काठमाडौं : चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा साउन २९ गते १ सय ३० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ। चितवन, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लका मानिसहरुको थ्रोट स्वाबमा संक्रमण देखिएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। प्रयोगशालाले दिएको जानकारी अनुसार चितवनका ८ जना पुरुष र एक महिलामा…
काठमाडौं : स्वास्थ्यकर्मीलाई कोभिड १९ को संक्रमण देखिएपछि चितवनको भरतपुर अस्पतालले अनिश्चितकालका लागि आकस्मिक सेवासमेत बन्द गरेको छ। साउन २९ गते अस्पतालको आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उनमा संक्रमण पुष्टि भएसँगै अस्पतालले आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको हो। 'साउन २९ गते साँझ ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक सेवा सिल गरिएको…
कुमार नेगी - टिस्टुङ : त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो। पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन्। खानीबाट…
काठमाडौं : सरकारले हालसम्म मास्क नलगाई हिड्ने ४ लाख १९ हजार ५३८ जनालाई कारबाही गरेको छ। जसमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई गरेर छाडिएको तथा ३९ हजार ५०७ जनालाई मास्क वितरण गरी सम्झाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ। त्यस्तै, २५ हजार २०७ जनालाई जरिबाना गरी छाडिएको मन्त्रालयले बताएको छ। हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले मानिस परिचालन गरेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले अफवाह फैलाउने सुनील शर्मालाई पक्राउ गरेको हो। शर्मा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा पनि अफवाह फैलाउन प्रयोग भएका व्यक्ति हुन्। उनी निर्मला प्रकरणमा समेत कंचनपुर पुगेर आन्दोलन चर्काउन उस्काउने मानिस हुन्। शर्माले आफू अनुसन्धानको…
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत)मा दिनदिनै कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासन र वीरेन्द्रनगर नगरपालिकाले पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ एक गतेदेखि पाँच गते राति १२ बजेसम्मका लागि वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागू…
कैलाली: कैलालीमा चट्याङ लागेर एक किशोरीको मुत्यु भएको छ भने एक जना घाइते भएका छन्। बिहीवार जिल्लाको लम्कीचुहा नगरपालिका वडा न. १ लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो। जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो। यस्तै चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छन्। उनको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार…
सिन्धुली : प्रेसर कुकर बम पड्काइदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसर कुकर बम पड्काइदिन्छु भनि धाकधम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा…
काठमाडौं : सुनका गहना लिएर विभिन्न वहाना बनाई झुक्याउने र ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तिनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो। मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको…
काठमाडौं : संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। उक्त सामग्री यूएनओपीएस नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स कलननले विशालनगरस्थित आफ्नै कार्यालयमा बिहीवार एक समारोहबीच केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतलाई हस्तान्तरण गरे। हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय…
काठमाडौं: नेपालमा कोभिड १९ संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ। बिहीवार ४ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृतक कहाँ-कहाँका? संक्रमणबाट मोहत्तरीका ४५ वर्षका पुरुषको साउन २५ मा रामजानकी अस्पतालमा निधन भएको छ। उनी क्षयरोग तथा मधुमेह रोगका बिरामी थिए। धनुषाका ८५ वर्षीया महिलाको साउन २८ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्र १२७ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामध्ये १८१ जना बागमती प्रदेशका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गौतमले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि हुने मध्ये काठमाडौं जिल्लाका मात्र १११ जना रहेका छन्। त्यस्तै ललितपुर जिल्लाका ११ र भक्तपुरका ५…
काठमाडौं: रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ। ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ, जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ। बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि अपडेट गर्नुपर्छ। ताजा अपडेटले तपाईंलाई अन्य काम…
काठमाडौं : पछिल्लो २४ घण्टामा सुर्खेत जिल्लामा १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा चार बालकसहित १८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पाँच महिला र १३ पुरुष रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० का १, २, ३ र वीरेन्द्रनगर १३ का ६…
महामारीको समयमा कलाकार सोनु सुद धेरैका लागि 'रील लाइफ हिरो' बने। लकडाउन प्रभावितहरूका लागि आर्थिक एवं भावनात्मक सहयोग जुटाउन लागि परे। सम्मान स्वरुप एक जना शुभचिन्तकले सुदको नाम र तस्विरको ट्याटू नै खोपे। शुभम नाम गरेको एक व्यक्तिले आफ्नो पाखुरामा सोनु सुदको मुहार बनाएका हुन्। हाल एक भिडियो सार्वजनिक भएको छ जसमा सोनुले आफू रियालिटी सो 'इन्डियाज बेस्ट डान्सर'को सेटमा…
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ। बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए। यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म…
काठमाडौं: द्वन्द्वकालिन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेका छन्। सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत सीमा विवाद समाधान भएको बताएपछि कञ्चनपुर लगायतका क्षेत्रमा अझै सीमा विवाद सुल्झिन सकेको छैन। द्वन्दकालिन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप नक्सा गरी जारी भएको ‘स्ट्रिप नक्सा’का कारण सयौँ विगाहा जमिनमा भारतीय…
भारतको राजस्थानस्थित अलवर जिल्लामा आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा फेला परेका पितालाई छोराले धार्मिक विधि पुर्याएर हत्या गरेका छन्। पिताको हत्या गर्नु छोराले कपाल मुण्डन गराएर तर्पण गरेका थिए। घटना अलवरस्थित मुंडावर थाना क्षेत्रको तिनरुड़की गाउँको हो। ३२ वर्षीय प्रदीप यादव पिता हत्याको आरोपमा बुधवार विहान पक्राउ परे। उनले मंगलबार राती ६० वर्षीय पिता रामसिंह यादवको हत्या गरेका हुन्। घटनाको ४…
बलिउड फिल्म 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' बुधवार सार्वजनिक भयो। विहीवार नै भारतीय वायु सेनाले फिल्मविरुद्ध निवेदन दिएको छ। वायु सेना बारे नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)मा पत्र पठाइएको हो। सेनाले सीबीएफसीलाई सम्बोधन गर्दै लेखेको पत्र नेट्फ्लिक्स र धर्मा प्रोडक्सनलाई पनि पठाएको छ। पत्रमा धर्मा प्रोडक्सनले भारतीय वायु सेनालाई जिम्मेवार ढङ्गमा प्रस्तुत गर्ने सहमतीसहित अनुमती…
बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका जानुपर्ने भएपछि बहुप्रतिक्षित फिल्म केजीएफ २ को शुटिङ प्रभावित भएको छ। सञ्जयलाई फोक्सोको क्यान्सर भएको छ। उनलाई उपचारका लागि अमेरिका लगिँदैछ। जसका कारण उनी अभिनित फिल्मको शुटिङ प्रभावित भएको हो। केजीएफ २ मा सञ्जय खलनायक अधीराको भूमिकामा छन्। सञ्जयको अब तीन दिनको शुटिङ बाँकी छ। जसमा एक्सटेन्सन सीनहरु छन्। शुटिङ प्रभावित भएपछि फिल्मका…