काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा विराटनगर महानगरपालिकाले चन्द्रपुर नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले ५-० को जित निकालेको हो। विराटनगरको जितमा कुशुम खतिवडाले ह्याट्रिक गरिन्। त्यस्तै अनु राई र सरिता शेर्पाले समान १/१ गोल थपे। खेलको १२ औं मिनेटमा खतिवडाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै त्यस्तै ३२ औं मिनेटमा राईले गोल थप्दा…
पूजा पन्थी- बुटवल : प्रतिनिधिसभा विघटनको विरोध तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बुटवलमा माघ १५ गते विशाल सभाको आयोजना गर्दैछ। सो कार्यक्रमको तयारी पूरा भएको पार्टीले जनाएको छ। लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। प्रादेशिक अस्पतालले हालै खाली गराएको जग्गामा कार्यक्रम गरिने…
नेपाली मोडल अन्जली लामाले अब हलिउड फिल्ममा काम गर्ने भएकी छिन्। उनले ६ भाग रहने एन्थोलोजी फिचर ‘वुमेन्स स्टोरिज’ अन्तर्गतको ‘सेयरिङ ए राइड’ नामक भागमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ। ‘सेयरिङ ए राइड’मा अन्जलीले बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन्। सो सेगमेन्टलाई लिना यादवले निर्देशन गर्ने छिन्। यो फिचरलाई विभिन्न ६ भागमा विभाजित गरेर निर्माण गरिनेछ। जसमा कारा…
काठमाडौं : नेपालमा थप २८३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या दुई हजार २० पुगेको छ। त्यस्तै थप २४६ जना संक्रमित संक्रमण मुक्त भएका छन्।…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोडेको थियो। २०४ रनको लक्ष्य पछ्याएको पुलिस १७३ रनमा समेटिएको हो।…
पूजा पन्थी- बुटवल : बुटवल उपमहानगरपालिकाभित्र रहेका ३ ठूला पुलको एकै दिन उद्घाटन गरिएको छ। बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्। बुधवार बिहान र दिउँसो गरी तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गरिएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी…
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको विघटनविरूद्ध विराटनगरका प्रबुद्ध नागरिक एकजुट भएका छन्। वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलका नेतृत्वमा प्रबुद्ध नागरिक अभियान समितिका नाममा विराटनगरको बौद्धिक नागरिक समाज सङ्गठित भएको हो। समितिमा विभिन्न पेशाका १ सय ९ सदस्य छन्। बुधवार स्थानीय जनआन्दोलन चौकमा खुला पत्रकार सम्मेलन गर्दै समितिका संयोजक प्राध्यापक पोखरेलले समितिले प्रतिनिधिसभाको विघटनका विरूद्ध विचार गोष्ठी,…
पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेशमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए। खोप लगाएपछि मेसु खनालले भने, ‘कोरोना खोप सुरक्षित छ। तत्काल पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शववाहन चालक,…
काठमाडौं : पूर्व महान्यायाधीवक्ता युवराज संग्रौलाले संविधानका धारा र दफाहरुलाई मात्र हेरेर व्याख्या गर्न थालेमा नयाँखाले अफ्टेरोमा मुलुक जानसक्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा संग्रौलाले संविधानको व्याख्या गर्दा त्यसको स्पिरिट, संविधानसभाको स्पिरिट र विगतमा भएको शान्ति सम्झौताको स्पिरिटलाई समेत ध्यान दिनुपर्ने जिकिर गरे। 'हामीले दफा र धारालाई मात्र हेर्न लाग्यौं भने विगतको द्वन्द्वलाई बिर्सिन्छ र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली खोप अभियानको निरीक्षणका लागि निस्किएका छन्। बालुवाटरबाट भिडियो कन्फ्रेन्स मार्फत अभियानको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर खोप अभियानको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी काठमाडौंका सरकारी अस्पतालहरू पुगेका छन्। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाली आर्मी अस्पताल छाउनी, प्रसुती गृह, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल पुगेर अभियानको निरीक्षण गरेका हुन्। प्रधानमन्त्री…
२७ जनवरी अर्थात आज अभिनेता बबी देवलको जन्मदिन। बाल कलाकार हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका उनले सन् १९९५ मा फिल्म ‘बरसात’बाट फिल्म क्षेत्रमा पाइला टेकेका थिए। उनलाई यस फिल्मबाट फिल्मफेयर र बेस्ट डेब्यू अर्वाड समेत मिलेको थियो। यसका साथै उनले ‘वो प्यार हो गया’, ‘करीब’, ‘सोल्जर’, ‘दिललगी’, ‘अपने’, ‘यमला पगला दिवाना’, ‘बादल’, ‘अजनबी’, ‘किस्मत’, ‘हमको तुमसे प्यार हे’ जस्ता थुपै…
काठमाडौंः नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड-१९ खोप लगाउन सुरु भएको छ। अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी) डा. आशा सिंहले बुधबार पहिलो खोप लगाएकी हुन्। नेपाल सरकारबाट प्राप्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका व्यक्तिहरुलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ। नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप…
काठमाडौं : हिजो दर्ता नभएको चार पूर्व प्रधान न्यायाधीशविरुद्धको मुद्दा सर्वोच्च अदालतमा आज दर्ता भएको छ। प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै वक्तव्य जारी गर्ने पूर्व प्रधान न्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माविरूद्ध मुद्दा दर्ता भएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा जारी मुद्दालाई प्रभावित पार्नेगरी वक्तव्य दिएको भन्दै लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्च अदालतमा मुद्दा दायर…
चर्चित फिल्म ‘बाहुबली’का निर्देशक राजामौलीको वहुप्रतिक्षित फिल्म ‘आरआरआर’ रिलिज गर्ने भएका छन्। आलिया भट अभिनित फिल्मका निर्माताले सोसल मिडियामा एक पोस्ट सेयर गर्दै फिल्मको रिलिज मिति तोकेका हुन्। ‘बाहुबली’ जस्तै यो फिल्मको पनि दर्शकहरु लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्। तर, यो फिल्मको रिलिज मिति तय भएसँगै हंगामा समेत भएको छ। फिल्म ‘आरआरआर’को रिलिज डेटलाई लिएर फिल्म ‘मैदान’का निर्माता बोनी कपूरले…
काठमाडौं : न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटनको मुद्दा लम्बेतान हुन लागेकोमा प्रश्न गरेकी छिन्। आजको संवैधानिक इजलासको बहसमा न्यायाधीश मल्लले सबैको चासो समयमा भएको हुनाले यसमा कानुन व्यवसायीले समेत सोच्नुपर्ने उल्लेख गरिन्। सबैको बहस उनीहरुले भनेकै समयसम्म सुनेर अदालतले नै मुद्दा लम्ब्यायो भन्ने अवस्था सिर्जना गरेर न्याय निरुपण कसरी गर्ने भन्ने प्रश्न सबैतिर उठिसकेकाले यसको व्यवस्थापनमा कानुन व्यवसायीको तर्फबाट…
काठमाडौं : दुई वर्षीया छोरीको हत्या गरेको भन्दै एक बुबा प्रहरीमा पुगेर आत्मासमर्पण गरेका छन्। अर्घाखाँची शितगंगा नगरपालिका २ का २६ वर्षीय सन्तोष घिमिरे छोरीको हत्या गरेको भन्दै प्रहरीमा पुगेका थिए। 'हिजो १२ बजेतिरको कुरा हो। छोरीको हत्या गरेको भन्दै प्रहरी कहाँ आएका थिए। हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी माधवकुमार बुढाथोकीले भने। उनले हत्या गरेपछि…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोडेको हो। एपीएफले किशोर महतो, बसन्त रेग्मी, प्रदीप सिंह ऐरी लगायतका महत्वपूर्ण खेलाडीहरुलाई प्लेइङ सेटमा राखेको छैन। ब्याटिङमा एपीएफको…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने खेलमा बिराटनगर र चन्द्रपुर प्रतिस्पर्धामा उत्रने छन्। बिराटनगर आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो। त्यस्तै चन्द्रपुरले यसअघिको खेलमा चौदण्डगढीमाथि ७-१ गोलअन्तरको फराकिलो जित निकालेको थियो। पहिलो खेलमा भने चन्द्रपुर एपीएफसँग फराकिलो अन्तरले पराजित भएको थियो। प्रतियोगितामा सहभागी टिमहरुमा…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ भिड्दैछन्। शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा आइपुगेको हो भने मञ्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो। खेल आज बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु…
इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्टमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ। द हावथ्रोन्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टब्रुममाथि सिटीले ५-० को सानदार जित निकालेको हो। सिटीको जितमा इल्के गुण्डोगनले दोहोरो गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहीम स्ट्रलिङले समान १/१ गोल गरे। सिटीले खेलको छैटौ मिनेटमै गुण्डोगनको गोलमा अग्रता बनाएको थियो। त्यस्तै २०…