PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • संसद विघटनको सिफारिस बुझाएर शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री

    संसद विघटनको सिफारिस बुझाएर शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी शीतल निवासबाट बाहिरिएका छन्। आज बिहान आकास्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाई संसद विघटन गर्ने निर्णय सुनाएर ओली राष्ट्रपतिसँग भेटका लागि शीतलनिवास पुगेका थिए।  ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका ओलीइतर समूह र प्रतिपक्ष दलहरु अहिले छलफलमा जुटेका छन्।    

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको छ: गगन थापा

    संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको छ: गगन थापा

    काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघठनको सिफारिससँगै नेकपाले चुनावमा पाएको मतको वैधता सकिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली संसद विघठनको सिफारिस लिएर राष्ट्रपति निवास पुगिरहँदा थापाले यो असंवैधानिक र अलोकतान्त्रिक निर्णय भएको समेत दाबी गरेका हुन्। संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।@PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा सत्तारुढ दल नेकपा

    प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा सत्तारुढ दल नेकपा

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्। आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागि नहुने अडानमा छन्। तर,…

    विस्तृतमा पढ्नुस्

  • सामान्य विवादमा १४ वर्षीय किशोरको हत्या गर्ने एक युवक समातिए

    सामान्य विवादमा १४ वर्षीय किशोरको हत्या गर्ने एक युवक समातिए

    काठमाडौंः एक किशोरको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले हरिनाश गाउँपालिका वडा नम्वर ५ बस्ने २६ वर्षीय रेशम रानालाई पक्राउ गरेको हो। रानाले शनिबार दिउँसो  सोही स्थानमा बस्ने १४ वर्षीय शेर बहादुर थापाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। सामान्य विवाद हँदा रानाले कोदालोले टाउकोमा प्रहार गर्दा किशोरको घटनास्थलमा नै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनको सिफारिस गरेलगतै ओली पुगे शितलनिवास, प्रचण्ड बालुवाटारमा

    संसद विघटनको सिफारिस गरेलगतै ओली पुगे शितलनिवास, प्रचण्ड बालुवाटारमा

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद बिघटनको सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्। कायर्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओलीलाई पर्खिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। नेकपाको स्थायी कमिटी बैठक अघि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका हुन्। प्रधानमन्त्रको कदममो चौतर्फी विरोध हुन थालेको छ।  

    विस्तृतमा पढ्नुस्

  • अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको जानकारी पाउनसाथ एकलौटी रुपमा प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय

    अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको जानकारी पाउनसाथ एकलौटी रुपमा प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय

    काठमाडौं : सरकारले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतवार आकस्मिक रुपमा बालुवाटारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको हो। केही मिनेटका लागि चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय सुनाएर निस्किएका हुन्। यस विषयमा मन्त्रीहरुबीच छलफलसमेत नभएको एक मन्त्रीले जानकारी दिए। 'उहाँ आउनुभयो। निर्णय सुनाउनु भयो, जानुभयो,' ती मन्त्रीले भने, 'हामीसँग यस विषयमा छलफल नै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाको ट्राफिक अवस्था : शनिवारमात्रै ४० वटा दुर्घटना, २८ जना सामान्य घाइते

    काठमाडौं उपत्यकाको ट्राफिक अवस्था : शनिवारमात्रै ४० वटा दुर्घटना, २८ जना सामान्य घाइते

    काठमाडौं : तीन महिनापछि सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली शुक्रबारदेखि हटेपछि ट्राफिक प्रहरीले सक्रिया बढाएको छ। सडकमा हुने जाम, ट्राफिक नियम उल्लङ्घन तथा याात्रुहरुलाई ठगी गर्ने सार्वजनिक सवारी सााधनलाई कारबाहीको दायरमा ल्याउन सक्रियता बढाएको हो। काठमाडौं उपत्यकाभित्र दैनिक ११ सय भन्दा बढी ट्राफिक प्रहरी सडकमा खटिने गरेका छन्। शनिवार मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट बढी भाडा असुल्ने १४ जना…

    विस्तृतमा पढ्नुस्

  • आर्सनललाई हराउँदै एभर्टन दोस्रो स्थानमा

    आर्सनललाई हराउँदै एभर्टन दोस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्कमा भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग २-१ गोलअन्तरले पराजित भएको हो। एभर्टनले खेलको २२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। आर्सनलका रब होल्डिङले २२ औं मिनेटमा आत्मघाती गोल गर्दा एभर्टनले अग्रता बनायो। यद्यपि ३५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै आर्सनलका लागि निकोलस पेपेले…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टसको फराकिलो जितमा रोनाल्डोको दुई गोल

    युभेन्टसको फराकिलो जितमा रोनाल्डोको दुई गोल

    इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले फराकिलो जित निकालेको छ। इन्निओ टार्डीनी स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोली पार्मामाथि ४-० गोल अन्तरको सहज जित निकालेको हो। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दा डेजन कुलुसेभ्स्की र अर्भेरो मोराटाले समान १/१ गोल गरे। खेलको २३ औं मिनेटमै अल्भेरो मोराटाको पासमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको…

    विस्तृतमा पढ्नुस्

  • लेवान्डोस्कीको दोहोरो गोलमा बायर्न जित, तालिकाको शीर्षस्थानमा उक्लियो

    लेवान्डोस्कीको दोहोरो गोलमा बायर्न जित, तालिकाको शीर्षस्थानमा उक्लियो

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिख लेवरकुजिनलाई हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। बेएरेन स्टेडियममा भएको खेलमा घरेलु टोली लेवरकुजिनलाई हराउँदै बायर्न शीर्षस्थानमा उक्लिएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दोहोरो गोल गरे। खेलको १४ औं मिनेटमै प्याट्रिक सिकले गोल गर्दै लेवरकुजिनलाई अग्रता दिलाएका थिए। तर खेलको ४३ औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेल बराबरीमा ल्याए।…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए बार्सिलोना र भ्यालेन्सिया, मेस्सीले गरे पेलेको कीर्तिमानसँग बराबरी

    बराबरीमा रोकिए बार्सिलोना र भ्यालेन्सिया, मेस्सीले गरे पेलेको कीर्तिमानसँग बराबरी

    स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोना र भ्यालेन्सिया बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएको हो। खेलमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। खेलको २९ औं मिनेटमा मोक्तार दिएकाबीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। उता बार्सिलोनाले ४५ औं मिनेटमा पेनाल्टीको अवसर पायो जसमा लियोनल मेस्सी चुके पनि लगत्तै हेडिङमार्फत गोल गर्दै कीर्तिमान…

    विस्तृतमा पढ्नुस्

  • साउथह्याम्टनमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

    साउथह्याम्टनमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा घरेलु टोली साउथह्याम्टनमाथि सिटीले १-० को संघर्षपूर्ण जित निकालेको हो। सिटीको जितमा रहीम स्ट्रलिङले निर्णायक गोल गरे। खेलको १६ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमै सिटी एक गोलले अघि रहेकोमा दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च बारको अध्यक्षमा पूर्णमान शाक्य निर्वाचित, लोकतान्त्रिक प्यानललाई पदाधिकारीसहित बहुमत

    सर्वोच्च बारको अध्यक्षमा पूर्णमान शाक्य निर्वाचित, लोकतान्त्रिक प्यानललाई पदाधिकारीसहित बहुमत

    काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन्। कांग्रेस निकट कानुन व्यवसायीको संगठनबाट उम्मेदवार बनेका शाक्यले सत्तारुढ नेकपा निकट प्यानलका उम्मेदवार रविनारायण खनाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहले जितेको छ।  शाक्यले २९५ मत पाएका थिए। यस्तै, खनालले २५० मत पाए। १५ सदस्यीय कार्यसमितिमा लोकतान्त्रिक समूहले अध्यक्ष र मुख्य पदाधिकारीसहित दश…

    विस्तृतमा पढ्नुस्

  • एट्लेटिको मड्रिडको सहज जितमा स्वारेजको दोहोरो गोल

    एट्लेटिको मड्रिडको सहज जितमा स्वारेजको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा एट्लेटिको मड्रिडले एल्चेमाथि सहज जित निकालेको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एट्लेटिको मड्रिडले एल्चेमाथि ३-१ गोलअन्तरको जित निकालेको हो। एटलेटिकोको जितमा लुइस स्वारेजले दुई गोल गर्दा डिएगो कोस्टाले एक गोल गरे। उता एल्चेका लागि लुकास बोइले सान्त्वना गोल फर्काए। खेलको ४१ औं मिनेटमा स्वारेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टल प्यालेस घरेलु मैदानमा लिभरपुलसँग ७ गोलले पराजित

    क्रिस्टल प्यालेस घरेलु मैदानमा लिभरपुलसँग ७ गोलले पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा क्रिस्टल प्यालेस लिभरपुलसँग फराकिलो अन्तरले पराजित भएको छ। सेलहर्स्ट स्टेडियममा भएको खेलमा प्यालेस लिभरपुलसँग ७-० गोलअन्तरले पराजित भएको हो। लिभरपुलको जितमा रोबेर्टो फर्मिन्हो र मोहम्मद सलाहले समान २/२ गोल गर्दा टाकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले समान १/१ गोल गरे। खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यस्तै ३५…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग, साझा एजेण्डामा सहकार्य

    कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग, साझा एजेण्डामा सहकार्य

    काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्ष दल जनता समाजवादी पार्टीले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन्। अधिवेशन बोलाउनका लागि दुई प्रतिपक्ष दलबीच सहकार्यको समझदारी पनि भएको छ। शनिबार कांग्रेस सभापित शेरबहादुर देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराईलगायतका नेताहरु बुढानीलकण्ठ पुगेका थिए। द्धिपक्षीय छलफलमा तत्काल अधिवेशन माग गर्ने समझदारी भएको हो। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप…

    विस्तृतमा पढ्नुस्

  • बारा प्रहरीले बरामद गर्‍यो भारतबाट चोरी गरेर ल्याइएको सुमो

    बारा प्रहरीले बरामद गर्‍यो भारतबाट चोरी गरेर ल्याइएको सुमो

    वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले चोरीको टाटासुमो बरामद गरेको छ। विशेष सूचनाको आधारमा शुक्रवार बिहान ५ बजे कलैया उपमहानगर-५ बरेवाको सडकबाट बा २ च ८२७५ नम्बरको टाटासुमो बरामद गरिएको हो। बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार जाँच गर्ने क्रममा सो गाडी चोरीको भएको पत्ता लागेको हो। नेपाली नम्बरको सो गाडीभित्रबाट भारतीय बिआर ३ पी ०३२१ नम्बरको ब्लुबूक फेला…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट: ७१० जनामा संक्रमण पुष्टी, १२ को मृत्यु

    कोभिड-१९ अपडेट: ७१० जनामा संक्रमण पुष्टी, १२ को मृत्यु

    काठमाडौं:  शनिवार ७ सय १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का  १८ स्थानीय तहमा स्किम बैंक सञ्चालनको तयारी

    प्रदेश १ का  १८ स्थानीय तहमा स्किम बैंक सञ्चालनको तयारी

    विराटनगर: प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा 'स्किम बैंक' सञ्चालन गर्ने भएको छ। आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लगिने तयारी गरिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रम प्रभावकारी बनाउन मन्त्री घिमिरेले आग्रह समेत गरेका छन्। व्यवसाय गर्ने सोच भएका युवाहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • तत्काल नियमित संसद अधिवेशन बोलाउन देउवाको माग

    तत्काल नियमित संसद अधिवेशन बोलाउन देउवाको माग

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नियमित संसद अधिवेशन बोलाउन माग गरेको हुन्। संसद अधिवेशन बोलाउन आफूले पटक पटक पहल गरेको भन्दै देउवाले कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलसँग पनि यस विषयमा छलफल भएको बताए। ति छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell