काठमाडौं : कान्ति बाल अस्पतालमा स्थापना गरिएको आइसीयू विस्तारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको माग गरेको छ। २० डाक्टर, एक इन्जिनियर र ३५ जना नर्सका लागि आवेदन दिन अस्पतालले सूचना जारी गरेको छ। करार सेवामा २० जना मेडिकल अधिकृत, एक जना बायोमेडिकल इन्जिनियर र ३५ जना स्टाफ नर्स राख्न लागेको हो। मेडिकल अधिकृत र इन्जिनियर आठौं तहका हुन् भन् नर्स पाँचौं।…
विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई हराएको छ। स्टेडियो हेर्नान्डो सिल्समा भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि २-१ को जित निकालेको हो। अर्जेन्टिनाको जितमा लौटरो मार्टिनेज र जोआक्विन कोरेराले गोल गरे। खेलमा बोलिभियाले अग्रता बनाएको थियो। खेलको २४ औं मिनेटमा मार्सेलो मार्टिन्स मोरेनोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ४५ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गर्दै मार्टिनेजले खेल…
काठमाडौं : एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का सचिव/कोषाध्यक्ष निर्वाचित भएका छन्। विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघको अक्टोबर १२ मा भएको निर्वाचनमा मलेसियन प्रतिद्वन्द्वी फइज फधिलिल्लाहलाई पराजित गर्दै पाण्डेले जित हासिल गरेका हुन्। निर्वाचन अनलाइनबाट गरिएको थियो। वर्तमान उपाध्यक्ष पाटाको विधान अनुसार अध्यक्ष रहने…
चेक रिपब्लिकमा तीन साता लामो लकडाउन घोषणा भएको छ। नोभेम्बर ३ सम्म स्कूल, बार, रेस्टुरेन्ट र क्लबहरू बन्द रहनेछन्। त्यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्नमा पनि रोक लगाइएको छ। युरोपमा कोभिड-१९ को संक्रमण बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको छ। त्यस क्षेत्रका देशहरूमध्ये प्रति एक लाख मानिसमध्ये सर्वाधिक संक्रमित दर चेक रिपब्लिकमा छन्। त्यहाँका विश्वविद्यालय पनि बन्द रहने र पढाई…
काठमाडौं : राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको मोबाइलमा २०७७ असार ३० गते एउटा एसएमएस आयो- 'भैरहवाबाट एक जना व्यक्ति कारमा बोराभरी पैसा लिएर बुटवल जाँदैछन्।' भैरहवाबाट बुटवलको दुरी २८ किलोमिटर छ, त्यो दूरी कारमा २५ मिनेटको हाराहारीमा तय गर्न सकिन्छ। ठूला कारोबार क्यासलेस भइरहेको अहिलेको समयमा मान्छेले किन बोराभरी पैसा बोक्यो? कतै यो पैसा दुई नम्बरी धन्दाको त होइन?…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १६८ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो। चेन्नइका लागि सेन वाटसनले सर्वाधिक ४२ रन बनाउँदा अम्बाती रायडूले ४१ रन बनाए। त्यस्तै ओपनर साम करनले ३१ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनीले…
युभेन्टसका पोर्चुगिज स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको छ। स्टार रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको पोर्चुगल फुटबल फुटबल फेडेरेसनले जनाएको छ। यसअघि बुधवार नेशन्स कप अन्तर्गतको खेलमा रोनाल्डोले पोर्चुगलबाट फ्रान्सविरुद्ध खेलेका थिए। अब पोर्चुगलले खेल्ने स्वीडेनविरुद्धको खेलमा रोनाल्डो सहभागी हुने छैनन्। फेडेरेसनका अनुसार रोनाल्डोको अवस्था अहिले सामान्य छ। र, उनलाई कुनै लक्षण छैन। नेशन्स लिग अन्तर्गत समूह सी मा…
काठमाडौँः सरकारी कोषमा जम्मा गर्नुपर्ने राजस्व आफ्नै खातामा जम्मा गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ का वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक (करार सेवा) रत्नबहादुर विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजस्व हिनामिनाको आरोपमा विकविरुद्ध तथा सो कार्यमा साथ दिएको अभियोगमा अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर…
काठमाडौं : चैत महिनायता नेपालमा फुटबललगायतका खेल गतिविधिहरु बन्दप्राय छन्। युरोप हुँदै छिमेकी देशहरुमा पनि खेलकुदका गतिविधि चलिरहँदा नेपालमा भने अझै खेलकुद के हुने टुंगो छैन। यसैबीच, नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले सरकार र राष्ट्रिय खेलकुद परिषद्को ध्यानकर्षण गर्दै खुला पत्र लेखेका छन्। कप्तान चेम्जोङले संसारभर फुटबल गतिविधि चलिरहँदा नेपालमा पनि मापदण्ड पूरा गरेर खेल सञ्चालन गर्न आग्रह गरेका…
पेरूको चर्चित पर्यटकीय स्थल 'माचू पिचू' एक जना पर्यटकको लागि खुला भएको छ। जापानका जेसी कातायामाका लागि उक्त ठाउँ खुला गरिएको हो। बीबीमा जनाइए अनुसार गत मार्चमै उनी 'माचू पिचू' घुम्नका लागि पेरू पुगेका थिए। कोरोना भाइरस संक्रमणका कारण उनको भ्रमण रद्द भयो। तर, कातायामा देश फर्केनन्। घुम्नका लागि सात महिना कुरे। पेरू सभ्यताको प्रसिद्ध अवशेष स्थल मानिन्छ 'माचू पिचू'लाई।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली विवादलाई अराजनैतिक गतिविधिको संज्ञा दिएको छ। प्रचण्डको स्वकीय सचिव गंगा दाहालले मंगलवार सामाजिक सञ्जालमार्फत् कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्तत: असफल भएको बताएकी हुन्। 'कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्तत: असफल भएको छ।पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्ण कमरेडहरुलाई बधाई…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले कर्णाली प्रदेशका सदस्यहरुसँग छलफल गर्ने भन्दै मुख्यमन्त्रीसहितका नेताहरुलाई काठमाडौं बोलाएका छन्। मंगलवार बालुवाटारमा भएको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उनी विरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गरेका प्रदेशसभा सदस्य तथा नेकपाका कर्णाली प्रदेशका सह-इञ्चार्ज यामलाल कडेँललाई छलफलका लागि काठमाडौं बोलाएका हुन्। दुई अध्यक्षले पार्टी प्रदेश…
काठमाडौं : पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति सार्वजनिक भएको छ। मङ्गलवारदेखि उनी लिखित ‘वनको वैभव’बजारमा उपलब्ध भएको हो। यस पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न र उनीहरूको यौनका बारेमा विषयबारे जान्न चाहनेहरूका उपयोगी हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेले बताए। ‘पुस्तक रमाइलो ढङ्गमा लेखिएको छ। सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर…
दुई टिभी च्यानलविरुद्ध बलिउड फिल्म निर्माताहरूले मुद्दा दर्ता गरेपछि अभिनेत्री कंगना रनौत आक्रोशित भएकी छिन्। बलिउडका ३४ नामी निर्माताहरूले सोमवार रिपब्लिक टिभी, अर्णव गोस्वामी, रिपब्लिक टिभीकै प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशंकर र नविका कुमारको विरुद्ध दिल्ली उच्च अदालतमा मुद्धा दर्ता गरेका हुन्। बीबीसी हिन्दीका अनुसार उनीहरूले सुशान्त सिंह राजपुतको मृत्युको विषयमा 'गैर जिम्मेवारपूर्वक' रिपोर्टिङ गरेको आरोप छ। घटनाको चर्चा पछि…
काठमाडौंः प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले सिन्धुली मरिन गाउँपालिका ७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरन्जन थापालाई नियन्त्रणमा लिएको हो। थापाले विभिन्न मितिमा ललितपुरबाट 'पिपुल केयर नेपाल' सस्थाको लागि फर्निचर, कार्पेट, स्टेसनरी लगायतको ५३ लाख ३१ बराबरको सामान लिएर पैसा नतिरि विभिन्न बहाना बनाएर फरार भएको उजुरी परेपछि नियन्त्रणमा लिएको…
अमेरिकामा एक मानिसमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डाक्टरहरूले योपटकको संक्रमण पहिलेभन्दा बढी जोखिमपूर्ण भएको बताएका छन्। बीबीसीले जनाए अनुसार २५ वर्षीय ती संक्रमितको फोक्सोले शरीरमा आवश्यक मात्रामा अक्सिजन लिन नसके पछि अस्पताल भर्ना भएका थिए। हाल भने उनको स्वास्थ्य अवस्था सामान्य छ। कोभिड-१९ को पुन: संक्रमण दुर्लभ मानिन्छ। तर, ल्यान्सेटको अध्ययनले संक्रामक रोगहरूले भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता…
काठमाडौं : अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले फिल्म फेस्टिभल गर्ने भएको छ। कलेजले आउँदो शुक्रवारदेखि आइतवारसम्म तीन दिन लामो भर्चुअल फिल्म फेस्टिभलमा आयोजना गर्न लागेको हो। फेस्टिभलमा फिल्म स्क्रिनिङदेखि देशी विदेशी फिल्मकर्मीसँग अन्तर्क्रिया समेत हुने कलेजले जनाएको छ। निर्देशक तथा कलेजका प्रिन्सिपल विनोद पौडेलले महामारीका कारण सुस्त रहेको फिल्म उद्योगलाई गतिशील बनाउन फेस्टिभल गर्न लागेको बताए। भने, ‘यो आत्म…
काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीका नेताहरु कर्णाली प्रदेशमा उत्पन्न समस्याबारे आन्तरिक छलफलमा छन्। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। आइतवार नेकपाकै १८ सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै समस्याको निकास खोज्न दुई अध्यक्षबीच प्रयास भइरहेको छ।…
काठमाडौं : युवाहरुलाई कानून निर्माण प्रक्रिया, संसदीय अभ्यास, सुशासनमा युवाको सहभागितालगायतका विषयमा प्रशिक्षण दिने गरी युथ पार्लियामेण्ट स्कुल सञ्चालन गरिएको छ। तीन प्रदेशका तीन सय बढी युवाहरु सहभागी कार्यक्रम ६ दिन सञ्चालन हुने जनाइएको छ। नेपाल राष्ट्रिय युवा सञ्जाल (आयोन) ले आयोजना गरेको युथ पार्लियामेण्ट स्कुल कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का युवाहरु सहभागी छन्। सोमवारदेखि सुरु…
काठमाडौं : पछिल्लो समय लुम्बिनी प्रदेशमा दैनिक तीन सयको हाराहारीमा संक्रमित पहिचान भइरहेका छन्। नेपालभर कूल संक्रमितको १२.१० प्रतिशत लुम्बिनीमा संक्रमित पहिचान भएका छन्। जसमध्ये हालसम्म १० हजार ३१२ संक्रमित निको भइसकेका छन् भने अझै तीन हजार ११५ संक्रमित आइसोलेसनमा छन्। १०९ जनाको संक्रमितको मृत्यु भइसकेको लुम्बिनीमा संक्रमितको उपचारमा खटिँदै गर्दा ४०८ जना स्वास्थ्य कर्मीहरु पनि संक्रमित भएका छन्। संक्रमित…