काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत कीर्तिपुरमा सम्पन्न दोस्रो सेमिफाइनमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ। आज सम्पन्न खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वाग्मती १३५ रनमा समेटियो। सुरुवाती तीन…
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर ६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिएको हो। परियारलाई आज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा लुकेर बसेको अवस्था फेला पारेको व्यूरोका एसपी गंगा पन्तले जानकारी दिइन्। गाँजाको विषयमा विवाद हुँदा हत्या गरेको…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकामा माथि सानदार जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङले १०-० को रवाफिलो जित निकालेको हो। वालिङको जितमा क्यामरुनी खेलाडी मेथो इलुडी रुथले दोहोरो ह्याट्रिक गरिन्। उनले १२ मिनेटको अवधिमै ह्याट्रिक पुरा गरेकी थिइन्। त्यस्तै दोस्रो हाफमा पनि उनले ह्याट्रिक गर्दा वालिङले प्रतियोगितामा पहिलो जित निकाल्यो।…
जनकपुरधाम : धनुषामा मदिरा उद्योग संचालकको हत्या भएको छ। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिस्ट्रिलरी उद्योगका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको हो। आज बिहान ९ बजे प्रहरीले डिस्ट्रिलरी इन्ड्रस्ट्रिजकै प्राङ्गणमा रहेको कोठाभित्रबाट रेग्मीको शव फेला परेको हो। टाउकोमा गहिरो चोट लागेको अवस्थामा रेग्मीको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दीपककुमार रायले बताए। प्रहरी…
काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद विघटन गरेर प्रधानमन्त्रीले संविधान संशोधनको प्रयास गरेको जिकिर गरेका छन्। उनले प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान संशोधनको अवस्थामा पुर्याएको जिकिर गरे। धारा ७६ (७) का आधारमा बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्दै श्रेष्ठले प्रमले संविधान संशोधन गर्न खोजिरहेकाले अदालतले उनलाई रोक्नुपर्ने…
काठमाडौं : अधिवक्ता गोविन्द बन्दीले प्रधानमन्त्रीले संविधानको 'फल्ट लाइन'मा खेल्न खोजे अदालतले रोक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दाको संवैधानिक इजलासमा बहसका क्रममा अधिवक्ता बन्दीले संविधानमा फल्ट लाइन नभएको तर प्रधानमन्त्री ओलीले त्यही 'फल्ट लाइन आर्गुमेन्ट' गरेको उनको दावी थियो। धारा ७६ मा फल्ट लाइन नभएको उनको जिकिर थियो। फल्ट लाइन सच्याउने दायित्व प्रधानमन्त्री, राष्ट्रपति, अदालत र संसदको भएको उल्लेख गर्दै…
बलिउड अभिनेता वरुण धवनले २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे गरे। उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चले पनि यस वर्ष भने त्यो हल्लाले सार्थकता पायो। उनीहरुको बिहेमा करण जोहरलगायत थुप्रै सेलिब्रिटीको उपस्थिति थियो। वरुणको विवाहपछि अब अर्को सेलिब्रिटी जोडीको बिहेको चर्चा शुरु भएको छ। श्रद्धा कपूर र रोहन श्रेष्ठको जोडी। रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन्। यो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधान न्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा सुनुवाई सुरु भएको छ। अदालतको अवहेलना गरेको भन्दै प्रम ओली, पूर्व प्रधान न्यायाधीशहरु र पूर्व सभामुखविरुद्ध बेग्ला बेग्लै मुद्दा परेको थियो। ती सबै मुद्दा न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाई सुरु भएको हो। प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै वक्तव्य जारी गर्ने पूर्व…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी दोस्रो सेमिफाइनमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई रनको २३० लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा आर्मीले २३० रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले आर्मीले सुखद सुरुवात गर्न सकेको थिएन। सुरुवाती तीन ब्याट्समेनलाई सस्तैमा गुमाएको आर्मीको पारी लोकेस बम र भीम सार्कीले सम्हालेका…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ। बिहीवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले संवैधानिक इजलासमा अञ्जु पन्तको गीत सुनाएर बहसलाई अगाडि बढाए। बहसको सुरूवात गरेका घिमिरेले दुईवटा संविधानसभामा भएका छलफलको विषय कोट्याउँदै अञ्जु पन्तको गीत 'न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई...' सुनाए। 'संविधानसभाबाट संविधान बनाउने क्रममा अञ्जु पन्तको गीत न बिर्से तिमीलाई न पाए तिमीलाई व्यापक भएको थियो। दुई पटक संविधानसभाबाट येथेष्ट…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको आन्दोललाई अझै सशक्त बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको संघर्ष समितिको सचिवालय बैठकले ओलीले चाल्ने जुनसुकै कदमको पनि प्रतिवाद गर्ने निर्णय गर्दै त्यसको निर्देशन समेत दिएको हो माघ २८ गते काठमाडौंमा तय भएको सभालाई हालसम्मकै ठूलो बनाउन कार्ययोजना बनाएको केन्द्रीय सदस्य…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको नयाँ मोडलको विकास गरेको बताएका छन्। यही योगदानलाई कदर गर्दै प्रधानमन्त्री ओलीलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि सिफारिस गर्दा पनि हुने भन्दै व्यङ्ग्य समेत गरेका छन्। बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले साधारण खर्चमा व्यापक वृद्धि भएको तर विकास खर्च न्युन हुनु वर्तमान सरकारको वास्तविकता भएको…
काठमाडौंः भक्तपुरमा एक अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको छ। सवारी दुर्घटनामा परी पुरुषको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बुधवार राति मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा लोकन्थलीबाट कोटेश्वर जाने सडकमा मानिस लडिरहेको देखेपछि गस्तीमा रहेको प्रहरी टोलीले घाइते पुरुषलाई मध्यपुर ठिमी अस्पताल पुर्याएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका…
काठमाडौं : महिला राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङजा र चौदण्डीगडी नगरपालिका उदयपुर भिड्ने छन्। खेल मध्यान्ह साढे ११ मा सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र पुलिस आमनेसामने हुनेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगितमा एपीएफ ३ खेलमा सबै जित निकाल्दै ९ अंक जोडेको…
काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दै छन्। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा समूह ‘बी’ को विजेता वाग्मती प्रदेश र समूह ‘ए’ को उपविजेता आर्मी प्रतिस्पर्धामा उत्रने छन्। समूह ‘बी’ बाट ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती पराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। त्यस्तै समूह ‘ए’ को अन्तिम खेलमा अर्को विभागीय टोली एपीएफसँग पराजय भोगेको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेड अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो। खेलको २३ औं मिनेटमा किन ब्रियनको गोलमा सेफिल्डले अग्रता बनायो। उनको गोलमा पहिलो हाफमा सेफिल्ड एक गोलले अघि रह्यो। खेलको दोस्रो हाफमा ह्यारी मागुइरले गोल गर्दै म्यानचेस्टरलाई बराबरीमा फर्काए। उनले…
काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले नागरिक अभियन्ताहरुले घोषणा गरेको तेस्रो राष्ट्रिय जनआन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनआन्दोलनमा आफूहरुको समर्थन रहेको बताएका हुन् मोर्चाले नागरिक अभियन्ताहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको भर्त्सना समेत गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यसले ओली सरकार निरंकुसतातिर उद्दत भएको आरोपको पुष्टि भएको छ। नेपालमा…
काठमाडौं : प्रदेश १ मा ३५ हजार ५७६ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ। बुधवारदेखि लगाउन शुरु गरिएको खोप पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ जनालाई लगाइने भएको हो। आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने काम…
जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको खोप अभियानको पहिलो दिन आज ७ सय ३३ जनाले खोप लगाएका छन्। बुधवार प्रदेशको ८ वटै जिल्लाका ९ केन्द्र र १४ बुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए। अभियानको पहिलो दिन आठवटा जिल्लाका अस्पताल र सप्तरीमा रहेको प्रहरी…
पूजा पन्थी- बुटवल : सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ। रुपन्देहीको सिमारी गाँउपालिका-२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ। यादवको शव २०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाउँपालिका-७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला परेको थियो। घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले यादवको…