काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा संयुक्त राज्य (बेलायत)लगायतका देशबाट फर्किएका २२७ जनाको नमुना संकलन गरी आरटी-पीसीआर पद्धतीबाट कोभिड-१९ को परीक्षण गर्ने भएको छ। यसरी परीक्षणका क्रममा संक्रमण पुष्टि हुनेहरुको जिन सिक्वेन्सिङ गरी भाइरसको नयाँ स्ट्रेनको अध्ययन गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्स कमाण्ड सिस्टम आइसीएसले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।…
प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले प्रदेश दुईलाई पराजित गरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ८ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश दुईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको थियो। जसका लागि सोभा आलेले सर्वाधिक १३ रन बनाउँदा अनुराधा चौधरीले १८ रन बनाइन्। त्यसबाहेकका अन्य…
मोरङ : सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८२८ जनाको नमुना परीक्षण गर्दा ४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ५८ हजार १८१ पुगेको छ। पछिललो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये २०८…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता विरोध खतिवडाले केपी ओलीको धुन्धुकारी र भष्मासुर प्रवृत्तिले अहिलेको संकट आएको आरोप लगाएका छन्। प्रचण्ड-नेपाल पक्षको जिल्ला कार्यकर्ता भेलालाई आइतवार मकवानपुरको हेटौडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ओलीको राष्ट्रवादको घुम्टो उत्रिसक्यो कार्याकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले ओलीको राष्ट्रवादको घुम्टो उत्रिसकेको दाबी गरे। उनले भने, 'र का प्रमुखलाई भेटेर राष्ट्रवाद उत्रिसकेको छ। भाजपा नेतालाई…
ठूलो बजेट, मल्टिस्टार, करिश्मा मानन्धर पुत्री र शिव श्रेष्ठ पुत्रको डेब्युले चर्चा कमाएको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को आइटम गीत सार्वजनिक गरिएको छ। झन्डै बर्ष दिन अगाडि 'नेपाली फिल्मको व्यापार ओरालो लागिरहेको देखेर फिल्म रिलिजको जोखिम लिन नसकेको' बताउने निर्माताले कोभिड १९ का कारण नेपाली फिल्म उद्योग इतिहासकै दयनीय भएका बेला फिल्म रिलिजको तयारी गरेका छन्। यसै बर्ष जाडोमा फिल्म…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टी २० टिम अफ दी डिकेड (दशकको उत्कृष्ट टी२० टिम) सार्वजनिक गरेको छ। आईसीसीले बनाएको टिममा भारतीय खेलाडीहरुको बर्चस्व रहेको छ। यस्तो छ आईसीसीले सार्वजनिक गरेको दशकको उत्कृष्ट टिम रोहित शर्मा, क्रिस गेल, आरोन फिन्स, विराट कोहली, एबि डिभिलियर्स, ग्लेन म्याक्सवेल, महेन्द्रसिंह धोनी(विकेटकिपर कप्तान), किइरोन पोलार्ड, राशिद खान, जसप्रित बुमराह, लाथिस मालिंगा त्यस्तै आईसीसीले महिलातर्फ पनि दशकको…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ओडीआई टिम अफ दी डिकेड (दशकको उत्कृष्ट एकदिवसीय टिम) सार्वजनिक गरेको छ। आईसीसीले बनाएको टिममा भारतीय ब्याट्सम्यान रोहित शर्मादेखि श्रीलंकन बलर लाथिस मालिङ्गासम्मका खेलाडीहरु परेका छन्। यस्तो छ आईसीसीले जारी गरेको 'ओडिआई टिम अफ दी डिकेड' रोहित शर्मा, डेभिड वार्नर, विराट कोहली, एबी डिभिलियर्स, शकिब अल हसन, महेन्द्रसिंह धोनी (कप्तान विकेटकिपर), बेन स्टोक्स, मिचेल स्टार्क, ट्रेन्ट…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानमा प्रतिगमन गरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महतोले ओलीले पहिलोपटक प्रतिगमन नगरेको उल्लेख गरे। ‘संविधान बनाउँदापनि प्रतिगमन भएको थियो। गोली हानेर संविधान बनाएको हो। नश्लबादीले गर्ने नै प्रतिगमन नै हो,’ उनले भने, ‘तिम्रो प्रतिगमन कति समय टिक्ने हो? टिक्नेवाला छैन।…
काठमाडौं : राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक भएको छ। संग्रहमा २१ वटा छोटा कथाहरु छन्। शीर्षकथा 'लावण्य देश'मा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमणमा निस्किएका हुन्छन्। तर त्यहाँका बासिन्दाहरु लोभ, लालच र स्वार्थ केन्द्रित भइसकेका हुन्छन्। उनी आफैले बनाएको नियमको विपरीत उभिएर ती मानिसमा सद्बुद्धी भरिदिन चाहन्छन्। त्यसैको वरपर कथा घुमेको छ। लेखकले उल्लेख गरेको लावण्य देशले…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता अशोक राईले संविधानमा खड्ग प्रहार भएको बताएका छन्। काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राईले खड्गप्रसादले खड्ग प्रहार गरेको आरोप लगाए। ‘यो संविधान पूर्ण थिएन। पूर्ण बनाउन जरुरी थियो। बिभेदकारी थियो। संसद बोलाउँदा प्रमको कुर्सी असुरक्षित थयो। पद जोगाउन संसदमा खड्ग प्रहार गरिएको छ। संसद बिघटन भएको छैन। आन्दोलन गर्नुपर्ने आवश्यकता छ,’…
काठमाडौं : कोभिड-१९ संक्रमण जोखिमका कारण प्रभावित नेफ्टा अवार्ड यसै वर्ष हुने भएको छ। गत वर्ष अवार्डको १० औं संस्करण कोरोना भाइरसकै कारण स्थगित भएको थियो। नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आउँदो फागुन अन्तिम साता अवार्ड समारोह हुने भएको छ। विभिन्न विधामा दिइने अवार्डको उत्कृष्ट पाँच मनोनयन आउँदो माघ १० गते सार्वजनिक गरिने संयोजक सुष्मा पौडेलले बताएकी छिन्। जनजीवन सामान्य…
काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन्। आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्। उनले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानु पर्ने बताए। उनले भने ‘एमसीसीमा कतिपय सम्झौता गर्दाखेरी देशको स्वाभिमानलाई कमजोर…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको कडा विरोध गरेका छन्। संविधानमै कही नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको भन्दै भट्टराईले संविधानमा शासकीय व्यवस्थामा गल्ती भएको उल्लेख गरे। ‘बेलायतमा पानी पर्यो भने यहाँ छाता ओढेर हुँदैन। त्यहाँको संसद बिघटन यहाँ गरेर हुँदैन। त्यो पुँजीवादको उच्चतम प्रयोग हो। संविधानमा कहि…
काठमाडौं : प्रतिनिधिसभा विघटन भएदेखि देशको राजनितिक गरम छ। दिनहुँ सडकमा प्रर्दशन पनि। त्यसमाथि छिमेकी राष्ट्रको चासो कम छैन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ। त्यही अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आएका छन्। पार्टी एकताअघि पनि उनी आएकाले धेरैको ध्यान उनीहरुतिर हुनु स्वभाविक रह्यो। गुओको काठमाडौं बसाइलाई सुरक्षित बनाउन नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको थियो। प्रहरी प्रधान…
काठमाडौं: कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच झडप भएको छ। साविकको एमाले रहेको पार्टी कार्यालयमा प्रचण्ड र नेपाल समूहले विस्तारित बैठक बोलाएपछि ओली समूहले अवरोध गरेको थियो। ओली समूहले पार्टी कार्यालय प्रयोग हुन नदिन मुख्य गेट र कार्यालयमा तालासमेत लगाएका थिए। प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता मुख्य गेटको ताल तोडेर भित्र प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भएको घटनास्थलमा रहेका…
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आइपुगेका छन्। आइतवार मध्यान्ह त्रिभुवान विमानस्थलमा अवतरण गरेका गुओले नेपालमा उच्च राजनीतिक भेट गर्ने बताइएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भए पनि चीनले राजनीतिक रुमा चासो व्यक्त गरेको छ। सोही अनुरुप चिनियाँ राजदूत होउ यान्छीको सक्रियतासमेत बढेको छ। नेकपाको विभाजन रोक्नका लागि यसअघि चिनियाँ राजदूतले सक्रियता…
बेलायतकी महारानी एलिजाबेथले दिएको क्रिष्टमस सन्देश सो दिनको सर्वाधिक हेरिएको कार्यक्रम बनेको छ। महारानीले कोभिड-१९ केन्द्रित आशाको सन्देश दिएकी थिइन्। सम्बोधनमा ९४ वर्षीया महारानीले आफूले कुनै पारिवारिक जमघट बिना पर्व मनाएको बताएकी थिइन्। भनेकी थिइन्,'परिवार वा साथीभाइबाट टाढा रहेका सबैलाई भन्न चाहन्छु – तपाईं एक्लो हुनुहुन्न।' कोरोनाका कारण यस वर्ष क्रिष्टमस प्रभावित भएपनि 'हरेक अध्यारोपछि उज्यालो आउँछ' भन्दै आशावादी सुनिएकी…
काठमाडौं : शनिवार बिहान करिब ८ बजेतिर भक्तपुरको चाँगुनारायण नगरपालिका ५ थालिङमा एक जना ३५ वर्षीय महिला आफ्नै कोठामा मृत अवस्थामा फेला परिन्। घाटीमा डोरीको पासो लगाएर झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। शंकास्पद बनेको उनको मृत्युले प्रश्न उब्जाएको छ - हत्या हो या आत्महत्या? मृत्युको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी अनुसन्धानमै छ। त्यसैले अहिले नै हत्या वा आत्महत्या के…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गतको आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि ९ विकेटको सहज जित निकालेको छ। मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा लुम्बिनी प्रदेशले ९ विकेटको सहज जित निकालेको हो। दाङको लमही रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन जोडेको थियो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८…