काठमाडाैं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ। आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको कार्यदलका संयोजक विष्णु पौडेलले बताए। समस्यालाई…
काठमाडौं : काठमाडौं उपत्यकामा थप ११९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा पर्सामा ७१ र मोरङमा ६३ जना संक्रमित पहिचान भएका छन्। धनुषामा ५५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको…
नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमण मुक्त भएका छन्। भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्। उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन्। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो…
काठमाडौं : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि हुन थालेसँगै भरतपुर अस्पतालले आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। कर्मचारीलाई संक्रमणसम्बन्धी लक्षण देखिए कोभिड-१९ परीक्षण गराउन अनुरोध समेत गरेको छ। अस्पतालमा विभिन्न कार्य जिम्मेवारीका साथ कार्यरत कर्मचारीहरुमा ज्वरो आउने, जीउ, हातखुट्टा दुख्ने, टाउको दुख्ने र रुघाखोकी लागेमा वा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षणका लागि स्वाब…
काठमाडौं : भरतपुर स्थित बीपी कोइराला क्यान्सर अस्पतालमा ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। अस्पतालमा रहेका विरामी तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाले जनाएको छ। संक्रमण पुष्टि हुनेमा पाँच महिला र एक पुरुष रहेका छन्। यसअघि पनि क्यान्सर अस्पतालमा उपचाररत विरामीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। पछिल्लो पटक चितवनका अस्पतालहरुमा उपचाररत विरामी तथा स्वास्थ्यकर्मीमा संक्रमण…
काठमाडौं : प्रहरीको नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले धादिङ निलकण्ठ नगरपालिका वडा १४ घर भई हाल काठमाडौं बस्दै आएका ३६ वर्षीय शंकर अधिकारीलाई नियन्त्रणमा लिएको हो। उनी आलोचना साप्ताहिकका पत्रकारसमेत भएको खुलेको छ। अधिकारीले 'एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ। सिआइबीले पक्राउ गर्ने तयारी गरेको छ' भन्दै डर त्रास दिएर पैसा लिएको उजुरी परेपछि नियन्त्रणमा…
काठमाडौं: स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरिय ट्रस्टले १३ औं दक्षिण एसियाली खेलकुद सागका खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ। ट्रस्टले आज एक विज्ञप्ति निकाल्दै खेलाडीको आत्मबल बढाउनका लागि ट्रस्टले कोभिड रोग बिमा गराउने निर्णय गरेको जनाएको छ। 'संक्रमणको डरबाट खेलकुद क्षेत्र पनि अछुतो छैन। यसै सन्दर्भमा यस लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरिय ट्रस्टले १३ औं दक्षिण एसियाली खेलकुद साग खेलका राष्ट्रिय…
काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नेपाल भारत डिभिजनका निर्देशक छाङ् ज्युछिङले कोभिड-१९ महामारी विरुद्ध लड्न चीनले नेपाललाई सहयोग गर्ने बताएका छन्। दुई देशले एक अर्कामाथि पर्दै आएको विपदमा साथ दिँदै आएको भन्दै उनले नेपालमा संक्रमण फैलिँदै गर्दा चीनले नजिकबाट नियालिरहेको र आवश्यक सहयोग गर्ने बताए। नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स र चीनको सिचुवान विश्वविद्यालयको चाइना सेन्टर फर एसियन स्टडिजले…
बलिउड स्टार अक्षय कुमारले बाढी पीडितका लागि आर्थिक सहयोग घोषणा गरेका छन्। आसाम र बिहारका पीडितहरूका लागि मुख्य मन्त्री राहत कोषमा एक एक करोड दिने भएका हुन्। उनी हाल स्कटल्यान्डमा छन्, 'बेलबटम' छायाँकनका लागि। त्यहीँबाट बाढी पीडितलाई सहयोग गर्ने बताएका हुन्। दुवै ठाउँका मुख्य मन्त्रीसँग उनले विहीवार कुराकानी गरेको बलिउड हंगामाले जनाएको छ। यसअघि उनले प्रधानमन्त्री राहत कोषमा कोभिड-१९ विरुद्ध…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ। एन्फाले सोमवार र मंगलवार खेलाडीहरुको स्वाब संकलन गराएको थियो। जसमा सोमवार स्वाव संकलन गरिएका सबैको नतिजा नेगेटिभ आएको थियो। तर मंगलवार गरिएको परीक्षणमा एक जना खेलाडीको पुनः परीक्षण गर्नुपर्ने र बाँकीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। स्वाब पुनः परीक्षणमा पठाइएको खेलाडीको कोरोना परीक्षण पोजेटिभ देखिएको एन्फाका एक अधिकारीले…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा गएको पहिरो निरिक्षण तथा उद्धार सामाग्री लिएर उडेका छन्। नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापा सिन्धुपाल्चोक लागेका हुन। गृहमन्त्रीको टोलीमा गृहसचिव, विपद् प्राधिकरणका कार्यकारी प्रमुख रहेका छन्। सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन्। पहिरोमा पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ। पुरिएका ३८ जनामध्ये हालसम्म ३ जनाको शव निकालिएको वडा…
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा सिबीआई जाँचको विषय सर्वौच्च अदालतमा उल्झिएको छ। विहार र केन्द्र सरकारले सिबीआईलाई मुद्दा दिनपर्ने भनिरहेका छन् भने महाराष्ट्र सरकारले मुम्बई प्रहरीले नै अनुसन्धान गर्न पाउनुपर्ने, सुशान्तका पिताको पटना प्रहरीमा दर्ता भएको उजुरी मुम्बई हस्तान्तरण गर्नुपर्ने माग गरिरहेको छ। पीडित परिवारले पनि सिबीआई जाँचको माग गरिरहेको छ। चार पक्षीय वकिलहरुको बहसले सिबीआई जाँच सर्वोच्चमा अल्झिएका…
काठमाडौं : अस्कर कलेज अफ फिल्म स्टडिज, नेपालमा अध्ययनरत् विद्यार्थीहरूलाई सिंगापुरको फिल्म स्टुडियोले छात्रवृत्ती दिने भएको छ। अस्करका १० जना विद्यार्थीले बुरसरी अवार्ड पाउने भएका हुन्। कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि १० जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको बताए। यसअघि स्टुडियोले ५ जनालाई वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको थियो। प्रिन्सिपल पौडेलका अनुसार ३५…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको शान्ति, विकास र समृद्धिका लागि शुभकामना दिएका छन्। इस्लामिक रिपब्लिक पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी इमरान खानलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्ति, विकास र समृद्धिका लागि शुभकामना दिएका हुन्। ओलीले स्वतन्त्रता दिवसका लागि प्रधानमन्त्री खानको सरकार र इस्लामिक गणतन्त्र पाकिस्तानका जनतालाई बधाई समेत दिएका छन्। Congratulations to Prime Minister @ImranKhanPTI, the…
काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली पुगिसकेको छ। बेपत्ता भएका चार जनाको उद्धार गरिसकिएको छ। नेपाली सेनाको सहसेनानीको कमाण्डमा २१ जनाको टोली उद्धारमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए। 'एउटा हाम्रो टोली फिल्डमा नै खटिरहेको छ। बाँकी टोलीलाई स्टेन्डबाइ राखेका छौं,' सहायक रथी पौडेलले भने। दुई…
काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा बेपत्ता भएका चार जनाको उद्धार गरिएको छ। नेपाली सेनाको टोलीले हेलिकप्टर मार्फत चार जनाको उद्धार गरेको हो।' अहिलेसम्म ४ जान उद्धार गरिएको छ। बाँकीको उद्धारको लागि टोली जाँदै छ।' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रमुख एसपी प्रज्वल महर्जनले भने। दुई जना महिला र दुई पुरुषको उद्धार गरिएको हो। उद्धारको लागि प्रहरीको…
काठमाडौं : आउँदो भदौ ३ गते गोकर्णमा लाग्ने औंशी मेला यसपाला नहुने भएको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले बिहीवार सूचना जारी गर्दै कुसेऔंशीको दिन मन्दिर क्षेत्र बन्द रहने जानकारी गराएको हो। 'भदौ ३ गते लाग्ने कुशे औंशी मेला, हरितालिका तीज लगायतका पर्वहरुमा मन्दिर क्षेत्र बन्द रहने जानकारी गराइन्छ,' समितिले सूचनामा उल्लेख गरेको छ। आफू पनि बाँचौं, अरुलाई पनि…
काठमाडौं : पाँच वर्षीया बालिकासहित तनहुँ जिल्लामा २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्याङ्जामा पनि थप एक जनामा संक्रमण देखिएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २१ जना नयाँ संक्रमित…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा आरबी लाइपजिगले एट्लेटिको मड्रिडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। पोर्चुगलको लिस्बोनमा भएको खेलमा २-१ को संघर्षपूर्ण जित निकाल्दै लाइपजिगले क्लब स्थापनाको ११ वर्षपछि च्याम्पियन्स लिगमा सेमिफाइनलको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा लाइपजिगले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा डानी ओल्मोको गोल गोल गरेसँगै लाइपजिगले अग्रता बनाएको…
बिहीवार अप्रत्यासित रुपमा भारतमा कोभिड १९ को संक्रमण र मृत्युको रेकर्ड कायम भएको छ। एकै दिन ६६ हजार भन्दा धेरै संक्रमित पहिचान भएको छ भने १ हजार भन्दा धेरै कोरोना भाइरस संक्रमितले ज्यान गुमाएका छन्। अगस्ट ८ मा सर्वाधिक संक्रमित संख्या भेटिएको थियो। त्यस दिन ६५ हजार ४ सय १० संक्रमित पहिचान भएका थिए। हिजो भने त्यो संख्या थप माथि…