काठमाडौं : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसका कार्यकर्तालाई निर्वाचनका लागि तयार रहन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै जनता जागरुक हुन आवश्यक रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्। 'अब आउने निर्वाचनका लागि चाहे त्यो संसद पुनर्स्थापना भएको हकमा होस् या दुई वर्षमा आउने निर्वाचन होस् या नभएको अवस्थामा,…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा सरकार गठन हुने विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्। तर, अहिले ओलीले स्थायित्वका लागि परिकल्पना गरेको विषय लत्याउँदै संविधानको विरुद्ध हुनेगरी प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए। 'तीन करोड नेपालीको सार्वभौमिकतामाथि केपी ओलीले जो प्रहार गरेको छ त्यस विरुद्ध लाग्नुपर्छ,' जनसांस्कृतिक महासंघ नेपालको भेलामा बोल्दै उनले…
काठमाडौं: नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। मन्त्री रायमाझी भेट्न राजदूत क्वात्रा सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए। भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्री रायमाझी बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए। साथै रायमाझीको कार्यकालमा संयुक्त परियोजनाहरु कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे। साथै द्विपक्षीय उर्जा सहयोगबारे छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत जानकारी दिएका छन्।…
काठमाडौंः पछिल्लो समयमा काठमाडौं उपत्यकाभित्र विभिन्न तरिकाले मानिसलाई ठगी गर्ने गिरोह सक्रिय भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौले यस्तै ठगी गर्ने एक समुहलाई पक्राउ गरेको छ। यो समुहले ट्राभलको संचालन भन्दै रकम नभएको बैंक एकाउन्टको चेक दिएर नयाँ मोटरसाइकल खरिद गरि सेकेन्डहेन्डमा बिक्री गर्ने गरेको खुलेको हो। ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका बस्ने ३० वर्षीय जोनी महर्जन, नुवाकोट बिदुर …
काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ। नेकपाका अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका नेता नेपालसँग चिनियाँ टोलीले भेट गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। उनले चिनियाँ टोलीको सद्भावना भ्रमण रहेको र सद्भावना भेट भएको बताए। भेटमा के भयो भन्ने…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश दुईले कर्णालीमाथि फराकिलो जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश दुईले कर्णालीमाथि १४३ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। जसका लागि अनुराधा चौधरीले सर्वाधिक अभिजित ६९ रन जोड्दा शोभा आलेले २३ तथा…
बलिउड अभिनेत्री आलिया भट् अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’ कानूनी विवादमा तानिएको छ। फिल्म निर्देशक सञ्जय लीला भंशाली, अभिनेत्री आलिया भट् र लेखक हुसेन जैदीविरुद्ध मुद्दा दर्ता हुने भएको हो। कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठियावालीको रियल लाइफ 'हिरोइजम'लाई रिलमा उतार्दै छन् निर्देशक भंशाली। उनको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत हुँदैछ। जैदीको उपन्यास…
काठमाडौं : कैलालीको धनगढीमा गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको र प्रहरी जवान राम बहादुर साउदको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको विषेश टोलीले धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर रान भनिने अमर रानालाई पक्राउ गरेको हो। सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै अभियुक्त रानालाई सार्वजनिक गरेको छ। रानालाई आइतवार साँझ नियन्त्रणमा…
काठमाडौं : आइतवार नेपाल आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोली सोमवार बिहानै खुमलटार पुगेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गर्नका लागि टोली खुमलटार पुगेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टीमा दुई समानान्तर कमिटी सञ्चालन हुन थालेका छन्- बालुवाटार र खुमलटारबाट। आइतवार…
काठमाडौं : निर्मल पनेरुको नयाँ गीत ‘जिउँदै छु’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गायक प्रहरी निरीक्षक हुन्। सार्वजनिक गीतमा चिन्तामणी शिवाकोटीको शब्द रहेको छ भने हरि लम्सालले संगीत दिएका छन्। १२ नोटले निर्माण गरेको गीतले प्रस्तुत गरेको गीति भिडियोमा रङ्गकर्मी मिलन कार्की र सुशिला थापा फिचर्ड छन्। बुद्ध थापाले खिचेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन्।…
बलिउडको सर्वाधिक व्यस्त, धनी र महङ्गा कलाकार हुन् अक्षय कुमार। सन् २०२० मा विश्वभरका सर्वाधिक धेरै कमाउने कलाकारको सूचीमा अटाउने उनी एकमात्र बलिउड कलाकार हुन्। महामारीको समयमा प्रभावितहरूलाई सहयोग गरेर उदारता दर्शाएका यी कलाकार अझै महङ्गो भएको खबर बलिउड हंगामाले जनाएको छ। उनले आफ्नो अभिनय शूल्क बढाएका हुन्। एउटा फिल्मबाट ९९ करोड लिँदै आएका उनले लकडाउन अवधिमै शूल्क बढाएर एक…
काठमाडौंः प्रहरीले जग्गा व्यापारी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २ करोड रुपैयाँको चेक अनादर केसमा नियन्त्रणमा लिएको परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए। गत मंसीर १ गते दर्ता भएको मुद्धामा निर्देशक कक्षपतीलाई काठमाडौं जिल्ला अदालतले २ करोड रुपैयाँ विगो सहित ३ महिना कैद र ३ हजार रुपैयषाँ जरिवाना ठहर गरेको थियो। काठमाडौं महानगरपालिका वडा नम्वर ३४…
कोभिड-१९ संक्रमितको संख्यासँगै बेलायतका अस्पताल भर्ना हुनेहरूको चाप बढ्दो छ। दक्षिण बेलायतका अस्पतालहरूले ‘तनाव’ बढेको बताएका छन्। त्यहाँका आकष्मिक स्वास्थ्य सेवा प्रदायकहरूलाई दैनिक ८ हजारभन्दा बढी फोन आएको बीबीसीमा जनाइएको छ। त्यस्तै डिसेम्बर २६ का दिन एम्बुलेन्स सेवा सर्वाधिक व्यस्त रहेको छ। लण्डन एम्बुलेन्स सर्भिसका अनुसार एकै दिनमा ७ हजार ९ सय १८ फोन आएको हो। गत वर्ष सोही दिन…
साउदी अरबमा चार नयाँ तेल एवं ग्यास क्षेत्र पहिचान भएका छन्। आइतवार त्यहाँको उर्जा मन्त्री राजकुमार अब्दुल अजीज बिन-सलमानले उक्त खबर घोषणा गरेका हुन्। सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार उत्तर-पश्चिम धाहरनको अल-रीश तेल क्षेत्रमा गैर-पारम्परिक तेलको खोज भएको हो। पूर्वी प्रान्तमा रहेको शहर देशको तेल उद्योगको एक प्रमुख प्रशासनिक केन्द्र हो। अल-रीशको दुई नम्बरको स्रोतबाट हरेक…
दक्षिण अफ्रिकामा कोभिड-१९ संक्रमितको संख्या १० लाख नाघेको छ। बीबीसीका अनुसार उक्त तथ्याङ्क त्यहाँ नयाँ स्वरुपको भाइरस पुष्टि भए लगत्तै सार्वजनिक गरिएको हो। जुन भाइरस अझै चाँडो फैलने देखिएको छ। त्यहाँका केही अस्पताल र स्वास्थ्य केन्द्रहरूमा अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेको छ। अस्पतालहरूमा उपचार सामाग्रीको अभाव देखिएको छ। सँगै राष्ट्रपति साइरिल रमाफोसाले कडा प्रतिबन्ध घोषणा गर्ने अनुमान छ। दक्षिण…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल वेस्टब्रुमसँग बराबरीमा रोकिएको छ। एनफिल्डमा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले घरेलु मैदानमा अंक बाँडेको हो। खेलको १२ औं मिनेटमा साडियो मानको गोलमा अग्रता लिएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। तर दोस्रो हाफको अन्तिम समयमा वेस्टब्रुमका सेमी अजायीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८२ औं मिनेटमा गोल…
काठमाडौंः नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको छ। पुस ५ गते हठात भएको प्रतिनिधिसभा विघटनपछि आन्तरिक राजनीतिक तरंगित छ। कानुनी रुपमा बाहेक पार्टी विभाजन भइसकेको अवस्थामा उत्तरी छिमेकबाट राजनीतिक भ्रमण भएको हो। आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो। आइतबार दिउँसो नेपाल आएको प्रतिनिधिमण्डलको भेटघाटको तालिकालाई गोप्य राखिएको…
काठमाडौंः संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच झडप भएको छ। चैनतपुर नगरपालिका ४ मैदानेमा विप्लवका कार्यकर्ता तथा नेतालाई पक्राउ गर्न पुगेको टोलीमाथि समूहले आक्रमण गरेपछि जवाफी फायरिङ भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय युवराज राईको घरमा विप्लवका कार्यकर्ता तथा नेता रहेको विषेश सूचना पाएपछि दिउँसो सवा ३ बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मैदाने पुगेको थियो। राई विप्लव समूहका जिल्ला इञ्चार्ज भएको…
काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतवार नेपाल आइपुगेका हुन्। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्। चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पूरा गरेपछि मात्रै जान दिइने…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। संविधानको धारा ९३ को उपधार (१) बमोजिम पुस १७ गते शुक्रवार अपराह्न ४ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन्। प्रधानमन्त्रीले प्रतिनिधिसभा भने विघटन गरिसकेका छन्।