काठमाडौँः सर्वोच्च अदालतले कोरोना संक्रमितले परीक्षा दिन नपाउने गरी लोक सेवा आयोगले तयार पारेको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। मानव अधिकार रक्षक सञ्जालका तर्फबाट दायर रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार विपरीत भएको समेत आदेशमा उल्लेखमा गरेको छ। अदालतले स्वास्थ्य मापदण्ड परिपालना गरेर परीक्षा लिन र सोही अनुसार…
काठमाडौ : बिहीवार साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो बैठक बस्न लागेको हो। पुनर्गठनमा नेकपाका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै शहरी विकास मन्त्री सांसद कृष्णगोपाल श्रेष्ठ र लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ। महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको…
काठमाडौं : गएको २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १६ हजार ५ सय ९८ लाई पीसीआर परीक्षण गरिएको जानकारी दिए। काठमाडौं उपत्यकामा १९ सय ३५ जनामा संक्रमण देखिएको हो। काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको…
काठमाडौं : नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोली आज बिहान काठमाडौंको बनियाँटारबाट रामेछाप खाडादेवी गाउँपालिका वडा नम्बर ६ घर भएका २८ वर्षीय गोविन्द खड्कालाई नियन्त्रणमा लिएको हो। उनले विगत दुई वर्षदेखि प्रहरीको नक्कली वर्दी लगायत अन्य उपकरणहरु बोकेर मानिसलाई तर्साउँदै रकम लुट्ने गरेको अनुसन्धानमा खुलेको छ। उनले रातिको समयमा रात्रिकालीन व्यवसायीहरुलाई बढी…
काठमाडौं : चैतयता ठप्प रहेको खेलकुद क्षेत्रमा पछिल्लो समय तरङ्ग ल्याइदिएको छ रंगशालामा गराइएको एउटा म्युजिक भिडियोको सुटिङले। खेलकुद अभ्यासका लागि सरकारले अनुमति नदिरहेको समयमा म्युजिक भिडियो सुटिङका लागि अनुमति दिएको भन्दै खेलकुद सम्वद्धहरुको आक्रोश सुनिन्छ पछिल्लो समय। नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले त सरकार र राखेपलाई खुलापत्र लेख्दै विश्वभर खेल सञ्चालन भइरहँदा नेपालमा अभ्यास पनि सुरु गर्न अनुमति नदिएको तर रंगशालामा म्युजिक…
काठमाडौ : कर्णाली प्रदेशको विवादबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका छन्। प्रचण्डले निवास खुमलटारमा बिहीवार बिहान कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षका नेताहरुसँग छलफल गरेका थिए। उनले शाही पक्षका नेताहरुबाट समस्याबारे बिफ्रिङ लिएका छन्। प्रचण्डले अहिले मुख्यमन्त्री शाहीका विरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गरेका नेकपा कर्णाली प्रदेश सह इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेललपक्षलाई अहिले खुमलटार…
काठमाडौं : एक्काइस दलीय वाम गठबन्धनले राजधानीको माइतीघरमा आज विरोध प्रदर्शन गरेको छ। एमसीसीको खारेजी, नेपाली मिचिएका भूभागहरु फिर्ता, भ्रष्टाचारको अन्त्य, बलात्कारविरुद्ध सशक्त कारवाही लगायतका मुद्दालाई लिएर साना वाम संगठनहरु विरोध कार्यक्रममा उत्रेका हुन्। प्रतिवन्धित पार्टीलाई फुकुवा गर्नुपर्ने लगायतका मागहरु पनि उनीहरुले राखेका थिए। दलित र महिलामाथिको हिंसा बन्द गर, घुसखोरी अन्त्य गर, कोरोना भाइरस नियन्त्रण गर, लिम्पियाधुरा, लिपुलेक, कालपानी…
विराटनगर : प्रदेश नम्बर १ को सरकारले प्रदेशका ११ वटा पालिकालाई एक–एक वटा वारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको छ। बिहीवार आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले पालिकाका प्रमुखलाई वारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरे। वारुणयन्त्र र प्रहरी भ्यान पाउनेमा सुनसरीको कोशी, मोरङको कानेपोखरी र झापाको कमला गाउँपालिका छन् त्यस्तै इलामको देउमाई र पाँचथरको फिदिम नपा, तेह्रथुमको आठराई…
काठमाडौं : बिहीवार मध्यान्हतिर नयाँ बजारको फलफूल चोकस्थित एउटा घरमा एक्कासी ठूलो विस्फोटको आवाज आयो। वरिपरि थर्कने गरी निस्किएको चर्को आवाजले महोल नै त्रसित बनायो। घरमा आगलागी समेत भयो। ग्यास सिलिन्डर विस्फोटमा परी पाँच जना घाइते समेत भए। नीलकुमारी क्षेत्रीको घरमा ग्यास विस्फोट भएको हो। उनकोमात्र होइन, अरुहरु घरमा पनि क्षति पुगेको छ यो विस्फोटले। विस्फोटपछि त्यहाँको दृष्य यस्तो देखियो -
काठमाडौं : रुपन्देहीमा आईसीयू अभाव हुँदा धमाधम कोभिड-१९ संक्रमितको मृत्यु भइरहेको छ। बिहीवार बिहान पनि एक जना कोभिड-१९ संक्रमितको बुटवलमा आईसीयू नहुँदा ज्यान गएको छ। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षका पुरुषको बुटवलमा आईसीयू नहुँदा दाङ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। ७३ वर्षका संक्रमित पुरुष बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानाको आईसोलेसनमा बुधवार भर्ना…
काठमाडौं : जिल्ला प्रहरी कार्यालय झापाले हत्याको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो। युवकले मंगलवार राति साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा २२ वर्षीय अभिषेक चौधरीको हत्या…
काठमाडौंः प्रहरीले अपरिचित मानिसलाई आफ्नो मोवाइल नदिन आग्रह गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं सुचना जारी गर्दै विभिन्न बहानमा मोवाइल लुट्ने घटना भएकाले सचेत रहन आग्रह गरेको हो। अपरिचित मानिस मोटरसाइकल तथा स्टुकरमा आएर 'इमेर्जन्सी छ। कल गर्न मोबाइल दिनुन' भन्दै मागेर लुटापट गरेर भाग्ने गरेको प्रहरीले जानकारी दिएको छ। चाडपर्वको समयमा हुने लुटपाट, ठगी तथा अन्य घटना नियन्त्रण गर्न प्रहरीले…
काठमाडौं : नयाँ बजारको फलफूल चोकस्थित एक घरमा खाना पकाउने ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन्। आज बिहान घरभित्र रहेको ग्यास बिस्फोट हुँदा पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। नीलकुमारी क्षेत्रीको घरमा ग्यास बिस्फोट भएको हो। बिस्फोटको कारण घरको अधिकांश भागमा क्षति पुगेको छ।
काठमाडौं : नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बिहीवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए जसमा तीन मन्त्री नियुक्त भएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरीले दशैं तिहार लगायतका चाडपर्वलाई मध्यनगर गर्दै विषेश सुरक्षा योजना लागू गरिसकेको छ। सुरक्षा योजना अनुसार नै सादा पोसाकमा ट्राफिक प्रहरी परिचान गरिएका छन्। सार्वजनिक सवारी साधनले चाडपर्वको मौका छोपी गर्नसक्ने कालोबजारी र ठगी नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी खटाइएको हो। ट्राफिक महाशाखाले क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार…
फ्रान्सका राष्ट्रपति इम्मानुल म्याकरोन ले राजधानी पेरिस र अन्य ८ शहरहरुमा रात्रिकालीन कर्फ्युको आदेश गरेका छन्। कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिनका लागि उनले यस्तो निर्णय गर्नुपररेको जनाएका हुन्। राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्युको घोषणा भएको हो। आउँदो शनिवारदेखि कर्फ्यु सुरु हुनेछ र त्यो लगातार चार सातासम्म रहनेछ। राष्ट्रपति म्याकरोनले टेलिभिजन अन्तर्वार्ताबाट यस्तो घोषणा सुनाएका हुन्। साथै फ्रान्समा जनस्वास्थ्य…
युईएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह 'बी'को खेलमा डेनमार्कले इङ्ग्ल्याण्डलाई हराएको छ। वेम्बले स्टेडियममा भएको खेलमा डेनमार्कले इङ्ग्ल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो। डेनमार्कको जितमा क्रिस्टियन एरिक्सनले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए। अर्कोतर्फ ३१ औं मिनेटमा ह्यारी म्यागुइर रेड कार्ड खाँदै बाहिरिँदा इङ्ग्ल्याण्ड १० खेलाडीमा सीमित भएको…
आपतकाल घोषणा गर्दै थाइ सरकारले ठूला प्रदर्शन र भेलामाथि प्रतिबन्ध लगाएको छ। थाइ प्रहरीले टेलिभिजनबाट सार्वजनिक वक्तव्य जारी गर्दै भनेको छ - 'गैरकानुनी क्रियाकलाप गराउने उद्देश्यले धेरै मानिसहरुलाई बोलाइएको छ।' शान्ति र सुरक्षा व्यवस्था कायम राख्नका लागि तत्काल यस्तो आदेश गर्नुपरेको टेलिभिजनमार्फत् जारी गरिएको संदेशमा उल्लेख छ। थाइल्यान्डमा प्रदर्शनकारीहरुले राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ओशाको राजीनामा गर्नुपर्ने…
काठमाडौंः सरकारले ६० वर्षमुनिका विधुवा महिला तथा अति अशक्तलाई मानिस भत्ता उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो। असोज २६ गतेको मन्त्रिपरिषद्को बैठकले भत्ता उपलब्ध गराउने विषयमा निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ। ६० ननाघेका एकल विधवा महिलाला मासिक २ हजार रुपैयाँ…
काठमाडौं : गण्डकी प्रदेशमा थप ९७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ९७ जनामा देखिएको हो। संक्रमण देखिएकामध्ये ८ जना बाहेक सबै जना कन्ट्रायाक्ट ट्रेसिङमा परेका हुन्। संक्रमण थपिएका ५ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित बाग्लुङमा देखिएको हो। ४ महिला सहित ५१ जनामा संक्रमण देखिएको हो। कास्कीमा ३०, गोरखामा ७, लमजुङ्मा ३ र नवलपरासी ६ जना…