इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानचेस्टरले लिड्समाथि ६-२ गोलअन्तरले जित निकालेको हो। रोमाञ्चक बनेको खेलको तीन मिनेटभित्रै म्यानचेस्टरले दुई गोल गरेको थियो। खेलको दोस्रो र तेस्रो मिनेटमा म्यानचेस्टरका स्कट म्याकटोमिनेले गोल गरे। त्यस्तै घरेलु टोलीका लागि ब्रुनो फर्नान्डेजले २० औं मिनेटमा अर्को गोल…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एइबरमाथि जित निकालेको छ। म्युनिसिपल डी इपुरुआमा भएको खेलमा मड्रिडले घरेलु टोली एइबरमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको छैठौं मिनेटमा नै करिम बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए। त्यस्तै बेन्जेमाको पासमा लुका मोड्रिचका १३ औं मिनेटमा दोस्रो गोल गरे। उता एइबरका लागि किकेले १३ औं मिनेटमा गोल…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संसदीय व्यवस्थाको असफलता पुष्टि भएको बताएका छन्। आइतवार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्। विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपले पुष्टि गरेको छ।’ महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकाङ्क्षा…
काठमाडौं : संघीय संसद्को निर्वाचन अघि तत्कालीन प्रतिपक्षले उठाएको एउटा जबर्जस्त एजेण्डा थियो आईजीपी प्रकरण। प्रकरण प्रहरीको नेतृत्व चयनमा मात्र सीमित भएन। तत्कालीन प्रधानन्यायधीशउपर महाभियोगको प्रस्तावसम्म पुग्यो। विपक्षी बलियो चुनावी एजेण्डा बनाएको उक्त प्रकरणका एक पात्र थिए- जयबहादुर चन्द। केही घण्टाका लागि आईजीपी बनेका उनले फूली लगाउन पाएनन्। प्रहरी प्रमुखमा उनको यात्राको अवरोध तत्कालीन एमाले नै थियो। तर, फन्टलाइनमा सर्वोच्च…
काठमाडौंः प्रहरीले महालक्ष्मी विका बैंकका शाखा प्रमुख सहति ६ जनालाई बैंकिङ कसुर अभियोगमा नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी)को टोलीले उपत्यकाभित्रका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बैकका शाखा प्रमुखहरु मोरङको विराटनगर घर भएका अनिस सिंह सिजापती, पोखरा महानगरपालिका घर भएकी पिंकु पालिखे र स्मृती राना रहेका छन्। त्यस्तै ऋणीहरुमा खोटाङ साकेला गाउँपालका वडा नम्वर २…
काठमाडौं : सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा सकिएको छ। प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले बहिस्कार गरेको बैठकले प्रधानमन्त्रीलाई अनुशासनको कारवाहीका लागि प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय कमिटीको बैठक ७ गतेलाई काठमाडौंमा बोलाइएको छ। यसअघि बैठक १० गते निर्धारण गरिएको थियो। बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ। नेकपाको स्थायी कमिटीको बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। नेकपाका अध्यक्षसमेत रहेका ओलीले आइतवार मन्त्रिपरिषदको बैठक मार्फत संसद विघटनको निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सोही अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।
काठमाडौं: नेपाली खेलकुदको अभिलेखिकरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्राहलयले 'नेपाल खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट २०२०/२१' सुरु गरेका छन्। एनओसीको पहलमा यो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो। 'नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति बृहतरुपमा पहिलो पल्ट हुन लागेको छ र यो नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने…
काठमाडौं : नेपालमा थप ५८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५३ हजार ७७२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोभिड-१९ संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७८८ पुगेको छ। त्यस्तै थप एक हजार ९७ जनामा कोभिड-१९ संक्रमित…
काठमाडौं : प्रतिनिधिसभा विघटन पछिको राजनीतिक अवस्था पछिको निर्णयका लागि बालुवाटारमा सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषदको बैठक मार्फत प्रतिनिधि सभा विघटन गर्ने निर्णयसहित राष्ट्रपतिलाई सिफारिस गरेका थिए। सोही अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसपछिको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अहिले प्रधानमन्त्रीले वालुवाटारमा सुरक्षा परिषदको बैठक बोलाएका हुन्। बैठकमा सेना प्रमुख, प्रहरी…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक केही बेरमा बालुवाटारमा सुरु हुँदै छ। बालुवाटारमा जम्मा भएका सत्तारुढ दल नेकपाका प्रचण्ड र नेपाल समूहका स्थायी कमिटीका सदस्यहरु मन्त्रीको पर्खाइमा छन्। सिंहदरवारमा सात मन्त्रीले राजीनामाको घोषणा गरेर वालुवाटार जाँदै छन्। पूर्व माओवादी समूहबाट मन्त्री बनेका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, विना मगरसहित पूर्व एमालेबाट मन्त्री बनेका योगेश…
काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्। आइतवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय सुनाउँदै सिफारिस लिएर शीतल निवास पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिसलाई अनुमोदन गर्दै संसद विघटन गरेकी छन्। प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन्। सरकारमा प्रतिनिधित्व गर्ने नेकपामा प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेका हुन्। त्यसका लागि सिंहदरवारमा प्रेस मिट आयोजना गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
काठमाडौंः सरकारले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतवार आकस्मिक रुपमा बालुवाटारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शितल निवास पुगेर राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरिसकेका छन्। अहिलेसम्म राष्ट्रपतिबाट भने स्वकृत भएको छैन। प्रधानमन्त्री ओलीको यो कदमलाई प्रतिपद दलहरुले मात्र होइन आफ्नै पाटीका नेताहरुले समेत बिरोध गरिरहेका छन्। विघटनसँगै देशभरमा प्रर्दशन…
काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेको बताएका छन्। गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कू’ गरेको डा. आचार्यले टिप्पणी गरे। उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम कानूनी र संवैधानिक रुपमा दुर्भाग्यपूर्ण भएको बताएका हुन्। आज चालिएको कदमले संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्माा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नु प्रतिगामी कदम भएको बताएका छन्। श्रेष्ठले सरकारको उक्त सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तन विरोधी भएको भन्दै यो लागू हुन नसक्ने बताएका हुन्। 'आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैरसंवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन,' ओलीइतर समूहको बैठकमा…
काठमाडौं: नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेसँगै शर्माले उनीमाथि संविधानको अपहरण गरेको आरोप लगाएका हुन्। 'केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन्। यसको रक्षाका लागि सबै तयार होऔं।' शर्माले सामाजिक सञ्जालमा लेखेका छन्। उनले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएपछि राजनीति तरंगित बनेको छ। प्रधानमन्त्रीको कदमलाई संविधानविद् तथा अधिवक्ताहरुले असंवैधानिक बताएका छन्। राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीले घृणित कार्य करेको प्रतिक्रिया दिएका छन्। 'यो सामान्य मान्छेले, अलिकति संविधान बुझेको मान्छेले गर्नै सक्दैन,' उनले पहिलोपोस्टसँग भने 'यो असामान्य मान्छेले गर्ने निर्णय हो। संविधानले यो मिल्दैन्।…
काठमाडौंः आज बिहान झापामा एक महिलाको शव फेला परेको छ। शनिवार साँझ देखि सम्पर्क बिहिन भएकी झापा बिर्तामोड नगरपालिका वडा नम्वर २ चैतुवारी बस्ने ४२ वर्यीया दिनो राजबंशीको शव फेला परेको हो। आज बिहान ८ बजे घरबाट करिव ३ सय मिटरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उनी शनिवार ७ बजेतिर घर नजिकै रहेको…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीले संविधानले कल्पना नै नगरेको काम गरेको प्रतिक्रिया दिएका छन्। सरकारले संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 'यो सामान्य मान्छेले, अलिकति संविधान बुझेको मान्छेले गर्नै सक्दैन,' उनले पहिलोपोस्टसँग भने 'यो असामान्य मान्छेले गर्ने निर्णय हो। संविधानले यो मिल्दैन्। पहिले पहिलको…