काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको आमहड्तालमा आन्दोलनकारीबाट आगजनी भएको ट्याक्सीका चालकलाई विद्यार्थीले आर्थिक सहयोग गरेका छन्। ग्लोबल कलेजमा अध्ययनरत विद्यार्थी समुद्र तिमल्सिनाले आमहड्तालमा जलेको ट्याक्सीका चालक कुम्भ नारायण श्रेष्ठलाई आर्थिक सहयोग गरेका हुन्। तिमल्सिना नेकपा निकट युवा विद्यार्थी हुन्। उनले आफैं र आफ्ना निकटसँग उठाएर बिहीवारै १० हजार रुपैयाँ सहयोग गरेका हुन् । साथै चालकको बैंक खाता खोलिदिएर सहयोग गर्न…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार बाहिर जनप्रदर्शनलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज घोषित कार्यक्रममा तीन लाख मानिस उतार्ने दावी गर्दै आएको छ। जसको कारण आज दिनभर दरबारमार्ग क्षेत्र भएर गुड्ने सार्वजनिक तथा निजी सवारी साधन प्रभावित हुने भएका छन्। बिहानैदेखि नारायणहिटी सडकमा सवारी आगमनमा रोक लगाइएको छ। त्यस्तै जयनेपाल हलबाट…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले १-० को संघर्षपूर्ण जित निकालेको हो। चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे। उनले खेलको २४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। टोटेनहमका एरिक डाएरले चेल्सीका टिमो वेर्नरलाई फउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो। जितसँगै २२ खेलबाट…
काठमाडौं : आईसीसी सीडब्लूसी लिग २ अन्तर्गत मार्च महिनामा ओमनमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। त्यसमध्ये २१ खेलाडीले माघ २४ गते बन्द प्रशिक्षणमा आउने छन् भने बाँकी खेलाडीको बारे क्यानले उल्लेख गरेको छैन। ती २१ खेलाडीमा अघिल्लो हप्ता सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छन्। त्यस्तै, बाँकी १० जना…
जनकपुरधाम : नेकपाको प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालमा निस्केका प्रदेश २ का ५ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। बन्द गराउन हिँडेका ६१ प्रदर्शनकारीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रदेशभरबाट पक्राउ परेका…
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीले आज आयोजित देशव्यापी आम हड्ताल सफल भएको दावी गरेको छ। पार्टीको केन्द्रीय संघर्ष समितिले आज साँझ प्रेस वक्तव्य जारी गर्दै शान्तिपूर्ण आयोजित आम हड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन प्रयास भएको जनाएको छ। सरकारको उक्त प्रयास असफल पारिएको दावी समेत गरिएको छ। 'शान्तिपूर्ण रुपमा आयोजित आम हड्ताललाई बदनाम गर्न, असफल…
जनकपुरधाम : बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत समूह र प्रहरीका बिच भिडन्त हुँदा आन्दोलनमा उत्रिएका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन्। प्रतिनिधिसभा विघटन, संवैधानिक निकायमा एकलौटी नियुक्ति लगायतका विषयलाई लिएर आन्दोलन रत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूह र प्रहरीबि झडप भएको हो। प्रहरीसँगको झडपमा नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।…
जनकपुरधाम : बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। प्रहरीसँगको झडपमा परि नेकपा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा…
काठमाडौंः आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका नेता भीम रावलले गोंगबुमा आज बिहान जलाएको ट्याक्सीको बारेमा आफूलाई थाहा नभएको दाबी गरेका छन्। आज प्रचण्ड-नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो। त्यही क्रममा बिहान गोंगबुमा अज्ञात समूहले प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए। आगजनीको जिम्मेवारी कसले लिन्छ भन्ने हाम्रो प्रश्नमा नेता रावलले भने,' हामी शान्तिपूर्ण आन्दोलनमा छौं।…
काठमाडौंः मोरङमा खेत खन्दै गर्दा गोली फेला परेको छ। उर्लाबारी नगरपालिका वडा नम्बर १ लक्ष्मीझार बहादुर लिम्बुको घर नजिकै रहेको खेतमा १ सय ८५ राउन्ड गोली फेला परेको हो। ५३ वर्षीय भक्त बहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रङ्गको प्लास्टिक भित्र पोका पारी माटो मुनि गाडेको गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। ७.६२ एमएमको गोली…
काठमाडौं : पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेता अष्टलक्ष्मी शाक्य प्रदर्शन गर्न कलंकी चोकमा पुगिन्। उनीसँगै अन्य केही कार्यकर्ता तथा प्रर्दशनकारी कलंकी चोकमा भेला भइसकेका थिए। उनी कलंकी क्षेत्रबाट इन्चार्ज थिइन्। त्यही क्रममा नाराबाजी भयो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी गरेका थिए। सवारी साधनलाई अबरोध पुर्याउन खोजे। त्यसपछि प्रहरीले भट्टाभट्ट प्रर्दशनकारीलाई नियन्त्रणमा लियो।त्यही…
काठमाडौं : प्रचण्ड माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्य कलंकी क्षेत्रबाट पक्राउ परेकी छन्। प्रचण्ड माधव पक्षको आमहड्तालमा कलंकी क्षेत्रमा खटिएकी उनलाई प्रहरीले प्रकाउ गरेको नेता विष्णु रिजालले जनाएका छन्। 'आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ,' रिजालले भनेका छन्। त्यस्तै बन्द गराउँदै हिडेका अन्य ६० जना भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ।…
काठमाडौंः आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ। शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी बर्नलीमाथि जित निकालेको छ। टर्फ मोरमा सम्पन्न खेलमा सिटीले घरेलु टोली बर्नलीमाथि २-० गोलअन्तरले जित निकालेको हो। सिटीको जितमा गाब्रियल जिसस र रहीम स्ट्रलिङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै सिटीले जिससको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा इल्के गुण्डोगनको पासमा गोल गर्दै रहिम स्ट्रलिङले गोल गरे। त्यसपछि दुबै…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल ब्राइटनसँग पराजित भएको एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल ब्राइटनसँग १-० गोलअन्तरले पराजित भएको हो। ब्राइटनको जितमा स्टिभ अल्जाटेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरे। जितपछि ब्राइटनका प्रशिक्षक ग्राहम पोटरले ‘हिम्मत, स्तर र सहकार्य’ का कारण लिभरपुलमाथि जित सम्भव भएको प्रतिकृया…
माघ १९ गते सुष्मा कार्कीले आफूमाथि क्लबमा कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त उजुरी उनले फिर्ता लिएकी छिन्। नायिका स्वेता खड्काको बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले नायिका सुष्मा कार्कीसँग माफी मागेका छन्। माफी मागेसँगै उनीहरूबीचको विवाद समाधान भएको नेपाल चलचित्र प्राविधिक संघका अध्ययक्ष पुस्कर लामाले बताए। उनले भने, 'एकअर्काले आफ्नो गल्ती रियलाइज गरेर हात मिलाएर सहमति…
काठमाडौं: ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेशपछि गुरूङ बैँक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका छन्। अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै…
काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो। प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए। यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेकपाका प्रचण्ड - माधवकुमार नेपाल समूहले आम हड्तालको घोषणा गरेको प्रसंग उठाउँदै प्रश्न गरेका छन् - 'भोलि आम हड्ताल भन्ने समाचार आयो। के गर्ने? हामी त आउँछौं।' आज संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधान न्यायाधीश राणाले सपथ ग्रहण गराएका थिए। त्यसैको विरोधमा नेकपाको आन्दोलित समूहले आम हड्तालको घोषणा गरेको हो। …
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर गणेशराज जोशीले राजीनामा दिएका छन्। आयुक्त जोशीले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन्। 'उहाँले आज राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउनु भएको छ,' राष्ट्रपति कार्यालयका सहसचिव जगन्नाथ पन्तले भने। संवैधानिक परिषद्को निर्णय अनुसार आज आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईले सपथ लिएका छन्। राईको नियुक्ति निश्चित भएलगतै आयुक्त जोशीले…