PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • रुपन्देहीमा थप एक संक्रमितको मृत्यु

    रुपन्देहीमा थप एक संक्रमितको मृत्यु

    काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका २ का ६७ वर्षका पुरुषको शुक्रवार बिहान उपचारका क्रममा मृत्यु भएको हो। असोज २१ गते कोभिड-१९ संक्रमण पुष्टि भई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानाको आइसोलेसन कक्षमा भर्ना भएका उनलाई स्वास्थ्य थप खराब भएपछि २५ गते सघन उपचार कक्षमा सारिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मानवअधिकार आयोगको निष्कर्षः दुई वर्षअघि भक्तपुरमा बालक अपहरण केसमा प्रहरीले नै अभियुक्तलाई नियन्त्रणमा लिएर गोली हानि हत्या

    मानवअधिकार आयोगको निष्कर्षः दुई वर्षअघि भक्तपुरमा बालक अपहरण केसमा प्रहरीले नै अभियुक्तलाई नियन्त्रणमा लिएर गोली हानि हत्या

    काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले २०७५ साउन २१ गते प्रहरीले भक्तपुरको सूर्य विनायक जङ्गलमा गरेको इन्काउन्टर फेक भएको निष्कर्ष निकालेको छ। आयोगबाट गठित विशेषज्ञहरूको समितिले घटना इन्काउन्टर नभएर आरोपी दुवै जनालाई नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको निष्कर्ष निकालेको हो। साउन २१ गते प्रहरीले काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भएको भन्दै सिन्धुपाल्चोक गोपाल तामाङ र नुवाकोटका…

    विस्तृतमा पढ्नुस्

  • नयाँ फिल्महरू बारे जानकारी दिँदै कंगना रनौतले भनिन् : मैले बलिउडलाई पहिलो एक्सन हिरोइन दिएकी छु  

    नयाँ फिल्महरू बारे जानकारी दिँदै कंगना रनौतले भनिन् : मैले बलिउडलाई पहिलो एक्सन हिरोइन दिएकी छु  

    बलिउड अभिनेत्री कंगना रनौत माइक्रो ब्लगिङ साइट ट्वीटरमा सक्रिय छिन्। ट्वीटमार्फत् सुशान्त सिंह राजपुतको मृत्युको बारेमा बोलिन्। उनको आत्मविश्वास र बोलीको तारिफ गर्नेहरू देखिए। ट्वीटमार्फत् उनले बलिउडमा व्याप्त नातावादविरुद्ध बोलिन्। वाहवाही बटुलिन्। तर, केही महिना मै उनको विपक्षमा बोल्नेहरू निस्किए। जसको प्रतिवादमा समेत उत्रिइन् उनी। त्यसयता बलिउडलाई गाली गर्नमा र नातावादसँगै, ड्रग्स र शोषणको नाली भन्न पनि पछि परिनन्। शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • २२ वर्षे युवाको कोभिड-१९ बाट मृत्यु, ट्वाइलेटमा बेहोस भई अस्पतालमा भर्ना, मृत्युपछि संक्रमण पुष्टि

    २२ वर्षे युवाको कोभिड-१९ बाट मृत्यु, ट्वाइलेटमा बेहोस भई अस्पतालमा भर्ना, मृत्युपछि संक्रमण पुष्टि

    काठमाडौं : सुर्खेतमा थप एक जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। जिल्लाको गुर्भाकोट नगरपालिका २ का २२ वर्षका युवाको मृत्यु भएको हो। उनको मृत्युपछि परीक्षण गर्दा कोभिड-१९ को संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिएका छन्। गुर्भाकोटमा ठूलो बुवाको घरमा पढ्न बसेका उनी बुधवार सौचालय जाने क्रममा लडेका थिए। सौचालयमा धेरैबेर…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सरबारे बोले सञ्जय दत्त, भने : यी दागलाई चाँडै हराउनेछु

    क्यान्सरबारे बोले सञ्जय दत्त, भने : यी दागलाई चाँडै हराउनेछु

    आफ्नो फोक्सोको क्यान्सर बारे बलिउड स्टार सञ्जय दत्तले पहिलो पटक मुख खोलेका छन्। ६१ वर्षीय अभिनेताले इन्स्टाग्राम लाइभमार्फत् समस्या बारे भने – ‘यो रोगलाई चाँडै हराएर छाड्छु।’ एक सय ५० भन्दा बढी फिल्ममा अभिनय गरेका दत्तले आफू नोभेम्बरमा नयाँ फिल्म छायाँकनलाई लागि फ्लोरमा निस्कने बताएका छन्। अगस्टमा उनलाई स्वास प्रस्वासमा समस्या देखिए पछि कोभिड-१९ परीक्षण गरिएको थियो। तर, उनमा संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा कोभिड १९ संक्रमित ३३ वर्षीय पुरुषको मृत्यु

    बाँकेमा कोभिड १९ संक्रमित ३३ वर्षीय पुरुषको मृत्यु

    राँझाः बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ।  रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो।स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना…

    विस्तृतमा पढ्नुस्

  • ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली

    ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको दावी छन्। उनले ४० औँ खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कानुनी अधिकारको रूपमा स्थापित भएको नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई व्यवहारिक अभ्यास गरिएको बताए। 'कानुनी अधिकारको परिभाषिक रणमा मात्र सीमित गर्ने परम्परालाई तोडेर नेपालमा गरिबीको कारण ‘कोही…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई पहिलो अस्कर अवार्ड दिलाउने भानू अथैयाको निधन

    भारतलाई पहिलो अस्कर अवार्ड दिलाउने भानू अथैयाको निधन

    भारतको पहिलो अस्कर अवार्ड विजेता एवं भारतीय सिनेमा क्षेत्रकी चर्चित कस्ट्युम डिजाइनर भानू अथैयाको ९१ वर्षको उमेरमा निधन भयो। ब्रेन ट्यूमरका कारण ३ वर्षदेखि थला परेकी उनले विहीवार निदाइ रहेकै अवस्थामा प्राण त्यागिन्। भानू अथैयाले सन् १९८२ मा सार्वजनिक भएको फिल्म 'गान्धी'मा कस्ट्यूम डिजाइन गरेकी थिइन्। उक्त फिल्मका लागि उनले अस्कर अवार्ड पाएकी थिइन्। फिल्मलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनामा विभिन्न अपराधमा १ हजार ४ सय ६० जना समातिए

    तीन महिनामा  विभिन्न अपराधमा १ हजार ४ सय ६० जना समातिए

    काठमाडौंः नेपाल प्रहरीले विगत ३ महिनाको अवधिमा विभिन्न अभियोगमा फरार १ हजार ४ सय ६०  जना अभियुक्त तथा अपराधीलाई नियन्त्रणमा लिएको छ। शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा ६५ औं प्रहरी दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले तीन महिनामा समातिएका अभियुक्त तथा अपराधिहरुको बारे जनाकारी दिएका हुन्। त्यस्तै सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द (विप्लव) समूहका १ सय २१ जनलाई…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानमन्त्री बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ-जनतालाई गलत सूचना दिएर भड्काउने गैर जिम्मेवार काम नगर्नुस्

    पूर्व प्रधानमन्त्री बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ-जनतालाई गलत सूचना दिएर भड्काउने गैर जिम्मेवार काम नगर्नुस्

    काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन्।  आज नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवस कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए। प्रधानमन्त्री ओलीले भने,' कसैले नलिएको, कार्य आरम्भ नभएको, हुन्छ हुँदैन, कसले गर्छ भन्ने टुङ्गो नभएको आयोजनामा पूर्व प्रधानमन्त्री जस्तो मान्छेले…

    विस्तृतमा पढ्नुस्

  • परीक्षण गरेका स्वाबमा ५० प्रतिशतभन्दा धेरैको रिजल्ट पोजेटिभ!

    परीक्षण गरेका स्वाबमा ५० प्रतिशतभन्दा धेरैको रिजल्ट पोजेटिभ!

    काठमाडौं : कोभिड १९ संक्रमितको संख्या लगातार बढ्नेक्रम थामिएको छैन। धरानमा गरिएको कूल परीक्षणमध्ये पचास प्रतिशतमा कोभिड १९ पोजेटिभ फेला परेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा गरिएको परीक्षणमा यस्तो नतिजा देखा परेको हो। प्रयोगशालामा ३ सय २६ जनाको थ्रोट स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये १ सय ६४ जनामा संक्रमण पोजेटिभ देखियो भने १ सय ५९ जनामा नेगेटिभ।…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वमा कोभिड १९ संक्रमण बढ्न सक्ने भन्दै कञ्चनपुरमा निषेधाज्ञा

    चाडपर्वमा कोभिड १९ संक्रमण बढ्न सक्ने भन्दै कञ्चनपुरमा निषेधाज्ञा

    कञ्चनपुरः चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेको बताए। जारी निषेधाज्ञाअनुसार बडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ। चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • थप ५३ केस पुष्टि भएपछि गण्डकीमा संक्रमित पुगे ५ हजार ४ सय माथि

    थप ५३ केस पुष्टि भएपछि गण्डकीमा संक्रमित पुगे ५ हजार ४ सय माथि

    काठमाडौं : आज बिहानसम्म थप ५३ जनामा नयाँ केस पहिचान हुँदा गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या ५ हजार ४ सय ९ पुगेको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण देखिएको हो। थपिएका संक्रमितहरुमा तनहुँका ६ जना, लमजुङका २ जना, बाग्लुङका ७ जना, नवलपरासी १५ जना, गोरखाका ४ जना र कास्कीका १९ जना रहेका छन्। कास्कीका अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा मानिसको गतिविधि रोक्न प्रहरी परिचालन, युरोपमा दोस्रो लहरको कहर

    फ्रान्समा मानिसको गतिविधि रोक्न प्रहरी परिचालन, युरोपमा दोस्रो लहरको कहर

    शनिवारदेखि रात्रिकालीन कर्फ्युको घोषणा भएको फ्रान्समा एक्कासी संक्रमितको संख्या थपिन थालेको छ। बिहीवार एक्कासी ३० हजार ६ सय २१ नयाँ केस थपिएपछि युरोपेली शक्तिराष्ट्रको हालत थप खराब भएको हो। बुधवार भन्दा बिहीवार २२ हजार ५ सय ९१ जना नयाँ कोभिड १९ संक्रमित थपिएका हुन्। विश्व स्वास्थ्य संगठनले कडा प्रतिबन्धहरु नलगाउने हो भने फ्रान्समा जीवन रक्षा कठिन हुने चेतावनीसमेत दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • तीन औलाले सलाम गर्दै कर्फ्यु तोडेर थाइल्यान्डमा प्रदर्शन जारी

    तीन औलाले सलाम गर्दै कर्फ्यु तोडेर थाइल्यान्डमा प्रदर्शन जारी

    सरकारले निषेधाज्ञा लगाएको भए पनि थाइल्यान्डको राजधानी बैंककमा दशौं हजार मानिस प्रजातान्त्रिक आन्दोलनका लागि उत्रिएका छन्। थाइ सरकारले डिक्री निषेध जारी गर्दै कुनै पनि भेला आयोजनामाथि रोक लगाएको थियो। सारकारले जारी गरेको कर्फ्युपछि पनि प्रदर्शनकारीहरु निश्चिन्त भएर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन्। २० जना आन्दोलनकारीको रिहाई हुनुपर्ने लगायतको मागसहित उनीहरुले कर्फ्यु तोडेका हुन्।  आन्दोलनकारीहरुले तीनवटा…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरविरुद्ध पञ्जाबले निकाल्यो जित, केएल राहुल र क्रिस गेलको अर्धशतक

    बेङ्ग्लोरविरुद्ध पञ्जाबले निकाल्यो जित, केएल राहुल र क्रिस गेलको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले बेङ्ग्लोरलाई ८ विकेटले हराएको हो। १ सय ७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। पञ्जाबका लागि कप्तान केएल राहुलले अभिजित रहँदै ६१ रन जोडे। त्यस्तै, क्रिस गेलले ५३ तथा मयंक अग्रवालले…

    विस्तृतमा पढ्नुस्

  • नयाँ मन्त्री थपिएसँगै सचिव सरुवा, को कुन मन्त्रालयमा?

    नयाँ मन्त्री थपिएसँगै सचिव सरुवा, को कुन मन्त्रालयमा?

    काठमाडौँः मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारले दश सचिवको जिम्मेवार हेरफेर गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले जिम्मेवारी हेरफेर गरेको एक मन्त्रीले जानकारी दिए। तर, नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेका मन्त्रालयमा एकमात्र सचिव हेरफेर गरिएको छ। अन्य मन्त्रालयमा चलाइएको छैन। 'कसलाई कुन मन्त्रालय भन्ने मोटामोटी समझदारी बनिसकेको छ। केही प्राविधिक पक्ष मिलाउने अवस्था चाहिँ छ,' ती मन्त्रीले भने।  नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेको शहरी…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरले पञ्जाबलाई दियो १ सय ७२ रनको लक्ष्य, बिराट कोहली चुके अर्धशतकबाट

    बेङ्ग्लोरले पञ्जाबलाई दियो १ सय ७२ रनको लक्ष्य, बिराट कोहली चुके अर्धशतकबाट

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले किंग्स ११ पञ्जाबलाई १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ। बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४८ रन जोडे। त्यस्तै शिवम दुवेले २३ रन जोड्दा आरोन फिन्सले २० रन…

    विस्तृतमा पढ्नुस्

  • गैरनाफामूलक रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज

    गैरनाफामूलक रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज

    काठमाडौँः गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीसहितको बैठक सो निर्णय गरेको हो। केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरि गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहनेगरि यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको अभियोगमा होटल सञ्चालक पक्राउ

    यौन दुर्व्यवहारको अभियोगमा होटल सञ्चालक पक्राउ

    जनकपुरधाम : यौन दुर्व्यवहारको अभियोगमा जनकपुरबाट जेएफसी होटलका सञ्चालक पक्राउ परेका छन्। जनकपुरधामस्थित शिव चौकमा सञ्चालित जेएफसी होटल तथा रेष्टुरेन्टका सञ्चालक प्रमोद यादवलाई यौन दुर्व्यवहारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। जनकपुरस्थित संकट मोचन स्कुलमा अध्ययनरत एक बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर वडा नम्बर १९ शिवपुर निवासी ३८ वर्षीय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell