काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन्। दाङको लमहीमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा सुदुरपश्चिम र गण्डकी बिहान ९ बजे र दोस्रो खेलमा बागमती र प्रदेश १ भिड्ने दिउँसो १ बजे भिड्ने छन्। यी चारवटै टोलीहरु प्रतियोगिताको समूह 'बी' मा छन्। समूह ए बाट यसअघि नै विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगितामा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली एस्टोन भिल्लासँग १-१ को बराबरीमा रोकिएको हो। खेलमा चेल्सीले अग्रता बनाएको थियो। ओलिभर जिरुको गोलमा खेलको ३४ औं मिनेटमा घरेलु टोली अग्रता बनायो। पहिलो हाफमा चेल्सी एक गोलले अगाडि रह्यो। दोस्रो हाफमा भने एस्टोन भिल्लाका लागि अनवर अल…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेताहरुलाई प्रयोग नगरेको तर उनीहरुले आफूलाई प्रयोग गरेको दावी गरेका छन्। प्रचण्डले नेताहरुको प्रयोग गर्ने र फाल्ने गरेको गुनासो रहेको प्रश्नमा प्रचण्डले आक्रोशित हुँदै त्यो सबै झुटो भएको बताएका हुन्। कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले प्रधानमन्त्री मनखुसी रुपमा संसद् विघटन गरेको समेत बताए। मोहन बैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा,…
काठमाडौंः नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग उपमन्त्री कुओ येचाओसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल आएको हो। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधिमण्डलले भेट गरेको थियो। सोमबार पनि भेटको क्रम जारी छ। यसैबीच टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग टोलीले भेट गरेको छ। भट्टराई निवास…
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले चालेको कदमविरुद्ध देशभरका १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले प्रदर्शन गरेको हो। सोही क्रममा भक्तपुरमा पनि काँग्रेसका नेता तथा कार्यकर्ताहरु सडकमा ओर्लिएर शक्ति प्रदर्शन गरेका छन्। भक्तपुरको क्षेत्र नम्बर २ स्थित शंखधर चोकमा काँग्रेस सभापति शेरबहादुर देउवा सम्बोधन गर्न पुगेका थिए।…
वीरगंजः बार एशोसिएशन पर्सा इकाइको अध्यक्षमा ओमप्रकाश गुप्ताल निर्विरोध भएका छन्। अर्का प्रत्यासी कमलमोहन पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि गुप्ता निर्विरोध अध्यक्ष चयन भएको प्रमुख निर्वाचन अधिकृत जितेन्द्रप्रसाद कुर्मीले जानकारी दिए। अध्यक्षमा सहमति भए पनि उपाध्यक्षसहितका केही पदमा भने निर्वाचन हुने भएको छ। पुस १८ गते निर्वाचन हुँदैछ। उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि चुनाव हुने प्रमुख निर्वाचन अधिकृत कुर्मीले बताए।…
काठमाडौंः मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कामचलाउ भइसकेको सरकारमा सदस्य थप गर्नु गैरकानुनी रहेको भन्दै अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका हुन्। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री सांसद नरहेको र सरकार कामचलाउ भइसकेको अवस्थामा सदस्य थप गर्नु बदनीयत भएको रिटमा उल्लेख छ। कामचलाउ सरकारले संविधानको कुनै पनि व्यवस्थामा नटेकी…
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि ९ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सिफारिस गरेको छ। पुस १३ गते बसेको बढ़वा समितिको बैठकको निर्णय अनुसार डीआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो। प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) को प्रावधान अनुसार सिफारिस गरिएको बताइएको छ। यस्तो छ नामावली :
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिस्ट सरकारले सुरुदेखि नै संविधान मिच्दै आएको आरोप लगाएका छन्। संविधानका धारा च्यातेर नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएको स्मरण गर्दै थापाले अहिले संसद विघटन गरेर प्रधानमन्त्री केपीले संविधानको उपहास नै गरेको आरोप लगाए। नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले नारायणकाजीलाई किन हेपे? चुनाव हारेको नारायणकाजीलाई संविधानको धारामा…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले निर्वाचनको तयारीमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। कञ्चनपुरको झलारीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता साउदले नेकपाको दुइटै समूह निर्वाचनको तयारीमा लागिसकेको भन्दै कांग्रेस अल्मलिन नहुने उल्लेख गरे। ‘संसद विघटन र मध्यावधि निर्वाचनको निरुपण न्यायालयले गर्ला। नेपाली कांग्रेस संविधानमा विश्वास गर्छ। सर्वोच्च अदालतमा विश्वास गर्छ। अदालतले जे निर्णय दिन्छ त्यसैअनुसार अगाडि…
काठमाडौं : प्रहरीको उलन कपडाको पाइन्ट खरीदमा ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिक संचालक पर्सा वीरगंज उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का र कम्पनीका प्रतिनिधि चितवन माडी नगरपालिका वडा नम्बर ८ घर भएका ४६ वर्षीय नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालय नक्सालले आर्थिक वर्ष २०७३/७४मा प्रहरीलाई…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्। नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीले गरेको संसद विघटनबारे कुतर्क गरेको आरोप लगाए। उनले मुख्यमन्त्री शंकर पोखरेललाई संविधान पढ्न सुझाव समेत दिए। ‘संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न पाइँदैन। एउटा अवस्थामा मात्र मिल्छ। यो संसदले प्रधानमन्त्री बनाउनै सकेन भने मात्र विघटन…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपीएफले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनीमाथि ६१ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। जसमा सर्वाधिक ४९ रन बनाएकी ज्योती पाण्डे अर्धशतक बनाउन एक रनले चुकिन्। त्यस्तै…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान मन्त्रिपरिषद् भ्रष्टाचारजन्य गतिविधिमा संलग्न मान्छेले भरिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिमण्डललाई उनले भ्रष्टाचारका काण्डहरुका नाइकेको घर भन्दै आलोचना गरे। नवनियुक्त वनमन्त्री प्रेम आलेमगर र बालुवाटार जग्गा प्रकरणमा मुछिएका अर्थमन्त्री विष्णु पौडेलतर्फ संकेत गर्दै थापाले भने, ‘जसले वन खान्छ त्यो वन मन्त्री। जसले सबैभन्दा बढी जग्गा लुकाउँछ त्यो देशको…
काठमाडौं : नेपालमा थप ६५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म दुई लाख ५८ हजार ८४० जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ८३२ पुगेको छ। त्यस्तै थप ७१८ जना संक्रमित संक्रमण मुक्त भएका…
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको रिट सर्वोच्चमा विचराधीन रहेकाले यसको विरोधमा नबोल्न निर्देशन दिएका छन्। आज भक्तपुरको क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले यस्तो विषयमा नबोल्ने चलन पहिलेदेखि नै रहेको बताएका हुन्। 'अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन। न यता न उता। अदालतमा धम्की दिने हाम्रो बानी छैन। यो पहिलेदेखिकै चलन हो,'…
काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अफगानिस्तान जस्तै बनाउनबाट अब सर्वोच्च अदालतले मात्र बचाउन सक्ने दावी गरेका छन्। सोमवार तनहुँमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देश विघटन हुनबाट अदालतलेमात्र बचाउन सक्ने बताएका हुन्। 'मलाई अझै पनि सर्वोच्चव अदातलका न्यामूर्तिहरुमा विश्वास छ। देशलाई विघटन र अफगानिस्तान जस्तो बनाउनबाट रोक्न अदालतका न्यायमूर्तिहरुले मात्र सक्नुहुन्छ। उहाँहरुले यो संविधान राम्रोसँग पढ्नुहोला। यसको मर्म र विविधतालाई बुझेर…
काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले चुनाव काँग्रेसका लागि अवसर भएको अभिव्यक्ति दिएका छन्। सोमवार नेपाली कांग्रेस नवलपुर क्षेत्र न १ ले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै उनले विकास र परिवर्तनका लागि अब काँग्रेस रोज्नुपर्ने दिन आएको बताए। 'चुनावको पनि एउटा अभ्यास हो। विरोधसभाका लागि अवसर पाउँछ कि पाउँदैन। चुनावका मेरा लागि अवसर हो। आउँदो चुनावमा ओलीसाबले १७…
विराटनगर : नेपाली काङ्ग्रेसले विराटनगरमा विरोध सभा गर्दै पुस ५ गतेलाई सधैँ कालो दिनका नाममा मनाउन आग्रह गरेको छ। नेपाली काङ्ग्रेसका दुई केन्द्रीय नेता डाक्टर शेखर कोइराला र डाक्टर डिला सङ्ग्रौलाले पुस ५ गतेलाई सधैँ कालो दिनका मनाउन आह्वान गरेका हुन्। ‘यो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई घाइते बनाएको दिन हो,’ डाक्टर शेखरले भने,…
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाल शक्ति राष्ट्रको चलखेलको अखडा बनेको बताएका छन्। ५ नम्बर निर्वाचन क्षेत्रमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका महतले कम्युनिस्ट सरकारले नेपालको राष्ट्रलाई छियाछिया पारेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता होइन विदेशी शक्तिलाई आफ्नो शक्ति ठानेको भन्दै महतले उनकै कारण विदेशीको चलखेल र प्रतिस्पर्धा बढेको बताए। ‘नेपाल शक्ति राष्ट्रको चलखेलको…