काठमाडौं : पर्साको वीरगंज महानगरपालिकामा थप २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै लालपर्साका १ जनामा पना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराको पर्सौनी १ का १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। वीरगंजमा संक्रमण पुष्टि भएकाहरु सबै कन्ट्र्याक्ट ट्रेसिङमा परेका हुन्। उनीहरु सबैको रेलवे स्कुलबाट स्वाब संकलन गरिएको थियो। त्यसअघि संक्रमण…
इङ्ग्ल्याण्ड र पाकिस्तानबीच दोस्रो टेस्ट आजबाट साउथह्याम्पटनमा सुरु हुँदैछ। नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट खेल सुरु हुनेछ। ३ म्याचको टेस्ट सिरिजमा इङ्ग्ल्याण्डले पहिलो टेस्टमा ३ विकेटको जित निकालेको थियो। पहिलो खेलमा पराजित भएको पाकिस्तानका लागि यो पुनरागमनको मौका हुनेछ भने इङ्ग्ल्याण्डलाई जित सुनिश्चित गर्ने। इङ्ग्याण्डको टिममा बेन स्टोक्स छैनन् जसको प्रत्यक्ष फाइदा पाकिस्तान उठाउन चाहन्छ। स्टोक्स पारिवारीक कारणले टिमभन्दा…
काठमाडौं : महानगरीय प्रहरी कार्यालय, रानी पोखरीमा कार्यारत प्रहरीमा कोरोना देखिएपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ। केही दिनअघि कार्यालयमा प्रहरीको कपाल काट्ने नाई र कन्ट्रोल रुममा काम गर्ने तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि कार्यालय प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीका डीआइजी विश्वराज पोखरेलले जानकारी दिए। 'संक्रमणको जोखिमलाई ध्यान दिँदै केही समयलाई सर्वसाधारणका लागि रोक लगाइएको…
काठमाडौं : पछिल्लो समय कमलादी १५ किलो सुन प्रकरणमा खोजी गरिएका इल्ताफ हुसेन अन्सारी पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुसेनलाई नियन्त्रणमा लिएको हो। हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्। उनलाई बाराको निजगढबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकरी दिएको थियो। सुन्धाराबाट बरामद भएको सुनमध्ये…
काठमाडौं : बिहीवारबाट जिल्ला तथा अन्य निकायले उपलब्ध गराउँदै आएका सवारी पास जारी गर्ने काम बन्द भएको छ। गृह मन्त्रालयले बुधवार देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न निर्देशन दिएको हो। कोरोना भाइरसको संक्रमणपछि विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालयहरुले सवारी पास उपलब्ध गराउँदै आएकोमा अर्को सूचना जारी नभएसम्म त्यस्ता पास वितरण नगर्न मन्त्रालयले निर्देशन दिएको थियो। लकडाउन अन्त्य…
काठमाडौः ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो। अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा…
काठमाडौं : गण्डकी प्रदेशमा कोभिड-१९ बाट संक्रमितको संख्या एक हजार ६ सय ५६ पुगेको छ। बुधवार राति थप ६ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ५६ पगेको हो। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहँ, कास्की र नवलपरासीका थप ६ जनामा कोरोना देखिएको हो। उनीहरुलाई आइसोलेसन कक्षमा राखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर…
इटलियन क्लब एटलान्टालाई हराउँदै फ्रेन्च फुटबलको महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको अधिकांश समय एक गोलले पछि परेको अवस्था रहेको पिएसजीले खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। पोर्चुगलको स्टेडियो डा लुइज स्टेडियममा भएको खेलमा एटलान्टाले खेलको २६ औं मिनेटमा अग्रता बनाएको थियो। डुभान जापटाको पासमा मारियो पसालिचले गोल…
काठमाडौं : कोभिड १९ संक्रमितको मृत्यु रफ्तार विश्वभर तीब्र गतिमा बढिरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ७ लाख ४५ हजार ९ सय २३ कोरोना भाइरस संक्रमितको ज्यान गइसकेको छ। मृत्युको यो रफ्तारमा अमेरिका सबैभन्दा अगाडि छ। छिमेकी मुलुक भारत पनि खराब अवस्थाको यो दौडमा तीब्र गतिमा अगाडि बढिरहेको छ। भारतमा ४७ हजार भन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ।…
वासिङ्टन : ट्रम्प प्रशासनले H-1B भिसा होल्डरका लागि केही खुकुलो प्रावधान अगाडि सारेको छ। यसअघि राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा कडाई गर्ने नीति ल्याएका थिए। त्यसलाई केही खुकुलो पार्दै पुरानै काममा फर्केन शर्तमा उनीहरुमाथि लगाइएको भिसा रोक्का हटाउन सकिने व्यवस्था गरिएको हो। साथै स्टेट डिपार्टमेन्टको एड्भाइजरीमा पहिले भिसा पाइसकेका व्यक्तिसँग आश्रितलाई पनि अमेरिका प्रवेशमा रोक नलगाइने उल्लेख गरिएको छ। पहिले नै…
काठमाडौं : कोभिड १९ का कारण खराब अवस्था झेलिरहेका मुलुकहरुको सूचीमा ३० लाख भन्दा धेरै संक्रमित हुने मुलुक दोस्रो थपिएको छ। अमेरिकालाई पछ्याइरहेको ब्राजिलमा संक्रमित संख्या ३० लाख पार भएको हो। यसअघि अमेरिकामा मात्रै यो सीमाभन्दा धेरै संक्रमित थिए। यो सीमालाई छिमेकी मुलुक भारतले छिट्टै भेट्ने छ। अमेरिकामा संक्रमितको संख्या ५२ लाख नजिक पुगिसकेको छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा यो…
काठमाडौं : नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ उप-परराष्ट्रमन्त्री लुओ झाओहुईबीच बुधवार भिडियो संवाद भएको छ। सो संवादमा कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि दुई देशबीचको सहकार्यका बारेमा छलफल भएको थियो। त्यस्तै, द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा अन्य विषयमा फलदायी छलफल भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत जानकारी दिएकी छिन्। A video meeting was held between Nepali…
काठमाडौं : बेलायत लैजान भन्दै संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र पारिएका एक नेपालीलाई ठगी गिरोहले सांघातिक हमला गरेको छ। पीडित व्यक्तिले अबुधाबीस्थित नेपाली दूतावासमा उजुरी समेत गरेका छन्। दूतावासले ठगीको निवेदन प्राप्त भएको जनाएको छ। दूतावासले विज्ञप्तिमार्फत घटना विवरण पनि सार्वजनिक गरेको छ। तर, ठगीमा संलग्न भएको भनिएको नेपालस्थित मेनपावर कम्पनी र पीडित दुबैको नाम खुलाइएको छैन। २०७६ मंसिर ८ गते…
काठमाडौं: नक्कली भान्जा बनाएर गैरकानुनी रुपमा मिर्गौंला प्रत्यारोपण गरेको अभियोग लागेका चितवनस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) का चिकित्सकसहित १२ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत ललितपुरले घटनामा संलग्न १३ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसक्दा प्रतिवादी रेश्मा राई भने थुनामा गएकी छिन्। अदालतले राईसँग चार लाख रुपैयाँ धरौटीमा माग गरेको थियो। …
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको सोमवार गरेको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमवार र मंगलवार खेलाडीलाई प्रशिक्षणमा राख्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना परीक्षण गराएको थियो। भदौ १ गतेबाट नेपाली राष्ट्रिय फुटबल टिमले अक्टोबर र नोभेम्बरमा खेल्ने भनिएको फिफा कतार विश्वकप २०२२ र एएफसी एसिया कप चीन २०२३ को छनोट अन्तर्गतका खेलका लागि अभ्यास शुरु गराउने…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाएरै छाड्ने दृढता ब्यक्त गरेका छन्। विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई स्वागत गर्दै बोहराले धर्म, संस्कृति, पहिचान रक्षाको निमित्त युवा पुस्ताले आन्दोलनको तयारीमा लाग्नुपर्नेमा जोड दिए। विद्यार्थी वर्गको हकहितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताए। सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उनले बताए। यो प्रवृति नहट्दासम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले…
काठमाडौं: सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपनि नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै छ। गत जेठमा सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको नयाँ नक्सा जारी गरेपछि अझै नेपाली भूमि भारतीय पक्षको अतिक्रणमा छ। सुस्ता, लिपुलेक, कालापानी मात्रै नभएर तराई अन्य जिल्लामा पनि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नापी विभागका महानिर्देशक गणेश…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यका रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रस्तुत गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा १३८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४८१ नमुना परीक्षणका क्रममा ४७ जिल्लामा संक्रमण पुष्टि भएको…
काठमाडौं: सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा कोभिड १९ को संक्रमण देखिएको छ। न्यायाधीश खतिवडाले बुधवार विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीमा कोभिड पोजटिभ देखिएको र आफू होम क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन्। साउन २२ गते बिहीवारसम्म खतिवडाको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा आज संक्रमण देखिएको हो। उनको दुई दिनअघि सोमवार स्वाब संकलन गरिएकोमा आज पीसीआर परीक्षण रिपोर्ट आएको हो।…