काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी तत्काल सडकमा उत्रिनुपर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने उल्लेख गरे। एकातिर पदाधिकारी बैठकले ओलीको संसद विघटन कदम सर्वसत्तावादी, निरंकुश चरित्र, घोर अधिनायकवादी चिन्तनको परिणाम भन्ने र अर्कोतिर बैठक गरेर बरालिनु उचित नभएको उनको…
बीस वर्षअघि फिल्म 'हेरा फेरी' प्रदर्शनमा आयो। तर, फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरेन। समयसँगै फिल्मको चर्चा भने बढ्दै गयो। जसका कारण फिल्मको दोस्रो संस्करण 'फिर हेरा फेरी' बन्यो। बम्पर सुरुवातसहित। वर्षौसम्म टेलिभिजनमा देखाउँदा समेत फिल्म सफल रह्यो। फिल्मका विभिन्न संवाद र दृश्यमाथि मिम बने। सामाजिक सञ्जालमा ती मिम चलायामान छन्। दर्शकले रुचाएकै कारण फिल्मको तेस्रो संस्करण घोषणा भयो। निर्माता फिरोज…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेतामा चयन गरेको छ। आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको हो। प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २૪ जनाले प्रचण्डलाई नेता चयन गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रको बहुमत सदस्यहरुको बैठक अहिले वानेश्वरमा सुरु भएको छ। प्रचण्ड-नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको हो। बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गर्दै छ। संसदीय दलमा प्रचण्ड नेपाल समूहसँग ९० प्रतिनिधिसभा सदस्य र २४ राष्ट्रिय सभा सदस्यको हस्ताक्षर तयार छ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकताका लागि प्रचण्ड-नेपाल समूह हस्ताक्षर निर्वाचन आयोगमा जाँदै छ। नेकपाको कुल ४४१ केन्द्रीय सदस्य मध्ये ३१५ जनाको हस्ताक्षरसहित नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गर्न लागेको हो। आयोगमा हस्ताक्षरसहित नेता लिलामणि पोखरेल, सुरेन्द्र पाण्डेसहितका नेताहरु निर्वाचन आयोग जाँदै छन्। यसको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ। यसअघि मंगलवार ओलीपक्षले ४४१ सदस्यमा ५५६ सदस्य…
सिड्नीमा क्रिष्टमसको समय पनि कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध जारी रहने भएको छ। संक्रमण रोक्न सामाजिक सभा, सम्मेलन तथा अन्य कार्यक्रममा रोक लगाइएको हो। पर्व विशेष बिदा अवधिमा एक घरमा १० जनासम्म आगन्तुक भित्र्याउन पाउँनेछन्। डिसेम्बर २४ देखि २६ सम्म मात्र बालबालिका आगन्तुकका रुपमा हिँड्न पाउँनेछन्। सिड्नीमा बुधवार संक्रमणको ८ वटा नयाँ केस देखिए। न्यू साउथ वेल्स राज्य सरकारका…
इएफएल कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली आर्सनललाई सिटीले ४-१ गोलअन्तरले पराजित गरेको हो। खेलको तेस्रो मिनेटमा गाब्रियल जिससले सिटीलाई अग्रता दिलाएका थिए। यद्यपि खेलको ३१ औं मिनेटमा घरेलु टोलीका लागि अलेक्जेन्ड्रे लकाजेटले गोल फर्काए। र, पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा रियाद महरेजले…
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस फिओरेन्टेनासँग पराजित भएको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले फिओरेन्टेनासँग ३-० को लज्जास्पद हार ब्यहोरेको हो। फिओरेन्टेनाले खेलको तेस्रो मिनेटमा नै डुसन भ्लाओबिकको गोलमा अग्रता बनाएको थियो। खेलको १८ औं मिनेटाम युभेन्टसका जुआन कुअड्राडोले खराब ट्याकल गरेपछि रातोकार्ड खाँदै बाहिरिएका थिए। दश खेलाडीमा सीमित युभेन्टस पहिलो हाफमा एक गोलले पछि रह्यो।…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एटलेटिको मड्रिडले रियल सोसिडाडमाथि जित निकालेको छ। एनोएटा स्टेडियममा भएको खेलमा घरेलु टोली सोसिडाडमाथि मड्रिडले २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा मड्रिडका लागि यानिक कारास्कोको पासमा मारियो हरमोसोले गोल गरेका थिए। उनले खेलको ४० मिनेटमा गोल गर्दा कारास्कोको पासमा मार्कोस लोरेन्टेले ७४ औं मिनेटमा गोल थपे।…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सलोनाले भालाडोलिडमाथि सानादार जित निकालेको छ। जोस जोरिल्ला स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो। बार्सिलोनाले खेलको २१ औं मिनेटमै अग्रता बनाएको थियो। लियोनल मेस्सीको पासमा क्लिमेन्ट लेग्लेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यस्तै ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो। दोस्रो…
काठमाडौंः समानान्तर बैठक चलिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकअर्कालाई कारबाहीको श्रृङ्खला चलेको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले मंगलबार केन्द्रीय सदस्य संख्या बढाएलगत्तै बसेको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्ष पक्षका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको छ। ओलीलाई अध्यक्षबाट हटाएर बैठकले नेपाललाई अध्यक्षमा चयन पनि गरेको छ। साथै, बैठकले विभिन्न दश निर्णय गरेको…
काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग खन्ने काम औपचारिक रुपमा सुरु भएको छ। शिलान्यासको १५ महिनापछि मंगलबारबाट औपचारिक रुपमा सुरुङ खन्ने काम सुरु भएको हो। गत वर्षको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। त्यसयता च्यानल निर्माण, सुरुङ मार्गसम्म पुग्ने पुल निर्माण, मुआब्जा वितरण, क्याम्प निर्माणलगायतका कामहरु हुँदै आएका थिए। सुरुङमार्ग निर्माणको काम जापानिज कम्पनी हाज्माआन्दोले लिएको छ। सुरुङ मार्ग निर्माणको लागि…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा रहेका बेला भण्डारीसँग यान्छीले भेट गरेकी हुन्। स्रोतका अनुसार यान्छी राष्ट्रपति भवन शीतलनिवासमा एक घण्टाभन्दा बढी बसेकी थिइन्। यान्छी करिब सात बजे शीतलनिवास पुगेकी थिइन्। द्धिपक्षीय भेटबारे कुनै पनि सूचना बाहिर आएको छैन।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसधा विघटन गरिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह सम्हाल्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले 'अन्तिम अस्त्र' का रुपमा प्रतिनिधिसभामाथि नै डोजर चलाए। राष्ट्रपति भण्डारीले ओलीको सिफारिसमा संविधानका जुन धारामा टेकेर प्रतिनिधिसभा विघटन गरिन्। ती धारामा रहेका प्रावधानसँग मिल्ने अहिले कुनै घटना परिघटना भएका छैनन्। संविधानविद् र कानुनका जानकार सरकारको कदमलाई 'संविधानमाथिकै कू'…
काठमाडौंः सरकारले बेलायतबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ। यस्तै पुस १ गतेपछि नेपाल प्रवेश गरेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ। मंगलबार बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले प्रवेश रोक लगाउने निर्णय गरेको हो। समितिले अन्य देशबाट बेलायत ट्रान्जिट हुँदै आउन समेत रोक लगाएको छ। नेपाल आउने तयारीमा ट्रान्जिटमा रहेकालाई पनि १० दिन क्वारेन्टाइन…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका हरेक मानिसलाई मानवीय जीवन दिनु आफ्नो जिम्मेवारी रहेको बताएका छन्। उनले आफू प्रधानमन्त्री हुनु र देशमा सडक मानव रहनु अशोभनीय भएको बताए। मानव सेवा आश्रमले सुरु गरेको राष्ट्रिय उद्धार यात्राको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका ओलीले नेपाललाई सडक मानव मुक्त बनाउने बताएका हुन्। कार्यक्रममा ओलीले भने, 'मेरा छोराछोरी छैनन्। सन्तानप्रतिको माया कस्तो हुन्छ…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष चयन गरेको छ। हालका अध्यक्ष प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गर्दै नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो। झलनाथ खनालले स्थायी कमिटीको तर्फबाट केन्द्रीय कमिटीमा प्रस्ताव पेश गरेका थिए।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले ३ सय १० जना केन्द्रीय सदस्यको साथ पाएका छन्। मंगलवार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ३ सय १० जनाले हस्ताक्षर गरेका छन्। जम्मा ४ सय ४६ जना कमिटीका सदस्य मध्ये ३ सय १० ले आज हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा…
बझाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्। प्रतिनिधिसभा विघटन भएपछि जिल्ला तथा देशभर सोको समर्थन र विरोधमा नाराजुलुस भएपछि उनले हरेक सच्चा कम्युनिस्टका कार्यकर्ताले सत्यतथ्यका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एक ढिक्का राख्न योगदान दिन आग्रह गरे। अध्यक्ष कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौतीलाई कुशलतापूर्वक…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसहित गरेको मध्यावधि निर्वाचन घोषणाविरुद्ध रणनीति बनाउन सानेपामा दिउँसो १ बजे बैठक बसेको थियो। बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही सदस्य मात्रै बोलेका थिए। सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न सबैलाई आह्वान गरे। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले सबै…