साउदी अरबका राजकुमार मोहम्मद बिन-सलामले कोरोना भाइरसविरुद्धको खोप लगाए। उनले खोप लगाएको फोटो तथा भिडियो सार्वजनिक भएपछि केही घण्टामै भ्याक्सिन लगाउन नाम दर्ता गर्नेहरूको संख्या बढेको छ। त्यहाँका स्वास्थ्य मन्त्री डाक्टर तौफिक अल-रबीआका अनुसार नाम लेखाउनेको संख्या पाँच गुना बढेको हो। साउदी अरबमा विहिवारदेखि हालसम्म ५ लाख मानिसले खोपका लागि नाम दर्ता गराएका थिए। उनले सामाजिक संजालमार्फत राष्ट्रिय खोप अभियान…
बेलायतमा देखिएको फरक किसिमको कोरोना भाइरस युरोपका विभिन्न देशसहित जापान र क्यानडामा पनि देखिएको छ। स्विट्जरल्यान्ड, स्विडेन, फ्रान्स, स्पेनलगायत देशमा बेलायतबाट फर्किएकाहरूमा फरक किसिमको संक्रमण पुष्टि भएको हो। क्यानडाको ओन्टारियोमा एक दम्पतिमा नयाँ स्वरूपको भाइरस देखिएको हो। उनीहरूले संक्रमण देखिनु अघि कतै यात्रा भने गरेका थिएनन्। जापानमा भने एक पाइलटमा संक्रमण देखियो जो बेलायतबाट फर्किएका थिए। बीबीसीका अनुसार नयाँ स्वरूपको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा सातवटा जितविहीन खेलको यात्रा तोड्दै आर्सनलले चेल्सीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ३४ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेटको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ग्रेनित साकाको ४४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै आर्सनल २ गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा बुकायो साकाले…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटीले न्यु क्यासलमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको १४ औं मिनेटमा रहिम स्ट्रलिङको पासमा इल्के गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा फेरान टोरेसले सिटीका लागि गोल थपे। उनले खेलको ५५…
काठमाडौंः झापाको गौरादह नगरपालिकामा बम फेला परेको छ। आज दिउँसो ३ बजेतिर गौरादह नगरपालिका वडा नम्वर ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा बम फेला परेको हो। गाईबस्तु चराउन गएकी १५ वर्षीय बालिकाले डल्लो जस्तो बस्तु देखेपछि नजिकै रहेको अर्की महिलालााई खवर गरेकी थिइन्। त्यसपछि उनीहरुले प्लाष्टिकमा बोको पारेको बस्तु निकालेर हेर्दा बम भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। अस्थाई…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी बराबरीमा रोकिएका छन्। किंग पावर स्टेडियममा भएको खेलमा घरेलु टोली लेस्टर सिटी युनाइटेडसँग बराबरीमा रोकिएको हो। रोमाञ्चक खेलको २४ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ३१ औं मिनेटमा घरेलु टोलीका लागि हार्बे बार्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो…
काठमाडौं: दाङको लमहीमा आजबाट सुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेटमा आज लुम्बिनी र शसस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छन्। उद्घाटन खेलमा विजयी सुरुवात गरेको लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गर्यो। खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्त लक्ष्यलाई १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक २३…
काठमाडौं : हातमा नेपालको झन्डा मुखमा मास्क। त्यसपछि छमछमी नाच। कमल थापा दरबारमार्गमा रहेको महेन्द्रको सालिक नजिकै यस्तै स्वरुपमा थिए। हिन्दु राष्ट्रको माग गर्दै आज र्याली निकालेको हो राष्ट्रिय प्रजातन्त्र पार्टीले। र्याली दरबारमार्गमा आएर टुङ्गियो। केही समय नारायणहिटीदेखि तीनधारा पाठशालासम्म राप्रपाका नेता कार्यकर्ताका गाडी र मोटरसाइकलले भरिए। त्यही र्याली समाप्त पार्दा कमल थापा छमछमी नाचेका थिए। देशव्यापी रुपमा हिन्दु राष्ट्र…
काठमाडौं : आँगनमा शरीर डङ्ग्रङ्ग लडेको थियो। शरीर र लगाएको लुगामा समेतमा रगत लतपत। टाउकोमा चोट। त्यहीँबाट बगेको रगतले छपक्कै भएको अनुहार। घटना पुस ३ गते बिहान साढे ७ बजेको हो। ४५ वर्षीय पुलिस भन्ने पर्शुराम गौतम झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित उनकै घरमा उनी यसरी नै मृत अवस्थामा भेटिए। विभत्स हालतमा उनलाई देखेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरिहाले। तत्कालै इलाका प्रहरी…
विक्रम एक पुलिस अफिसर हुन्। वेदा एक ग्याङ्गस्टर। जसको आगमनपछि विक्रमको करियरको रफ्तार एउटै रहँदैन। पक्राउ गर्ने योजना बन्दाबन्दै वेदा स्वंयले आत्मसमर्पण गर्छ। उसले विक्रमलाई तीन फरक कथाहरू सुनाउँछ। ती कथाले विक्रमको सोच बदलिदिन्छ। सही र गलतलाई हेर्ने दृष्टिकोण फेरिन्छ। यही कथा सारहसहितको तामिल फिल्म 'विक्रम वेदा' हिन्दी भाषामा फेरि बन्दैछ। सन् २०१७ मा बक्सअफिस अनि समीक्षात्मक हिसाबमा सफल ठहरिएको…
काठमाडौंः एक महिनाअघि कारागारबाट भागेका थुनुवा फेरी पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले शनिवार बेलुका चितवन कालिका नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। जवरजस्ती करणी उद्योगमा श्रेष्ठलाई अदालत गत साउन २० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो। भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको कारागार कार्यालयबाट उनी मंसीर ११ गते बेलुकाको समयमा…
काठमाडौंः प्रहरीले भारतीय नक्कली नोट सहित दुई जना भारतीय नागरिकलाई मोरङमा पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतको बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र भारतको तिरा बस्ने १८ वर्षीय शिवरन्जन सिंहलाई नियन्त्रणमा लिएको हो। शुक्रवार राति मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ दर्बैसामा भारत बाट नेपाल तर्फ आइरहेको बीआर ३८ एन ०२५१ नम्वरको मोटसाइकलमा सवार रहेका…
काठमाडौंः आज ललितपुरका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण लगनखेल वितरणकेन्द्र अन्तर्गत पर्ने इमाडोल र पाटन क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। वितरण लाइन मर्मत तथा सुधार गर्नको लागि इमाडोल ३ फिडर दिउसो १ बजे देखि ३ बजे सम्म र लोकल पाटन फिडर दिउसो २ बजे देखि ३ बजे सम्म सटडाउनमा राखि काम…
चितवनः इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट शुक्रवार उनीहरुलाई पक्राउ गरिएको हो। जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको…
कुली पात्र राज धनी बुवाकी छोरी सारासँग प्रेममा पर्छ। अरबपतिसँग छोरीको विवाह गराउने योजनामा हुन्छन् साराका बुवा। त्यो कुरा थाहा पाएपछि कुली धनी बनेर प्रस्तुत हुन्छ। त्यसपछि के हुन्छ? भन्ने विषय वरपर घुमेको छ बलिउड रिमेक ‘कुली नम्बर १’। फिल्मलाई आइएमडिबीमा दशमा १.४ मिलेको छ। दश हजार ६८ जना दर्शकले जनाएको प्रतिक्रियाका आधारमा उक्त अङ्क तय भएको हो। अमेजन प्राइममार्फत्…
भारतमा आम मानिसलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन ‘ड्राइ रन’ अर्थात् पूर्वाभ्यास हुने भएको छ। यसलाई भारतीय इतिहासकै महत्वाकांक्षी पूर्व अभ्यास हुने इन्डियन एक्सप्रेसले जनाएको छ। डिसेम्बर २८ र २९ मा आन्ध्र प्रदेश, गुजरात, पञ्जाब र असममा खोप अभियानको पूर्व अभ्यास हुनेछ। चार प्रमुख चरणमा गरिने अभ्यास केन्द्र सरकारको निगरानीमा हुँदैछ। पहिलो चरणमा अभ्यास गरिने सबै जिल्लामा करिव सय वटा डमी…
बोको हरामले उत्तरी नाइजेरियाको गाउँहरूमा आक्रमण गरेको छ। समूहको आक्रमणमा परी कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ। बोको हरामले इसाइ धर्म मान्नेहरूको बाहुल्यता रहेको गाउँमा आक्रमण गरेको हो। साथै क्रिष्टमसकै मौका पारी चर्च समेत जलाएको छ। बोर्नो राज्यको पेमीमा ट्रक र मोटरसाइकलसहित पसेका आतंककारीहरूले गोली प्रहार गरेका थिए। पेमी सिबोकको नजिकै छ जहाँबाट सन् २०१४ मा २ सय छात्राहरू…
फ्रान्समा फरक स्वरुपको कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ। बेलायतमा फैलिएकै नयाँ किसिमको भाइरस त्यहाँ देखिएको हो। फ्रान्सका स्वास्थ्य मन्त्रीलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ – संक्रमित फ्रान्सेली नागरिक हुन्। उनी डिसेम्बर १९ मा बेलायतबाट फर्किएका थिए। उनलाई कोभिड-१९ को कुनै पनि लक्षण देखिएको थिएन। घरमै आइसोलेसनमा बसेका थिए। फ्रान्सले बुधवार मात्र त्यहाँ जारी प्रतिवन्ध खुला गरेको थियो। यात्रा…
अमेरिकाको टेनेसी प्रान्तको नशविल शहरमा क्रिष्टमसको विहानै हमला भएको छ। प्रहरीका अनुसार यो योजनावद्ध हमला हो। स्थानीय समय अनुसार बिहानको ६ बजे त्यहाँको सिटी सेन्टरबाट अचानक बन्दुक पड्केको आवाज आएको थियो। धुँवा फैलिएको थियो। घटनामा परी तीन जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। बीबीसीका अनुसार हमलाका कारण एक प्रहरी अधिकारीको पनि खुट्टामा चोट लागेको छ। प्रहरी…
काठमाडौं : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ। दाङको लमहीमा आजबाट सुरु हुने प्रतियोगिता १९ गते सम्पन्न हुनेछ। प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेश भिड्ने छन्। प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश…