PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • ओली सरकारले उठाएका कदम देश र जनताका वृहत्तर हितविरुद्ध भएको नेकपा (मसाल)को ठहर

    ओली सरकारले उठाएका कदम देश र जनताका वृहत्तर हितविरुद्ध भएको नेकपा (मसाल)को ठहर

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले ओली सरकारले संसदलाई विघटन गर्न गरेको अप्रजातान्त्रिक, असंवैधानिक र अधिनायकवादी कदमको विरोध र भर्त्सना गरेको छ। पार्टीको सोमवार बसेको आकस्मिक पोलिटब्युरो बैठकले १३ बुँदे निर्णय गर्दै सरकारको कदमको विरोध गरेको हो। बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको वक्तव्यमा ओली सरकारले उठाएको कदम देश र जनताका वृहत्तर हितका विरुद्ध भएको उल्लेख गरिएको छ। कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • देउवा, प्रचण्ड, माधव र महन्थहरुको उपस्थितिमा सानेपामा सर्वदलीय बैठक सुरु, बाबुराम र कमल थापा अनुपस्थित

    देउवा, प्रचण्ड, माधव र महन्थहरुको उपस्थितिमा सानेपामा सर्वदलीय बैठक सुरु, बाबुराम र कमल थापा अनुपस्थित

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरु महन्थ ठाकुर, सरतसिंह भण्डारी लगायत सहभागी छन्। जसपा नेता बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापा भने अनुपस्थित छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी…

    विस्तृतमा पढ्नुस्

  • राजाले सरकारको सिफारिस ‘होल्ड’ गरेर सर्वोच्चलाई सोधेका थिए, राष्ट्रपतिले बिना सल्लाह एकैछिनमा सही गरिदिने? :सुन्दरमणि दीक्षित

    राजाले सरकारको सिफारिस ‘होल्ड’ गरेर सर्वोच्चलाई सोधेका थिए, राष्ट्रपतिले बिना सल्लाह एकैछिनमा सही गरिदिने? :सुन्दरमणि दीक्षित

    काठमाडौं: नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणी दीक्षितले राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादा नाघेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको सिफारिस आँखा चिम्लेर स्वीकृत गर्नु पदीय मानमर्यादा विपरित भएको उनको भनाई थियो। ‘राष्ट्रपतिले पदको मान राख्नुपर्थ्यो। पदीय गरिमा बचाउनुपर्थ्यो। तर त्यसो भएन,’ रिपोर्टर्स क्लबमा दीक्षितले गुनासो गरे, ‘विगतमा आफू शक्तिशाली भए पनि राजा वीरेन्द्रले सरकारले गरेका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाको उदाहरण दिँदै जसपा नेताले भने, ‘सभामुखले अविलम्ब संसदको विशेष बैठक बोलाउनुपर्छ’

    श्रीलंकाको उदाहरण दिँदै जसपा नेताले भने, ‘सभामुखले अविलम्ब संसदको विशेष बैठक बोलाउनुपर्छ’

    काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनीष सूमनले सभामुखले अविलम्ब संसदको विशेष बैठक बोलाउनुपर्ने बताएका छन्। अधिकारै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै सूमनले सभामुखले विशेषाधिकार प्रयोग गरेर अविलम्ब बैठक बोलाउनुपर्ने माग गरे। ‘श्रीलंकामा यस्तै संकट आयो। सभामुखले विशेषाधिकार प्रयोग गरे। विशेष संसद बैठक बोलाए। बैठकले पुनर्स्थापनाको प्रस्ताव अदालतमा पठायो। अदालतले सदर गर्‍यो,’ नेता सूमनले भने, ‘हाम्रोमा…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दाउपेचका कारण संविधान विपरीतका कामहरु भए : पशुपति समशेर राणा

    राजनीतिक दाउपेचका कारण संविधान विपरीतका कामहरु भए : पशुपति समशेर राणा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राणाले राजनीतिक दाउपेचका कारण संविधान विपरीतका कामहरु भएको बताए। उनले राष्ट्रपतिले निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए। अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडि बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • थप ७४२ जनामा कोभिड-१९ को संक्रमण

    थप ७४२ जनामा कोभिड-१९ को संक्रमण

    काठमाडौं : नेपालमा थप ७४२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७९५ पुगेको छ। आज थप एक हजार ७९ जना कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विभाजनको संघारमा: दुबै पक्षले बोलाए केन्द्रीय कमिटीको छुट्टा छुट्टै बैठक

    नेकपा विभाजनको संघारमा: दुबै पक्षले बोलाए केन्द्रीय कमिटीको छुट्टा छुट्टै बैठक

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ। पार्टी भित्रको किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै स्पष्ट रुपमा दुई कित्तामा नेकपा विभाजन भएको छ। यस्तोमा मंगलवार दुबैपक्षले आफू पक्षका केन्द्रीय कमिटीका सदस्यहरुको भेला बोलाएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले आइतवार स्थायी कमिटीको बैठक मार्फत पार्टीका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने…

    विस्तृतमा पढ्नुस्

  • संसदको अधिवेशन बोलाउन नेकपा संसदीय दलको माग, बहुमत सदस्यको हस्ताक्षर सहित सर्वोच्च जाने तयारी

    संसदको अधिवेशन बोलाउन नेकपा संसदीय दलको माग, बहुमत सदस्यको हस्ताक्षर सहित सर्वोच्च जाने तयारी

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोध गरेको छ। ओली पक्षका सांसदहरु सहभागि नभएको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, 'नेकपालाई गत आम निर्वाचनमा जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्वेच्छाचारी किसिमले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

    प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि आज देशवासीको नाममा संवोधन गरेका छन्। संवोधनमा उनले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटन गरिएको बताए। त्यस्तै उनले जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि, संसदलाई अर्थहीन तुल्याइएपछि र जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पुर्‍याइइएपछि आफूसँग सार्वभौम जनतासमक्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी सानेपामा

    प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी सानेपामा

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले अपराह्न बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा नेता सानेपा पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारको निर्णयको पक्षमा अनेरास्ववियुले देशभर प्रदर्शन गर्ने

    सरकारको निर्णयको पक्षमा अनेरास्ववियुले देशभर प्रदर्शन गर्ने

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको पक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले देशभर प्रदर्शन गर्ने भएको छ। संसद विघटनले राजनीतिक तरंग ल्याइरहँदा अनेरास्ववियुका संयोजक ऐन महरले आफूहरुले प्रधानमन्त्रीको निर्णयको पक्षमा देशभर प्रदर्शन गर्ने जानकारी दिएका छन्। यसका लागि तयार रहन पनि उनले देशभरका सम्पूर्ण कमिटी र नेता कार्यकर्ताहरुलाई अपिल गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटन पछि नेकपा संसदीय दलको बैठक वानेश्वरमा सुरु, ओली पक्ष अनुपस्थित

    संसद विघटन पछि नेकपा संसदीय दलको बैठक वानेश्वरमा सुरु, ओली पक्ष अनुपस्थित

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसदहरुको बैठक वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ। छलफलमा ओली पक्षधर सांसदहरुको उपस्थिति छैन। त्यस्तै बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामवहादुर थापा पनि सहभागी छैनन्। बैठकमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल,…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहका सांसद भन्छन्, ‘चुनावमा नेकपा एक भएर जान्छ, सूर्य चिन्ह लिएर जान्छौं’

    ओली समूहका सांसद भन्छन्, ‘चुनावमा नेकपा एक भएर जान्छ, सूर्य चिन्ह लिएर जान्छौं’

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खेम प्रसाद लोहनीले घोषित मध्यावधि चुनावमा नेकपा एक भएर भाग लिने दाबी गरेका छन्। संसद विघटन गर्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई लोकतन्त्र र जनता जोगाउने, समृद्धि अगाडि बढाउने दुखद कदम भन्दै लोहनीले सूर्य चिन्ह लिएर चुनावमा जाने उल्लेख गरे। ‘ओली सरकार षडयन्त्रको सिकार भयो। राष्ट्र, जनता र लोकतन्त्रको रक्षाका लागि…

    विस्तृतमा पढ्नुस्

  • ४६ औं दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने : त्रिभुवन विश्वविद्यालयले विश्वस्तरकै जनशक्ति उत्पादन गरेको छ

    ४६ औं दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने : त्रिभुवन विश्वविद्यालयले विश्वस्तरकै जनशक्ति उत्पादन गरेको छ

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले दुनियाँका विश्वविद्यालयबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सकेकोमा प्रधानमन्त्री एवं त्रिविका कुलपती केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्। त्रिवीको ४६ औं दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गर्दै उनले भने,'स्रोत र सामर्थ्यको सीमा र चुनौतीकाबीच त्रिभुवन विश्वविद्यालयका केही कमीकमजोरी छन्। तर, यस विश्वविद्यालयले विश्व स्तरकै जनशक्ति उत्पादन गरेको छ।' त्रिविका उत्पादनले विश्वमा प्रतिस्पर्धा गर्न सक्षमता हासिल गर्नुलाई ठूलो…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री मनीषा कोइरालासँग श्रृङ्खला खतिवडाको ‘जिजीविषा’ वार्ता

    अभिनेत्री मनीषा कोइरालासँग श्रृङ्खला खतिवडाको ‘जिजीविषा’ वार्ता

    काठमाडौं :  अभिनेत्री मनीषा कोइरालाको संस्मरणात्मक कृति 'हिल्ड'को नेपालीमा अनुवाद भएको छ। 'जिजीविषा' नाम दिइएको किताबलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो। अनुवाद पत्रकार स्वरुप आचार्यले गरेका हुन्। आइतवार पुस्तकमाथिको चर्चासहित भिडियो सार्वजनिक भयो। जसमा उनले किताबको पृष्ठभूमी, त्यसमा समेटेका विषयदेखि राजनीतिक रुचीका विषयमा छलफल गरेकी छिन्। क्यान्सरले दिएको भोगाइ र ती भोगाइले सिकाएको कुरा आफूमा सीमित नराख्न पुस्तक लेखेको उनको तर्क…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटन गर्ने ओलीको कदमविरुद्ध रणनीति बनाउँदै प्रचण्ड-नेपाल पक्ष, संविधानविदहरुसँग छलफल

    संसद विघटन गर्ने ओलीको कदमविरुद्ध रणनीति बनाउँदै प्रचण्ड-नेपाल पक्ष, संविधानविदहरुसँग छलफल

    काठमाडौं: विघटित प्रतिनिधि सभाका आफू निकट सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर छलफल गरिरहँदा नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरु कानुनी परामर्शमा लागेका छन्। प्रचण्ड पक्षले अविश्वासको प्रस्ताव अघि बढाइरहँदा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ओली निकट स्रोतको दाबी छ। ओ‌लीले संसद विघटन गरेपछि अहिले प्रचण्ड र माधवकुमार नेपाल पक्ष कानुनविद तथा संविधानविदहरुसँगको छलफल जुटेका हुन्। प्रचण्डकी स्वकीय सचिव गंगा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ का कारण पछि सर्‍यो 'नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव'

    कोभिड-१९ का कारण पछि सर्‍यो 'नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव'

    काठमाडौं : हरेक वर्ष फागुनमा हुँदै आएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) यो वर्ष दुई महिना पछि हुने भएको छ। महोत्सवको चौथो संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म काठमाडौंमा हुने घोषणा गरिएको थियो। तर,  कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको हो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले फेस्टिभल २०७८ बैशाखको २३ देखि २७ सम्मका…

    विस्तृतमा पढ्नुस्

  • हराएको मोटरसाइकल वर्कसपमा बनाउँदै गर्दा भेटियो, चोरी गर्ने दुई जना पक्राउ

    हराएको मोटरसाइकल वर्कसपमा बनाउँदै गर्दा भेटियो, चोरी गर्ने दुई जना पक्राउ

    काठमाडौँ : मोटरसाइकल चोरी गर्ने दुई जना आइतवार पक्राउ परेका छन्।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने २६ वर्षीय छेसाङ्ग लामा र २३ वर्षीय शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटिएम डुक मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • ओलीको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले एकतामा तात्विक असर नपर्ने प्रचण्डको स्पष्टोक्ति

    ओलीको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले एकतामा तात्विक असर नपर्ने प्रचण्डको स्पष्टोक्ति

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एकताबद्ध रहेको भन्दै कुनै व्यक्तिका कारण एकतामा असर नपर्ने बताएका छन्। सोमवार बिहान वक्तव्य जारी गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै भनेका छन्, 'म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी,…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

     भक्तपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

    काठमाडौंः भक्तपुरमा बाटो खन्ने क्रममा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ।  चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छाँयाबस्ती स्थित माथिल्लो मगरचोक देखी बर्दानेश्वर महादेव सम्म जाने बाटो निर्माण गर्ने क्रममा पहिरोले परिदाँ सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो। आइतबार दिउँसो पहिरोमा पुरिएका योञ्जनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell