काठमाडौं: पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पाँच हजार ७०६ जनाको नमुना परीक्षणको क्रममा ३०५ महिला र ४७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा दुई लाख ५२ हजार ४७४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै…
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। उनले भने, ‘सरकारले संवैधानिक…
काठमाडौं : गृहमन्त्राल केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ। शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो। ललितपुर, गुल्मी, तेह्रथुम, उदयपुर, रामेछाप लगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ। उनी यसअघि गृहमन्त्रालयमा कार्यरत थिए। तेह्रथुममा उपसचिव जयराम भण्डारीको सरुवा गरिएको छ। कृष्ण कुमार निरौलालाई सिरहा…
काठमाडौं : उखुको भुक्तानी नपाएको भन्दै तराईबाट काठमाडौं आएका उखु किसानहरु आन्दोलनरत छन्। सरकारले उखु किसानलाई भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने बताएको छ। तर, अझैसम्म पक्राउ गरेको छैन। यसैबीच उखु किसानहरुको आन्दोलनलाई सम्बोधन गर्न भन्दै दुई मन्त्री माइतिघर पुगेका छन्। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला मन्त्री हृदयश त्रिपाठी किसानहरुले धर्ना बसेको स्थान माइतीघर मण्डलमा पुगेर…
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको 'एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६' अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित भएका छन्। पुष २८ गते हुने अवार्ड कार्यक्रमका लागि आज मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र करातेका मण्डेकाजी श्रेष्ठ…
काठमाडौं : विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफ (सुडेनी/धाइआमा) हरूको नेताको सूचीमा चार जना नेपाली महिला छनोटमा परेका छन्। नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा तयार पारेको सूचीमा नेपालकी प्रशंसा बूढा लामा, रुकुमणी त्रिपाठी, सुष्मा योञ्जन, र दुर्गा सापकोटा छनोटमा परेका हुन्। अन्तर्राष्ट्रिय नर्स…
'स्टार वार्स' कलाकार जेरेमी बुलखको निधन भएको छ। उनको विहीवार ७५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही वर्ष यता पार्किन्सन थियो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याइएको हो। बीबीसीका अनुसार मृत्युको खबर पुष्टि गर्दै सार्वजनिक विज्ञप्तीमा लेखिएको छ – उनले पेशागत् हिसाबमा ४५ वर्ष लामो सफल समय बिताए। उनले १७ वर्षको उमेरमा सांगीतिक फिल्म 'समर होलिडे'बाट डेब्यु…
मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण मानिने योगलाई भारतमा प्रतिस्पर्धी खेलको मान्यता दिइएको छ। बिहीवार भारतको खेलकुद मन्त्रालयले योगलाई प्रतिस्पर्धी खेलका रुपमा औपचारिक मान्यता दिएको हो। भारतका खेलमन्त्री किरेन रिजेजु र आयुष मन्त्री श्रीपाद येस्सो नाइकले एक कार्यक्रमका बीच योगासनलाई प्रतिस्पर्धी खेलका रुपमा घोषणा गरेका हुन्। 'योगासन लामो समयदेखि प्रतिस्पर्धी खेल हो। तर यसलाई सरकारको आधिकारिक मान्यताको आवश्यकता थियो।' खेल…
काठमाडौंः सप्तरीमा आज एक जनाको आगजनीमा परेर मृत्यु भएको छ। राजबिराज नगरपालिका वडा नम्बर १६ बोरियामा ८५ वर्षीय झलाही यादवको आगो लागेर मृत्यु भएको हो। बिहान करिब ४ बजे गोठमा सुतिरहेको अबस्थामा आगो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसादले जानकारी दिए। यादवको घटनास्थलमा नै मृत्यु भएको थियो। आगो नेपाल प्रहरी, स्थानियबासी र दमकलको सहयोगमा नियन्त्रणमा आइसकेको…
काठमाडौं : उपत्यकामा कायम रहेको जोरबिजोर प्रणाली आजबाट हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो। प्रशासनले जोरबिजोर हटेको सुचनासमेत सार्वजनिक गरिसकेको छ। असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए। यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। ब्रामल लेन स्टेडियममा भएको खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु टोलीमाथि ३-२ गोलअन्तरले जित निकालेको थियो। खेलमा सेफिल्डले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै डेभिड म्याकगोल्ड्रिक्सले घरेलु टोलीलाई अग्रता दिलाए। तर खेलको २६ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै म्यानचेस्टरलाई बराबरीमा ल्याए। त्यस्तै ३३ औं मिनेटमा एन्थोनी मार्सियलले…
जर्मन क्लब बायर्न म्युनिखका फर्वाड रोबर्ट लेवान्डोस्कीले ‘द बेस्ट फिफा मेन्स प्लेयर'को उपाधि जितेका छन्। पोल्याण्डका ३२ वर्षे खेलाडी लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई पछि पार्दै पुरस्कार पाएका हुन्। अघिल्लो सिजन उनले बायर्नका लागि ४७ खेलमा ५५ गरेका थिए। बायर्नले गएको सिजन ट्रिबल पुरा गर्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए। त्यस्तै गएको सिजन च्याम्पियन्स लिग, जर्मन लिग र कपमा उनी टप स्कोरर…
काठमाडौंः टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ। उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश सदर गरेको हो। अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा बिहीबार दोषी…
काठमाडौंः सरकारले संवैधानिक परिषद् ऐन संशोधनका लागि सिफारिस गरी जारी भइसकेको अध्यादेश फिर्ताको निर्णय गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेश फिर्ता लिएको हो। चौतर्फी आलोचना भएपछि बुधबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच अध्यादेश फिर्ताको सहमति भएको थियो। बैठकले अध्यादेश फिर्ता गरेको एक मन्त्रीले जानकारी दिए। संशोधित साविकका व्यवस्था जगाउनका लागि नयाँ अध्यादेश सिफारिस…
सैफ अली खान अभिनित वेब सीरीज ‘ताण्डव’को टिजर रिलिज भएको छ। यो वेब सीरीज अमेजन प्राइममा स्ट्रीम हुनेछ। यो पोलिटिकल ड्रामा सीरीजलाई हिमांशु मेहरा र अली अब्बास जफरले उत्पादन गरेका हुन्। यो वेब सीरीज १५ जनवरीबाट प्रिमियर हुनेछ। आज सार्वजनिक भएको एक मिनेटको टिजरमा सैफ पोलिटिसियनको भूमिकामा छन्। उनी टिजरमा भन्छन्, ‘हिन्दुस्तानलाई मात्र एक चिजले चलाउँछ, त्यो हो राजनीति। यो…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति निकाल्दै ह्वाटमोरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। नेपाल र ओमन अमेरिकाबीचको त्रिकोणात्मक सिरिजसँगै यसअघिका भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। त्यसयता क्यान मुख्य प्रशिक्षकको खोजीमा थियो। क्यानले ह्वाटमोरसँगै जेनेरल म्यानेजरमा रौनकबहादुर मल्ल, चिफ फाइनाइन्स अफिसरमा…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर अवस्थाका बिरामी बाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको छ। 'चिन्ह तथा लक्षण देखिएका बिरामीहरु आइसोलेसनमा (आइसोलेसन सेन्टर, अस्पताल) मोडरेट सेभर केस (मध्यम गम्भीर) बाहेक १० दिन मात्र रहने जानकारी गराइन्छ,' मन्त्रालयको नीति, योजना तथा अनुमगम महाशाखाको बिहीवार बसेको बैठक पछि जारी वक्तव्यमा उल्लेख छ। साथै सोही अनुसार हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम…
काठमाडौं : नेपालमा थप ७७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ५८८ नमुना परीक्षणका क्रममा ३०८ महिला र ४६८ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ५१ हजार ६९२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार ५ बजेका लागि बोलाएको संबैधानिक परिषद्को बैठक स्थगित गरेका छन्। बैठक अघि ओलीले अनौपचारिक छलफलका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए। प्रचण्ड ओलीबीच छलफल भए पनि अध्यादेश फिर्ता भइसकेकाले अध्यादेश अनुसार बस्ने बैठकमा भाग नलिने भन्दै देउवाले बैठक बहिस्कार गरेका थिए। मंगलवार ल्याएको संवैधानिक परिषदको…
काठमाडौं : संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिन भित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिन भित्र भुक्तानी गराउने काम…