PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • वीरगंजमा काँग्रेसको जनवर्गीय संगठनको विरोध प्रदर्शन

    वीरगंजमा काँग्रेसको जनवर्गीय संगठनको विरोध प्रदर्शन

    वीरगंज : वीरगंजमा नेपाली काँग्रेस निकट दुई दर्जनभन्दा बढी विभिन्न जनवर्गीय शुभेच्छुक संगठनद्वारा विरोध प्रदर्शन गरिएको छ।  प्रतिनिधिसभा विघटनको विरोधमा बिहान साढे ११ बजेदेखि घण्टाघरबाट शुरु गरिएको जुलुस आदर्श नगर–घडिअर्वा चोक हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी गरिएको विरोध प्रदर्शनमा संसद पुनर्स्थापना गर्न, असैवाधानिक कदम सच्याउन माग गरिएको थियो। प्रदर्शनमा ओली सरकार…

    विस्तृतमा पढ्नुस्

  • अबदेखि पाटनढोकामा चारपाङग्रे सवारी निषेध

    अबदेखि पाटनढोकामा चारपाङग्रे सवारी निषेध

    काठमाडौं : सडकमा सवारी साधनको चाप बढेको भन्दै ललितपुरको पाटनढोकामा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गरिएको छ। यूएन पार्क, ज्वागल,चाकुपाटबाट आउने र पाटन ढोका बसपार्कबाट आउने चारपाङग्रे सवारी पाटनढोका (गेट) तर्फ जान निषेध गरिएको हो। यो नियम आइतबारबाट लागू हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र ललितपुर महानगरपालिको समन्वयमा सवारी निषेध गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • सडकमा ट्याक्सीको लाम लगाएर विरोधमा उत्रिए व्यवसायी, उत्रिए आगजनीविरुद्ध

    सडकमा ट्याक्सीको लाम लगाएर विरोधमा उत्रिए व्यवसायी, उत्रिए आगजनीविरुद्ध

    काठमाडौं : आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बिहीवार गरेको आमहड्तालको क्रमममा ट्याक्सी जलाएको विरोधमा आज ट्याक्सी व्यवसायीहरुले प्रर्दशन गरेका छन्। शनिवार दिउँसो माइतीघरमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले विरोधस्वरुप सडकमा ट्याक्सी रोकेर धर्ना दिए।  उनीहरुले राजनितिक हस्तक्षेप बन्द गर, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर, यातायात क्षेत्रमा गौर कानुनी  धन्दा गर्ने चाहिँ उद्यमी, हामी चाहिँ के? भन्ने नारा लेखिएको…

    विस्तृतमा पढ्नुस्

  • खाना नबनाएको विषयमा नै श्रीमतीको हत्या !

    खाना नबनाएको विषयमा नै श्रीमतीको हत्या !

    काठमाडौः श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। कास्कीको इलाका प्रहरी कार्यालय शिसुवाको टोलीले पर्वत जलजला गाउँपालिका वडा नम्बर ७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई नियन्त्रणमा लिएको हो। बिहीबार राती पनुले ४२ वर्षीय हरिमाया पुनलाई बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ। शुक्रवार बिहान प्रहरीले पुन सुत्ने कोठा शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा…

    विस्तृतमा पढ्नुस्

  • सिराहामा शून्य भयो संक्रमण

    सिराहामा शून्य भयो संक्रमण

    लहान : सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ। सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए। उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ। जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १०…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा अब हल १०० अकुपेन्सीसहित खुल्ने, फिल्म जुध्‍ने बढ्यो जोखिम

    बलिउडमा अब हल १०० अकुपेन्सीसहित खुल्ने, फिल्म जुध्‍ने बढ्यो  जोखिम

    भारतको सरकारले सिनेमाघरमा शतप्रतिशत दर्शकसहित संचालन गर्न अनुमति दिएपछि सुस्ताएको बलिउड जुर्मुराउने मुडमा छ। त्यसको असर अब ठूला लगानीका फिल्म रिलिजको होडबाजी सुरु हुँदैछ। बलिउडका ट्रेड विश्लेषकहरु यस्तो होडबाजीले फिल्म उद्योगको आर्थिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नेमा चिन्तित छन्।  आउँदो इदमा जोन अब्राहमको फिल्म सत्यमेवे जयते २ सलमान खानको राधेसँग भिड्दै छ। त्यसको असर दर्शकहरु बाढिँदा देखिने नै छ। पेन्डेमिकको कारण…

    विस्तृतमा पढ्नुस्

  • कू विरुद्ध तीन औंले सलाम, म्यानमारमा जाग्दै विद्यार्थी

    कू विरुद्ध तीन औंले सलाम, म्यानमारमा जाग्दै विद्यार्थी

    म्यानमारमा सैनिक कू विरुद्ध नागरिकस्तरमा आन्दोलन बढ्नेक्रममा रहेको छ। त्यहाँका शिक्षक तथा विद्यार्थीहरु प्रदर्शनमा उत्रिन थालेका छन्। यंगुनको ठूलो विश्वविद्यालयमा प्रदर्शन भएको छ। प्रदर्शनमा आङ सान सु चीको पक्षमा नारावाजी भएको छ। प्रदर्शनमा उत्रिएकाहरुले रातो रिबन लगाएका छन्।  सोमवार भएको सैनिक कू पछि सु ची र अन्य नेताहरुलाई बन्दी बनाइएको छ। पछिल्लो पटक नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का अर्का वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • आइपिएलको अक्सनमा परेका यी हुन् ८ नेपाली खेलाडी

    आइपिएलको अक्सनमा परेका यी हुन् ८ नेपाली खेलाडी

    काठमाडौं: इण्डियन प्रिमियर लिग २०२१ को लागि नेपालबाट ८ खेलाडी अक्सनमा परेका छन्। आइपिएलले शुक्रबार अक्सनमा दर्ता भएको खेलाडीको संख्या सार्वजनिक गरेको छ। जस अनुसार नेपालबाट ८ जना खेलाडी अक्सनमा हुनेछन्। यसबाहेक अफगानिस्तानबाट ३०, अस्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इङ्ग्ल्याण्डबाट २१, आयरल्याण्डबाट २, नेदरल्याण्डबाट १, न्युजिल्याण्डबाट २९, स्कटल्याण्डबाट ७, साउथ अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, यूएईबाट ९, युएसएबाट २, वेस्टइण्डिजबाट ५६ र जिम्बावेबाट २…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको सभामा कार्यकर्ताले गरेको फोहर उठायो महानगरको ब्रुमरले, सफा गर्ने भनिएका स्वयमसेवकले लठ्ठीले पन्छाए बोक्रा

    प्रधानमन्त्री ओलीको सभामा कार्यकर्ताले गरेको फोहर उठायो महानगरको ब्रुमरले, सफा गर्ने भनिएका स्वयमसेवकले लठ्ठीले पन्छाए बोक्रा

    काठमाडौं : जसरी नेपाल कम्युनिष्ट पार्टीको आन्दोलनरत प्रचण्ड-माधवकुमार नेपाल समुहले गरेको आमसभापछि फोहर देखियो, आज प्रधानमन्त्रीको समूहले गरेको आमसभामा पनि देखियो। यति चाहिँ फरक हो, आजको आमसभामा काठमाडौं महानगरपालिकाका मेयर आफैँ कार्यकर्ता झै उपस्थित थिए। र, उनी नेतृत्वको महानरपालिकाले फोहर छिट्टै उठाउने प्रयत्न गर्‍यो। उस्तै प्रकृतिको प्रचण्ड - नेपाल समूहका कार्यकर्ताले गरेको फोहर उठाउन भने महानगरपालिकाले ढिलो थालेको थियो। प्रचण्ड नेपाल समूहको…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय गएकी किशोरी एक दिनपछि मृत भेटिन्, प्रहरीको कुकुर झिकाएर अनुसन्धान हुँदै

    विद्यालय गएकी किशोरी एक दिनपछि मृत भेटिन्, प्रहरीको कुकुर झिकाएर अनुसन्धान हुँदै

    काठमाडौंः बुधवार विद्यालयबाट घर फर्किने क्रममा परिवारसँग सम्पर्कविहीन भएकी १७ वर्षीय किशोरी मृत अवस्थामा फेला परेकी छिन्। बैतडीको दोगडाकेदर गाउँपालिका ७ की १७ वर्षीय भागरथी भट्ट मृत अवस्थामा फेला परेकी हुन्। बिहीबार स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। उनी बुधवार दिउँसो करिब साढे २ बजेतिर विद्यालयबाट घर…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

    संवैधानिक नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं: सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। बुधवार सरकारले विभिन्‍न संवैधानिक निकायमा नियुक्ति गरेका पदाधिकारीहरुलाई प्रधानन्यायाधीशबाट शपथ गराएको थियो। संसदीय सुनुवाइ बिनै संविधानविपरित नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोही दिन रिट निवेदन दायर गरेका थिए। न्यायाधीश कुमार रेग्मीको इजलासले राष्ट्रपति र सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। आदेशमा १५ दिनभित्र…

    विस्तृतमा पढ्नुस्

  • नारायणहिटी अगाडिबाट ओलीको नारा : चुनाव चाहियो... चाहियो.. चाहियो!

    नारायणहिटी अगाडिबाट ओलीको नारा : चुनाव चाहियो... चाहियो.. चाहियो!

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नदिएपछि जनतामा जाने निर्णय गरेको बताएका छन्। उनले अस्थिरतालाई रोज्ने कि स्थिरतालाई रोज्ने भन्दै प्रश्न गरे।  नारायणहिटी अगाडिबाट उनले निर्वाचनको माग गर्दै नारा लगाए। 'निर्वाचन चाहियो... चाहियो चाहियो..,' उनले मञ्चबाट नारा लगाए। नेकपाको आफूपक्षीय आमसभामा बोल्दै उनले भने, 'अब सुने होलान्। निर्वाचन चाहियो।' उनले देशलाई संकटमा पर्न नदिनका लागि निर्वाचन चाहिएको बताए।  सक्कली…

    विस्तृतमा पढ्नुस्

  • नारायणहिटी पटाङ्गिनीबाट प्रचण्डलाई ओलीको प्रश्न : शाकाहारी आन्दोलनले हुन्न भनेको के हो? चिकन चिल्ली खान्छु भनेको हो?

    नारायणहिटी पटाङ्गिनीबाट प्रचण्डलाई ओलीको प्रश्न : शाकाहारी आन्दोलनले हुन्न भनेको के हो? चिकन चिल्ली खान्छु भनेको हो?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली नेकपा आफ्नै भएको दाबी गरेका छन्। नेकपाको आफूपक्षीय सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  प्रचण्ड-माधव नेपाल समूहले गरेकोआन्दोलनलाई जनतालाई दु:ख दिने आन्दोलनको संज्ञा दिए। 'शाकाहारी आन्दोलन हुन्न भनेको के हो? चिकन चिल्ली खान्छु भनेको हो? नरभंक्षी आन्दोलन गर्छु भनेको हो? अब नरभंक्षी आन्दोलन हुँदैन। नेपाल शान्तिपूर्ण तरिकाले अगाडि बढ्छ,' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • चिढियाखानामा थुन्ने गृहमन्त्री थापाको अभिव्यक्तिलाई लिएर भीम रावलको जवाफ : तानाशाह बन्ने दु:स्वप्न

    चिढियाखानामा थुन्ने गृहमन्त्री थापाको अभिव्यक्तिलाई लिएर भीम रावलको जवाफ : तानाशाह बन्ने दु:स्वप्न

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले  पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्न भएको टिप्पणी गरेका छन्।  पूर्व गृहमन्त्री समेत रहिसकेका रावलले ट्विट गर्दै गृहमन्त्री थापाको अभिव्यक्तिमाथि यस्तो टिप्पणी गरेका हुन्। 'प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरुद्ध आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुने गृह मन्त्रीको भाषण प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सत्ताबाट गृहमन्त्रीले गरे 'तेस्रो जनआन्दोलन'को घोषणा, प्रचण्ड-माधव नेपाल समूहलाई चिडियाखानामा थुन्ने चेतावनी

    सत्ताबाट गृहमन्त्रीले गरे 'तेस्रो जनआन्दोलन'को घोषणा, प्रचण्ड-माधव नेपाल समूहलाई चिडियाखानामा थुन्ने चेतावनी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षीय सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड-माधव नेपाल समूहले सञ्चालन गरेको आन्दोलनलाई अपराधीको संज्ञा दिएका छन्। नेकपाको प्रधानमन्त्री ओली समूहको बागमती प्रदेशले आयोजना गरेको सभामा बोल्दै नेता बादलले 'मांसाहारी आन्दोलनको घोषणा गरेको समूह'लाई संविधान र कानुनले अपराधी घोषणा गर्दै जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बताए। 'केहीले भ्रम छर्दै छन्। मांसहारी आन्दोलन गर्छु भन्दै…

    विस्तृतमा पढ्नुस्

  • शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भएपछि अदालत पुगेको होः सभामुख सापकोटा

    शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भएपछि अदालत पुगेको होः सभामुख सापकोटा

    काठमाडौं : सभामुख अग्नि सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्त संविधान विपरित भएको भन्दै आफूले अदालतमा पुगेर रिट दिएको बताएका छन्। शुक्रवार सर्वोच्च अदालतमा रिट दर्तापछि  सभामुख सापकोटाले संविधानको रक्षार्थ आफू अदातल पुगेको दावी गरे। 'संसदीय सुनुवाइबिना वा संसदीय सुनुवाइ छलेर कुनै पनि नियुक्ति हुनै सक्दैन। संविधानले संसदीय सुनुवाइ गर्नुपर्ने भनेपछि नियमावलीले संविधानको धारा २९२ विपरित हुने गरी सुनुवाइ नगरिकनै नियुक्ति गरिनु…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको कार्यक्रममा देखिएको दृष्य

    प्रधानमन्त्री ओलीको कार्यक्रममा देखिएको दृष्य

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आमसभा सुरु भएको छ। केही समयमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दैछन्। काठमाडौंका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली कार्यक्रमस्थल दरबारमार्ग पुगिसकेको छ। यतिखेर दरबारमार्ग क्षेत्रको सडक मानिसले खचाखच भएको छ।

    विस्तृतमा पढ्नुस्

  • ओलीको सम्बोधन सुन्न नव बेहुला तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि, प्रधानमन्त्री पनि पुगे सभास्थल

    ओलीको सम्बोधन सुन्न नव बेहुला तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि, प्रधानमन्त्री पनि पुगे सभास्थल

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आमसभा सुरु भएको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली कार्यक्रमस्थल दरबारमार्ग पुगिसकेको छ। झाँकी सहितको र्‍यालीलाई मेयरदेखि मुख्यमन्त्रीले समेत नेतृत्व गरिरहेका छन्। केही समयअघि मात्र बिहे बन्धनमा बाँधिएका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई समेत र्‍यालीमा सहभागी भएका छन्। झन्डा, झाँकी सहितको र्‍याली नाच्दै गाउँदै कार्यक्रमस्थल पुगेको हो।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शनमा दरबारमार्गमा भरिए मानिस, बाजागाजासहित चल्यो र्‍याली

    प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शनमा दरबारमार्गमा भरिए मानिस, बाजागाजासहित चल्यो र्‍याली

    काठमाडौं : विभिन्न झाँकी र बाजागाजासहितको जुलुस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शक्ति प्रदर्शनमा सहभागी भएको छ। विभिन्न स्थानमा जुलुस निकाल्दै सत्तारुढ दलले आज राजधानीमा शक्ति प्रदर्शन गरिरहेको हो।  बाजागाजासहित राजधानीको दरबारमार्गमा अहिले पनि विभिन्न ठाउँबाट जुलुस आउनेक्रम जारी छ। सत्ताधारी दलले यस्तो शक्ति प्रदर्शन गरेको सम्भवत सबैभन्दा ठूलो हो। मोटरसाइकल र्‍यालीसहित आउने समूहहरु पनि दरबारमार्ग पुगेका छन्। सत्तारुढ दलका नेता…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा सभामुख : संवैधानिक नियुक्तिविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

    सर्वोच्चमा सभामुख : संवैधानिक नियुक्तिविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

    काठमाडौं : सभामुख अग्नि सापकोटा संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन्। संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो। सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्तासमेत गरेका थिए। सिफारिसको ४५ दिन पूरा भएपछि सभामुखको अनुपस्थितिमा नै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा उनीहरुलाई सपथ ग्रहण गराएका थिए।    सभामुख सापकोटाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell