लामाहरुमा पछिल्लो समय निषेधाज्ञा गरिएको हो। सबैभन्दा धेरै कोरोना संक्रमित रहेको काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा…
सुर्खेतः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जनशक्ति अभाव झेलिरहेको कर्णालीमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छ। प्रदेश सरकारले विभिन्न पदमा करार सेवामा १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गरेको हो। नियुक्त हुनेहरूमा स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना र कविराज दुई जना गरी १ सय १२ जना स्वास्थ्यकर्मी…
गएको २४ घन्टामा भारतमा ४ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा भारतमा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ३ लाख १८ हजार ६ सय ९ जना ठीक भएर डिस्चार्ज भएका छन्। चौबिस घन्टामा ४ लाख १ हजार ७८ जनामा कोभिड १९ को संक्रमण देखिएको हो। यससँगै…
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफससी भिड्ने छन् भने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन्। आजैको खेलबाट प्लेअफमा पुग्ने टोलीको टुंगो लाग्नेछ। यसअघि नै धनगढी एफसी र काठमाडौं रेजर्सले प्लअफमा स्थान सुरक्षित गरिसकेका छन् भने आजको खेलबाट थप दुई…
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘सिनोफार्म’लाई आपत्कालिन प्रयोगको लागि स्वीकृति दिएको छ। डब्लुएचओका महानिर्देशक तेद्रोस अधानोमले शुक्रवार सो जानकारी दिएका हुन्। डब्लुएचओबाट आपत्कालिन प्रयोगको लागि स्वीकृति पाउने यो छैटौँ खोप भएको छ। ‘आज दिउँसो डब्लुएचओले बेइजिङको सिनोफार्म कोभिड-१९ भ्याक्सिनलाई आपत्कालिन प्रयोगको लागि स्वीकृति दिएको छ। डब्लुएचओबाट सुरक्षा, प्रभावकारिता र गुणस्तरको मान्यता पाउने यो छैटौँ भ्याक्सिन हो,’ मिडिया…
डा. प्रकाशशरण महत- कोभिड संक्रमण रोकथाममा सरकार सुरुदेखि नै गम्भीर देखिएन। संवेदनशील पनि छैन। पहिले पनि महामारीमा सरकार भ्रष्टाचारमा लिप्त भयो। स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि। लामो समय भएको लकडाउनमा जनताले राहत पनि पाएनन्। संक्रमण कम भएपछि फेरि हुँदैन जसो गरेर निच मारे। भारतमा संक्रमण फैलेको देख्दादेख्दै पनि सरकारले ध्यान नदिँदा देशमा अहिले यो अवस्था आएको छ। अहिले देशमा व्यापक…
सुर्खेत : दोस्रो लहरको कोरोना संक्रमण दर तीव्र गतिमा बढिरहेकाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्ससहितको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। साविकको कटकुवा स्वास्थ्य चौकी रहेको भवनमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पतालमा लक्षणसहितका गम्भिर प्रकृतिका बिरामीलाई उपचार गर्ने गरी उक्त अस्पताल शुरु गरिएको नगरपालिकाले जनाएको छ। उपचार गर्नै पर्ने संक्रमित विरामीलाई अक्सिजनसहितको सो अस्पतालमा भर्ना गरी उपचार…
काठमाडौं: नेकपा एमालेमा देखिएको विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच बालुवाटारमा वार्ता भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। सहमतिका विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै सहमति भने नभएको स्रोतले बतायो। 'निकै सकारात्मक छलफल भएको छ। कुनै सहमति भने भइसकेको छैन्,' स्रोतले भन्यो। बालुवाटारमा ४ बजेदेखि…
काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि गरिएको कोरोना परीक्षणमा हालसम्म १४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ। त्यसअघि समेत ८ जना सांसदमा संक्रमण पुष्टि भइसकेको थियो। शुक्रबार स्वाब संकलन गरेका समेत २३ सांसद समेत करिब अढाइ सयको अझै रिपोर्ट आउन बाँकी छ। बुधबार, बिहीबार र शुक्रबार गरिएको स्वाब संकलनमा हालसम्म एक हजार ५५ जनाको रिपोर्ट आइसकेको छ। जसमा ११७ जनामा…
काठमाडौंः कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। कोभिड वार्डमा उपचाररत विरामीको उचित हेरचाह नगरेको भन्दै अपरिचित व्यक्तिहरुले हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि हातपात गरेको अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाले विज्ञप्ति जारी गर्दै दोषी व्यक्तिमाथि कारबाहीको माग समेत गरेका छन्। जटिल अवस्थामा उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन सहयोग गर्नुपर्नेमा त्यस…
कैलाली : पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा बढी कैलालीमा ८ जनाको मृत्यु भएको छ। त्यस्तै, कञ्चनपुरका ३, डोटी र बैतडीका १/१ गरी १३ संक्रमितको मृत्यु भएको हो। योसँगै सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ७ सय ४८ जनामा…
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अग्रता भने चितवनले बनाएको थियो। खेलको ७२ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। यद्यपि ८५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल फर्काउँदै…
हेटौँडा : हेटौँडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारकी ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन्। शुक्रवार दिउँसो ४ बजे घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ वर्षीय आकाश गुरूङले बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ। बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय र राष्ट्रिय सभाको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक घेटघाट तीव्र भएका छन्। चुनावी तालमेल र विश्वासको मतको पक्ष र विपक्षमा माहोल बनाउन सत्तापक्ष र प्रतिपक्ष दुबै दौडधुपमा छन्। यसै सिलसिलामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शुक्रबार साँझ करिब आधा घण्टा दुई नेताबीच…
वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-५ कुमालटोलकी ७९ वर्षीय महिला रहेकी छन्। उनको शुक्रवार बिहान ११ बजे नेशनल मेडिकल कलेजको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। बैशाख १९ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएर २० गते उनी अस्पताल भर्ना भएकी थिइन्।…
विराटनगर : उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भिरमाथि टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान-५ का १८ वर्षीय सुभाष परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रवार बिहान पौने १० बजे हर्देनी भिरमाथि सडकमा बिग्रिएको थियो। सोही सुमोमा सवार रहेका…
विराटनगर : प्रदेश १ मा आज १ हजार ५९९ जनाको पीसीआर परीक्षण गर्दा ७२५ जना कोरोना संक्रमित थपिएका छन्। परीक्षण गरिएकामध्ये ३१३ महिला र ४१२ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङमा ३५७ जनामा संक्रमण देखिएको छ। त्यस्तै, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४ जनमा संक्रमण पुष्टि भएको छ। संखुवासभामा १३,…
काठमाडौंः कोरोना संक्रमण तीव्र गतिमा बढ्दै जाँदा देशभर अक्सिजनको माग बढिरहेको छ। साथै, सिलिण्डर संकलनको कार्य पनि हाल भइरहेको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका एक हजार ८१६ थान अक्सिजन सिलिण्डर जम्मा गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रहरीको सक्रियता सिलिण्डर खोज्ने काम भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।…