PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • महिला राष्ट्रिय लिगमा आज दुई खेल: एपीएफलाई आर्मीको चुनौती

    महिला राष्ट्रिय लिगमा आज दुई खेल: एपीएफलाई आर्मीको चुनौती

    काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङजाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। खेलमा पुलिस दोस्रो जितको खोजीमा साढे ११ बजे मैदानमा उत्रने छ। त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र शसस्त्र प्रहरीको एपीएफ भिड्नेछन्। दुबै टोली उपाधि दाबेदार मानिएका बलिया टोली हुन्। खेल दिउँसो साढे…

    विस्तृतमा पढ्नुस्

  • माउन्ट केटुको कीर्तिमानी आरोहण गर्ने नेपाली टोलीलाई राहुल गान्धीको बधाई

    माउन्ट केटुको कीर्तिमानी आरोहण गर्ने नेपाली टोलीलाई राहुल गान्धीको बधाई

    काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिएका छन्। मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो। सगरमाथापछिको विश्वकै दोस्रो अग्लो हिमाल केटुको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका दुई किराना स्टोरबाट भारतबाट भन्सार छलेर ल्याइएका खाद्यान्न बरामद

    वीरगंजका दुई किराना स्टोरबाट भारतबाट भन्सार छलेर ल्याइएका खाद्यान्न बरामद

    वीरगंज : पर्सा प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलेर भित्र्याइएका करिब २ लाख मूल्य बराबरको खाद्यान्न बरामद गरेको छ। वीरगंज-६ गहवास्थित कृष्ण चौरसियाले सञ्चालन गरेको कृष्ण जनरल स्टोर्स र निखिल चौरसियाले सञ्चालन गरेको निखिल जनरल स्टोर्सबाट ६७ कार्टन खाद्यसामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। बरामद सामानलाई आवश्यक कारबाहीको लागि वीरगंज पठाइएको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का आठै जिल्लामा एक साथ कोरोनाविरुद्धको खोप अभियान शुरु हुने

    प्रदेश २ का आठै जिल्लामा एक साथ कोरोनाविरुद्धको खोप अभियान शुरु हुने

    जनकपुरधाम : प्रदेश २ सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रदेशका आठै जिल्लाबाट एक साथ शुरु गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते प्रदेशको आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो। खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगंजस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • आर्मीमाथि एपीएफको जित, दुबै टोली सेमिफाइनलमा

    आर्मीमाथि एपीएफको जित, दुबै टोली सेमिफाइनलमा

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ६ रनको जित निकालेको हो। टस हरेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाउँदा सुवास खकुरेलले ३८ रन जोडे। त्यस्तै सुन्दीप…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि

    कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि

    काठमाडौं : नेपालमा थप १० जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या दूई हजार ११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ८५८ जनाको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र माधव नेपाललाई ओलीले दिए नयाँ ट्याग : कुलंगार र भष्मासुर

    प्रचण्ड र माधव नेपाललाई ओलीले दिए नयाँ ट्याग : कुलंगार र भष्मासुर

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगले खतम गरिदिएको बताएका छन्। दाङमा आयोजित आमसभामा ओलीले केही मानिस रेस्टुरेन्टमा बसेर अध्यक्ष हुँ भन्दै हिँडेको टिप्पणी गरे। 'तपाईँलाई केही अलमल हुनु हुँदैन। केही मानिस चौतारीमा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्नु भएको छ। हिजो निर्वाचन आयोगले खतम पारदियो,' ओलीले भने। प्रचण्ड-नेपाल समूहले आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • इजलासमा झोक्किए ‘बाजे वकिल’

    इजलासमा झोक्किए ‘बाजे वकिल’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘बाजे वकिलको तमासा’ भनेर अदालतको अपमान गरेको भन्दै नेपालकै जेठो कानून व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी इजलासमा झोक्किएका छन्। प्रतिनिधिसभाको जारी इजलासको अन्तिममा उनले आफ्नो आक्रोश व्यक्त गरेका हुन्। इजलासमा अधिवक्ता शम्भु थापाले बोलेर सकेपछि उनी अदालतले उक्त विषय नोट गर्नुपर्ने भन्दै न्यायाधीशसँग झोक्किएका हुन्। उनले भने, ‘यो अदालतको अपमान हो, इजलासले नोट गर्नुपर्छ।’…

    विस्तृतमा पढ्नुस्

  • ओलीको बोलीबाट अधिनायकवादको आकांक्षा प्रकट भयो : नेपाली काँग्रेस

    ओलीको बोलीबाट अधिनायकवादको आकांक्षा प्रकट भयो : नेपाली काँग्रेस

    काठमाडौं :  संसद विघटनको विरोध गर्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधीको संज्ञा दिएकोप्रति नेपाली काँग्रेसले आपत्ती प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आझ एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको जनाएका हुन्। 'संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ, 'फरक मत राख्न, आफ्नो विचार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ माथि पुलिसको जित, समूह 'बी' बाट विजेता वाग्मती र उपविजेता पुलिस सेमिफाइनलमा

    प्रदेश २ माथि पुलिसको जित, समूह 'बी' बाट विजेता वाग्मती र उपविजेता पुलिस सेमिफाइनलमा

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा प्रदेश २ लाई हराउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ४ विकेटले प्रदेश २ लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। केही ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले निर्धाररित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा डाक्टरहरुका लागि सञ्चालनमा आयो निःशुल्क ई-लाइब्रेरी

    वीरगंजमा डाक्टरहरुका लागि सञ्चालनमा आयो निःशुल्क ई-लाइब्रेरी

    वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले वीरगंजमा विद्युतीय पुस्तकालय (ई-लाइब्रेरी) सञ्चालनमा ल्याएको छ। चिकित्सकहरुको लागि अधिराज्यमै पहिलोपटक नारायणी शाखाले वीरगंजमा ई-लाइब्रेरीको स्थापना गरी आइतवारदेखि सञ्चालनमा ल्याएको हो। संघको कार्यालयको माथिल्लो तल्लामा २ लाखको खर्चमा सुविधा सम्पन्न ई-लाइब्रेरी सञ्चालनमा ल्याइएको संघका सचिव डा उदयनारायण सिंहले जानकारी दिए। ई-लाईब्रेरीको उद्घाटन भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत नितेश कुमारले गरेका थिए। उनले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘प्रकाश’बाट ‘डेब्यू’ गर्दै रेनु योगी, प्रदीप  खड्काको जोडीको रुपमा देखिने

    फिल्म ‘प्रकाश’बाट ‘डेब्यू’ गर्दै रेनु योगी, प्रदीप  खड्काको जोडीको रुपमा देखिने

    दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’मा धनगढीकी रेनु योगी अनुबन्धित भएकी छिन्। उनले यही फिल्मबाट ‘डेब्यू’ गर्न लागेकी हुन्। फागुन दोस्रो साताबाट ‘फ्लोर’मा जाने सिनेमामा अभिनेता प्रदीप खड्का पहिले नै फाइनल भइसकेका थिए। निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौँ।’ अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका थिए। स्नातक अध्ययन गरेकी रेनु थिएटर आर्टिस्ट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगबाट केपी ओलीलाई बल पुग्ने निर्णय भएको छ : ईश्वर पोखरेल

    निर्वाचन आयोगबाट केपी ओलीलाई बल पुग्ने निर्णय भएको छ : ईश्वर पोखरेल

    काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। नेकपाको केपी ओली समूहको वाग्मती प्रदेश कमिटीले गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए। पोखरेलले भने, ‘निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको छ। ओलीलाई साधारण सदस्यबाट हटाउने पाखण्डी निर्णयलाई निर्वाचन आयोगको जवाफ हो।’ प्रचण्डले आरोपपत्र फिर्ता र निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • सत्तामा टिक्न ओली तानाशाह बन्दै गरेको नेपालको आरोप

    सत्तामा टिक्न ओली तानाशाह बन्दै गरेको नेपालको आरोप

    काठामाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन्। सोमवार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नम्बर २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफूहरुको लडाई सही विचारको निम्ति र गलत विचारको विरुद्ध रहेको बताएका हुन्। पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई विचार, विधि, पद्धती र…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलको शक्ति प्रदर्शनमा १० हजार मोटरसाइकलको र्‍याली

    सत्तारुढ दलको शक्ति प्रदर्शनमा १० हजार मोटरसाइकलको र्‍याली

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ। ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो। ताजा जनादेशका लागि संदेश दिन जनसभाको आयोजना गर्न लागिएको भन्दै कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन गरिएको छ। त्यस्तै, कमिटीले प्रचण्ड-माधव नेपाल समूहले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ।  त्यस्तै, प्रदेश कमिटीले…

    विस्तृतमा पढ्नुस्

  • ग्याङ स्टारको खतरनाक लुकमा देखिए अक्षय, ‘बच्चन पांडे’ बन्न लाग्यो ४० मिनेट

    ग्याङ स्टारको खतरनाक लुकमा देखिए अक्षय, ‘बच्चन पांडे’ बन्न लाग्यो ४० मिनेट

    फिल्म ‘बच्चन पांडे’को पोस्टरमा अक्षय कुमार निकै खतरनाक लुकमा देखिएका थिए। पोस्टरमा उनको एउटा आँखा निलो देखिएको छ। उनले यो लुकका लागि प्रोस्थेटिक मेकअफको सहारा लिएका थिए। उनको मेकअप बलिउडकी चर्चित मेकअप डिजाइनर प्रितिशील सिंहले गरेकी थिइन्। अभिनेता अक्षयलाई यो लुक दिन ४० मिनेट लागेको उनले भास्कर न्युजसँग बताइन्। भन्छिन्, ‘स्क्रिप्ट अनसार अक्षयलाई ग्याङ स्टार लुक तयार गनुपर्ने थियो। उनको…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई एपीएफको २ सय ४१ रनको लक्ष्य

    आर्मीलाई एपीएफको २ सय ४१ रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा शसस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई २४१ रनको लक्ष्य दिएको छ। टस हरेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो। एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाउँदा सुवास खकुरेलले ३८ रन जोडे। त्यस्तै सुन्दीप जोराले २८ रन बनाउँदा अमर रौटेलाले २६, कप्तान शरद भेषवाकरले २४…

    विस्तृतमा पढ्नुस्

  • हरिशंकर साहको अर्धशतकमा प्रदेश २ ले पुलिसलाई दियो १ सय ७० रनको लक्ष्य

    हरिशंकर साहको अर्धशतकमा प्रदेश २ ले पुलिसलाई दियो १ सय ७० रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा जारी खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा केही ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले निर्धाररित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको हो। प्रदेश २ को स्कोर उकास्न हरिशंकर साहले सर्वाधिक ५३ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा अझ ठुलो जनप्रदर्शन गर्नुपर्ने भयो, टाउकोमै हान्नुपर्ने देखियो: प्रचण्ड

    काठमाडौंमा अझ ठुलो जनप्रदर्शन गर्नुपर्ने भयो, टाउकोमै हान्नुपर्ने देखियो: प्रचण्ड

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले थप काठमाडौं केन्द्रीत प्रदर्शन आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले काठमाडौंमै केन्द्रीत हुने गरी ठूलो जनप्रदर्शन आवश्यक भएको र टाउकोमै हान्नुपर्ने भएको बताएका हुन्।  उनले माघ ९ गतेको विरोधसभामा मध्येसबाट ठूलो सहभागिता भएको बताउँदै आगामी कार्यक्रममा पनि मधेशबाट ठूलो संख्यामा उपस्थित हुनुपर्ने बताए। 'माघ ९ गतेको विरोधसभामा…

    विस्तृतमा पढ्नुस्

  • हाम्रो र्‍याली जनताको र्‍याली, ओलीको र्‍याली पञ्च र्‍याली : प्रचण्ड

    हाम्रो र्‍याली जनताको र्‍याली, ओलीको र्‍याली पञ्च र्‍याली : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भइसकेको बताए। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा आफ्ना कार्यक्रम जनताका कार्यक्रम भएको र ओलीको कार्यक्रम प्रतिगमनकारी कार्यक्रम भएको बताए। 'त्यो ठूलो भए पनि के सानो भए पनि के? जब त्यो प्रतिगमन नै भइसकेपछि ठूलो र सानोको के गर्थे?,' उनले अगाडि भने, 'प्रतिक्रान्तिकारी भइ नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell