काठमाडौं : चितवनमा थप ५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधवार रातिसम्म आएको थप नतिजामा ५९ जनामा पोजेटिभ देखिएको हो। २ सय ८१ वटा नमुना परीक्षण गर्दा ५९ वटामा पोजेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका रहेका छन्। भरतपुरमा १९ जना पुरुष र ११ जना महिलामा कोभिड पोजेटिभ…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले ५३ रन बनाएका थिए। त्यस्तै मार्कस स्टोइनिसले १८ रन र एलेक्स केरीले…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला गतिविधिप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले आशंका गर्न थालेका छन्। बुधबार भएको मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको साथ रहेको आशंका नेपाल पक्षको छ। तर, मन्त्रिमण्डल पुनर्गठन स्थायी कमिटी र सचिवालय बैठकको म्याण्डेड अनुसार नभएको भन्दै प्रचण्ड असन्तुष्ट रहेको खुमलटार स्रोत बताउँछ। नेपाल निकट स्थायी कमिटी सदस्य…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐय्यरले ५३ रन बनाउँदा मार्कस स्टोइनिसले १८ रन र एलेक्स…
काठमाडौं : बाग्लुङमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। बाग्लुङको बाग्लुङ नगरपालिका-२ बस्ने ७७ बर्षीय पुरुषको कोरोनाका कारण बुधवार मृत्यु भएको हो। उनको बुधवार दिउँसो १२:१० वजे पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनमा कोभिड-१९ का साथै मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ। योसँगै गण्डकी प्रदेशमा…
काठमाडौँः नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ। शपथ समारोह राष्ट्रपति कार्यालयमा हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री थप गरेका छन्। ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी महासचिव समेत रहेका विष्णु पौडेललाई दिएका छन्। सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ…
काठमाडौँः प्रतिनिधिसभा महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पालले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन्। बुधबार रिपोर्ट पोजेटिभ आएको हो। पालले यसबीचमा आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन पनि आग्रह गरेकी छन्।
विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालयले ६५ औँ प्रहरी दिवस मनाएको छ। बुधवार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङ्गणमा उक्त दिवस मनाइएको हो। ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा रक्तदान कार्यक्रम गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कुमार कार्कीले जानकारी दिए। कार्कीका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा अन्तर्गत क्षेत्रीय रक्त…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ओलीले रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिएका छन्। यस्तै, रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय तानिएको छ। यस्तै, सञ्चार मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ। यसअघि गुरुङले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। महिला बालबालिका मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ। सहरी विकास मन्त्रालयको जिम्मेवारी…
काठमाडौं : भारतका स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउने भएका छन्। यही कार्तिकमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी दिएको छ। लकडाउनको कारण सेनाध्यक्ष नरावणेको भ्रमण स्थागित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो। भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
दोस्रो पटक कोभिड-१९ भाइरस संक्रमण पुष्टि भएको महिलाको मृत्यु भएको छ। द नेदर्ल्यान्ड्स नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थले मंगलवार ८९ वर्षीया डच महिलाको मृत्यु भएको बताएको हो। दोस्रो पटक संक्रमण पछि मृत्युको यो पहिलो घटना हो। द ल्यान्सेट संक्रामक रोग मेडिकल जर्नलले मंगलवारमात्रै कोभिड-१९ को पुनः संक्रमण देखिएको बताएको थियो। २५ वर्षीय अमेरिकी युवकमा दोस्रो पटक संक्रमण भएको हो। मृत…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु सिवा पहाडीको निधन भएको छ। मुटुमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत् उनको बुधवार निधन भएको हो। उनी २०७४ सालमा इलामबाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित बनेकी थिइन्। जनवादी गायिकासमेत रहेकी सिवा लामो समयदेखी मृगौला, मुटुको समस्याबाट पिडित थिइन्। उनको २०६३ सालमा भारतको तामिलनाडुमा मृगौला प्रत्यारोपण गरिएको थियो। मृगौला प्रत्यारोपणको दुई वर्षपछि उनको…
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दर्ता भएको छ। सोमवार कर्नाटकको स्थानीय अदालतले किसान केन्द्रित ट्वीटलाई लिएर उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो। तुलाकुरु जिल्लाका प्रहरीले निर्देशन बमोजिम गरेको हो। गत सेप्टेम्बर २१ मा केन्द्रीय कृषि कानूनको विरोधमा प्रदर्शनमा उत्रिएका किसानविरुद्ध कंगनाले ट्वीट् लेखेकी थिइन्। अदालतले अधिवक्ता एल रमेश नाइकको उजुरीमा एफआइआर दर्ता गर्न निर्देशन दिएको थियो। उनीविरुद्ध मुद्दा भारतीय…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ। मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका…
काठमाडौं : टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज अन्तर्गत मंगलबार राती चार नयाँ मोडल सार्वजनिक गरेको छ। एउटा डिजिटल इभेन्टमार्फत सार्वजनिक यो कार्यक्रम विश्वभरका लाखौं एप्पल फ्यानले हेरेका थिए। एप्पलले सार्वजनिक गरेको एप्पल १२ फाइभजी प्रविधिमा आधारित रहेको र यो कम्पनीका लागि नयाँ युगको सुरुवात भएको एप्पल इन्कका प्रमुख कार्यकारी अधिकृत टीम कुकले बताए। कम्पनीले एप्पल १२ अन्तर्गत आइफोन १२,…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनावमा उनको प्रतिद्वन्द्वी रहेका जोय विडेनविरुद्ध विभिन्न ट्वीट गर्दै आएका छन्। बुधवार उनले एक पोस्ट सेयर गरे जसमा विडेनको उमेरमाथि व्यङ्ग्य गरिएको छ। उक्त ट्रोलमा जोय विडेन ह्विलचियरमा छन्। त्यो सक्कली तस्विर भने होइन। जोयको टाउको फोटोसप गरी एक वृद्धको शरीरमा देखाइएको हो। फोटोमा अरु वृद्धवृद्धा पनि छन्। त्यसको ठीक तल लेखिएको छ –…
काठमाडौं : बाइक नम्बर बा ९६ प ७१४१। तर, नम्बर प्लेटमा झट्ट हेर्दा बा ९…। तस्बिरमा हेर्नुस् त। कस्तो कस्तो झुक्काउने किसिमको? तपाईँ पनि झुक्किनु हुन्छ। के यस्तो गरेर बाइक नम्बर लेखिनु संयोगमात्र हो या नियतपूर्वक नै बनाइयो? संयोग नै भनौं, यो मोटरसाइकल चढ्ने मानिस अपराधसँग जोडिएकाले शंका गर्ने ठाउँ पर्याप्त देखियो। यो बाइक चढ्ने दुई जना सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय…
विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ। स्टेडिओ नासिओनल डी लिमामा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि ४-२ गोल अन्तरले जित निकालेको हो। ब्राजिलको जितमा नेइमारले ह्याट्रिक पुरा गर्दा रिचार्लीसनले १ गोल गरे। खेलमा अग्रता भने पेरुले बनाएको थियो। खेलको छैटौं मिनेटमा एन्ड्री क्यारिल्लोले पेरुलाई अग्रता दिलाएका थिए। उता ब्राजिलका लागि २८ औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत…
बाबा रामदेव हात्तीमाथि बसेर योग गर्दागर्दै लडेका छन्। उत्तर प्रदेशको मथुरास्थित, महावन आश्रममा एक सजाइएको हात्तीमा चढेका थिए उनी। वरपर उनलाई हेर्नेको भिड थियो। आकाशतर्फ फर्केर आँखा चिम्म गरेका उनले आफ्नो एउटा हातलाई अर्कोले बाँधेका थिए, टाउकोमा लगेर। त्यसरी अभ्यास गर्दैगर्दा एकाएक हात्ती चल्मलायो। र, बाबाले आफूलाई सम्हाल्नु अघि उनी लडे। हात्तीबाट खसेका उनी हाँस्दै उठे र अघि बढे। हाल…
काठमाडौं : कोठा पाइन्छ होला? दुई महिनाअघि दुई युवक कोठा खोज्दै पेप्सीकोलास्थित एउटा घरमा पुगे। घर दुई तलाको थियो। घरबाट एक महिला बाहिर निस्किइन्। उनले कोठा नभएको जानकारी दिइन्। उनीहरुले केही समय ती महिलासँग कुरा गर्न थाले। केही समयसम्म महिलासँग सौहार्दपूर्ण कुरा गरिरहेका उनीहरु एकाएक परिवर्तन भए। 'कोठा नभएर घरमा पैसा होला निकाल' भन्दै धम्काउने थाले। एक्ली महिला अक्क न बक्क भइन्। उनी तर्सनु…