काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक 'सी' डिभिजन लिग मार्च १४ (चैत १) बाट सुरु गर्ने तयारी अघि बढाएको छ। यसका लागि एन्फाले 'सी' डिभिजन क्लबका प्रतिनिधिहरुसँग बिहीवार एन्फा कम्प्लेक्स, सातदोबाटोमा छलफल गरेको थियो। कोभिड महामारीका कारण निर्धारित मितिमा सुरु गर्न नसकिएको सी डिभिजन लिगका लागि एन्फाले तयारी खर्च पनि बढाएर दिने भएको छ। तयारी रकममा दुई…
बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमको सर्वोच्च अदालतले निकास दिनुपर्ने बताएका छन्। अब संसद पुनर्स्थापनाको विकल्प नभएको उनको भनाई छ। रिपोर्टर्स क्लबद्वारा बुटवलमा गरेको साक्षात्कारमा पूर्व उपप्रधानमन्त्री केसीले नेकपाभित्रको गुटको बिबाद समाधान गर्न नसकेर ओलीले संसद नै भंग गरेर कु गरेको बताए। ‘यस्तो काम पनि गर्ने हो, आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान…
काठमाडौंः चर्को आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई विशेष अभियान नै बनाएर ट्राफिक प्रहरीले कारबाही गरेको छ। एक महिनाको अवधिमा प्रहरीले चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारवाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनी प्रदूषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए। जथाभावी…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रुपले दुई कित्तामा उभिएर वैधानिकताको लडाइँमा उत्रिएको छ। यसको प्रत्यक्ष प्रभाव भातृ सङ्गठनहरुमा पनि देखिएको छ। नेकपाको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा पनि अन्यौल देखिएको छ। अनेरास्ववियुका संयोजक समेत रहेका ऐन महरले संसद विघटन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा 'डिफेन्ड' गर्दै आएका छन्। अझ उनलाई ओलीले केन्द्रीय कमिटी सदस्य…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री ओली समूहमा गएपछि उनका सल्लाहाकार सूर्य सुवेदीले सल्लाहकारको पदबाट राजिनामा दिएका छन्। सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र कित्ताकाट चर्को रुपमा देखा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल - नेपाल समूहतिर नेता तानातान छ। केही दिन चुपचाप रहेका गृहमन्त्री थापा…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका छन्। १ बजे बैठक डाकिएको भए पनि नेताहरु २ बजेको आसपासमा पार्टी कार्यालय पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसले त्यसलाई असंवैधानिक त भनेको छ तर पार्टीभित्र ओलीले आह्वान गरेको निर्वाचनमा भाग लिने कि सडक आन्दोलनमा उत्रिने भन्नेमा दुई धार…
दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यु गर्ने भएकी छन्। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को अति जोखिमपूर्ण मिसनमा आधारित भएर निर्माण हुन लागेको ‘मिसन मजनू’ नामक फिल्मबाट रश्मिकाले बलिउड प्रवेश गर्न लागेकी हुन्। भारतीय सञ्चार माध्यमका अनुसार १९७० को रअको मिसनमा आधारित फिल्म 'मिसन मजनू'मा अभिनेता सिद्धार्थ मल्होत्रा लीड रोलमा छन्। सिद्धार्थले फिल्ममा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीतिअनुसार पार्टीका सभापति शेरबहादुर देउवाको अभिव्यक्ति आउन थालेको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठकमा सभापति शेरबहादुर देउवाले अदालतले गर्ने व्याख्यापछि निर्णय लिने अभिव्यक्ति दिएपछि पौडेल समूह सशंकित बनेको हो। पौडेलले प्रधानमन्त्री ओलीसँग रातिराति भेट्ने गरेको भन्दै पहिले देखि…
काठमाडौंः प्रहरीले साइबर अपराध गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई हेटौडाबाट पक्राउ गरेको हो। अस्तलमले फेक फेसबुक आइडी बनाएर बैङ्ककमा बस्दै आएकी एक महिलाको को अर्धनग्न तथा नग्न तस्वीर, भिडियो पोर्नसाईट समेत अपलोड गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। महिलाको अर्धनग्न, नग्न…
काठमाडौं : सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कित्ताकाट चर्को रुपमा देखा परेको छ। एउटा कित्ताको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को कित्तामा पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी जमिरहेको छ। अध्यक्ष तथा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्दै पार्टी विस्तार गरिरहेका छन्।…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)ले संसद बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ। सिंहदरबारमा विहीवार सभामुख सापकोटालाई भेटेर जसपाका नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्ष सुनाउँदै तत्काल बैठक आह्वान गर्न आग्रह गरेको नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन्। भेटमा जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सहभागी थिए।
काठमाडौं : गत साउन ८ गते भोला बहादुर जर्घामगर मोटरसाइकलमा रत्नपार्कबाट कंलकी जाँदै थिए। त्यही क्रममा रत्नपार्कमा एक युवतीले उनलाई लिफ्ट मागिन्। भोलाले ती युवतीलाई कलंकीसम्म पुर्याए। तर युवती त्यहाँ उत्रिनन्। आफूलाई चोभार पुर्याइ दिन आग्रह गरिन्। देशमा कोरोनाको कहर त्यसमाथि सार्वजनिक सवारी साधन चलेका थिएनन्। भोलाले फेरि नाइ भन्न सकेनन्। उनले चोभार पुर्याउन तयार भए। जब चोभार पुगे त्यस पछि उनी माथि…
नेपाली क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्ल अबुधावी टी १० लिगमा अनुबन्धित भएका छन्। सोमपाल मराठा अरेबियन्स, करण केसी पुणे डेभिल्स र कुशल टीम अबुधावी क्रिकेटबाट खेल्ने भएका हुन्। दश ओभरको खेल हुने यो प्रतियोगितामा यसअघि सन्दीप लामिछाने र पारस खड्का सहभागिता जनाएका छन्। पूर्वकप्तान खड्का यसपटक टिम अबुधावीमा मेन्टरको भुमिकामा छन्। Shoaib Malik is ready…
ईएफएल कारबाओको कप अन्तर्गत गएराति भएको खेलमा टोटेनहमले स्टोक सिटीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। ब्रिटानिआ स्टेडियममा भएको खेलमा टोटेनहमले स्टोक सिटीमाथि ३-१ गोलअन्तरले हराएको हो। खेलको २२ मिनेटमा ग्यारेथ बेलको गोलमा टोटेनहमले अग्रता बनाएको थियो। रियल मड्रिडबाट लोनमा टोटेनहम फर्किएयता बेलको यो तेस्रो गोल हो। पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो। दोस्रो हाफमा स्टोक सिटीका जोर्डन थोमसनले गोल…
फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबोमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोली पीएसजीले स्ट्रासबोमाथि ४-० को रवाफिलो जित निकालेको हो। खेलको १८ औं मिनेटमा टिमोथी पेम्बेलेको गोलमा अग्रता बनाएको पीएसजीले पहिलो हाफमा एक गोलको अग्रता बनायो। घरेलु टोलीले दोस्रो हाफमा अझ आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ७९ औं मिनेटमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले ग्रानडामाथि २-० ले जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा रियलले दोस्रो हाफमा कासेमिरोको गोलमा अग्रता बनाएको थियो। मार्को असेसिनोकोको पासमा कासेमिरोले खेलको ५७ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको अतिरिक्त समयलमा इस्कोको पासमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश राम्रोसँग चलाउन कम्तीमा ११५-१२० सिट चाहिने बताएका छन्। नेपालको प्रणालीमा बहुमत ल्याउन सजिलो नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले कमसेकम प्रत्यक्षमा ८५ देखि ९० सिट दिनुपर्ने बताए। योहो टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भने, ‘प्रत्यक्षमा ८३ ल्याए बहुमत पुग्छ तर ११० का लागि फेरि अर्को समस्या रहन्छ। त्यसकारण नेपाली जनताले कमसेकम प्रत्यक्षमा ८५ देखि ९०…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफूलाई गरेको कारबाही बास बस्न दिएको व्यक्तिलाई घरबाट निकालेजस्तो भएको बताएका छन्। प्रचण्डले आफूलाई कारबाही गर्ने हैसियत नराख्ने बताउँदै ओलीले कुनै पनि बैंक्वेटबाट हुने कारबाहीको अर्थ नरहेको पनि बताएका छन्। योहो टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भने, ‘मैले पनि कारबाही भएको सुनेँ। तर, यो त बास बस्न…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था र संसदीय अभ्यास भएको बताएका छन्। संवैधानिक मर्म र व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन गरेको पनि ओलीले दाबी गरेका छन्। कुनै पनि बैंक्वेटको भेलाबाट आफूलाई कारबाही गर्न नमिल्ने ओलीको भनाई छ। आफूसँग ६४ प्रतिशत जनमत रहेको अवस्थामा ३६ प्रतिशतको अल्पमतले सरकार गठनको विकल्प नरहेको पनि ओलीको दाबी छ। अल्पमतको अवस्थामा…
काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्। सापकोटाले विघटनले आफू मर्माहत भएको पनि बताएका छन्। विघटनको तीन दिनपछि औपचारिक वक्तव्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएको बताएका छन्। वक्तव्यमा उनले भनेका छन्, ‘संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ। यस सन्दर्भमा संविधानको…