काठमाडौं : फागुन ८ गतेदेखि ठप्प सिनेमाघरहरू शुक्रवारबाट खुले। सरकारको तर्फबाट फिल्म क्षेत्र खुलाउने अनुमति कुर्दाकुर्दा हैरान भएपछि हल संचालकहरु विद्रोहका साथ उत्रेका हुन्। नेपाल चलचित्र संघको नेतृत्वमा सरकारलाई सांकेतिक दवाव स्वरुप सिनेमाघर खुला गरिएको हो। प्रदर्शन प्रभावित नेपाली फिल्महरू 'आमा' र 'सेन्टिभाइरस' काठमाडौं भित्र र बाहिरका हलहरूमा देखाइयो। तर, नौ महिनापछि पुन: सुरु गरिएको 'फ्राइडे रिलिज'को ट्रेन्ड सहज भने…
काठमाडौं : राजधानीको नक्सालस्थित नक्साल तरकारी बजारमा किनमेलका लागि पुग्नेहरूले अब नगद बोक्नैपर्ने झन्झट हटेको छ। मोबाइल छ, बैंक खाता लिंक गरिएको छ भने डिजिटल भुक्तानी गरे हुने सुविधा शुरु भएको हो। तरकारी बजारमा पसलैपिच्छै क्यूआर कोड छन्। उक्त कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ। नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको शुक्रवार राष्ट्र…
काठमाडौं : गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत सार्वजनिक भएको छ। लोकपप गीत म्युजिक भिडियोसहित यट्युब रिलिज भएको हो। गीतको शब्द तथा संगीत रेशम पुनकै रहेको छ। त्यस्तै पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन्। श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्। कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेत फिचर्ड छन्। केशव…
काठमाडौं : वाग्मती प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको बैठक काठमाडौंमा बसेको छ। आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संसदीय दलको बैठक डाकेका थिए। बैठकले केपी ओली सरकारले चालेको संसद विघटनको विरोध गरेको छ। त्यसैगरी उक्त बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कस्तो कदम चाल्ने विषयमा समेत छलफल गरेको थियो। यसबारे उचित कदम…
काठमाडौँः मन्त्रिपरिषद् विस्तारसँगै मौजुदा मन्त्रीको जिम्मेवारी फेरिएको छ। शुक्रबार साँझ नयाँ आठ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघिका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई जिम्मेवारीबाट हटाइएको छ। टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, प्रेमबहादुर आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्रीको शपथ लिएका छन्।…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा पराजित दावा तामाङलाई मन्त्री बनाएका छन्। सिन्धुपाल्चोकका अधिकांश नेताहरु प्रचण्ड माधव लाइनमा लागेपछि क्षेत्र २ प्रदेश (ख) मा पराजित दावालाई मन्त्रीको चिट्ठा परेको हो। उनलाई गृहमन्त्री रामबहादुर थापा बादलको सिफारिसमा मन्त्री बनाइएको बताइएको छ। पूर्वमन्त्रीसमेत रहेका सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङलाई पाठ सिकाउन ओलीले यो कदम चालेको बताइएको छ। पूर्वमन्त्री तामाङ ओलीले बोलाएको संसदीय दलको…
वीरगंज : बारा प्रहरीले बाराको निजगढमा १ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ। निजगढ नगरपालिका वडा नम्बर १२ नाङ्गेडाडा क्षेत्रमा ऐलानी जग्गामा लगाइएको एक बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए। गत मंसिर १६ गते देखि बारामा गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको छ। सोही क्रममा शुक्रवार बिहान १० बजे इलाका प्रहरी…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाका नेताहरुले आफ्नै कारणले दु:ख पाएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले त्याग नगर्दा र प्रचण्ड र माधव नेपाल प्रक्रियाबाट अगाडि आउन नसक्दा अहिलेको अवस्था निम्तिएको उनको भनाई छ। गृहजिल्ला कञ्चनपुरमा रहेका नेता साउदले शुक्लाफाँटा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको परिस्थितिको दोषी सबै नेता र सिंगो कम्युनिस्ट पार्टी नै दोषी रहेको…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष माधव नेपाललाई चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन्। कोटेश्वरस्थित नेपालकै निवासमा यान्छीले भेट गरेको नेपालको सचिवालयले जानकारी दिएको छ। यान्छीले प्रचण्ड समूहले नेपाललाई अध्यक्ष बनाएपछि पहिलोपटक भेटेकी हुन्। यसअघि बिहीवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेकी थिइन्। विहान प्रचण्ड निवास खुमलटारमा यान्छीले एक घण्टा भेटवार्ता गरेकी थिइन्। त्यसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग…
काठमाडौं : सरकारले अनुमति नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले लबिम मलमा रहेको क्युएफएक्समा सिनेमा नचलाउन निर्देशन दिएको छ। ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, 'सरकारले अनुमति नदिएका क्षेत्र खुला गर्न मिल्दैन। सिनेमा हलमा भौतिक दुरी कायम राख्न नसकिने भएकाले बन्द गर्न हामीले निर्देशन दिएका हौं।' यता हल संचालकहरुले भने सबैखालका गतिविधिहरु निर्वाध चलिरहेको देखाउँदै सिनेमाघर खुला गरेका…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिस्ट नेतामा हुने चरित्र नभएको टिप्पणी गरेका छन्। आफ्नो समूहको बबरमहलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले ओली बदलाका भावले अघि बढेको बताए। उनले ८ औं महाधिवेशनमा पनि जित्नका लागि अनेक तिक्डम गरेको बताए। नवौं महाधिवेशनमा पनि ओलीले बदला लिन नपाएको र बरु पार्टी एकतापछि बदला लिन प्रयास गरेको…
काठमाडौं : कथालयले बालबालिकाका लागि गाइडो भान जेनेचनको ‘सेतो माछा’ श्रृङ्खलाका पाँच वटा पुस्तक प्रकाशनमा ल्याएको छ। श्रृङ्खलामा सानो सेतो माछाको सिकाई र वृद्धिविकासक कथाहरु समेटिएका छन्। पाँच भागका प्रत्येक कथामा सेतो माछाले नयाँनयाँ कुराहरु सिक्दै जान्छ। ‘सेतो माछा’ शीर्षकको पहिलो भागमा एक वर्षको सेतो माछा समुद्रमा हुर्किरहेको हुन्छ। यसमा माछा आमाको खोजीमा निस्कने कथा छ। सेतो माछाले गन्यो ११,…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले फुटाउने ओली नै भएको आरोप लगाएका छन्। आफ्नो समूहको बबरमहलमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले आफूले एमाले भित्रको गुटबन्दी मिलाउन खोजेको बरु ओलीले फुटाएको आरोप लगाए। 'म केपी र माधव जीलाई मिलाउन खोज्ने मान्छे हुँ। उहाँ माधवजी लाई माथि आउनैं दिन चाहनुहुन्थेन। म चाहीँ उहाँ पनि उतिकै बलियो हुनुहुन्छ भन्थेँ। त्यसैले म…
कोरोना भाइरस महामारी र यसको नियन्त्रणका लागि गरिएको लकडाउनपछि बन्द भएका फिल्म एवं टिभी कार्यक्रमहरू फेरि ब्यूतिँदै छन्। छायाँकनहरू पुन: सुरु भएको छ तर, सेट र सेटमा काम गर्नेहरूको भूमिका बद्लिएको छ। त्यसैले छायाँकनमा फर्किएका फिल्मकर्मी, प्राविधिक एवं अन्य कामदार कसैका लागि पनि अवस्था पहिले जस्तो छैन। विश्वभरका फिल्म उद्योगमा छायाँकन स्थलमा आवश्यक सुरक्षा नीति अपनाएर काम भइरहेको छ। तर, कोरोना भाइरस संक्रमणको…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऐन महरलाई कारवाही गर्न अनेरास्ववियूकै सहसंयोजक रञ्जित तामाङ समूहले सिफारिस गरेको छ। मूल पार्टी नेकपा नै वैधानिकताको लडाइँमा जुटिरहँदा ओली पक्षका महर र प्रचण्ड-माधव समूहका तामाङबीच पनि वैधानिकताको लडाइँ सुरु भएको हो। तामाङले आज एक विज्ञप्ति जारी गर्दै सत्ताको भजनकीर्तन गरेको, संगठनको छवि बिगारेको,…
काठमाडौं : संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइका क्रममा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले एमिकस क्युरी गठन गर्ने प्रस्ताव गरेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रधान न्यायाधीश राणाले सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनको प्रतिनिधित्व रहने गरी एमिसकस क्युरीको प्रस्ताव गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा…
बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन्। उच्च रक्तचापका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पताल पुर्याइएको हो। अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको छ। जसमा उनलाई रक्तचाप बाहेक अन्य समस्या नदेखिएको उल्लेख गरिएको छ। रजनीकान्त १० दिनयता फिल्म 'अन्नाथ्थे' छायाँकनका लागि हैदरावादमा थिए। छायाँकनमै संलग्न चार मानिसमा कोभिड-१९ संक्रमण देखिएपछि रजनीकान्तको पनि डिसेम्बर २२ मा परीक्षण गरिएको थियो। उनमा संक्रमण…
भारतीय सेनाका एक मेजरलाई भारत प्रशासित कश्मीरमा तीन युवाको हत्याको दोषी पाइएको छ। जुलाइ १८ मा दक्षिणी कश्मीरको शोपियाँ जिल्ला, अम्शीपुरा गाउँमा भएको मुठभेडमा परी तीन चरमपन्थीको मृत्यु भएको बताइएको थियो। घटनाबारे सामाजिक सञ्जालमा चर्चा भएको थियो। इन्डियन एक्सप्रेसका अनुसार मारिएका सबै जम्मूको राजौरी जिल्लाका थिए। उनीहरू अम्शीपुरा गाउँबाट हराएका थिए। जसका कारण सुरक्षाबलको कारवाहीको विषयलाई लिएर गम्भीर प्रश्न उठेका थिए।…
बेलायतबाट अमेरिका जाने सम्पूर्ण यात्रुको कोभिड-१९ परीक्षणलाई अनिवार्य बनाइएको छ। यात्राको ७२ घण्टा भित्र गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाइएको छ। बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि उक्त नियम लागू गरिएको बीबीसीमा जनाइएको छ। डिसेम्बर २८ देखि यात्रुले ल्याब परीक्षणको रिपोर्ट पेश गर्न पर्नेछ। कोरोनाको नयाँ लहरसँगै अन्य देशका सीमा बेलायतका लागि बन्द गरिएको छ। बेलायतमा पनि कडाईका साथ प्रतिबन्ध…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। यसका लागि प्रधानमन्त्रीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइँले मन्त्रिपरिषद् पुनर्गठन हुनलागेको जानकारी दिए। 'मन्त्रिपरिषद् पुनर्गठन हुन्छ। त्यसको तयारी भइरहेको छ,' उनले भने। ओलीले शुक्रवार नै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन्। बिहीवार ओली समूहको केन्द्रीय कमिटी बैठक सकिएलगतै उक्त समूहका प्रवक्ता तथा…